Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 18, 2012 | Author : अमर नेम्बाङ लिम्बू
Category : Review / समिक्षा | Views : 2775 | Rating :

  
अमर नेम्बाङ लिम्बू

    भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम 'आठराईली'ले  'कोसेली परदेशबाट भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि 'अठराईली'का समसामयिक काव्य चेतना बोकेका जम्मा पचास वटा कविता समाविष्ट गरिएका छन् जसलाई हामी मोटामोटीरुपमा स्थानीयता,  प्रेम,  नोस्टाल्जिया,  देशभक्ति,  व्यङ्य आदि समूहमा वर्गीकरण गर्नसक्छौँ । सम्पूर्ण कविताकृतिलाई सांगोपांग बुझ्न उक्त बिषयहरूलाई छुट्टाछुट्टै चर्चा गर्न आवश्यक भए पनि प्रस्तुत आलेखमा चाहिँ साहित्यिक स्थानीयता (literary localism) भन्ने सम्बन्धमा मात्र केही चर्चा गर्ने प्रयत्न गरेको छु मैले    

बिषय प्रवेश गर्नुभन्दा अगाडि स्थानीयता भन्ने सम्बन्धमा विज्ञ पाठकवर्गलाई केही आवश्यक जानकारी गराउँदा अप्रासङ्गिक नठहर्ला । स्थानीयता भन्ने शब्द सर्वप्रथम सन् १८४२को केही समयअघि मात्र लोकप्रिय अंग्रेजी साहित्यमा प्रयोग भएको देखिन्छ । तर हाल आएर थुप्रै किसिमका देखिन्छन् स्थानीयता । जस्तै राजनीतिक स्थानीयता,  आर्थिक स्थानीयता,  सामाजिक स्थानीयता,  सांस्कृतिक स्थानीयता,  साहित्यिक स्थानीयता आदि। त्यस्तै थुप्रै किसिमका देखिन्छन् साहित्यिक स्थानीयता पनि जस्तै याथार्थिक स्थानीयता, स्वच्छन्दवादी स्थानीयता, काल्पनिक स्थानीयता, मजबुत स्थानीयता,  आत्मपरक स्थानीयता,  अक्सिमोरोनिक स्थानीयता तथा उत्तर आधुनिकवादले सिर्जना गरेको सांस्कृतिक स्थानीयता आदि । त्यसैले हाल आएर स्थानीयता पनि  एउटा अत्यन्त जटिल र विवादास्पद बिषय बन्न पुगेको छ। अहिलेसम्मको तुलनामा प्रभावकारी मानिएको लु एक्स्जुनको स्थानीयतामा पनि क्षेत्रीय विम्बको बहूआयामिक संरचना देखिए तापनि उहाँका सांस्कृतिक प्रतीक, सम्भाषणको सचेतना, सिर्जनात्मक प्रेरणा,  समालोचकीय तर्कसंगतता आदि उत्तिकै अष्पस्ट र संदिग्धपूर्ण देखिन्छ। तसर्थ  हाललाई प्रस्तुत कृतिको तात्पर्यको लागि हामीले साहित्यिक स्थानीयता भन्नाले कुनै स्थान, क्षेत्र वा देशप्रति भावनात्मक सम्बन्ध भइ सोको स्वाद, रंग,  विश्वास र विशेषता आदि स्थानीयकरण (spatialized) गरिएको कुनै साहित्यिक रचना पद्धति हो भन्दा पर्याप्त होला।

