Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 03, 2013 | Author : निर्भिक राई
Category : Others / विविध | Views : 847 | Unrated

  
निर्भिक राई

किरातराई लेखकसङ्घको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा आयोजित कवितागोष्ठी तथा सम्मानकार्यक्रम

प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरात राई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपा��"स् भनी नेपाली रुपान्तर चाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इन्कारे ।

कार्यक्रम सुरु नभएकोले समय काट्न सम्मान गर्न लागिएको व्यक्तित्व टङ्कबहादुर राईको नजिक पुगेँ । २०३२ साल भदौ असोजतिर र २०३५ माघ फागुनतिर उनीसँगको बितेको क्षणहरुको संस्मरण फलाकेँ । घरपटी लक्ष्मी, फुच्चे धीरज, भाउजु शान्तिलाई भुँडीको उपचार गर्न पारिजातले नेरु १० दिएको, 'बहिनीको मृत्युमा' उनको कविता सङ्ग्रह पुससेलमा मैले किनेको प्रसङ्ग धारावाहिक रुपमा ��"कलेँ । उनले अभाव झेलेका प्रसङ्ग कोट्याउँदा उनलाई सरमले च्यापेको हुन सक्थ्यो ।

मैले दर्शन छाँट्ने दुस्साहस गरेँ, "छेत्रीबाहुनले जनजाति -मतवाली) लै पक्षपात गरी अवसरबड वञ्चित गरेको र हेपेको कुरा अवश्यै साँचो हो तर खाली उनारलै मात्र दोषेर काँ हुन्छ ! बृटिश आर्मीमा भर्ती जाने चलन थाली हम्रो पर्ूखाले गल्ती गर्यो । १५-१६ वर्षो भए पछि भर्तीको लागि नापजाँचमा लाग्यो । गोरखामेजर हुने क्षमताले विदेशको सेवा गर्यो । टङ्कबहादुर र शान्तिले जस्तो स्ट्रगल गरेर बिएबिएल र डबल एमए गर्नु पोर्छ । साङराङे गोपाल राईजोस्तो क्षमता भएर पुनि -लिखितमा राम्रो गरे पनि अन्तर्वार्तामा फालिने) शाखा अधिकृतमै लामो अवधिसम्म डोल्लिनु परी अन्नेयमा परेको मतवालीहरू थुप्रै छ । नेवारहरू ब्युरोक्रेट, इन्डसट्रियलिस्ट, बिजिनेसमेन, पैलट, नेता, साहित्यकार जे पुनि थुप्रै छ । त्यसैले नेवारले जनजाति मानेकोमा मेरो असहमति छ । मरिचमान प्रधानमन्त्री भै सक्यो ।"

"राष्ट्रपति हुनु बाँकी छ नि त जनजातिबाट ।" उनले तर्क राखे । उनीजस्तो किरात संस्कृतिबारे अध्ययन र लेखनमा धसिएको विद्वानसामु विना हैसियत मैले प्रवचन दिएको उनलाई निको लागेको थिएन होला ।

उत्तरकुमार र कृष्ण कुमारले चाम्लिङ भाषाको, जूनकलाले साम्पाङ भाषाको, रवि चिन्तनले बान्तवा भाषाको र दिलकुमारले कोयू भाषाको, नानुमतिले साम्पाङ भाषाको, निराजन बतासले बान्तवा भाषाको, बुङ्लावा भाषाको निर्भीक राईले, बान्तवा भाषाको प्रगति राईले, नाछिरिङ भाषाको भद्रगोल किरातीले, आठपरिया भाषाको मनोजले, जेरोल भाषाको योगमायाले, बाम्बुले भाषाको विकासले, चाम्लिङ भाषाको शान्तिकुमारीले र सुमन चाम्लिङले कवितापाठ गरे ।

 गणेश रसिकको अनुपस्थितिमा राजनसँग मैले प्रतिकृया जनाएँ, "रसिक दाइलाई नबोला'को ?

 "केन बोलाउनु र ?" उल्टो प्रतिपश्न उनले ठड्याए ।

 "नेपाली साहित्यमा राईको अग्रज साहित्यकारहरूमध्य अच्छा राई 'रसिक' र इन्द्रबहादुर राईपछि त गणेश रसिक नै हो । राजावादी भा'कोले वहालाई नबोला'को ?"

