Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : September 16, 2012 | Author : समदर्शी काइँला
Category : Review / समिक्षा | Views : 909 | Unrated

  
समदर्शी काइँला

       हाम्रो बहुरङ्गवादमार्फ् प्रतिसमालोचनाको सिद्धान्त खेलकको परिचय, पहिचान प्रक्रियाबाट प्रारम्भ हुन्छ खेलकले खेलेको जग्गा बाइनरी अपोजिसन हुनुपर्दछ कथाकार लारा मात्र भन्दा साहित्यमा अमिल्दो एकलकाँटे हुन्छ नै उनी कथाकार मात्रै होइनन् लारा एक कथाकार हुन् लारा एक उद्घोषक हुन् लारा एक कलाकार हुन् लारा एक कवि हुन् लारा एक चित्रकार हुन् लारा एक नाट्यकर्मी हुन् तेसो , प्रतिसमालोचनाले द्धिचरतालाई विनिर्माण गरेर खेलक बनाएको हो यी प्रत्येक विधामा शब्द खेलाउनेलाई खेलक भनेपछि सकि गो प्रतिसमालोचना भनेको प्रतिकृति भनेजस्तै हो कृतिलाई बहुरङ्गवादले किन प्रतिकृति भन्योभने जस्तो दृष्टान्तमा मैले प्रकृतिलाई हेरेर लेखेभनें त्यो प्रकृतिको नक्कल हो, प्रतिकृति हो मौलिकताको प्रधान अस्तित्वलाई अस्वीकरण गरेपछि  प्रतिसमालोचनाले हीँनेर अर्थको मृत्युको घोषणा गर्दै विधाभन्जनलाई अनेकार्थकता दिन्छ विधा भन्जन भनेको बहुल विधाहरूको सम्मिश्रण हो लाराको कथा सिरिफ कथा मात्र होइन कथा अलिकति कविता भएर पनि आको , कथा अलिकति निवन्ध भएर पनि आको , कथा अलिकति अकथा भएर पनि आको , कथा अलिकति नाटक भएर पनि आको , कथा अलिकति अविधा भएर पनि आको कथा अलिकति नौलो विधा भएर पनि आको यसरी विधाभन्जनबाट यो कथा कथाकारको निर्माण भएको आजका खेलकले विधाभन्जनको राम्ररी प्रयोग सदुपयोग गर्न सकेनन् भने सक्कली खेलक हुन्छ उसको क्रिया सक्कली खेल हुन्छ यो मानेमा लारा निक्कै धेरै सफल भएकी छन्

