Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 30, 2013 | Author : युवराज नयाँघरे
Category : Memoir / संस्मरण | Views : 971 | Unrated

  
युवराज नयाँघरे

     वैशाखको पहिल्यै दिन थिएँ म रोसी तीरमा !

     विचित्र हुन्छ कहिलेकााही । यदाकदा नसोचेकै कुराको जोरजाम हुन्छ । हठात्मा घुमन्ते भइन्छ, जोहो न सोहो । मेलोमेसोविनै डुलन्ते हुन पुगिन्छ । अपुताली  लाभ भनेकै यै होला-अचम्मैले घुमघाम गर्न पुगिन्छ ।

     हो, २०६८ सालको पहिलो दिन रोसी किनारमा थिएँ म ।

     वर्षौं नभेटिएका मित्र पदमराज जोशीले एकाबिहानै खबर गरे, आज भकुन्डेबेसीबाट तल ओर्लनै पर्छ ।

     धेरै अघिदेखि त्यतातिर जान पाए हुन्थ्यो भनेर मनले बुरुकबुरुक गरिरहेको बेलामा जोशीको खबरले खरबारीमा आगो लाएजस्तो भइहाल्यो । सोचीसम्झनतिर समय लगाइना । घरायसी झ्याउलातिर अल्मलिना ।

     अनि म कुम्लो बोकेर झटारिएथें त्यता ।

     दिउँसोको मधुरो घाम, चिसो सिर्सिर । पातलो तुावालो फैलेको थियो फााटभरि । भर्खरै बनिरहेको र बेतोडले हुर्दुराइरहेको बाटो दगुरिरहेथ्यो बर्दिबास पुग्न । त्यस वरपरका हुनसम्म चर्केर किनबेच भएका जग्गामा उभिइरहेका मान्छेका उदास अनुहार भेटिन्थे खुबैखुबै । कुन बेलाका घुन, यो बेला भइरहेथे नम्बरी सुन-यी बारीका पाटा ।

     पुग्नु थियो कात्तिकेमुनिको मङ्गलटार । 

     'बिस्तारै जाऔं । घुमीघुमी पुगौं !'

     मैले भनेँ ।

     हतारिएर पुग्दा खुट्टा मात्र पुग्लान्, पुग्दैन मन त । मनले नटेकेको ठाउँ, के ठाउँ ! के पुगाइ, के बुझाइ ! के हेराइ, के देखाइ !   

     'कुनै समय दशौा जनालाई जङ्गली तन्नेरीका तुजुगले एकै चिहान पारेथे !'

     हामीसागै चिया सुर्काइरहेका केदार आचार्यले सुनाए द्वन्द्वका पीरा कथा । उनीसँग घर व्यवहारका कुरा भए धेरैधेरै ।

     बन्दुकका चेपुवामा परेका अरु निकै धुकधुकी थिए त्यहाँ ।   

     'आँगनमा सुकाएका बदाम खाादा भाउजूले वचन लाइथिन् । त्यै बेलादेखि मैले इख लिएँ र अगाडि बढेा !'

     एक माउको दूधबाट व्यवसाय सुरु गरेर अहिले करोडौाको धन यसमै आर्जन गरिरहेका आचार्यले भने-'दुःख अहिले नि छ । त्यो बेला, अंश पाइयो सगोलको घर । भाग पर्यो ठूलो खाड्कुलो । अब त्यसमा कसरी पकाउनु, लोग्नेस्वास्नीलाई मात्र ?'

     कहालिलाग्दो जीवनका खुइयय सुनिरहेछु । 

     अनि हामी सडकसामु ठडिएका उनका घर हेर्दै ओर्हालो लागेथ्यौा ।

     खुल्ला आकाशमुनि रमाइरहेथ्यो भकुन्डेबेसी । वीपी राजमार्ग हुइाकिरहेथ्यो रोसी भेट्न तलतल । फााट, खोँच, खरिखुन्नै डाँडाहरु र चारै दिशा ठडिएका थुम्काहरुले मन तानिरहेथे, आँखा लोभिइरहेथे र खुट्टा जमजमाइरहेथे ।

     चौकीडाँडा, कटुन्जेपछि थकाइ मार्यौा लासकोटमा ।

     भेट भयो रोसीसँग । कल्कलाइरहेको रोसी खोला सङ्लो पानी वरिपरिका थुम्कामा थिए गहुँका लहलह । गरैपिच्छेका बालीले बुट्टैबुट्टा सजाउँथे, चित्रजस्ता । हरियो देखेर मनै भयो हरियो ।