उक्तबमोजीम उल्लेख भएको साहित्यिक स्थानीयता वा क्षेत्रीयताले (जसलाई अमेरिकामा यथार्थवादी वा प्रकृतिवादी साहित्य पनि भनिन्छ) कुनै वेला कुनै स्थान विशेषलाई मात्र सम्बोधन गर्छ जस्तै वड्सवर्थको कविता टिन्टर्न अब्बे (Tintern Abbey),  कुनै वेला यसले कुनै सानो क्षेत्रलाई मात्र सम्बोधन गर्छ जस्तै कवि सिद्धिचरण श्रेष्ठको कविता '��"खलढुंगा,  कुनै वेला यसले अलिक ठूलो क्षेत्रलाई पनि सम्बोधन गर्छ जस्तै बुद्धी सागरको आख्यान 'कर्णाली ब्लुज वा विशाल घाँसे मैदानहरूका बिषयमा चित्रण गरिएका विल्ला क्याथरका उपन्यासहरू,  कुनै वेला यसले पूरै देशलाई नै समेटेको हुन्छ जस्तै भारतीय साहित्यको भारतीयपना अथवा कुनै वेला यसले पूरै विश्वव्यापकतासमेतलाई अंगालेको हुन्छ जस्तै जेम्स ज्वाइसको कृति युलिसिजमा प्रतिविम्वित भएको स्थानीयताको विश्वव्यापी झलक आदि। यसबाहेक  वड्सवर्थ, मार्क ट्वाइन,  व्हिटमान,  लु एक्स्जुन,  विल्ला क्याथर,  तुर्गेनेभ आदिले स्थानीयताको अभिव्रिद्धिको लागि महत्वपूर्ण योगदान गरेका थिए भने स्टैनबेक,  हिनी,  यिट्स,  विल्लियम फक्नर आदि प्रतिभाशाली स्रष्टाहरूले  स्थानीयतालाई आफ्ना शक्तिशाली कल्पनाशक्तिद्वारा विश्वव्यापकताको एउटा नयाँ उच्चाइमा लगेर राखेका छन्। त्यस्तै जति जति आधुनिकताको प्रवेश हुँदै जान्छ उति उति साहित्यिक स्थानीयता ��"झेलमा पर्दैजान्छ भनिन्छ तर अत्याधुनिक मानिएको अमेरिकामासमेत हिजोआज पनि क्षेत्रीय साहित्यको द्रुततररुपमा विकास भइरहेको देखिन्छ। जस्तै हालै नेभेडामा भएको २८��"ँ राष्ट्रिय कावव्वाइ (cowboy)कविता भेला पनि क्षेत्रीय साहित्यको एउटा सुन्दर नमुना हो।

उपरोक्त पृष्ठभूमिमा हाम्रो देशको साहित्यलाई हेर्दा धेरै पहिलेदेखि नै  हाम्रा स्रष्टाहरूले आफ्ना सिर्जनाहरूमा स्थानीयतालाई भरपूर  सम्बोधन गर्दै आएका देखिन्छ । यसबाहेक उत्तर क्रान्तिकाल (१९५१) तथा खास गरेर १९९० को दशकपछि नेपाली साहित्यको पनि द्रुततररुपले आधुनिकरण र विविधिकरण हुनुको साथै  डायस्पोरा साहित्यको पनि उदय भएपछि स्थानीय लेखनको दायरा अझै बढ्दै गएको देखिन्छ । सायद ग्रेगरी आल्बोले भने झैं स्थानीय योजनाहरूले आन्दोलनका लक्षहरूलाई प्रतिस्थापित् गर्दै जान्छ भनेको यही होला ।हाल आएर नेपाली साहित्यको आख्यान तथा अन्य गद्य विधामा समेत ध्रुवचन्द्र गौतमलगायत थुप्रै स्रष्टाहरूले स्वैरकल्पना,  उत्तरआधुनिकतावाद,  प्रयोगवाद आदि आधुनिक साहित्यिक शैलीहरू प्रयोग गर्नुको साथै स्थानीयतालाईसमेत सम्बोधन गरेका पाइन्छ ।यति मात्र होइन आधुनिक वा उत्तरआधुनिक सौन्दर्यशास्त्रमासमेत  पहिले  कवि वैरागी काइँलाले र पछिबाट कवि स्व. स्वप्निल स्मृति,  कवि राजन मुकारुङ आदिले थुप्रै  मिथकहरू प्रयोग गरेर स्थानीयतालाई पनि बराबर सम्बोधन गर्दै आएका देखिन्छ । तर यति हुँदाहुँदै पनि हाम्रो देशमा मात्र होइन धेरै देशका कतिपय स्रष्टाहरूले कसैले क्षेत्रवादी वा राष्ट्रवादी भनेर आक्षेप लाउलान् भन्ने डरले आफ्ना लेखनमा स्थानीयतालाई छाड्दैलागेका देखिन्छ।  तर यदि हामीले आधुनिक साहित्यको नयाँ ट्रेन्ड्सलाई हेर्यौँ भने आफ्ना लेखनशक्तिलाई नयाँ उर्जा थप्न र अफ्ना कविताकृतिलाई अझ उर्वर बनाउन विश्वका मेधावी लेखकहरूसमेतले अक्सर स्थानीय संस्कृति र परम्परालाई नै प्रयोग गरेका देखिन्छ। त्यसैले अन्तरराष्ट्रिय ख्यातिप्राप्त साहित्यकार नोबेल पुरुस्कार विजेता आइजक बाशेभिस सिङ्गर भन्नुहुन्छ, जराबेगर कुनै साहित्य नै हुँदैन ।जति लेखकको आफ्नो वातावरणमा जरा गाडिएको हुन्छ,  उति उसलाई सबै मानिसले बुझ्छन्,  जति ऊ राष्ट्रिय हुन्छ,  उति ऊ अन्तरराष्ट्रिय बन्छ