दार्शनिक धरातलमा उभेर हेर्दा ल्योतारको महाख्यानको मृत्युपछि नेपाली वैकल्पिक आधुनिकतामा पात्रहरूसँग एक साँझको जन्म भएको स्यानू घटना, स्यानू परिवेश, स्यानूस्यानू पात्रहरू, स्यानू संरचना, स्यानू परिघटना, स्यानू बहुआयामिक प्रक्रिया, स्यानू उपस्थिति स्यानू प्रतिपादनमा निर्मित छन् यसभित्रका कथाहरू यसरी स्यानू कथाको निर्माण हुनु नै महाख्यानको मृत्युको प्रमाण हो स्यानूतिर लाग्नु, खण्डिततातिर, अनिश्चिततातिर जानु नै उत्तरआधुनिक प्रबोधन हो जब खेलक स्यानू खण्डिततातिर जाँदैन तर पूर्णतातिर जान्छ तब उसले खाली अर्थ लेखिबस्छ त्यो परम्परित महाख्यान भएर मर्दछ किनकि यो उत्तरआधुनिक समय हो अर्को मान्यता, उत्तरआधुनिकताले अर्थ होओइन अनेकार्थकता लेख्नुपर्दछ खेलक लाराको पात्रहरूसँग एक साँझलाई उत्तरआधुनिक उपस्थिति मान्न सकिन्छ अनुपस्थितिको सीमान्तीकृत, संस्कृतिकृत, कालिक मायिक कथाहरूबाट सिम्युलेक्रममा राखेर पात्रहरूसँग एक साँझलाई हेर्दा यसको गहिराइ पत्ता लाग्दछ प्रतिसमालोचनाको सिद्धान्तले खेलकका सारा खेल प्रतिकृति मान्छ यही प्रतिकृतिका तीनओटा पोष्टमोर्डन सिद्धान्तलाई उचालेर पात्रहरूसँग एक साँझ आएको पुस्तकको आवरणमा  खेलकको फोटो राख्नुको अभिसंकेत पनि यही हो सिम्युलेक्रा कथाकार लारा अर्थात् मेरो शब्दमा खेलक लाराले आवरणबाटै प्रतिकृतिको प्रयोग गरेर पुस्तकको अन्त्यमा पनि पात्रपात्राहरूले गरेका, भनेका कुराहरूलाई कथाको प्रतिकृति सादृश्यताउतारेकी छन् प्रतिकृतिको अनेकार्थतालाई भेट्दा आवरण, शीर्षक, प्रकाशक, प्रकाशकीय, समर्पण ,भूमिका, प्रतिखेलकका भनाइ, साहित्यिक डायरी खेलकका स्वकीय भनाइ आदि जम्मैलाई भेटिवरी कथाहरूलाई भेट्नु पर्दछ प्रतिसमालोचनाको सिद्धान्तमा जम्मैका अंश अंश मिलेर, क्रिया प्रक्रिया मिलेर, लेखन प्रतिलेखन मिलेर, कृति प्रतिकृति मिलेर, बहुल तत्वहरू मिलेर, देशीय परिवेश वैश्विक परिवेश मिलेर, मिलेर भनेको सहज प्रकाश्यको बहुल समन्विति हो यो कथा

 

अरु खेलकहरूले लेखेकोबाट सापेक्षिक दृष्टिकोण

, प्रकाशकीयमा ज्ञानेन्द्र गदाल लेख्छन्, लहड रहरमा लेखिएका कृतिहरू फगत् आफ्नै लागि मात्र हुन सक्लान् तिनले बहुसंख्यक पाठकको मस्तिष्कलाई हल्लाउन सक्दैनन् तर लाराका प्रस्तुत संग्रहभित्रका हरेक कथाहरूमा पाठकको मन खिच्न सक्ने तागत भेटिन्छ

, भूमिकामा मुलीवीर र्राई लेख्छन्, सधैं बग्ने खोला बगी नै रहन्छ तर खोलाको बग्नु, छालहरूको ठोक्किनु, दहहरूको रङ,चट्टानहरूको मौनता, किनाराहरूको दूरी यी सबलाई चिन्न सक्ने त्रि्रो खुबी दोहोरो बात मार्ने त्रि्रो कलालाई मैले के सबैले बिनापुर्वाग्रह कदर गर्न कर लाग्छ

, आफ्नो भनाइमा गोपीकृष्ण प्रसाइँ लेख्छन्, एउटा फरक अनुभूति स्वादहरू पाइन्छ यी कथाहरूमा

, साहित्यिक डायरीमा जया र्राई लेख्छिन्, उनको लेखन शैलीमा नौलोपन , परिष्कृत, मीठास रसिलो , समसामयिक

, नक्स बनेकी लक्ष्मीमा किसन र्राई लेख्छन्, अब तिमीले हङ पनि आफै गर्नुपर्छ अनि कसो सेग्रो गर्न नसकिएला- तिमीले सेग्रो पनि गर्नुपर्छ