     सडकछेउ भेटिएका सार्कीमान तामाङसँग केही शब्दका अर्थ सिकेा मैले ।    

     'मामा अर्थात् आस्याङ । माइजू अर्थात् आङी । म्हेन्दो भनेको फूल । रो भनेको साथी ।'

     सार्कीमानले सिकाएका अरु शब्द टिप्न सकिना ।

     रोसीको कलकलले सङ्लियो मन । साना, रहरलाग्दा छाल थिए रोसीभरि । कञ्चन खोलो पहाडी पिाध भएर तराईतिर वेगवान् थियो एकोहोरो ।

     खोलामा सङ्लो पानी थियो । त्यो सङ्लोले छेउछाउमा उमारेछ हरियोपरियो । पानीको रसिलो र मलिलो तह देखियो मज्जाले ।

     चारसेफााट नााघेर पुग्यौा गिम्दी ।

     दुबैतिर थिए एकोहोरो उराठलाग्दा डाँडाहरु । पातला बस्ती परेलीसँग ठोक्किएर बेपत्तिन्थे । डाँडा र चेपको चुम्बन थियो निकै चर्को । आकाशको गिज्ज्याइजस्तो, धर्तीको लोप्पा खुवाइजस्तो-वरपरका थुम्कामा एक बुट्यान देखिन्न्थ्यो । कुनै बिरुवाको एकथोपा छाायासम्म सल्बलाएको थिएन । अाह, थिएन ।

     मास्तिरको नीलो आकाशको सुन्दरताले तान्थ्यो मन पटकपटक । नीलाम्मे सगरको भित्री दहमा मन त छप्लाङछुप्लुङ ।

     'पहिलापहिला यो ठाउँले खुबै बदनामी कमाएथ्यो ।'    

     'कसरी ?'    

     'साहूले आसामीसँग रिन तिर्न भन्दा-पख न, छोराले रोसी कुरेर लुक्न सकोस् भन्थे रे !'

     'मतलब ?'

     'ओखलढुङ्गा, रामेछाप, सिन्धुली, धनकुटा, सोलुखुम्बु जाने पुरानो बाटो यै हो । अनि लुटमार खुबै हुन्थ्यो रे यता ।'    

     'अनि ?'  

     'अनि लुटेराहरु लैनो कि बर्केनो भन्थे रे !' 

     ', !'    

     'लुकेर बसेकाहरुले लैनो-लैनो भनेपछि ढुकेर बसेकाले लुट्थे रे !'

     पुराना हैरानीका कुरा सुन्दै त्यै बाटो गइरहेछौ हामी ।

     नार्के पुगिएछ ।

     घामले दिनभरि फैलाएका पखेटा खुम्चाएछ सरक्क । खोँचमा थुपि्रएको अाध्यारो बामे सर्दै बाहिरिन थाल्यो सुस्तरी......सुस्तरी ।   

     मैले वरिपरिका सुक्खा डाँडाहरु हेरेा ।

     'यतिखेर क्यै नभए नि अलिकपछि सत्ती बयरका घारी उमि्रन्छन् यी पाखामा !'

     सार्कीमानले अघि भनेको सम्झेा ।

     तलबाट अथाह पहाडी नदी मिसिएर निकै रसमय र ऊर्जामय भएर गइरहेछ रोसी । कुलुकुलु बगिरहेका त्यसका किनारमा लहलह हरिया चारपााच पाते मकैले सिागारिएको छ धर्ती ।   

     'उभिएर, यो हरियाली आँखालाई पिउन दिने कि ?'    

     'भइहाल्छ नि !'

     मेरो प्रस्ताव माने जोशीले ।

     हामी पिन्थलीदेखि चिउरीबाससम्म लम्क्यौा बिस्तारै । बेलुका ज्यान बिसाउन मात्र पुग्नु थियो । क्यै थिएन अरु बित्तो । 

     बाटबाटामा रुखका बुट्यान, ढिस्काढिस्की, ढुङ्गाका थुप्रामा युवायुवतीका जोडी देखिन्थे निकै । वनपाखा सुक्खा भएर के भो, तिनका हृदय फुलेका थिए लछप्रै । भीरकान्ला उराठ भएर के भो, तिनका मन मगमगिएका थिए हुनसम्म । खोँच र थुम्का सुनसान भएर के भो, तिनका आँखामा भरिभराउ थियो जीवनको महक ।

