उनको आँखाबाट बगिरहेको
आँसुको नदी पुछिदिँदै
भावुक भएर म झोला टिप्छु
उनी भक्कानिँदै आफ्ना दुई हातले
बेस्सरी मेरो कम्मर कस्छिन् !
निकै बाँकी छ उज्जालो हुन
मस्त निदाइरहेको छ छोरो
बत्तीमा झुम्मिइरहेका छन् कीराहरु
ठोक्किँदै त्यही बत्तीमा
कोही घाइते भएर खुट्टा तन्काउँदै छन्
कतिपय त मरिसकेका छन् !
केही थोपा उनका आँसुका
तप्कन्छन् मेरा बुटमाथि
टल्कछन् बत्तीको प्रकाशमा
म आँखा चिम्म गर्छु
र केही बेर पछि
उघारेर बुट हेर्छु
बुटबाट बगेर आँसु
कार्पेटमा बिलाइसकेको छ
म सोच्छु-
हामी सिपाहीको जिन्दगी
आँसुजस्तै त छ !
ँतपाईं नजानुस् लडाइँमा
फर्कौं हामी हामै्र देश’
ँत्यसो नभन देसिया,
मैले युनियन ज्याक छोएर
दुई-दुई ठाउँमा कसम खाएको छु
म कसरी भन्न सक्छु-
अफगानिस्तान जान्न भनेर...
लडाइँमा जानु मेरो कर्तव्य हो’
अनायास फुत्कन्छ आडम्बर !
सम्झन्छु- वृद्ध बाउआमा
हेर्छु- सुतिरहेको छोरो
रोइरहेकी मायालु
उफ् १
कसरी मान्छ मन
यस्तो बेला लडाइँमा जान... !
कार्पेटमाथि रास लागेको छ
मरेका कीराहरूको
गुञ्जन थाल्छ कानमा
आवाजविहीन सङ्गीत
आँखाबाट अविरल नदी बगाउँदै
आफ्ना थर्थराएका हातले
फूलका माला लगाइदिँदै
उनी भन्छिन्-
जस्तो जाँदै हुनुहुन्छ
त्यस्तै फर्किनू लडाइँबाट !
लाग्छ-
थुप्रै छन् भन्नुपर्ने कुराहरु
तर निस्कँदैन शब्द
फुट्दैन बोली
निस्कन्छु क्वाटरबाहिर
र, ड्याम्म... गर्छु
विदाइको ढोका !
सन् २०११ मा वेलायतको १०० युवा कविहरुमा पर्न सफल कविता, अंग्रजीमा अनुवाद गरिएको छ |