, मेरा एक दुइ भनाइमा खेलक लेख्छिन्, डायास्पोराबाट एउटी श्रमजीवीले समयश्रम कटौती गर्दै लेखेको कृति पात्रहरूसँग एक साँझ यदि काल, परिस्थिति तथा स्थान अनुरुप र्सार्वभौम मान्यताभित्र मानवीय अलग सोच संवेदनाहरू पनि स्वीकार्य हुन्छन् भने वस्तुत त्यही प्रयास हो यो कथा कृति

, पुस्तकको ढाडमा डा रुपक श्रेष्ठ लेख्छन्, प्राय नारीवादी आदर्शवादी लाग्ने कथाहरू आधुनिक समाजको यथार्थता एवं मनोविज्ञानमा आधारित भएकाले हरेक पाठकले कथामा आफ्नो पात्रता कहीं कहीं भेट्न सक्छ जुन लाराको इष्र्या लाग्दो कथनी कला हो

, पुस्तकको ढाडमा कृष्णपक्ष लेख्छन्, कथाको सघन गहिराइमा डुब्दै जाँदा भावनात्मक संवेगका असाध्य क्षणहरूमा घरिघरि पारिजात सम्झन्थें

, पुस्तकको ढाडमा मुकेश र्राई लेख्छन्, यस कृतिमा समाविष्ट कथाहरू जीवन जगतको हरेक आयामहरूलाई छुँदै आफूजस्तै स्पष्ट अनि हठी भएर आएका छन् ,

१०, पुस्तकको ढाडमा काङमाङ नरेश लेख्छन्, ,महिला मुक्तिको आवाज ,राष्टप्रेम,माटोको माया , आप्रवासी अभिव्यक्ति ,समग्रमा मानव जीवनको नक्शा।

यी माथिका बहुल दृष्टिकोणबाट सापेक्षिक अनेकार्थकता यसरी तलको निक्लन्छ मैले भनेको अर्थ मात्रै फाइनल हो भनेर प्रतिसमालोचनाले मान्दैन एक खेलकको समीक्षण मात्रै सत्य हो भनेर नमान्नु बहुलतातिरको बाटो तय गर्नु हो यसले सबैखेलकहरूको व्याखा विश्लेषण हर्ेछ  निष्कर्षा अनेकार्थकता निकाल्छ यसरी प्रतिसमालोचनाले प्रजातान्त्रिक समालोचकको जन्म दिन्छ प्रजातान्त्रिक समालोचक नभएसम्मन् कृतिले असली समीक्षण पाउँदैन कृतिको असली मूल्याङ्कन हुन सक्तैन तेसो , समालोचनालाई  निरङ्कुशता हुनबाट जोगाउँन अनि पक्षपात राजनैतिक हुनबाट बँचाउन हामीले प्रतिसमालोचनाको सिद्धान्तलाई अगि सार्यौं

 

वैश्विक शाश्वतता विषण्णताका कथा

मृत्यु शाश्वत सत्य हो मृत्यु शाश्वत सत्य हुँदाहुँदै पनि विषण्णता हुन्छ  जीवनमा तीन अको अर्थात् अस्वीकरणको, अनिर्णयको अनिश्चितताको तीन अको कारणबाट उत्तरआधुनिकता जन्मेपछि शाश्वततामा विषण्णता मिसिइएर मुटु चिउ चिउ हुने कथा भएको एउटा मृत्युको वयान। खेलकले एउटा मृत्युको वयान सुनाइरहँदा पाठकको आँखाबाट कतिबेलै सूनकोशी बग्दछ यो लाराको कथाकारिताको शक्ति हो कथाको घटनाले समाजको कुसंस्कार, विसङ्गति, विकृति, उत्पीडन, गरिबता, विभेद, सत्य, असत्य रुढीवादी साँघुरो सोचको उत्खनन् गर्छ विश्वजनीन परिवेशमा कथाभित्रको कथा शैली शिल्पमा नौलो विशिष्ट प्रयोग हो अन्त्यमा कथाले सिकाएको पाठ जीवन   मृत्युलाई अन्तरङ्ग प्रतिरङ्गमा बुझ्न सक्यौंभने नै जीवन फारो गरेर बाँच्न सकिन्छ यो घटनाको निरन्तरतामा क्रमभङ्गता मात्रै हो मृत्यु संशोधनवादमा प्रशोधित भएर नभएर समाजले कतिलाई सस्तो मृत्यु मार्छन् मर्छन् विपरितमा कतिलाई चाहिँ गह्रुँगो मृत्यु मार्छन् मर्छन् हामीले बाँचेको समाजको विघटनको विसामान्यीकरण कथाको मूलमन्त्रणा हो    