     चिउरीबासमा भेटिए कामीसिङ ।

     उनी आफ्ना 'रो' हरुसँग भन्दै थिए-'छोराहरुलाई सम्झाएर आएको बेासीबाट । अर्काको खेतमा धान हरियो हुँदा आफ्नोपनि खेत हरियै हुनुपर्छ । अर्काको घरमा गाई हुँदा आफ्नोघरमा पनि घिउ नटुटेकै जाती । यो त गाउँको परम्परा हो । यो थिती रहिरहे, दुःख हुँदैन । यो विधि नमान्दा दुःखले घर घेर्छ !'

     ठूलो शिक्षा थियो मेरा लागि पनि यो ।

     झमक्क सांझमा पुग्यौ मङ्गलटार ।

     म वरपर ठडिएर बसेका डाँडाहरुसँग भोलिको उज्यालोमा बातचित मार्न पसारिएँ छिट्टै । चिसोचिसो रात थियो । वरिपरिका डाँडा र खोँचमा अनेक खालका चराले फन्को मार्थे, आवाज उराल्थे र पखेटा फटफटाउँथे ।

     रातभरि सुसाइरह्यो रोसी । उसको अविराम स्वाऽऽऽ ले मन सबै धोइयो मेरो । उसको कलकलले मेरा छातीमा थिगि्रएका फोहोर बगायो । उसको सङ्गीतले मेरा कानमा थुपि्रएका कसरमसर बढारेर लग्यो सिनित्तै ।

     उत्ताउली छैन रोसी । नखर्माउली छैन रोसी । र्झकलीर्फकली बानी चैा उसमा छ रे धेरथोर !

     आवाजको उपचार गरेा मैले । सांझ, मध्य रात, झिसमिसे बिहान, मध्य दिन-सबै खाले समयमा रोसी हेरेा, पढेा र उसका गतिपति निहालेा । परिवर्तन, दर्शन र ज्ञानका तहतहमा उभ्याउन सकेा आफूलाई ।

     दुई गते बिहानै हामी उक्लियौा कात्तिकेतिर । बाटामा मङ्गल जनविजय उच्च माध्यमिक विद्यालयको चकमन्न चौर थियो । खहरे खोलाले जताततै बनाएका बाटा, बगर र बालुवाका रास नाघी पसिना बगायौङ हामीले । 

     घामले वरपरका चुलीहरु मनोयोगले पुछपाछ गरिरहेथ्यो । गहुँ फलिरहेका तरेली खेतमा देखिन्थ्यो रङको नौलो थपथाप । उत्तरभन्दा दक्षिणतिरका डाँडाहरु देखिन्थे केही हरियापरिया । परपरका बस्तीमा देखिन्थ्यो जीवनको सिलिङबिलिङ ।

     मैले पारिको कालधारा डाँडा हेर्दै सोधेा-'यताको जिन्दगी के कस्तो छ ?'

     'अभाव बढ्ता छ, राजनीति सबभन्दा सम्पन्न छ !'

     '��"हो !'

     'शिक्षा बामे सर्दै छ । विकाश मरणासन्न छ !'

     'च्व,च्व !'

     थुम्काथुम्कामा केही छरछार भएका बस्तीको गरीबी र दुखाइ आउँछन् मेरा आँखासम्म । तिनका चोट पढ्न खोजिरहेको छु म ।

     अघि बाटामा तेल पिाध्न गएकी तामाङ्नीलाई मैले सोधेथें-'आङी, कतिखेर घर फिर्नु हुन्छ?' 

     'आधा दिन जान, आधा दिन आउँन !'   

     'अनि यो तोरी बेची तेल किने हुन्न र ?'  

     'हामी खाट्टी खान्छम्, खाट्टी बाच्छम् सार !'

