Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : December 17, 2012 | Author : दिपा एवाई राई
Category : Poetry / कविता | Views : 522 | Unrated

  
दिपा एवाई राई

अली बाबा

के यो शहर तिम्रै हो ?

 

जतातै

आगोको ज्वलामुखी गई रहेको देख्दैछु

वरीपरी कैयैां

भुगर्भबाट

आगोको लप्का उम्लीएर

मुल्तानी माटोसँगसँगै

पुत पुताई

धुवा आकाशमा मडारीएर

रक्तीम साँझ बनेको रहेछ

 

त्रासदी !

 

तिम्रो शहरको प्रवेश द्वारमा छु

के म बुद्धदुतलाई

प्रवेश परिचय-पत्र

पेश गर्न आवश्यक छ ?

 

कोलाज पूर्ण भव्यताको

तिम्रो शहर सिमानमा

मृत आत्माहरु

लाल सेना भएर

सुरक्षा प्रहार दिदो रहेछ,

 

लज्जाको विशाल बजारमा

सबै भन्दा सस्तो

जीउदो मान्छे

विक्रीमा राखीएको सूचना पाटी छ ,

 

किन तिम्रो शहर मसानघाट हुदैछ ?

 

बोन्साई !

न त हरीयो रुख छ

न त निर्मल वायु र जल नै ?

 

भन्दैछन्

यस शहरको अधिकृत रे ,!

मलाई प्रवेश निषेध छ,

 

नयाँ युगबोधले

मलाई तिम्रो शहरमा उभ्याएको छ

नयाँ समयको

नयाँ दिनको

नयाँ घामको

नयाँ उज्यालो फैलाउन,

 

कजार

मैले यो शहर भित्र प्रवेश गर्नु नै पर्छ,

 

त्यसैले

कलमको तोप रकेड् भित्र

विचारको वमहरु पड्काएर

तिम्रो ग्रेट वाल भत्काउदैछु,

दैख्दैछु

पश्चिम पट्टिको देब्रेपाटामा

गहिरोसँग पहिरो गएको छ

क्रमश:

तिम्रो शहरको

अग्लो पहाड सँगसँगै

अति गोप्य खजनाका गुफाहरु भत्कन्दैछन्,

 

अहाँ ! कति सुनौलो दिन

ती चोरेर लुकाईएका बहुमुल्य खजना

अब

सबै सबैले पाउने छन् ।।।

 

नोटः

अली बाबाः  अली बाबालाई अरबीयन कथामा सरल र ईमानदरी पुरुषमान्छेको रुपमा ब्याख्या गरीएता पनि उसलाई नै चालीस चोरहरुको अगुवाई गर्ने पनि मानीएको पाईन्छ ।

बेान्साइः     कुनै पनि अग्लो बोट विरुवाहरुलाई उसको सहि फैलावट र उंचाईमा बढ्न नदिई कलम काटेर राखीएको अवस्थाको रुप ।

कजारः      (पुरा नाम गायस जुलीयस कजार)  रोमको ईतिहासमा कजारलाई शक्तीशाली सैनीक कमान्डरको रुपले चिनीन्छ ।

 

(संखुवा समाज हङकङले आयोजना गरेको हङकङव्यापि प्रतियोगितात्मक कविता गोष्ठिमा प्रथम भएको कविता)




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
एउटा नव युवक
जो चोरीको अभियोगमा
हातमा कडी बाँधिएर
जेलखानातिर लगिएकोलाई सोधें
किन चोरी गरेको मित्र ?
उसले भन्यो परिस्थितिबश

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615492
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com