 "अँ ।"

मा��"वादीले नै राजावादीहरुलाई 'राष्ट्रवादी' को दर्जा भिराउँदै उनीहरुको दलमा भित्राइरहँदा राईजातिको विशेष भाषिक कार्यक्रममा रसिकजस्तो नेपाली साहित्यमा योगदान दिइसकेको अगुवा व्यक्तित्वलाई (राजनीति हिसाबले उनी जुन सुकै पक्षको भए पनि) पूर्वाग्रही व्यवहार गर्नु उचित थिएन भन्ने मेरो सोच हो ।

राईभाषामा भएकोले मूल कविता मात्र भन्ने आदेश राजनबाट जारी भएको भए पनि उत्घोषकले सङ्क्षेपमा वाचित कविताको अभिप्राय भन्ने गरेकोले भूमिका बुन्ने निधो गरेँ, "कपाल फुलिसकेको भए पुनि बाटोमा च्वाँक तरुनीहरू देख्दा ज्वरो फुट्छ । त्यसै बेला फुरेको लघु कविता जसलाई म अचर भन्ने गर्छ । कविताको पहिलो अनुहार 'बुङ हुङा मिनापी अलेदो कोष्ठकबद्घ दोस्रो अनुहार (नुच्चाङ माअ्��") "

 

फिना खङ्ङा तेक

आङ्काना आहा ! मेप्मामी पुक्माहुसुङ हेको ।

बुङनो तकाङा अम्किमावा खङमा तोअ्

खङमा हुसुङ

हेको ख्रैजा ! मेप्मा बेर माअ्आ आङ्काना ।

बुङना तकाङा अम्किमावा खङमा

कोला कोला खङमा

लिम्मावा लिम्मावा खङमा अम्तोअ्पङ

हकोना आङ्मे अम्मुमावा ।

 

नेपाली रुपान्तर-

फूल र मान्छेमा फरक

(टुङ्गो छैन)

झलक्क देख्दा मात्र मलाई आह ! लागेको हुन सक्छ ।

फूललाई जस्तो ढुक्कैले हेर्न पाए, हेर्न सके

तिनी छि ! लाग्न बेर छैन मलाई ।

फूललाई जस्तो ढुक्कैले हेर्न

घुमीघुमी हेर्न, पल्ट्याई पल्ट्याई हेर्न पाइँदैन

तिनीलाई आफ्नो नबनाई ।

उत्घोषकले मेरो कविताको सिरानको दुइ हरफ नेपालीरुपान्तर सुनाएपछि कृष्ण धरावासीले फक्रिएको अनुहारसँग कराए, "कविता त राम्रै रै'छ ।"

श्रवण मुकारुङले मनको कुरा पोखे, "धरावासीले नबुझेको जस्तै पीडा हामीले अर्ढाई वर्षखप्यौँ । नबुझ्नु भनेको कुरा नबुझनेकै समस्या हो, सुनाउनेको भन्दा । कविताबाट आफ्नो व्रि्रोही अनुभूति पोख्न पा'कोले हामीले खुकुरी चलाएर झगडा गर्नु परेन । केही समयअघि प्रज्ञाप्रतिष्ठानले बहु भाषिक कविगोष्ठीमा हिन्दी भाषाको कविता पनि राख्नु पर्छ भनी जोड गरिएको थियो । हिन्दी भाषामा उपराष्ट्रपतिले शपथ खाँदा झैँ विरोध हुन सक्ने थिएछ । धन्न ! राखिएन । उपराष्ट्रपतिले गाली गर्ने नैतिक आधारै गुम्ने थिएछ । आज वाचित कविताहरूमा नेपाली भाषा कम प्रयोग गरिएबाट राई भाषा समृद्ध भएको प्रमाणित हुन्छ । ब्राह्मणहरूले ऋचा पाठ गर्दा सङ्गीतमय भएझैँ हाम्रो भाषाका कवितावाचन गर्दा पनि एक प्रकारको मीठो सङ्गीत, लय उत्पन्न हुन्छ । एक जना सुनुवार कविले अनुष्टुप छन्दमा सुनुवार भाषाको कवितावाचन गर्दा खुब मीठो सुनियो । भाषासँग इगो पनि जोडिएको छ ।"

