Send us your Literature
no data

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 26, 2012 | Author : कृष्णकला वनेम
Category : Memoir / संस्मरण | Views : 989 | Unrated

  
कृष्णकला वनेम

     विश्वोमा गनिएको अत्यन्तै सुन्दर देशहरू मध्ये ईजरायल पनि एक हो । यही देशको एउटा अति रमणीय शहर तेलाभिबको समुद्रीक किनारामा म केही बर्ष यताबाट काम गर्दै आएकीछु । यो समुद्रको किनारामा हिउँदको तिन महिना बाहेक अन्य सबै महिनामा लाखौं मानिसहरू पौडी खेल्न,  बालुवामा रम्न,  रमाईलो खेल खेल्न छुट्टीको दिनमा मात्र नभएर चौबिसै घन्टा आउँने गर्छन । बिषेश गरेर यहाँ मायालु जोडीहरू धेरै आउँने गर्दछन्‌ । रंगीन झिलीमिली दिन हो की रात पत्तै नहुने । समुद्रको छालसंगै मिठो धुनमा सुसेली खेल्दै बहेको चिसो चिसो हावाको आनन्द लिदै हजारौ मायालु जोडीहरू हातमा हात मिलाएर,  अङ्गालोमा बाँधीएर एकार्कामा शारिरिक न्यानो स्पर्सका साथमा चुम्बन गरेर हिडेको देख्छु ।

जब म यस्ता मायालु जोडीहरू कसैको वास्ता नगरी एकअर्का प्रेममा लिप्त भएको दृश्य देख्छु । तब मलाई कताकता म सानो छदाँ मैले झल्झली देखेको दृष्यहरू मेरा आँखा भरी नाच्न थाल्दछ । मानिसहरू भन्ने गर्छन्‌ सानो बालबच्चाको दिमागमा असर पुग्ने काम,  नब्याहार,  दृष्यहरू सुनाउनु देखाउनु हुन्न भनेर तर यो वास्तविकता रहेछ । किनकि आज म आफै त्यो महशुस गरी रहेकोछु । म चाहेर पनि यो कुरा भुल्न सकेको छुईन । जब मेरो आँखाले ति दृष्य देख्छ तब एकाएक त्यो बाल्य दिमागमा खिल झै गाडिएको कुराको स्मरणले मेरो मन दुखित बनाई दिन्छ । किनकि यो एउटा चोखो प्रेमको जिउँदो पिडा थियो ।

झापा जिल्लाको जलथल गा. बि. स. मा एउटा अत्यन्तै पुरानो पोखरी छ धनुषा । सोही पोखरीले गर्दा त्यो बस्तीको नाम,  प्राथमिक बिध्यालयको नाम समेत धनुषा नामाकरण गरीएकोछ । त्यो स्कूलमा तीन क्लाससम्म पढाई हुन्थ्यो । मेरो बस्ती त हैन धनुषा तर पनि मेरो गाउँबाट नजिकै थियो । कुरा आज भन्दा बिस बर्ष अगाडिको हो । त्यो बेला म सानै थिए । बाबाले मलाई पनि त्यही स्कूलमा लगेर भर्ना गराई दिनुभयो । पहिला-पहिला त स्कूल जानु भने पछी खुट्टामा काँडा नै बिझे झै हुन्थ्यो । बाबाले गाली गर्दै स्कूल पुर्याउनु हुन्थ्यो । भरखर स्थापना भएको स्कूल हुनाले पिउँने पानीको त्यहाँ बन्दोबस्त थिएन । पानी पिउँनको लागि नजिकैको घरमा जानु पर्थ्यो । म दिउँसो टिफीन भएपछी दिनहुँ त्यही घरमा पानी पिउँन जान्थे । त्यो घरमा एक जना अत्यन्तै राम्री दिदी थिईन । एक दिन ती दिदीले मलाई सोधिन । नानु तिम्रो नाम के हो ?

मैले भने कृष्ण  

तिमी कति क्लासमा पढ्छेउ त ?

एक क्लासमा

अनि घर चाही कहाँ निर हो ?

माथि हो शम्भु चोकमा । अनि मैले पनि प्रश्न गरे,, दिदी तपाईको चाही के हो नाम ? कुन स्कूल पढ्नु हुन्छ ? तपाई कति राम्री है ?