यसरी साहित्यलाई कलात्मक पूर्णता दिने क्रममा हाल हाम्रो देशमा एकातिर मूर्धन्य स्रष्टाहरूका लेखनमासमेत साहित्यिक स्थानीयता र चरित्रको शनैस् शनैस् ह्रास हुँदै गएको देखिए तापनि अर्कोतिर समसामयिक कविलेखकहरूको एउटा बहुसंख्यक जमातले भने आफ्नो परम्परा, गाउँघर र संस्कृतिलाई अझै बिर्सेको देखिंदैन जसमध्ये एउटा नाम कवि 'आठराइली'को पनि लिनसकिन्छ।  

   जब मैले उक्त समसामयिक जमातका कवि आठराईलीको कविताकृति 'कोसेली परदेशकाका पानाहरू पल्टाउँदै गएँ,   कविले आफ्नो शैशवकाल व्यतीत गरेका ठाउँको भावपूर्ण स्मरण गर्दै रच्नुभएको 'आठराई र आठराईली भन्ने शिर्ष कवितामा पवित्र पाथीभरा देवीको नाम लिंदै आफु हुर्केबढेको  आठराईको महिमागान गाउँदै आफ्नो नामको पुच्छरमासमेत 'आठराईली भन्ने साहित्यिक उपनामसमेत जोडी आफ्ना क्षेत्रलाई अनन्य माया गरेका देख्दा  निश्चय नै कविको  स्थानीयताप्रति  गहिरो मायालाई प्रसंशा गर्नैपर्छ हामीले । यदि हामीले नियालेर हेर्यौँ भने 'आठराई र आठराईली तथा 'सोल्टेनीलाई लाहुरेको चिट्ठी भन्ने आफ्ना दुई वटा कवितामा मात्र ३१ वटा स्थानीय नाम, ११ वटा स्थानीय मेलाबजार तथा ४ वटा स्थानीय देवीदेवताको नाम उल्लेख गरेका देख्छौँ कविज्यूले। यसरी  तेह्रथुम र ताप्लेजुङ जिल्लाका जम्मा १४ गाविसमा फैलिएको आठराईबाहेक कविले प्रयोग गरेका अन्य सबै ठाउँहरूलाई हेर्दा कोशीमेचीका पूरै क्षेत्रलाई कविले आफ्नो मुख्य भावभूमीकोरुपमा प्रयोग गरी स्थानीय किरात तथा हिन्दू संस्कृति, पहिचान, स्वाद र रंगलाई आफ्ना अधिकांश समसामयिक कविताहरूमा अभिव्यक्त गर्दै आएका देखिएकोले कविको क्षेत्रीयता हेर्दा सानो किसिमको देखिए तापनि यसलाई पूरै आञ्चलिक स्तरको क्षेत्रीयता भन्न सक्छौँ हामी ।

  स्थानीयताको सन्दर्भमा यहाँ अर्को कुरा के पनि प्रष्ट्याउनु आवश्यक छ भने एउटै देशको स्थानीय वा क्षेत्रीय साहित्यको स्वाद र रंग पनि फरक फरक किसिमको हुन्छ जस्तै पूर्वाञ्चल र पश्चिमाञ्चल अथवा तराइ र पहाडको  साहित्यमा फरकता । यति मात्र होइन एउटै अञ्चलको लेखाइमा पनि फरकफरक स्केच, स्वाद र रंगहरू आउन थालेका छन् हिजआज जस्तै आठराईको लेखन र पाँचथरको लेखनमा ।त्यस्तै पूर्वी तराइ र पश्चिमी तराइको लेखनमा ।यतिमात्र होइन साहित्यिक उपनाम 'नेपालीदेखि 'पाल्पाली, आठराईली हुँदै 'बरबोटे, रिठाबोटे आदिसम्म आइपुगे जस्तै दिनदिनै स्थानीयताभित्र पनि अझ सानो स्थानीयता खोजिरहेका हुन्छन् स्रष्टाहरूले आफ्ना लेखनमा स्वत्वलाई खोजे जस्तै । 