कृष्ण धरावासीले मन्तव्य राख्दै, "कविता बुझ्ने जिम्मा श्रोताकै हो भनी श्रवणले अभर पारे । मलाई अभर पार्नु भन्या सबैलाई पार्नु वा जङ्गलमा पठाउनु हो । राई जातिमै बत्तीस भाषा त्यस्तै शेर्पा, तामाङ, गुरुङ, लिम्बू, मगर, मैथिली, सतार जान्दा त जुनी जाने पर्यो, भाषा सिक्दै । म बाहुन परिवारमा जन्मे पनि मेरो मातृभाषा खस हो । तर संस्कृतभाषा पूर्वीय साहित्य, दर्शनले सम्पन्न भाषा हो । जसलाई मैले पढिनँ । अंग्रेजी भाषाले संसारमा अधिपत्य जमाएको छ । मैले नेपाली भाषा नै बोले, पढेँ, लेखेँ । अंग्रेजी म जान्दिनँ । संस्कृत पनि नजान्ने । मैले जान्या दोस्रो भाषा भन्दा त अप्ठेरो तर के गर्ने ! हिन्दी नै हो (श्रोताबाट हाँसो फुट्यो) । तराईमा म हुर्केँ । त्यले प्रभाव पार्यो । श्रवणले भन्या कुरा ठीकै हो तर हामी सबै शिक्षित नभ'को हुँदा भाषा जान्न गारो पर्छ । धेरैले जान्ने भाषा खस भाषा नेपाली (हाँ धेरै संस्कृत मिसिएको) भएकोले यो सर्म्पर्क भाषा हुँदा सजिलो भो । विर नेम्बाङले भाषाको बारेमा पर्चा छर्या थ्यो । हामीले खुब डराएर पढ्यौँ । कुरा मिलाएर पत्रिकामा छाप्यौँ । पञ्चायतको बिगबिगीको बेला भ'कोले 'एउटै भाषा, एउटै भेष, प्राण भन्दा प्यारो देश' नभनी जागिर खान नपाइने । पुरानोको माया गर्ने सुरमा हामी परम्परावादी बढी हुने हौँ कि ? त्यसो गर्दा ��"डारको माया गर्ने हुइने हो कि ? हामी प्रगतिशील भैरँ'दा परिवर्तनकामी चेतना बोकेर हिँडिर'का हुन्छौँ । पुराना भाषा, संस्कृतिलाई इतिहास बनाएर संरक्षित बनाइ राख्ने कि ? हामीले आधुनिक साइबरयुगमा प्रतिस्पर्धा गर्नु परिरहेछ । पुरानो कुसंस्कृति जोगाउने क्राइसिसमा पनि छौँ । नभै नहुने चीजलाई सँगै लाने र बाँकी कुरालाई पुरातत्वमा थन्क्याइदिने । नत्र हामी नयाँ र पुरानो कुराको मोहमा दिग्भ्रमित भइरह्यौँ भने अग्रगामी हुन सक्दैनौँ । लेखकको लागि मिथोलोजी चाहिएकोले त्यसको संरक्षण हुन खाँचो छ । आफ्नो भाषाको प्रभाव बढाउनु डङकिडङ पड्काउने हो भने त अरु भड्कन्छ । जस्तोअघि राईजी (निर्भीक) ले भन्न खोजेको कविता नेपालीमा भनेपछि अर्थ बुझेर ' ! राम्रो रै'' भन्दै मो हाँसे नि ।"

उनको मन्तव्य टुङ्गएिपछि लगत्तै उत्घोषकले प्रतिकृया दिए, "चिटिक्कको घरलाई ��"ढार भन्दा अन्याय होला कि -"

 ��"हो ! रोज्नु खुब गार्हो छ । हेर त ! पुरानो कुरा रुचाउँदा नोस्टाल्जिक बनी हामी पुरानो कुराको पक्षपाती हुने र पुरानो कुराको माया र संरक्षण नगरे पर्खाप्रति अन्याय हुनु नै हामी आफैप्रति जानाजानी अन्याय गर्नु हो । किनकि सबै कुरा एक चोटि पुरानो वा पर्खा बन्छ । हरेक नयाँ चीज एक दिन पुरानो हुने अनिवार्य नियमअनुसार पुरानोको पनि एक प्रकारको महत्व रहिरन्छ । अर्कोतिर पुरानोलाई नै रुचाई अँगाली रहँदा अग्रगमन (विकास) नहुने । पुरानो कुराको राम्रो पक्षलाई संरक्षण गर्नु चाहिँ बुद्धिमानी हुने मेरो ठहर छ । बचपनदेखि आफ्नो भाषा र संस्कृतिसँग घुलमिल भएकोले र बचपन र जवानीको लोभले गर्दा हामी आफ्नो कुरा (भाषा) प्रति स्वभावैले रुचि लिन्छौँ ।

