Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 25, 2013 | Author : मोहन गुरूङ
Category : Poetry / कविता | Views : 509 | Rating :

  
मोहन गुरूङ

पूर्व क्षितिजलाई सूर्यले हल्का रंगाउन नपाउदै

बत्तीलाई तुच्छ सम्झने निर्मोही आँखाहरु

अवसरवादी हुन अदूरदर्शी नजरहरु

किनकी

डाँडो पछाडिको खाल्डोमा सूर्य ढलेको बेला

कहाँ छ बत्ती खोज्न थाल्छन्

तिनै निर्लज्ज आँखाहरु !,

 

मलाई अघात माया गर्छु भनि

प्रेमको नौटंकी देखाई सुटुक्क भाग्ने

बेमौमी प्रियतम

तिम्रा ति पापी नजरले

मेरो खुटृामा रिकेटस लागेको देख्दैमा

लंका जलाउने अहंकारको हुंकार नछाडे हुन्छ,

 

दर्दै दर्दले मेरो जिन्दगीको बाध बाधी

मनको निश्चल निरतालमा

रद्धिको रछान खन्याएको दिवा सपना देखेर

प्राप्तीको सिरानी अंकमाल गर्दै

विश्व विजय गरेको सम्झन्छ्यौ भने

कालकोठरीलाई सान्त्वना दिई

फर्फराएको मेरो प्रायश्चितको ध्वजा

बलिदानीमा कति कदम अगाडि छ भनि

तिम्रा ति विश्वासघातका नशाहरु

छरपष्टीएका पिपलपाते ओंठहरु

कमाउदै देउरालीको पातीलाई नसोध

किनकी

लत्याएर गलहत्याइएको अतित

महामहिम मृगतृष्णा

अजिवको वैकाल ताल हो

जालिम अजिवको बैकाल ताल,

 

भर्याङ देख्दै लड्ने देखि लिएर

धेरै चोटी बिना अक्सिजन

सगरमाथा चढ्ने

विविध सन्तानहरुको सन्ततीहरु

मध्येको एक सन्तान म

सामु पर्दा दुई हातको ताली

हैन भने भ्याई नभ्याई पालै नपाई

तथानाम गाली,

छैन मेरो तिमीलाई

तिम्रा परोक्ष सत्कार अनि गाली गजौल

कोसेढुङ्गामा थाती राखी

अलग्गिएको अभेद्धय

एक जिउदो कारुणीक मूर्ति म

मेरो आˆनै सपना बिपना छ

ˆनै प्यारो वस्ती छ

यहि वस्ती गाउ बेशीले

हात समाई सिकाएथ्यो

बैश फुल्ने बनपाखाको

नाम लेख्ने बाह्रखरी

त्यहि खरी अब मेरो

नसुनाइएको कथा लेख्छु

डाली-डाली नाची हिड्ने बनचरीलाई

हेर्छु अनि साल, महिना फेर्छु,

 

जब थाल्छ वर्षाउन घुम्टो खोली बादलुले

पखेटा फिजाई नाच्ने चरी

के थाहा बादलले

असिना नि झार्न सक्छ

झारे पनि सहि दिन्छे

प्वाँख झरे पलाउला

गुँडै भत्के लाउला भनि,

 

उनको पिहु आवाज संगै

दिनले कायापलट फेर्छ

साँझले फेरी जुन डाक्छ

त्यहि साँझको क्षितिज मुनी

मेरो एउटा सपना बन्छ

बेकम्मा प्रियतम

 

 

(हङकङव्यापी वाषिर्क प्रतियोगितात्मक कवितागोष्ठि २०१२ मा पाचौ भएको कविता)



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615762
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com