थाहा पाउँनु थियो मैले उन्को एउटा कुरा
कसै गर्दा थाहा पाईन चल्यो मनमा छुरा
बोली चाली सारै मिठो
संगै हाँस्दा बोल्दा
हल्का हुन्थ्यो मन कति
रहस्य त्यो खोल्दा
सोचाईमा डुब्दा डुब्दै हर रात त्यसै बित्छ
त्यै कुराले संधै मलाई ऐठन लगाई थिच्छ
दिलका सारा कुरा खोली
सुनाउँथे कतीकती
च्यातेर नै देखाउँथे
यो छातीमा भए जती
यो मन जस्तो सङ्लो त्यो मन कहाँ रहेछ
आखिरीमा जीवन यो भिरको चिन्डो भएछ
हाल इज्रायल |