Advertisement |
|
|
|
Published : March 05, 2013 |
Author : बल्लभ रोका 'बल'
Category : Poetry / कविता | Views
: 928 | Rating :     
|
|
|
निस्पट्ट अंध्यारोसंगै
वस्ती भित्रको झुप्रोबाट
जलिरहेको टुकी लिदै
बर्षले बयासी लागेकी
नेपाल आमा
गुहार माग्दै छिन्
देश बचाऊ,
अलि पर तिर
छेउ घरे छिमेकी
पहिलाको पहलमान
ढोका ड्याम्म लाउदै
सुनेनी नसुनेझै गरि
चुक्कुलमा चावी लाउछ
सास नफेरी चुप बस्छ
तर पनि
दलिनको दुलोबाट
गुहारको चित्कार सुनिन्छ
देश बचाऊ,
उता,
अलिक टाढा
बस्तीबाट बसाई सरेका
बुज्रुक स्वभावका ब्वाँसाहरु
स्यालले सिनो भेटेझै
सिंह दरवार भित्र
एक अर्कालाई
ताना तान
हानाहान गर्छन्
एक थरि मिलौँ भन्छन्
अर्को थरि अल्झाउछन्
बाहिर जनता जनारदन
बिरोधको बिगुल फुक्छन
देश बचाऊ,
बाहिर सडकमा
संन्त्राश भएपनि
बिरोधको नाउमा
बाग़बजार भित्र बम पडकाऊ छन
घाईतेहरु घिस्रदै
रगताम्मे हुँदै
प्रसाशनको सहयोग खोज्छन
घटना बुझ्न समय लाग्छ
घाईतेहरु चिच्याउछन
गुहार माग्छन
देश बचाऊ,
दरबार भित्र देश
देश चलाउने दिग्गजहरु
दिमाग़ी सन्तुलन बिग्रीएझै
घरि उत्तर तिर दौडिन्छन
घरि दक्षिण
त्यसैले
बेमौसमी राजनितिमा
दक्षिणबाट जुन उदाउछ
पश्चिमबाट घाम
फेरी
जनता जनारदन
बिगुल फुक्छन
देश बचाऊ,
तर यहाँ
अन्धकारमा रुमल्यिएका
विकृतिले वेरिएका
अनि
कुसंस्कारको जालोमा
अल्झिएका आस्थाहरु
वल्झिएका पिडाहरु
भौतारीदै सड़क गल्लीमा
रुँदै कराउँदै
पुरानै शैलिमा
गुहार माग्छन
देश बचाऊ । |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
उसको आँखाभरि विद्रोहको भाव स्पष्ट देखिन्थ्यो । निराशाका लहर मुहारभरि फैलिन्दै थियो । पीडा र दर्दका आभाहरू ओँठभरि लर्बराउदै थिए । त्यसपछि उनीहरू छुटे । अझ दिलमान बोल्थ्यो होला तर ऊ घरबाट निक्लेको समय निकै भइसकेको थियो । अलि ढिलो भयो भने उसकी स्वास्नीले उखर्माउलो मचाउँथी । ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
803171
|
Total Categories |
15
|
More
Links |
|
|