अनि उन्ले मेरो गालामा सुम्सुम्याउदै भनिन्  । मेरो नाम सानु हो,  म कालीमन्दिर हाई स्कूलमा पढ्थे अहिले एस.एल.सी. दिएर बसेकीछु । ए तिमी शम्भु चोकबाट यहाँसम्म पढ्न आउँछौ । समिरलाई चिन्छौ तिमी कृष्ण ? चिन्छु सानु दिदी,  मेरो घर र समिर दादाको घर अलि वरपर हो । मलाई समिर दादाले कति माया गर्नु हुन्छ । तपाई र समिर दादासंगै एउटै स्कूलमा पढ्नु हुन्छ हो ? सानुले भनिन् हो समिर र म पढ्ने स्कूल एउटै हो र हामी ज्यादै मिल्ने साथी पनि हौँ । यसरी नै म प्रत्येक दिन एक घन्टाको टिफीनमा पानी पिउन सानुको घर जाँदा उनिसँग गफ गरेर समय बिताउँथे । यो बाल मनस्थितीले भ्याएसम्म अनेकौं कुराहरू सोधेर सानुलाई वाक्क लगाउँथे । उन्को र मेरो दुरी निक्कै नजिक हुदै गयो । मलाई ज्यादै मन पराउँथिन र असाध्यै माया पनि गर्थिन । उनि त्यस्तै पन्द्र बर्षकी थिईन त्यो बेलामा । म स्कूल जाँदा फर्कदा जहिल्यै मसँग कुरा गर्थिन्‌ र घरमा जे छ चिउरा,  भुजा,  केरा,  चाम्रे अत्यन्तै मायाका साथ खाजा खान दिन्थिन । अनि मेरो किताबमा एउटा पत्र च्यापेर सुटुक्कै यो कसैले थाहा नपाईकन समिरलाई दिनु है भनेर भन्ने गर्थिन । म त्यो पत्र लगेर कसैले थाहा नपाई समिरलाई दिन्थे अनि पत्र पाएको खुशीमा समिरले मलाई बोकेर गालामा चुम्मा गर्थ्यो । मलाई सहयोग गर्ने मेरो प्यारी बहिनी भन्दै । त्यसैगरी समिरको पत्र पनि म लगेर सानुलाई दिने गर्थे । तिन क्लास मैले पास गरे पछि मेरो त्यहाँको लागि स्कूल जान सकियो । यसरी मैले उनिहरूको पत्र लगभग तिन बर्षसम्म ओसार पसार गरे । अब भने सानुको र मेरो भेट पातलो मात्र हुन थाल्यो ।

सानुलाई अ?ले नै पालपोषण गरी हुर्काएका थिए । उन्लाई म को हुँ र के जातकी हुँ भनेर पनि थाहा थिएन । किनकि उस्लाई जन्माएर कसैले बाटोमा मिल्काएको अवस्थामा फेला पारेर ल्याएका थिए । तर उनीलाई एक शिक्षित परिवारले राम्रो शिक्षादिक्षा संस्कार दिएर हुर्काएका थिए । सानु अत्यन्तै राम्री थिईन, काली काली भए पनि हिस्सी परेकी,  ठुल्ठुला आँखा,  लामा कपाल दुई चुल्ठी बाटेर अगाडि लर्काउथिन । उनको शुन्दरतासंगै सहनशिल, कुशल मिठो बोली, ज्यादै राम्रो शिलस्वभाव थियो । सानुका एक भाई र बहिनी थिए । तिनै जनाले एस.एल.सी. परिक्षा दिएका थिए  । भाइ र बहिनी पास भए तर सानु भने पास भईनन्  । उन्ले तिन पटकसम्म परिक्षा दिदा पनि पास नभए पछी हार खाएर उन्ले पढ्नै छोडिन । उनी घरमै काम गरेर बस्थिन । गाउँघर हुनाले खेतबारीको काम,  गाईबस्तु,  बाख्रा,  सुगुर,  कुखुराको पालन गर्थिन्  । उन्लाई अनाथ भनेर कहिल्यै बा, आमा, भाइ, बहिनीले हेला गर्दैनथे । आफ्नै घरको सन्तान झै समान ?पमा हेरेका थिए । सानु चाही उर्लदो बैशमा त्यसरी घरपरीवारको आँखा छलेर समिरसँग लुकीछिपी प्रेम गर्थिन् ।