 

 

भर्चुअल रियालिटीका कथा

भर्चुअल रियालिटीलाई नेपालीमा परोक्ष यथार्थ भनिन्छ यो साइबरजगत्को कथा हो पात्रहरूसँग एक साँझ शीर्षक नै परोक्ष यथार्थमा निर्मित खेलक लाराको शक्तिशाली आविष्कार प्रयोग नै साइबर आख्यानको डिस्कोर्स हो। फेसबुकमा भेटिएका पात्रहरूसित डिस्कोर्स गरेर देशका वर्तमान समस्याहरूको समाधान खोजेकी छन् लाराले जातीय संस्कृति इतिहासलाई वैश्विक संचेतताको बहुलताभित्र सहअस्तित्वमा भेटेर हार्दिकता सहिष्णुताको गवेषण गरेकी छन् लाराले यहाँ सांस्कृतिक विचलनको कुरो पनि सवभर्सन भनेको अमिल्दो पुरानू परम्परालाई भत्काएर सम्यक्रुपले नयाँ निर्माण गर्नु हो तर परम्परित स्थापत्यलाई डामाडोल पारेर पहिचानलाई नै नामेट गरेर विचलन गर्नु भनेको चाहिँ होओइन त्यो हुनबाट रोक्नु कथाको भगीरथ प्रयत्न हो। समदर्शी काइँला पात्रले बीचमा खेलकलाई फ्याट्टै बाहुनवादी भनेका छन्, भन्नुको कारण नै प्रजातान्त्रिक लेखक बनाउने अभिधारणा हो जसले  बहुरङ्गवादको सिद्धान्तमा समस्त पलायनवादीहरूलाई सहअस्तित्ववादी बनाउँन संकेत गरेको हो कथाले यो सार बोकेर ल्याएको सांस्कृतिक सौर्न्दर्यचेतको डिस्कोर्सबाट अइले राजनीतिमा चलेको समावेशितालाईसमान अस्तित्वमा साम्यतामा साहित्यमा पनि चलाउँनु पर्छ। यो छायाभासको एकप्रति फोटो हो प्रतिपादित साहित्यमा। ग्रामीण हरिमाया पात्रलाई देशभित्र उभ्याएर पात्रहरूसितको डिस्कोर्सको माध्यमबाट परदेशबाट देशको सत्वको कुरो गरेकी छन् तर देश खोज्दा देशभित्रका जाती, भाषा, कला, संस्कृति समाजलाई पनि हराउनु हुन्न बरु सम्यक् संवोधन हुनुपर्छ देश निर्माणार्थ विदेशमा लडाइँ लड्नेहरू, पसिना बेच्नेहरू स्वाभिमानीहरू अब देशमा फर्किनु पर्दछ भन्ने खेलकको शत्तिशाली आवाज यस कथामा यो कथा शक्तिशाली बन्नको कारण यौटा साइबरजगत्को बहुआयामिक प्रयोग होभने अर्को कथाकारिताको उत्तरआधुनिक टेक्निक हो तेस्रो साइबरसंसारमा बौद्धिक पात्रहरूसित प्राज्ञिक सङ्कथन हो जब कथामा यी टेक्निकहरूको सम्यक् प्रयोग हुन्छन् तब त्यो कथा आजको सक्कली शक्तिशाली कथा बन्छ