     उसले 'सर' लाई सार भनेकी थिई ।

     यतातिर तामाङहरुको बसोबास छ बढ्ता । यो सरल र हार्दिक जातिलाई राजनीतिका पुङमाङे कुराले खुब रगत तताएको रै'छ आजभोलि । गाउँका सरस �ओठमा पनि घोकाइएका र जबरजस्ती लादिएका शब्दले राम्रै ठाउँ पाएको बेस्सरी पाइरहेको थिएँ म । निकै खल्बलिएछ समाज त ।

     उकालो, तर्पे र समथर भएर पुगियो-थाक्ले पाखो । सिलिङबिलिङ रुखपातले वन मन्त्रालय, वन मन्त्री, वन रक्षक र वनजङ्गललाई पारिरहेथे उल्लीबिल्ली । एकाध चिउरी, जामुन र काफलका झ्याम्म रुखले तिनको इज्जत जोगाइरहेथे । नत्र पुरै डाँडो थियो, ठुटैठुटाले भरिभराउ ।

     अघिल्लो दिन सांझमा भुवन थापा मगरसँग जिन्दगीका निकै आँत खोलियो । तीन दशकभन्दा बढी समय दुनियालाई पढाएर पनि आफ्नोजीवनबारे पढ्न नसकेका थापाले भनेथे-'घुाडे चुली, भुमे चुली, थाप्ले चुली, कलोन चुली, बजरदेउ चुली यताका विख्यात चुली परे ।'

     'यी चुली छेउछाउको जनजीवन, कृषि, व्यवसाय र संस्कृति विचित्र-विचित्रको छ !'

     उनले तीसवर्षदेखि पढ्न नसकेको सभ्यतालाई बाह्र चौध घन्टामा म कसरी पढूला !

     उकालैमा थियो विन्ध्यावासिनी प्राथमिक विध्यालय । चौरमा केही कराते, जुडो खेलिरहेका तरुनातरुनी इाटा, ढुङ्गा फोर्दै जवानी बलियो पारिरहेका थिए । उता तल रोसी तीरका बस्तीमा हासो व्यायाम गरेर सिङ्गै बिहान पारिरहेथे खलबल । जेहोस्, तन र मन सबै स्वस्थ पार्न जुटिरहेथे । गाउँमा नया गतिशीलता भेटे मैले ।

     दिनभरि वरपर डुल्दै बिताइयो ।

     काल्ढुङ्गाबाट आएका एक हुल युवती पात टिपेर डोका थाप्लामा लिई आइरहेथे-'ए म्हेन्दो, कसका लागि यो पात ?'  

     'साथीको बिहेका लागि टपरी चाहियो नि ! पात लिएर आ'का !' 

     'फ्ना लागि पो खोज्नुपर्ने ?'

     'तपैालाई थाहा रै'न छ । आफ्ना लागि अर्काले गर्छन्, अर्काका लागि आफूले गर्नुपर्छ नि !' 

     'हो र ?' 

     'लोग्ने चाहियो भनेर आइमाईले निधारमा लेखेर हिाडेको देखेको छ, सार ?'

     'त्यो त छैन !'

     'बाआमाले त्यो बुझेर खोजिदिन्छन् !'

     हल्लहल्ल हास्तै ती उक्लिए वाल्टिङतिर । गाउँबाट आएका ती सरल युवतीमा कुनै बनिबनाउ जीवन छैन । छ त हार्दिकता छ, सरसता छ, निष्कपटता छ । कात्तिकेमुनिको हाँसोले वरपरका चुली फड्किए । 

     सांझमा फेरि बरालिएँ रोसीछेउका खेततिर ।

     भोलिपल्ट लाक्पाल गाउँतिर एकाबिहानै उक्ल्यौा पदमराज र म । ढुङ्गेनी उकालोले पसिनै छुटायो । पूर्वतिर वेगिइरहेको रोसीको सुन्दरता टासिन्थ्यो आँखामा । उत्तरतिरका बादर चिप्लिने भीर थिए । तिनै भीरमा नि मान्छेका घर हजारौ वर्षदेखि रहिरहेकै देखिन्थे । सयौ वर्षदेखि जीवनले दाती र मुङ्ग्री गरिरहेथ्यो यो आपट्टे भीरमा ।

     टुप्पोमा बनेका झुप्राको शान कति हो कति !

     मैले गुम्बाछेउ फिरफिराइरहेका कपडाका ध्वजा हेर्दै भनेँ-'आम्दानी त खेतीपाती मात्रै होला है, यताको ?'  

     'हो, आकाशे खेती !'  

     'अझ, अल्छीले घर गरेको छ यता । धेरै बस्तीमा सँग रोपिन्न, फलफूल भेटिन्न !'       

     'कोदो, फापर, राजमा, बोडी उमार्यो । आलु उमार्न चैा बिर्सदैानन् । हो, गाईबस्तु भने मज्जाले पाल्छन् !'