यता समिर भने निक्कै गरिब परिवारको छोरा थियो । उस्ले भने गरिब कै कारणले उच्च शिक्षा हाँसिल गर्न सकेन । एस.एल.सी. पास गरेपछी क्याम्पस पढ्ने उस्को रहर सपना जस्तै भयो । घर धान्नको लागि बारम्बार साहुकोमा काम गर्नु पर्थ्यो उस्ले  । साथमा बुढी बिधवा आमा र एउटी आधा उमेरकी दिदी मात्र थिए । सानु र समिरको गहिरो माया बसेको थियो । उनीहरू एकअर्का बिना बाँच्न नसक्ने बनि सकेका थिए । उनीहरूको मायामा उच्छृङखल थिएन  । साच्चै शुन्दर हरियाली पहाडको कापबाट सङ्लो छङछङ झर्ने झरना झै चोखो प्रेम थियो । समिर सानुको हात उस्का बाबा आमासँग मागेर सामाजिक रितीथिती अनुसार बिवाह गरेर ल्याउँन चाहन्थ्यो । तर बिचरामा गरिबी,  दु:ख पिडाको पहाड उस्को छाती माथि थियो । घर जग्गा पनि बाबाको देहान्तमा लागेको खर्चले गर्दा बन्दकी साहुको कब्जामा थियो । उ भौतारीदै कहिले कता कहिले कता कामको खोजीमा हिड्थ्यो ।

सानुको र मेरो घरको अन्तराल भनेको लगभग दुई किलोमिटरको थियो । शनिबारको दिन पारेर कहिलेकाही मलाई भेट्न आउँथिन । उनी मेरो घरमा आउँदा मलाई ज्यादै खुसी लाग्थ्यो र कसैले नसुनी हतपत भन्थे कानेखुसी गर्दै,  सानु समिर दादालाई बोलाएर ल्याउँछु है ! सानु मुस्कुराउँदै टाउको हल्लाएर हुन्छ भन्ने ईशारा गर्थिन । अनि म दौडदै गएर समिर दादालाई बोलाएर ल्याउँथे । त्यसपछी उनिहरू दुईजना मिठा-मिठा कुरा गर्दथे । उनिहरूको कुरा सुनेर म छेउमा मुस्कुराउदै बसेर सुनी रहन्थे । मैले बिर्सेको छैन अझै समिरले सानुको हात समातेर कैयौं पटक कसम खाँदै सानु म तिमी बिना बाँच्न सक्दिन । तिमी मेरो धड्कन,  माया,  खुशी,  शाहस,  आत्मबल,  सारा संसार हौ । तिम्रो साथ पाएँ भने म जस्तै परिस्थितीसँग पनि संघर्ष गर्न सक्छु । अनि सानुले भन्थिन म पनि त तिमी बिना बाँच्ने कल्पना गर्न सक्दिन नि समिर । म एउटा जातपात नभएकी अनाथ मान्छे हुँ । मैले आजसम्म म अनाथ हुँ भनेर महशुस गर्न परेको त छैन । आमा, बाबा,  भाइ,  बहिनीको माया त्यती धेरै पाएकीछु । र पनि कताकता अपूर्ण थिए । तर आज तिमी जस्तो ईमान्दार सज्जन ब्यक्ती प्रेमी पाएर म पूर्ण भएकीछु । र पनि कहिलेकही डर लाग्छ कतै म जातपात थाहा नभएकी भनेर तिम्रो आमा र दिदीले मलाई अस्विकार गर्ने पो हुनकी भनेर । सानुको यस्तो कुरा सुनेर समिर दु:खी हुँदै भन्छ । मायामा जातपात,  धर्म,  धनी, गरीब केही हुदैन । माया त हृदयबाट आफै स्वस्फुर्त पलाउँने हो । यो सबै हेरेर गरीने त स्वार्थी प्रेम हो । मेरो परिवारसँग सरोकार छैन मलाई सानु,  किनकि तिमी मेरो लागि हौ  । त्यसैले यो सबै कुरा नसोची निश्चिन्त भएर बस । यस्तै-यस्तै कुराहरू धेरै बेरसम्म गरेर उनिहरू छुट्टिए त्यो दिन ।

