Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : June 18, 2012 | Author : अमर नेम्बाङ लिम्बू
Category : Review / समिक्षा | Views : 1160 | Rating :

  
अमर नेम्बाङ लिम्बू

कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा, आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् । कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन वा भावावेगपूर्ण सत्य । कतिले कविता भनेको भावावेश वा संस्मृति भनेका छन् तर टी. एस. इलियटले भावावेश वा संस्मृति पनि कविता होइन भनेका छन्। त्यसो भए कविता भनेको के हो त ? सायद कविता भनेको मरियान्ने मूरले भने झैँ 'जीउँदा भ्यागुताहरू भएका काल्पनिक बघैँचाहरू हुन् कि ? तर जसले जे भने पनि कविता भनेको अनुभूति चाहिँ पक्कै हो। आखिर मरियान्ने मूरका उफ्रिहिंड्ने जीउँदा भ्यागुताहरू पनि त यही अनुभूतिहरू हुन् अथवा उल्लिखित विभिन्न कविहरूले भनेका जीवन र जगतको आलोचना, दर्शन, सत्य, आदि जे भने पनि त अनुभूतिहरू नै हुन् । त्यस्तै यही अनुभूतिको आधारमा नै नेपाली साहित्यको आधुनिक कविता फाँटमा एउटा सशक्त नारी स्रष्टाको रुपमा भर्खरै उदाउनुभएको कवि मनु लोहोरुङज्यूले सिर्जना गर्नुभएको छ 'लुङ्मारी मिथक जसलाई मूलत स्थानीयता र शैलीगत विविधता भएका शक्तिशाली कविताहरूको एउटा अमूल्य दस्तावेज हो भन्दा अत्युक्ति नहोला। स्थानीय साहित्यको विलक्षण सौँदर्यानुभूति भएको कविको उक्त 'लुङ्मारी मिथकले हामीलाई फ्ल्यासब्याक शैलीमा एकैचोटि आफ्नै थाँतथलोमा लगेर आफ्नै गाउँघरका सिधासाधा मानिसहरू लुङ्गा, जन्तरेसँग जम्काभेट गराउँदै आफ्नो माटो र जीवनको तात्विक अस्तित्व खोज्न हामी सबैलाई सङ्घर्षरत हुन आव्हान गर्दछ । यतिमात्र होइन कविले आफ्नो शिर्ष कविता 'लुङमारी मिथकमा उल्लिखित थाँतथलो भूमध्य सागरको पूर्वतर्फ रहेको देखाउँदै उनका सबै कविताहरूमा उल्लेख भएका अन्य थाँतथलाहरूमा पनि विचरण गराउनुहुन्छ हामीलाई । अन्य थाँतथलाहरू भन्नाले त्यही भूमिलाई कविले अन्य कविताहरूमा पनि सपना भूमि,  वर्णविभेदित साम्राज्य, भूगोल खण्डित गाउँ, हिरण्य भूमि, सामरिक मरुथल, मलामी राज्य, छद्मभेषी बस्ती, उध्रिएको धर्ती, पवित्र भूमि, जिउँदा लाशहरूका बस्ती, अवनीतल, बन्द संसार ,प्याङ्खर भूमि, आन्द्राभुँडी झिकिएका बस्तीहरू, रुखो पाखो, धरती, माटो ,आमाको वक्षस्थल, युग,  क्याक्टसको संसार, रुढिवादी लोक, मरुभूमी, गोल भूगोल, थाँतथलो, पाँगो माटो आदि नामले सम्बोधन गरेको देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने कविका विभिन्न शिर्षकका कविताहरू भए पनि तिनीहरूको एउटै साझा मक्सद शोषण र भ्रष्टाचारको निर्मूल गरी आफ्ना माटो र जीवनको अस्तित्व खोज्नु रहेकोले विविधतामा एकता भने झैँ ती कविताहरू र शिर्ष कविता अन्योन्याश्रितरुपले एकताको कडीमा जोडिएका पाउँछौँ हामी। उक्त जमीन र जीवनको अस्तित्वको खोजका कविताहरूसँगसँगै कविले प्रेम, व्यंग, नारी स्वतन्त्रता, नोस्टाल्जिया र डायस्पोराको कविता पनि मिसाउनुभएको छ जुन कविताहरूले पनि प्रत्यक्ष र अप्रत्यक्षरुपमा जीवन, धरती र नयाँ आशाको संकेत दिन्छन् हामीलाई । यसरी माटैमा जरा गाडिएको र मानव जीवनलाई सर्वोपरी प्राथमिकता दिइएको जीवनवादी कविताकृति विरलै पाइन्छ नेपाली साहित्यमा । निश्चय नै हामी पनि यो भूमिको एउटा अभिन्न अङ्ग हौँ । अझ जोसेफ क्याम्पबेलले त 'हामी नै भूमि हौँ र हामी नै भूमिको चेतना पनि हौँ' भन्नुभएको छ । देशको असहज परिस्थितिलाई हेरेर केवल असन्तोष, उदासीनता र घाइते संवेदनशीलता मात्र व्यक्त गरेर बस्नुभन्दा कविले सतत संघर्षद्वारा देशमा शान्ति र स्वतन्त्रता पुनर्स्थापना गरी जीवनलाई नयाँ आकार दिनेकुरामा विशेष जोड दिनुभएको छ। तर कविले भन्नुभएको संघर्ष चाहिँ सशस्त्र संघर्ष नभएर केवल वैचारिक क्रान्ति मात्र हो जुन वैचारिक क्रान्तिलाई आजको आधुनिक युगमा एउटा शक्तिशाली हतियारकोरुपमा मानेका छन् सबैले । उदाहरण स्वरुप कवि भन्नुहुन्छस्- द्वन्दले संसार जलाउँछ र मानव मन र जीवनको र हत्यारा हुनुमा म गर्व गर्दिन'। हुन पनि माओवादी द्वन्दकालमा १० वर्षमा १५ हजारभन्दा बढी मानिसहरूको ज्यान जाँदा पनि ढल्न नसकेको निरंकुश राजतन्त्र केवल १९ दिनको निश्शस्त्र आन्दोलनले धाराशाही बनाएको कुरा हामी सबैलाई ज्ञातै छ ।