 

डायास्पोरिक कथा

पात्रहरूसँग एक साँझमा धेरै कथाहरू डायास्पोरिक छन् डायास्पोराबाट खेलकले लेखेका कथाहरू छन् महत्वपूर्ण कुरो यसमा डायास्पोरिक संस्कृति पनि डायास्पोरिक पात्रविधानबाट लेखिएको ।आधाउधि कथा हङकङ बेलायतको पृष्ठभूमिमा निर्मित छन् त्यहाँका संस्कृति, भौगोलिक,ऐतिहासिक,धार्मिक आप्रवासिक शरणार्थी जीवन कथाका विषयवस्तु हुन् कथा हृदयविदारक बन्नुमा डायास्पोरिक संचेतनाद्वारा खेलक द्धैधवृतिमा बाँचेर जीवन भोगाइका सुन्दरता उदासीनता दुवैखाले अनुभूतिहरू कुँदिन्छन् कतिमज्जाले कथामा कतै घातै घातका भीरहरू छन् कतै अभिघातका पीरहरू छन् यी भीर पीरको समन्वितिमा डायास्पोरिक संचेतनाले बनेको नाटकीय शैलीमा लेखिएको प्रतिनिधि कथा हो जुलीस् A Glimpses of Hope. संर्घाईको परिसरबाट अरु परिसरहरूमा पुग्दै त्यहाँ घटित विकृति,विसङ्गति अभिघातको विवृतिको विश्रृङ्खलाहरू हुन् कथाको विषयवस्तु यसमा परवशता, आशा, जिजीविषा, सपना, वृति अभिघातका अन्त्यहीन श्रृङ्खलाहरू छन् वेश्यावृतिलाई जीवनको एक वृति मानेर यसलाई बहुल दृष्टिकोणबाट हेरेकी छन् खेलकले महिलावादी आवाजले हाम्रो घीनलाग्दो संकरणीय समाजलाई परिवर्तन गर्न खोज्नु कथाको सारतत्व हो यसले दसीप्रमाण दिन्छ, नाटकीय समयोचित शैलीमा कथाकारिता लाराको नौलो कथ्यटेक्निक हो  

 

मायिक यथार्थवादका कथाहरू

मायिक यथार्थवादलाई अंग्रेजीमा म्याजिकल रियालिज्म भनिन्छ आजका धेरैजसो खेलकहरूले आख्यानविधामा मायिक यथार्थवादको प्रयोग गरेका छन् लाराले जून ��"र्लिएको रातमा यसको सघन प्रयोग गरेकी छन् जून यथार्थतामा धर्तीमार्लन्दैन तर चिद्वैषम्यतामार्लेझैं लाग्छ यो अलिकति यथार्थ होभने अलिकति मायिक हो यहाँ प्रकृत्रि्रेम, मानवीय प्रेम पर्यावरणीयप्रेमको नोष्टाल्जिक अनुभूतिहरू चिद्वैषम्यिक आकासबाटर्लेका छन् खेलकको हृदयको फेद, फेदसम्मन्। मायिक यथार्थवाद स्वैरकल्पना एकापसमा सम्मिश्रण भएर खेलक बडो नोष्टाल्जिक बनेकी छन् जूनर्लिएको रात। कथाको साध्यतामा नयाँ वर्षा नयाँ सोच अर्थात् प्रतिसोचको प्रतिपादन भएको प्रतिसोचले खेलक साउथ चाइनाको सामुद्रिक किनाराबाट अर्थात् विदेशबाट देशीय भेडेटारमा पुगेर त्यहाँ फूलेका आरुका फूलहरूमा नोष्टाल्जिक भएर नेपाली मनको मनोद्वेगहरू सामुद्रिक छालहरूजस्तै आउँछन् जान्छन् यो मायिक खेलमा खेलकले भनेझैं नोष्टाल्जिया मीठो प्रेम अनुभूति हो आरुका फूल होलीका स्मृतिहरू पनि यस्तैखाले अनेकार्थकता बोकेको प्रतिनिधि कथा हो   अनेकार्थकतामा यौटा अर्थ उप्काउँदा आरुका फूल प्रेमको प्रतिबिम्ब होभने होलीका स्मृतिहरू सिउँदोको सिन्दूरको प्रतिबिम्ब यसरी प्रतिकृतिमा, छायाभासमा स्वैरकल्पनामा कथाको निर्माण हुन्छ प्रेम भएको यथार्थिक होभने प्रेम अव्यक्त स्वैरकाल्पनिक पनि अर्को पक्ष लाहुरेसँग विहे गर्नु भनेको जनजाति समाजभित्र वर्षौदेखिन् चलिआएको एउटा परम्परा हो लाई तोडेर खेलकले धनको मायाभन्दा मनको माया फाप्छ भनेर समाजलाई देखाएको सहि नूतन मार्ग हो यो एलिट सवार्ल्र्टन वर्गबीचको अरीति विभेदको खाल्डोलाई पुर्दै समानताको समावेशी आवाज उराल्ने वर्षौदेखिन् नलेखिएको तर लेख्नुपर्ने कथा पनि हो सरल सरस कथ्यभाषामा नौलो प्रक्रिया पद्धतिद्धारा निर्मित यो अलग सोचको कथा हो