एक महिना पछाडिको कुरा हो ईलामबाट निक्कै धनी घरपरीवारबाट बिवाहको लागि सानुको हात माग्न आए । उनी बिवाहको लागि पनि योग्य उमेरकी भएकी थिईन । सानुको बिचार के छ भनी बाबा, आमाले एकान्तमा लगेर सोधे । सानु केटा ईमान्दार अनि राम्रै लेखपढ भएको रहेछ । घरबारमा पनि राम्रै ब्यावस्था भएको रहेछ । यतीका केटासँग तिम्रो राम्रै घरबार हुन्छ भन्ने हामीलाई लाग्यो तर तिम्रो बिचार के छ भन ! तर सानुले घोसे मुन्टो लाएर पटक्कै बोलिनन । उनि केही नबोलेपछी बिवाहको लागि राजी नै होलिन भनेर उन्लाई बिवाह गरीदिने फैसला गरे । बाबा, आमाको कुरालाई सानुले कहिले काटेकी थिईन । त्यसैले उस्को समिरसँगको प्रेमलाई त्यहाँ खोल्न सकिन । पन्ध्र दिनभित्रमा उनीहरूको बिवाह हुने कुरा पनि पक्का भयो । अब भने सानुलाई पर्नु पर्यो आपत्ति । एकतिर उन्को माया अर्कोतिर बाबा, आमाको ईज्जत के गर्ने अब ।

एकाबिहानै कहिल्यै नआउँने सानु आज किन हस्याङ्फस्याङ् गर्दै बिहानै हाम्रो घर आईन । अनुहारमा नैराश्यता छाएको, रोए झै, नसुते झै देखिन्थ्यो । मैले सानुको यो हाल देख्ने बितिकै उन्को हातमा समातेर सोधी हाले, सानु आज तिमीलाई के भयो ? हात पनि कामी रहेछ ?

सानुले अलिपर मलाई तानेर लादै भनिन मलाई केही भएको छैन कृष्ण । आज समिर घरमा छ की छैन उस्लाई भेट्न जरी छ मेरो । जाउ त तिमी समिरलाई डाकेर पर खोलाको पुलनेर ल्याएर आउ म त्यहाँ बसी राख्छु है ल कृष्ण । मैले हुन्छ भनी समिरलाई बोलाउँन गए । दादा पनि घरमै हुनुहुदो रहेछ । र हामी दुबै खोलातिर लाग्यौ । समिरलाई देख्ने बितिकै सानु रुन थालिन,  अनि उन्ले रुदैरुदै आफ्नो सबै कुरा सुनाईन । सानुका कुरा सुनेर समिर केहि बेर मौन रह्यो, निधारमा चिटचिट पसिना फुट्यो । के गरौ कसो गरौ भयो र उस्ले यही कुरा फैसला गर्यो सानुलाई बिवाह अगाडि नै घरबाट भगाउँने उसँग अरू कुनै उपाय थिएन । सानु पनि समिरको कुरामा मञ्जुर भईन । र हातमा समाएर भनिन मायाको साथ भए ढिडो सिस्नो नै खाए पनि मिठो हुन्छ । माया बिनाको संसार जति रंगीन भए पनि मधुरो नै हुन्छ  । समिरले पनि हातमा हात मिलाउँदै भन्यो हो सानु जती सुख सयल भए पनि आफुले चाहेको माया त्यहाँ छैन भने जिवन कहिल्यै सुखी बन्न सक्दैन । त्यसैले हाम्रो बर्षौ देखीको चोखो प्रेमलाई सफल पारौं चाडै नयाँ संसार बसा��"ं यिनै कुराको सर्त अनुसार सानु ढुक्क भएर घर फर्किन ।

