Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : February 01, 2013 | Author : प्रकाश रोदुङ
Category : Poetry / कविता | Views : 552 | Rating :

  
प्रकाश रोदुङ

घामको तापले हैन

जुनको साथले पनि हैन

जीवन घिसार्ने बाध्यताले

म दुलो भित्र पसेको छु

दिन देखि पर

मध्य रात भित्र

मानब जीवन देखि पर, धेरै पर

उल्लुको जीवन जिउँदै

मन मस्तिष्कमा पहिचान

मानवको पहिचान

माटोको पहिचान

जन्म भूमिको पहिचान

संस्कार, संस्कृतिको पहिचान

समाजको पहिचान

नामको पहिचान

पहिचान पहिचान पहिचान

यी सबै पहिचानाको लागि

पहिचान बनाउन

दश नंग्रा खियाउदै

पसिना बगाउदै

सधैं असार १५

मंसिरको मिठो सम्झनामा

हो, म दुलोमा पसेको छु,

 

हो म, जन्मस्थलो भन्दा धेरै पर

शिरमा सगरमाथा

तराई जस्तो फाटिलो छाती

पहाड जस्तो अटल स्वाभिमान

भएर पनि

बिना पहिचान

बेखबर भएर

म बाँच्न सक्दिन

तसर्थ

अब म हाँक दिन्छु

ए मानवरुपि दानवहरु हो

ए झुटको सपना बेच्नेहरु हो

खसिको टाउको देखाउदै

कुकुरको मासु बेच्छौ कतिञ्जेल ?

 

अब तिमीहरुको सक्कली सक्कलहरु

सबैसामु पर्दाफास गर्नु

सबै नेपाली, सदाको समान नेपाली भन्दै

यो मेरो प्यारो समाज

मायालु समाज

श्रद्धालु समाजहरुमा

अब म पहिचानको निम्ति

समाजमा निस्कदैछु...,

 

थुमुथुमबाट

कोटकोटबाट

गढीगढीहरुबाट

पूर्वबाट

पश्चिमबाट

उत्तरबाट

दक्षिणबाट

सबैतिरबाट

योजनाबद्धले

सुतेको मान्छेहरु ब्यूझाउदै

उठेकाहरुसंग लाइनबद्ध गराउदै

हो अब म

सदा सदाको लागि

सबै सबैको लागि

पवन भएर

प्रकाश भएर

पहिचानको निम्ति

यो समाजमा निस्कदैछु

यो समाजमा निस्कदैछु ।

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
तिम्रो एकतर्फी प्रेमको फोप्सीमा (खाडल) बाट निस्कनु
मैले अनेक उपाय खोज्दा पनि म असफलतामा पछारिइरहेको
पहिलो हेराइमा तिम्रो रुपले लट्ट्याएको नशाबाट म बौरिनु नसकेको
तिम्रो एकतर्फी प्रेममा समर्पित हुँदा म खुस्किएको
जुन समर्पणबाट शहीदले जस्तो इज्जत मैले पाउनुको साटो
'कात्तिके कुकुर वा देउते बोको' को सम्बोधनबाट म अपमानित हुनु सक्ने

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615499
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com