Advertisement |
|
|
|
Published : February 18, 2013 |
Author : राकेश कार्की
Category : Poetry / कविता | Views
: 952 | Rating :     
|
|
|
मंत्रीज्यू
कसरी भो समानता
जब बिचरो सिपाहीले
सधैं बुट बजारेर हजूरलाई
स्यालोट ठोक्नु पर्छ भने,
हजूरको विदेश भ्रमण
किन समान छैन
पसिनाले रुझेर भारी बोक्ने
भरीया दाईको
उकालो ओरालोसंग ?
हजूरको बोलाई हाईफाई छ
हजूरको बसाई हाईफाई छ
डुलाई खवाई हिडाई पियाई
लवाई हँसाई सुताइ रिसाई
सबै सबै हाईफाई छ
समानता नारामा हुँदोरैछ
संविधानको धारामा हुँदोरैछ
समानता भाषणमा हुँदोरैछ
समानता रासनमा किन हुन्न ?
समानता शासनमा किन हुन्न ? |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
पिरतिमा तट्पिएर, टोलाउँनुको मजा बेग्लै ।
दु:खाइमा अश्रु धारा, बगाउँनुको मजा बेग्लै ।।
सुरुवातमा पिरतिको, मुना हुँदै गर्दा खेरी ।
रिसाएको प्रेमिलाई,फकाउँनुको मजा बेग्कै ।।
दाउरा घाँस, गाई गोठाला, जादा सबै मिली ।
जेठा दाइले बाँसुरि, बजाउँनुको मजा बेग्लै ।। |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
802838
|
Total Categories |
15
|
More
Links |
|
|