     यी सबै बेहोरा सुनाए मित्रले ।

     मैले गरीबी, दुःख, अभाव र समस्याले बेस्सरी पैताला फुटाएका अनुहार एक पटक उभ्याए मनमा । देशभरि धेरै ठाउँमा ती ��"ठ र परेली थिए नै । अहिले झन् खिइएका र पुर्लुक्क ढल्न आँटेका ज्यानका लस्कर देखिए ।

     तामाङहरु 'वाला' भन्दा रहेछन् युवा, तन्नेरीलाई । केटाहरु जसलाई पनि डाक्नुपर्दा भनिहाल्थे, वाला । मलाई मीठो लाग्यो सम्बोधन ।

     एउटा किशोर झोलामा भेला पार्दै थियो सालको चोप ।

     'यसको के काम, वाला ?'

     मैले सोधेा ।

     'धामीले भन्या, यसको धुप हाले मेरी स्वास्नीले बच्चा सजिलै पाउँछे रे !'

     उसले मतिर हेर्दै नहेरी भन्यो ।

     लौ, अन्धविश्वासको योभन्दा अन्तिम उदाहरण के हुन सक्छ ? देशले शिक्षामा लगाएको करोडौाको रकमको उपहास थियो यो । देशले चेतनामा लगाएको अर्बौं रकमको हाँसो थियो । देशले सूचनामा लगाएको खरबौं रकमको गिल्ला थियो यो ।

     जिउँका तिउँ थियो अज्ञानता यो पाखामा ।

     थाक्ले थुम्काबाट मास्तिर हेर्दा देखिन्थे छाप र वाल्टिङ ।

     थापाले भनेकै सम्झेा मैले-'मङ्गलटार, छाप र वाल्टिङका घरानियाले चल्यो । अहिले यी आफ्नै गोठका गोरुले हानेर ढलेका हलीजस्ता भएका छन् ।'

     समयलाई नचिन्नुको पीडा रोसी वरपर पनि रै'छ । मैले यसरी नै बुझे

     'आस्याङ, खेत खन्दै ?'

     गुम्बा तलका एक बूढालाई मैले सोधे  

     'के फल्छ र ? माटाका डल्ला चिम्टोदै, खादै !'

     नैराश्य बोले तिनले ।

     पानी नभएर खेत, पाखा र गरा थिए उराठलाग्दा । काम गर्ने तरुनीहरु सहर पसेथे । पाखुरा बजार्ने तरुनाहरु विदेश लर्किसकेथे । बस्तीमा थिए त ससाना केटाकेटी र ��"छ्यान परेका बूढीहरु । अनि काल कुरेका बूढाहरु ।

     मैले रोसीको सुन्दरता निकै निहाले

     सुनकोसी र रोसीको माझमा अभिशप्त जीवन बाचिरहेको तिमाल थुम्का पनि हेरेँ । सधैको काकाकुल जीवन बाच्न सकिन्छ कसरी ? तिमाल डाँडामा पानीका लागि घन्टौ समय खर्चने आइमाईहरु पनि भेटे ।

     आँखाका परेली समेत सेतै फुलेकी एउटी वृद्घाले सिलाबरे गाग्री किन्दै गरेकी थिइन् ।

     उनले आफ्नोखड्कुलो मासेर दुईवटा गाग्री किन्दै बोलेको सुनेँ-'यो थोत्री नसक्दै, अर्को मास्ने सम्पत्ति खोजिहाल्नु पर्छ !'

     कुरो रहेछ यस्तो-

     पानीको धेरै दुःख हुने तिमालमा चाँडचाँडै कुच्चिदा रहेछन् । अनि आफ्ना गोडधुवाका सामान मास्दै आइमाईहरुले खरिद गर्दा रहेछन् गाग्री । यी वृद्घासँग सबै सिद्धियो रे-माइतीले दिएका गोडधुवाका सामानहरु !