प्रसिद्ध समालोचक स्ट्यान्ली फिसले प्रतिपादन गरेको नयाँ स्थानीयताको सिद्धान्तअनुसार  पनि कवि आठराईलीका प्रेमकविताहरू स्थानीयता अन्तर्गत पर्नसक्छन् । तर यसभन्दा पनि अर्को बलियो प्रमाण के छ भने कविले आफ्नै क्षेत्रका विभिन्न मेलाबजारहरूमा स्थानीय संस्कृति र शैलीअनुसार स्थानीय सोल्टिनीहरसँग धाननाच वा चण्डीनाचद्वारा मायापिर्ती सुरुवात गरी प्रेमकविताहरूसमेत सिर्जना गर्नुभएको देखिएकोले ती कविताहरूमासमेत स्थानीयताको गहिरो छाप भएको पाउँछौँ हामी। त्यस्ता प्रेम कविताहरूमध्ये अत्यन्त कोमल शब्दहरूमा संयोजन गरिएको अर्को सुन्दर कविता हो 'कोसेली परदेशबाट जसको प्रतीकात्मक  अर्थ पनि लाग्नसक्छ अर्थात आफ्नो प्यारो क्षेत्र आठराईलाई मुटुभरी माया गरेर लेखिएको कविता पनि हुनसक्छ यो जसको अपार तथा न्यानो मायाममताले गर्दा वर्षौँदेखि वर्तमानसम्म बाँचिरहेको अनुभूत गर्छन् कविज्यू ।

यसबाहेक स्थानीयता देशभक्तिको एउटा अभिन्न अङ्ग भएको हुँदा लिन्दा कोल्लीकाअनुसार कविका सबै ५-६ वटा देशभक्तिका कविताहरू पनि साहित्यिक स्थानीयता अन्तर्गत नै पर्छन् भन्दा अत्युक्ति नहोला। यी देशभक्तिका कविताहरूबाहेक कविले प्रतीकात्मक शैलीमा सिर्जना गर्नुभएका अन्य दुई उत्कृष्ट स्थानीय कविताहरूको पनि उल्लेख गर्नैपर्छ यहाँ । ती हुन् 'गुनासो पोख्छन् रातहरू र 'उनी अनि म । अघिल्लो कवितामा कविले निरंकुशताले गर्दा साहित्यमा स्थानीय साहित्य,  संस्क्रिति तथा पहिचान हुननसकेको घोर गुनासो पोखेका छन् भने पछिल्लो कवितामा देशमा भएको परतन्त्रतामा जकडिएको अपाहिज साहित्यको एउटा दर्दनाक र वस्तुगत चित्रण गरेको देखिन्छ ।

कवि आठराईलीका उक्त कविताहरूमा पाइएको स्थानीयताको एउटा  संक्षिप्त टिप्पणी मात्र हो यो । हुनत स्थानीयता समेटेका थुप्रै सामग्रीहरू निस्किसकेका भए पनि यस डायस्पोरामा प्राप्त कविताकृतिहरूमध्ये क्षेत्रीय किसिमको स्थानीयताको लागि केही सटीक उदाहरण दिनमिल्ने  उपयुक्त कविताकृति कवि आठराईलीको 'कोसेली परदेशबाट नै देखेँ मैले। यसबाहेक कविले आफ्ना  कविताकृतिमा प्रतिविम्बित भएको स्थानीयताद्वारा  क्षेत्रीयतालाई मात्र नभएर राष्ट्रियतालाई पनि अंगाल्न खोजेका देखिन्छ। अझ अघि बढेर 'खोई मानवतारु तथा 'मुक दर्शक मानवता भन्ने कविताहरूमा विश्वव्यापकताको नै कुरा गर्छन् उनी । त्यस्तै स्थानीय सौन्दर्यको  मात्र कुरा नगरेर विश्वको सप्तआश्चर्यकै उल्लेख गरेका छन् कविले आफ्ना कविता 'अफसोच भन्नेमा   