अर्को कुरा यदि हामीले कविका उक्त कविताहरू सांगोपांगो पढ्यौँ भने के प्रष्ट हुन्छ भने कविले केवल अरुण तथा कोशी नदीको उपल्लो क्षेत्रमा रहेको प्राचीन लोहोरुङ जातिको मुख्य थाँतथलोलाई मात्र नजनाएर सम्पूर्ण नेपाललाई नै आफ्नो कविताको एउटा जिउँदो जाग्दो भावभूमिको रुपमा प्रस्तुत गरेको देखिन्छ। यतिमात्र होइन कविले आफ्नो नयाँ कवितामा समेत 'मेरो देश कहिले हुस्सुबाट मुक्त हुन्छ र मेरा नेपालीहरू कहिले मुक्त हुन्छन् भनी हरहमेसा राष्ट्रवादी चिन्तन गर्नुको साथै 'फुल्मायाको यादमा भन्ने कवितामा 'यो धरती लुटिएको छ । तिमीले यो सिङ्गो धरतीलाई जित्नैपर्छ' भनी आव्हान समेत गर्नुभएको छ।

यसरी समग्रमा हेर्दा प्रस्तुत आलेखको अनुच्छेद १ मा उल्लेख भएको स्थानीयता भनेको आफ्नो धरती र जीवनको अस्तित्वको तीव्र खोज हो भन्ने प्रष्ट हुन्छ।यसबाहेक शक्तिशाली कविताहरू भन्नाले त्यही स्थानीयता र शैलीगत विविधताको विशिष्ट संगम हो अर्थात जब हामी कविका कविताहरू पढ्न थाल्छौँ, हाम्रो अन्तरकुन्तरमा केही कुराले हामीलाई चिमोट्न थाल्छ। कविले अरुणको एक अंश खोज्दै बरुणको पाखैपाखा हाम्फालेको सजीव द्द्रिश्य हाम्रै अगाडि नाच्नथाल्छ। त्यस्तै बोधीवृक्षको बोटनेर जन्तरेसँग जम्काभेट भएर आदिम शासकलाई हटाउने सल्लाह गरी साझे मनको एक चिण्डो जाँड छानेको आवाज सुन्नथाल्छौँ हामी । र संघर्षको निम्ति निर्जीव वस्तुहरू सजीव भएर उभिन आउँछन् हाम्रै समक्षमा । वाल्ट ह्विट्म्यानका कविताहरूले शुरुमै हामीलाई जुरुक्कजुरुक्क्ति उचाल्छन् भने मनुका कविताहरूले यसरी नउचाले पनि हामीलाई बारबार झक्झकाइ रहन्छन् ।यस बाहेक शैलीगत विविधता भन्नाले प्रस्तुत कृतिमा रूपक (Metaphor) वा अलंकारको प्रयोग नभएको कुनै पनि कविता पाउँदैनौं हामी । एकातिर कविले क्लासिक ग्रीक, संस्क्रित र मूलुकका प्राचीन जातिहरूका मिथकहरू फाटफुट रुपमा प्रयोग गर्नुभएको छ भने अर्कोतिर, विम्बहरू, प्रतीकहरू, मानवीकरण र रूपकहरू चाहिँ घनीभूत रुपमा प्रयोग गर्नु भएको छ 'लुङ्मारी मिथकमा ।अरुभन्दा पनि रूपकहरूको चाहिँ यति घनिभूतरुपले प्रयोग गर्नुभएको छ कि कविले मानुँ रुपकहरूको पल्टन्वाजी नै प्रदर्शन गरेको जस्तो लाग्छ हामीलाई । अझ कविले मिथकहरूलाई पनि फुटनोटमा अर्थ्याइदिनुभएको भए कविताको मर्म बुझ्न धेरै सजिलो हुन्थ्यो । यसबाहेक साधारण गाउँजे शब्दहरू र क्लिष्ट शब्दहरूको हातेमालो गराई कवितालाई अझ शसक्तता प्रदान गर्ने कविको साहित्यिक शिल्पकारीताको पनि सराहना गर्नैपर्छ हामीले ।