 

सामाजिक वैचारिकीका कथा

        सामाजिक वैचारिकीलाई अंग्रेजीमा आइडियोलजी भनिन्छ लाराका धेरै कथाहरूले आफ्नैखाले बलियो आइडियोलजी बोकेका छन् माया पिरेमको सम्बन्धमा होस् या देश प्रेमको सम्बन्धमा होस्, माटोको मायामा होस् या जीवनको मायामा होस्, नारीवादी स्वरमा होस् या आमाको माया पाठहरूमा होस् लाराले स्वकीय आइडियोलजी पेस गरेकी छन् कथाले अरु जम्मै तत्वहरू बोकेर पनि आइडियोलजी बोक्न भुल्योभने अकथा हुन्छ आइडियोलजी कथा संरचनाको मुटु हो अबको आइडियोलजीले बहुलता बोकेन भने पनि परम्परित आदर्श हुन्छ त्यसको काम सकि गो उहिल्यै कतिबेलै यो उत्तरसंरचनावादको समय अधिभाषिक संचेतन अन्वेषणद्धारा आइडियोलजी बनाउँनु पर्दछ त्यो खेलकले बनाएकोले नै पात्रहरूसँग एक साँझलाई उत्कृष्ट उत्तरआधुनिक कथाहरू मान्न सकिन्छ

 

पात्रहरूसँग एक साँझमा देखिएका केही अभाव अपुगहरू

 

, चिद्वैषम्यताको कम प्रयोग

, प्रसंगहरूको विचलन

, स्यानू शीर्षकको घटनाभित्र ठूलो मिस्कट आइडियोलजी

, समाधानबेगरको समस्याहरूको उत्खनन्

, अर्थमा बेसी केन्द्रित ।

, अङ्ग सङ्गतिको कमी

, पलायनवादी पात्रहरूको बेसी उपस्थिति

, रणनीत्यात्मक तात्विकताको सैद्धान्तिक प्रयोग कम

, यथार्थताको बेसी लेखन अर्थात् मायिक यथार्थता, हाइपरियालिटीको कम लेखन




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
हातमा प्याला थमाएर लेखेँ
तिम्रो फोटो समाएर लेखेँ
उकुस मुकुस भयो अनि पिएँ अलिकति
शब्द आँसु खसाएर लेखेँ
हेर्दै थिएँ तस्विरमा मुस्कुरायौ तिमी
भित्र भित्रै रमाएर लेखेँ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688536
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com