Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 10, 2013 | Author : दाजु गुरूङ
Category : Poetry / कविता | Views : 1085 | Rating :

  
दाजु गुरूङ

आकाशे मार्गबाट वादलका यानहरुमा

तैरिदै तैरिदै आउने सागरका छालहरुमा

पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा

हरेक साँझ विहान आइपुग्यो कि भनेर

हेरिरहेछु,  चेप-लाप -कोकको नियमित उडानहरुमा

पर्खीरहेछु,  स्टार फेरी वा सेन्ट्रल फेरीहरुमा

र चहारीरहेछु स्टेशन स्टेशनहरुमा  

र कतै भूमिगत एमटिआरको चक्करहरुमा

गगन चुम्वी स्वपिङ महलहरुमा

वा कहिले ननिदाउने शहरका रात्री-नाँच घरहरुमा

अल्मलियो की भनेर खोजीरहेछु,

र खोजीरहेछु आफ्नै चिरपरिचितका अनुहारहरुमा दशैं ।

 

हुन सक्छ, खासा हुँदै तातोपानीको बाटो झर्यो की -

वा मेची कालीका नांकाहरुबाट पो छिर्यो की -

किन की वर्षभरी घाम पानीले सेकेका घर भित्ताहरु

झरी वादलले पिटेका घरका छानाहरु

पौराखी हातहरुले छाँए होलान्

राता माटो र कमेरोले पोते होलान्

सोल्टी-सोल्टीनाहरुले रोधींमा जोर मादल घन्काए होलान्

वैंशहरुले छ्याङको सुरमा  पिङ मच्चाए होलान्

र घर-आँगन भरी मखमली र सयपत्री ढकमक फुलेका होलान्

सायद त्यतै तिर पो गयो होला दशैं ।

 

हुलाकी दाईले परदेशीका सन्देश र रिमिट्यान्स भित्रिएका खवरहरु

घर घरमा पुर्याई दिए होलान्

कतै घर कुरेर बसेका वुढा-पाका आशाहरु

बाटा देखि क्षितिजसम्म आँखा विछ्याएर बसेका होलान्

कतै दिलको धड्कन वढेसँगै झुण्याइएको भित्ते-पात्रोमा

उनी आउने दिनहरुको जोड घटाउ राख्दै होलान्

वा कतै वैंकहरुमा, सहकारीहरुमा

आशाको त्यान्द्रो लालपुर्जा पनि सर्तनाममा वसे होलान्

कतै हर्के साहुको गल्लाहरुमा

मंगल-सुत्रको जमानीमा सपना बल्ल तल्ल छुटे होलान्

सायद त्यतै तिर पो अलमलियो होला दशैं ।

 

कोहि दूर-दर्शनमा देखेको दावी गर्छन् दशैंको

कोहि आकाशवाणीले फुकेको,

विद्युतिय सञ्जालहरु र छाँपाहरु पनि छापेको हल्ला गर्छन् दशैंको

हल्ला वढेको वढेछ, वजार तातेको तात्यै छ दशैंको

सायद, यता तिर आएकै हुनुपर्छ दशै

र त बाटो हेरिरहेछु,

यदि विहानी भएर आयो भने -

मालाश्रीको सुमधुर धुनहरुमा

निधार भरी आर्शिवादका रङ्गीन टिकाहरु

कान भरी सोहृश्रांद्धका पवित्र जमराहरु

गला भरी मखमली र सयपत्री फूलकाहारहरु

र शिरमा सगरमाथाको ताज पहिराई दिनेछु 

तर अझै आईपुगेको छैन दशैं

पर्खीरहेछु, अनि डराईरहेछु भित्र भित्रै,

कतै वालुवाका महासगरहरुमा वा रवरका जङ्गलहरुमा

भिषा हराएर अलपत्र पर्यो की दशैं

कतै द्धीप वा महाद्धीपिय सुनामीका छालहरुमा

वेखर्ची भएर अभर पर्यो की दशैं

कतै विराट दरवार भित्र गुप्तवास वसिरहँदा वनवास कालमा

पहिचान गुमाएर थलो पर्यो की दशैं ।

 

नोट

चेप-लाप-कोकः हङकङ एयरपोर्ट रहेको द्धीपको नाम

स्टार फेरी वा सेन्ट्रल फेरीः आइल्याण्डहरु जोड्ने वोटहरुका केन्द्र

एमटिआरः मार्स ट्रान्सिट रेलवे

छ्याङः घरेलु जाँड




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by salkorangi on October 16, 2013
wawawawa dai Great poem


Posted by sal on October 16, 2013
wawawa great poem hai Dai


Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
689732
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com