     दुई दिनभरि रोसीवरपर घुमेँ म ।

     आधा कमेरो र आधा रातमाटेले लिपेर सजाइएका घर हेर्दै मनको घर हेर्दै मनको चकमन्नता भत्काउँथें म । घर अगिल्तिरका आँगनमा भएका मकैका सुली हेर्दै आँखामा सन्तोष भर्थें म ।

     रोसीको कलकल कुदिरहेथ्यो, वेगिइरहेथ्यो, हेलिइरहेथ्यो ।

     किन यी डाँडाहरुमा रुख नरोपिएको होला ? किन नाङ्गा डाँडालाई हामी मृत्योन्मुख बनाइरहेछौ ? किन यी पाखाहरु झन् उराठलाग्दा बनाइरहेछौ ? मैले अरुसँग सोध्ने साहस गरिन । केवल प्रश्न थियो आँफैमा ।

     घामले आफ्नोशक्ति लगाएर यी डाँडाहरुका चट्टान बालुवा बनाइरहेथ्यो, बालुवालाई पर-पर उडाइरहेथ्यो अनि जीवनमा सङ्कटको रातो बत्ती बलिरहेथ्यो । धुलिसात्.......धुलाम्मे.......धुलो.......हुँदै थियो जीवन !

     एक बिहान कात्तिकेमुनि चिया खान बसियो । 

     'चिया खाउँ है त !' 

     'हवस् !'

     निकै बेरसम्म चिया आएन । एकदमै कडा खार आयो, खुर्सानी भुटेको । आँखा पोले । नाक रसाए । धावा बोल्यो पटकपटक हाच्छ्युँले ।     

     'चिया भुटेको हो कि, रो ?'

     एकजना तामाङ बूढाले भने ।

     पसल्नीले थामथुम पारिन्-'त्यत्तिकै खाको चिया, के चिया !'

     उनले खाना र चिया एकसाथ पकाउन थालेको देखियो ।

     हाँसो पोखियो बेस्सरी । गाउँको हाँसोमा त्यति धेरै राजनीतिको भाला, खुाडा र तरबार भित्रिइसकेको थिएन ।

     मैले अघिल्लै दिन कात्तिकेको थुम्कोबाट सिन्धुली, काभ्रे र रामेछापका अरु गाउँ निहालेको थिएँ । एकलासका ती गाउँमा अल्मलिएको धमिलो खुशी देखिन्थ्यो कताकति !   

     इतिहास, समय र देशमा यी ठाउँले आफूलाई उभ्याएका छन् कतैकतै । धर्तीका यी फग्लेटाले नेपाली मनका कुनै कुनाकाप्चामा आफूलाई दगुराएका छन् । शासनका कुनै आवाजमा आफूलाई टेकाएका छन् यी ठाउँहरुले ।

     म फेरि रोसीका कलकलमा मन धुन्छु ।

     एकोहोरो सुलुलु गइरहेथ्यो राजमार्ग । एकनासले बगिरहेथ्यो रोसीको रसिलो पानी । हावा, पानी, घाम र खेतको चिनाजानी हो पुरानो । यी एकालाप भएर बटारिएका देखिन्थे रोसीका किनारमा । 

     कलकल नदी । चकमन्न डाँडाहरु । चुपचाप खेतहरु । ठिङ्ग रुखपात । शान्त आकाश । बिघ्न बिनाका दुई रात । अशान्त मन थिए रोसी किनारका । मान्छेका मन थिए शान्त ।

     तीन दिन बसेर चौथो दिनको मध्यान्हमा बिदा भएँ म मङ्गलटारबाट । झोलाभरि राजमा बोडी कोचेर जोशीले भनेका थिए-'तपाईंको मन त अघायो होला, घरका साना नानीहरु त त्यो मनबाट सन्तुष्ट हुँदैनन् नि !'

     हो, मलाई तिनले राम्रै पढेको मानेँ ।

     मेरा छातीभरि पहाडी रोसी उत्ताउलिएर छङछ ङाइरहेथ्यो, सल्बलाइरहेथ्यो र गडगडाइरहेथ्यो । छालमा धोइएको मन बोकेर फर्किएँ म ।

     रोसी बगिरहेछ मेरो नसाभरि !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
समय र वाद्यताले मानिसलाई कहाँ कहाँ पुर्र्याउँदो रहेछ । नसोचेको, नपुगेको, नसुनेको ठाउँमा पुग्नु पर्ने रहेछ । नभोगेको, नगरेको काम गर्नु पर्दो रहेछ । आज म सात समुन्द्रपारी पुगेर खुल्ला आकाशमा उड्न नपाएकी चरी पिंजडामा छट्पटिए झै जिन्दगीको सुनौलो दिनको कल्पना गर्दै, खोजी गर्दै यो बिरानो देशको बिरानो शहरमा छट्पटी रहेछु......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
595797
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com