अर्को कुरा कविका कविताहरू केही क्लिष्ट छन् भन्ने गुनासाहरू पनि आइरहेको सुनिन्छ । यस सन्दर्भमा भन्नुपर्दा कविताको मुल्याङ्कन प्रकृयामा एउटा मापदण्ड के निर्धारित गरिएको छ भने कविताको अन्तर्वस्तु, भाषा र लमाइ जति चुनौतीपूर्ण हुन्छ उति कवितालाई स्तरीय मान्ने प्रचलन छ। त्यस्तै कवि मनु लोहोरुङका कवितामा पनि खँदिलो गहकिलो अन्तर्वस्तु र भाषाको दुर्बोधता भए तापनि कविताहरू चाहिँ कम लमाइका देखिन्छन् । तर एड्गर एलेन पोका पालादेखि नै लामा कविताको विरुद्धमा कतिपय सर्जकहरूले लेख्दै आए तापनि संसारमा अझै पनि कसैले सरल र छोटा कविता मनपराउँछन् भने कसैले क्लिष्ट र लामा । एकजना क्लिष्ट कविताप्रेमी महोदयले आफ्नो भनाइ यसरी व्यक्त गर्नुहुन्छ, 'प्रत्येकचोटि जब म टी. एस. इलियटको कविता The Waste Land पद्छु यसमा म केही नयाँ कुरा पाउँछु ।सायद यसलाई मैले पूरा नबुझे पनि जिन्दगीभर पढ्नेछु'। साँच्चिनै अचम्भको हुन्छ मान्छेको क्लिष्टताप्रतिको आकर्षण । त्यसैले उक्त मूल्याङ्कन प्रकृयामा जेसुकै लेखिए तापनि लामा र क्लिष्ट भाषामा मात्र नभएर कम लमाइका र सरल भाषामा पनि विश्वविख्यात र कालजयी कविताहरू लेखिएका देख्छौँ हामी । फरक यति हो कि ती कविताहरूमा गहन अन्तर्वस्तु हुनुको साथै भावनाको अत्यन्त गहिराइपन र् विलक्षण सिर्जनात्मक प्रतिभा चाहिँ प्रतिविम्बित भएको देख्छौँ हामी । आशा छ कविज्यूले पनि यही कुराहरूलाई मध्य नजर राखेर अझ उत्कृष्ट कविताकृति सिर्जना गर्नुहुने नै छ भविष्यमा ।

 

हाल न्यूयोर्क

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
म सानै छादा मुग्लान याने कि कोइलाखाँद पसेका मेरा धेरै गाउँले काकाबाउ, दाजुभाइहरू फेरि गाउँ फिरेनन् । त्यतिबेला भासिएकाहरू सुन्छु अझ पनि उतै छन् रे । त्यसरी भासिनेमध्ये कतिले गर्भमै छोडेर गएका आफ्नो सन्तानको आज छोराछोरी भैसकेका छन् भने कतिका श्रीमतीहरू खसम नर्फकने टुङ्गोमा पुगेपछि अर्कै घरजम जोडेर बजु भैसकेका छन् । अब त दुःखद मिथक बनिसकेका तिनीहरू चाहेरै पनि गाउँ फिर्न नसकिरहेका होलान् ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903143
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com