 राजन मुकारुङको भाषण गयो, "कुनै पनि कार्यक्रम म लगातार लामो समयसम्म बस्नु नसक्ने मान्छे कवितावाचनले मलै आज एस कार्यक्रममा बस्नु सक्ने बनायो, दिग्दारी भगाएर । निम्तारु अतिथिहरुमा खगेन्द्र संग्रौला, रमेश भट्टराईको अनुपस्थितिले हामीलाई खल्लो बनाए पनि फेरि बोलाउनु पर्ने लेठाबट उम्कायो ।"

जलपानको बेला म श्रवण मुकारुङसँग हात गाँस्नु पुगेँ । 'गरिमा' मा छापिएको मेरो कविता 'बौलाउनु नडराउनु पर्ने मैले' उनलाई राम्रो लागेको प्रतिकृया दिए । त्यस प्रतिकृयामा सत्यताको भरोसा गर्दै प्रोत्साहनले म उचालिएँ । पत्रिकाहरुले कविता नछापेको मेरो गुनासोमा उनले सुर्याए, "पत्रिकाको कार्यलयमा गएर ड्याङ्ग टेबलमा मुड्की बजारी कराउने, "साँच्चै नछाप्ने हो मेरो कविता - डराएर बल्ल छाप्छ । नत्र छाप्देन ।" कविता छपाउने ठूलै उपाय सिकाएको जस्तो उनलाई लाग्यो होला । कविता नछापिएको मेरो मर्मले उनको सङ्घर्षकालको मर्मलाई बल्झ्याई दिई उहिलेको आफ्नो व्रि्रोह उनले प्रकट गरेका हुनु सक्थ्यो । त्यसरी व्रि्रोह दर्स सधैँको लागि सम्पादक भड्किनु सक्छ । बरु अनुरोध गरे दया जागी छापिदिनु सक्छ । कविता छाप्नु न छाप्नु सम्पादककै तजविजको कुरा त हो ।

पारस मुकारुङले अर्ती बाँड्न थाले, "त्यो तपैँको नृत्यको स्टेप दिएर भ्वाक्क कविता भन्ने । अनि दर्शकश्रोताको ध्यान तान्छ, तपाई तिर ।"

 "नयाँ प्रस्तुति हुन्छ ।" श्रवणले सुझाव थपे ।

उक्त गोष्ठीमा रचना वाचन गर्ने प्रत्येक स्रष्टालाई हरियो नोट (गैँडा) हाली खाम भरिलो पारेको हुँदा कवितावाचनमा मैले पहिलो निमेक (चाहे सानो रकम किन नहोस्) पाएँ । जुन मेरो जीवनको त्यस्तो ऐतिहासिक घटनाको किर्ति राख्नु किरातराई लेखकसङ्घ, केन्द्रीय समितिले उछिन्यो ।

राजनले चेतावनी जारी गरे, "आइन्दा त्यस्तो अश्लील कविता पाठ गर्नु मनाही छ ।"

मैले प्रश्न उठाएँ, "प्रतिभाप्रवाह' को भन्दा कडा नियम -"

पछिल्लो कडा चेतावनीपछि यो सङ्घ पनि मा��"वादीकरण हुनु पुगेछ भनी बल्ल टुङ्गो लाएँ । मा��"वादीले जातीय सवाललाई उठाइदिएको कारणले त्यसप्रति र्समर्थन जागेको भन्ने बहाना मात्रै हो । खास कारण त सुरुमा आफू सङ्गठित भएको दलले चित्त दुखाउँदा अर्को दलमा आकर्षा बढ्ने परिवेश खडा हुन्छ जसरी राजन नेविसंबाट सरे ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Others / विविध category

चाउचाउ साहित्यको प्रस्तावनापत्र
बुङखमाको नुङ वाईमाक
मुखाँ हानु जस्तो
कविता वाचनको पहिलो निमेक
पृथक उपन्यास 'अपमान' को तेस्रो संस्करण
राइफलको मूर्च्छनाले म फेरि बल्झिदै दुःखेँ
कार्यपत्र: नेपाली साहित्यसमाज र धर्मर्दशनप्रति आवश्यक एक नयाँ वैचारिक आयम
अस्तित्ववादी साहित्य (कार्यपत्र)
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी
नेपाली साहित्यमा डायोस्पोरा

    Links
Column / स्तम्भ

    Random Pick
निस्पट्ट अंध्यारोसंगै
वस्ती भित्रको झुप्रोबाट
जलिरहेको टुकी लिदै
बर्षले बयासी लागेकी
नेपाल आमा
गुहार माग्दै छिन्

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
592838
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com