Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 01, 2013 | Author : दाजु गुरूङ
Category : Poetry / कविता | Views : 794 | Rating :

  
दाजु गुरूङ

हिज आज शहर अक्रान्त छ

शहरको आकाश अक्रांन्त 

र दिनानुदिन समय पनि अक्रान्त वन्दै गईरहेछ 

काला कागहरुको कर्कस हल्ला देखि,

 

कागे हल्लामा अभ्यास्त शहर /अक्रान्त शहर  

गाईलाई अपमान गरेर कागको सम्मानमा उभिएको शहर

कागको महिमा गाउछ /पूजा गर्छ /तिहार मनाउछ

गास काटेर खुवाउने गर्छ -

कागले सु-समाचार ल्याउनेछ भन्ने विश्वास पालेर 

र त मान सम्मान र विश्वासको प्रलोभनमा  

काग जंगल छोडेर शहर पसे पछि

वाज गिद्ध हुचिलहरु पनि

शहर पसेर सेता कागमा रुपान्तरित भएकाछन्

डार्विनको विकासवादी दर्शनलाई झूटो सावित गर्दै

तर शहर न रुपान्तित भएकोछ, न रुपान्तरित हुने क्रममा छ

आाखा चिम्म गरेर काग-पूजा गरिरहेछ

फ्नै घर-आागनमा परेवा मलेवाको वलिदान दिएर

निर्लज्जताको हासो हसिरहेछ रहेछ, काग पालेकोमा

अनि गर्व गरिरहेछ ढुकुरे छाती फुलाएर

र त सेता काग हल्ला गर्छ /शहर हल्लाले अक्रान्त वनिरहेछ,

 

यो शहर कुनै वेला मञ्जुपत्तन थियो रे

देवपत्तन अलाकापूरी पनि कहलाउथ्यो रे

हिंस्रक कागे शहरमा रुपान्तरित भए पछि आज

सेता कागहरु दिउसै आाखा ठुङ्न जाई लाग्छन्

घर आागन मठ  मन्दिरहरुमा हमला बोल्छन्

तर कागे शहर मौन छ /मौनताको धुम्टो ओडेर वसकोछ 

कायर मूर्दाहरुले भरिएको स्ती जस्तो कालो

ज्यूादा लासहरु थुपारिएका मसानघाट जस्तो अध्यारो

कुहिएको सिंनु जस्तो ढुङढुङती गन्हाएको छ शहर

र त सिनुमा पल्केका सेता कागहरु  

सिनुको लागि हल्ला गर्छन्/ मल्ल युद्धमा भिड्छन् 

लाग्छ, शहर कागे हल्लाको लागि उभिएको छ,

 

सेता कागहरु शहर पसेको इतिहास कतै छैन

तर कायरको वस्तीमा काग पसेको छ /वसेकोछ

र त रुपान्तित सेता कागहरु

शहर भित्र गीत गाउछ / भोज भतेर लगाउछ

ज्यूादा लासहरु मारुनी नाच्छन् चटकेको बाँदर जस्तै

श्लेष्मान्तकको जंगलमा हरिणको शिकार गर्छ,

गल्ली गल्लीमा परेड खेल्छ,

जंगवहादुरको रातो घोडा छाद्छन् सेता कागहरु

अनि जिउदा मूर्दाहरु ताली ठोक्छन् /रमिते वनेर तमसा हेर्छन्

र त सिमनामा गाडीएको वुख्याचा माथि वसेर

काग विष्ठा गर्छ तमासेहरुको समुन्ने

तर केवल चिसा सुस्केरा ओकल्छन् देवपत्तनवासीहरु

र त सेता कागहरु हल्ला गर्छन् / दिउसै आँखा ठुङन आइलाग्छन्,

 

अक्रान्त देवपत्तन /अलकाप्री शहर

दिनमा श्याल कराउने मसानघाट जस्तै

भासिदै भासिदै गईरहेछ  ज्यूदा लासहरुको भारले

खिइदै खिइदै गइरहेछ कागे हल्लाले / सल्लाहले 

र किन पो न भासियोस् पनि  ?

किन पो न खिइयोस् पनि ? 

वागवन्ती थला परेको वर्षौ भईसक्यो !

बढो स्वयाम्भू मोती विन्दूले अन्धो छ

पशुपति बालाई लास र मलामी गन्नमा ठिक्क छ

मञ्जुपत्तनवासीहरु पहिले नै मौनताको घुम्टो ओडेर बसेकाछन्

र त मूर्दा शहरका चिल्ला सेता कागहरु सिनु धोकेर

अजिर्णले वौलाएका छन् / किर्ना जस्तै मौलाएकाछन्

सायद यसैले होला भन्ने गर्छन्-

श्याललाई दसा लाग्यो भने शहर पस्छ

तर कुन्नी कसरी ?

काला कागहरु शहर पसेपछि सेता बनेकाछन् 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
प्रस्तुत लेख साहित्यकार युवराज नयाँघरेको २०६५ सालमा मदन पुरस्कारद्वारा पुरस्कृत 'एक हातको ताली' निबन्ध सङ्ग्रहका निबन्धहरूको वस्तु, कथ्य र शिल्प विश्लेषणमा केन्द्रित छ । यस क्रममा प्रथमतः साहित्यको गद्य विधा निबन्धमा हुने मूलभूत वैशिष्ट्यलाई सङ्केत गरी विवेच्य सङ्ग्रहका सबै निबन्धलाई प्रथम, द्वितीय र तृतीय महत्त्वका निबन्धमा छुट्याइएको छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
732553
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com