हुनत कवि आठराईलीका कविताहरूमा प्रेम्, जीवनदर्शन, व्यङ्य आदि मनोभावहरूको पर्याप्त मात्रामा  उच्छलन भएको देखिए तापनि पनि समष्टिगतरुपमा हेर्दा उहाँका मुख्य आवाज नै स्थानीयता हो । प्रक्रिति सम्बन्धी विरलै कविता लेख्ने  कवि आठराईलीले स्थानीय खेतका गराहरूमा वर्षाद भएको चित्रण गर्दै "वर्षादको एक दिन भन्ने एउटा नोस्टाल्जियायुक्त कविता लेखेर  स्थानीयताको क्यानभासमा आफ्ना भावनाका मखमली  रंगहरू भरेका छन् । अझ आप्नो कविता 'समयान्तरमा स्थानीयताबाट हामी टाढिंदै गएको आभाससमेत दिएका छन् कविजीले हामीलाई । यसरी आफ्नो गाउँको कुरा लेखेर विश्वका तमाम गाउँलाई सम्बोधन गर्नपुग्नु भनेको नै वास्तविक स्थानीयता हो । वास्तवमा समग्रमा हेर्दा कविका कृतिमा याथार्थिक स्थानीयता र स्वच्छन्दवादी स्थानीयताको समिस्रण भएको पाउँछौँ हामी ।

अर्को कुरा  जति हामी स्थानीयताबाट टाढिन्न खोजे पनि बारम्बार यसले हामीलाई आकर्षण गरिनै रहन्छ। उदाहरणस्वरुप स्थानीयता तथा राष्ट्रियतालाई नमानेर अन्तरराष्ट्रियतावादमा विश्वास गर्ने भि।यस नैपाल तथा सलमान रुस्धी जस्ता अन्तरराष्ट्रिय साहित्यिक हस्तीहरूले पनि वेलावेलामा आफ्ना स्थान तथा आफ्ना जरा खोज्दै आएका उल्लेख गरेका छन् तिनीहरूका लेखमा। वास्तवमा आफ्नो ठाउँ वा जन्मस्थानको मोह यति शक्तिशाली हुन्छ कि यस सम्बन्धमा विश्वविख्यात दार्शनिक जर्ज शान्त्यायानको एउटा भनाइ अवगत गर्न उपयुक्त ठान्छु म यहाँ। सानैमा  आफ्नो देश स्पेन छोडेर अमेरिकाको बोस्टनस्थित हार्वाड विश्वविध्यालयसँग सम्बन्धित हुनुभयो रे उहाँ। तर करिब सत्तरी वर्षपछाडि जीवनको पूर्वसन्ध्यामा एक दिन उहाँले आफ्नो जन्मस्थानलाई सम्झन वाध्य हुनुभयो रे । त्यस्तै यदि हामीले  आफ्नो जन्मस्थानलाई छोडेर विदेशमा जिन्दगीभर बसे पनि एक न एक दिन हामीलाई पनि हाम्रो जन्मस्थानलाई सम्झन वाध्य हुनुपर्ने छ। यो ध्रुव सत्य हो । ।यही एउटा अमूल्य सन्देश प्राप्त गर्नसक्छौँ हामी कवि ँआठराईलीको ँकोसेली परदेशबाट भन्ने कविताकृतिमा। आशा छ भविष्यमा पनि कवि ँआठराईलीले यस्तै स्थानीय स्वाद र रंगले ��"तप्रोत भएको अझ  उत्कृष्ट कृति प्रदान गर्ने नै छन्  हामीलाई ।

न्यूयोर्क, २०१२

 

 

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । 'आज रातभरिमा तीन-चार कार्यक्रम नबनाई भएकै छैन !' सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु म बग्रेल्ती । अग्ला आलिशान घरहरू । सडकको झिलिमिली चौपट्टै । म अनुहार झलमल्ल बाल्दै मनका उत्तर दिइरहेछु आँखाले पढ्दै । मे महिनाको सुरुको साता......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
592833
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com