Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 30, 2013 | Author : दाजु गुरूङ
Category : Poetry / कविता | Views : 1081 | Rating :

  
दाजु गुरूङ

      

निला सागरका लहरहरू

निरन्तर तरंगीत  भइरहेछ

छालहरू पनि कुनै खुसी भ्याउन दौडधुप गरेझैं

निरन्तर तरंगीत भईरहेछ, हावाको झोंका सँगसँगै,

 

लहरहरू, छालहरू चञ्चलछन्

र त तरंगीत  भईरहेछ आफ्नै धुनहरूमा/फ्नै गतिहरूमा

कुनै वैंशलेउन्मुक्त षोडसी चञ्चल बने झैं

वैंशले उन्मुक्त षोडषी

चिसा बालुवाहरूको घातमा

सुकोमल पाईलाहरूले प्रतिघात गर्दैगर्दै

छालका लहरहरूलाई गिज्याईरहेछ

अनि छाती भरि फक्रेको वैंशालु मन

मिठो चहानामा अंकुराएको उष्णता

चिसा बालुवामा छालका लहरहरूले कुतकुत्याई दिँदा

एउटा स्वाणिर्म मिठासको झञ्कार थपिदिए झैं

किनारमा उभिएको मान्छे

फ्नो वैंशलाई सम्झदै हाँसीरहेछ

अनुहार भरि अर्धवृताकारका रेखाहरू बोकेर,

 

हिउँदको चिसा घाम/बोझिला दिनहरू

कतै हिमपात र हुस्सुले छोपी दिए पनि

अनि वर्षातको टन्टालापुर घाम

घनघोर वर्षात र आँधी आए पनि

छालहरू निरन्तर तरंगीत भईरहन्छ

अनि  निरन्तर घात गरिरहेछ निर्दोष किनारालाई

किनार चुपचाप सहेर बसेको छ

कति नै घातका पिडा लुकाए पनि

भित्र भित्रै खिइँदै खिइँदै गईरहेछ

किनारमा स्वंखलित हुने छालका निरन्तर लहरहरू

लडँदै उठ्दै निरन्तर घात गरिरहेछ/गरिरहेछ

किनारमा उभिएको मान्छे नजानिदो डरले कापिरहेछ

सायद समयको छालले उसलाई  निरन्तर घात गरिरहेछ

र भित्रभित्रै खिइँदै खिइँदै गईरहेछ उ पनि

अघिसम्म छाललाई हेरेर हाँसीरहेको उ भित्रको मान्छे

डरले कुनै दोह्रो लहरा खोजीरहेछ

किनारमा उभिएको मान्छे छालका पानाहरूमा

जिन्दगकिो मान चित्र पढिरहेछ,

 

परपर सागरका क्षितिजहरूमा

नजर भरि उभिएका  जीवन-डुङ्गाहरू

कुनै माँझधारमा रुमल्यिएकाछन् /कुनै किनार तिर हानिएकाछन्

कुनै बाटो बिराएर अल्झिरहेछन्

र कुनै कुनै छालका लहर सँगसँगै

कहिले सागरको भुावरीमा कहिले मूसलधारे वर्षातमा

किनारा  खोजीरहेछ

हावाको गति सागै ढलपल ढलपल जीवन-डुङ्गाहरू

छालका लहरहरूको घात प्रतिघातले

दिनहुँ खिइँदै खिइँदै गएको जीवन-डुङ्गाहरू

विवश विवश जीवन-डुङ्गाहरू

कुनै गतिलो घातको झड्का  पर्खिरहे  जस्तो

किनारमा उभिएको मान्छे 

जीवनको भुावरीमा चक्कर खाँदै

ढलपल ढलपल डुङ्गाहरूमा

फ्नै  प्रतिविम्ब हेरिरहेछ,

 

बारम्बार हावाको  धक्काले छालहरू अझै उत्ताउला बनेको छ

वैंशले उन्मुक्त षोडषी चञ्चले बने जस्तै 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
कैलेकाही त,
च्याङ्गवाको मन भताभुङ्ग फाट्छ
कुईरोमा अलमलिन्छ उस्को मन
धेरै टाढा.. टाढा सम्म डुलेर,
फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा,
अनि हिमाल देखी पनि पारी.. सम्म
डुलाउन चाहान्थ्यो च्याङ्गबाले आँखा

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709148
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com