हिमालको अलिकति हिउँ
पहाडको स्वच्छ पवन
तराईको तेजिलो गर्मी
नेपाली मायालु मन
अनि अरबको थोरै गन्ध
बोकेर अर्ध जिन्दगीमा-
केटो हङकङ आइपुग्यो,
हुनसक्छ
उ आफ्नै घरबार बिगारेर
वा अर्काको दाम्पत्य सम्बन्ध चोरेर
लालचाको आई.डी.लाई पछ्याउँदै पछ्याउँदै...
यहाँ आएको हुनर्ुपर्छ,
यसो होइन भने-
मुनामदनको प्रेमील कथा
वा ग्यालिलियो दुरबीन दृष्टि
उसको सानो दिमागमा पसेको हुनर्ुपर्छ,
तपाई यहाँको जानकार नेतृत्व
अत्याचार, क्रान्ति र शान्ति बुझ्ने मान्छे !
बाध्यता र आँशु, भाग्य र दर्ुभाग्य
हत्केलामा बोकेर हिड्ने मान्छे !
भन्नुस के भन्नु हुन्छ
केटो हङकङ आइपुग्यो,
केही भन्नु भन्दा पहिल्यै
तपाईका चिम्सा, अन्वेषक आँखाहरुले नियाल्नुस
उसको आँखामा अनिँदा रातहरुमा कालो दाग छ कि छैन -
उसको छातीमा तपाईकै जस्तो
श्वासप्रश्वास अनि स्पन्दन छ की छैन -
अझ भनुँ
उसंग तपाईको जस्तै हुबहु सम्पूर्णता छ की छैन -
यथार्थमा गोलार्दभरि
आफ्नो पूर्खाको चिहानहरु खोज्दै
तपाईको विवेकसंग समाहीत हुन
केटो हङकङ आइपुग्यो । |