म त एउटा दूर देशको मरुभ्मिमा केक्टस जस्तै
उडीरहेको बालुवा माथि आफ्नै चित्रहरु कोर्दै हिडेका रहस्यहरु
तिमीलाई नै सधैं सम्झी रहने यी नोस्टालजीक आँखाहरु,
तिमी कुन खोलाको साथ लागेर एक्लै किनारै किनार जांदैछौ ?
जुन खोलाको साथले यौवनमा नुहेका लहराहरुमा बेरिन्दै
गुलाबी एबं पारदर्शी साडीमा
उडीरहेको आंचल भरि गीतको मुर्च्छना भर्दै
एबं तिम्रा हातका चुराहरुको संगीत
म यती टाढाबाट रहस्यमय हृदयले छाम्दै सुनीरहेको छु,
र यी हांगाहरुबाट खसीरहेका पातहरुलाई
हावाले बढारीरहेको चिसो एंब हृदय बिदारक सम्बन्ध
दर्दको इतिहासमा साच्चै हो जस्तो लाग्छ
साच्चै होइन हो जस्तो लाग्छ,
यो पीडाबोधको सन्तापमा
सम्पूर्ण प्रेममा परस्पर ढल्किएका धानका बालाहरुलाई
स्नीग्ध निन्द्राबाट ब्यूझेर आंखा भरि छामेको छु
र यो कविताको इन्द्रेणी हार हृदयको झ्यालबाट
तिम्रै आकृतीमा सजाई रहेछु
पुग्नु छ टाढा तिमी मेरो र म तिम्रो सहरा । |