बिवाहको लागि सर-सामान, कपडा, गरगहना, दाईजो सबै तयारी भई सक्यो । त्यसैगरी आफ्नो, आफन्त, गाउँमा छरछिमेक ईस्टमित्रहरूमा निमन्त्रणा पत्र पनि बाढिसके । सानुका बा, आमा स-परीवार खुशीछन्‌ । तर सानुको अनुहारमा खुशीयालीको चमक छैन । उनलाई सबैले सम्झाउँछन्‌ । पराई घर जाने बेलामा यस्तै डर, त्रास हुन्छ, नयाँ घर,  नयाँ परीवार,  नयाँ गाउँ ठाउँ,  मलाई पनि तेरो बाबासँग बिवाह हुने बेलामा यस्तै भएको थियो भन्छिन आमा । बहिनीले पनि जिस्काउदै भन्छिन बहाना मात्र हो मेरी प्यारी दिदीको दुईचार दिनपछी मलाई पनि भुल्छिन । जस्ले जे भनेर सान्त्वना दिएपनि सानुलाई भने अत्यन्तै डर त्रास छ । बिवाहको लागि यस्तो तयारी भएपछी समिरसँग हिड्दा भोली बाबा आमाको ईज्वत के होला । त्यस पछी मलाई स्विकार्ने हुन की होईनन । यस्तै कुराको धेरै सोचाईमा उनि पर्छिन  । आमा बाबाको ईज्जतलाई हेरेर मैले समिरबाट पाएको माया, जिन्दगीको खुशी,  हाँसो सबै उनीहरूको निम्ति बली चढाउँन पनि त सक्दिन । मैले यस्तो कदम उठाए पनि दुईचार महिना रिसको आवेगमा आउलान त्यसपछी मेरो जीवनको खुशीको निम्ति पक्कै मलाई स्विकार्नेछन्‌ । यस्तै यस्तै मनमा सोच्दै बाबालाई एउटा पत्र लेखेर छोडीन र अनि बिवाहको पाँच दिन अगाडि नै सानु समिरसँग घर छाडेर भागिन ।

भोलीपल्ट बिहानै ओछ्यानबाट उठ्ने बितिकै टेबलमा राखिएको पत्र सानुको बाबाले फेला पार्यो । बाहिर सानुको नाम लेखेको हुनाले हतार पत्र खोलेर हेर्नु भयो । पत्रमा लेखीएको थियो ।

बाबा आमा मलाई माफ गर्नु होला हर कर्तब्य र संस्कारको पालना गर्दागर्दै आज म लाचार बनेर तपाईहरूको ईज्जत बचनलाई लत्याएर हिनताबोध गरीरहेकीछु । जुन अवस्थाबाट मलाई उठाएर जीवन दिनु भएको थियो  । आज बदलामा बेईज्जतको भागीदार बनाएर हिडेकीछु । यो कुरा तपाईहरूलाई भन्ने धेरै साहश गरे तर भन्न सकिन । किनकी मेरो कुरामा हजुरहरूको सहमत हुदैन थियो । र भन्ने आँट पनि गरिन । जो कोही आमा बाबालाई आफ्नो सन्तानको खुसी र सुखी देख्ने सपना हुन्छ । तर म त्यो सपना देखाउँन सक्दिनथेँ । आज भन्दा चार बर्ष अगाडिबाट मैले उही गरीब घरको छोरो समिरसँग प्रेम गर्दै आएकी थिए । यही मेरो प्रेम सफल पार्न,  मेरो माया, खुशी पाउँन आज यो कदम उठाउँन पुगे । भोली आउँने सुनौलो दिनको सपना देखेर समिरसँग नयाँ संसार बसाउन पुगें । लाग्छ यो सबै थाहा पाएर मलाई अवश्य तिरस्कार गर्नु हुन्न । स्विकार्नु हुनेछ आफ्नै सानु सम्झेर, आशिर्वाद पक्कै दिनु हुनेछ ।

उही तपाईहरूको सानु ।

पत्र पढी सकेपछी सबै घरपरीवार छक्क परे । सानुले यस्तो ब्यावहार गर्लिन भनेर कहिल्यै कल्पनासम्म गरेका थिएनन्‌ । बाबा रिसले चुरचुर भएर तुरून्तै ईलाम केटाको घरमा फोन गरे । वहाँले भन्नु भयो हाम्रो यो सम्बन्ध कायम हुन सकेन मलाई माफ गर्नु होला । सानुको अचानक दुर्घटना परी मृत्यु भयो । त्यही आवेगमै आफ्नो कपाल काटेर सानुको कृया समेत बाबाले गरे । र भने आजबाट सानु मेरो लागि मरी अब मेरो सिर्फ दुई सन्तान मात्र छन्‌ । बाटोमा फ्याकेको कस्को नासो मैले पालेर ठुलो भुल गरे भन्दै धेरै दिनसम्म पश्नताप गरी रहे ।

सानु र समिर आफ्नै सुनौलो मायाको संसारमा हराई रहेका थिए । मुहारमा अनेकौ खुशीका किरणहरू झल्किएको थियो । एउटा जिन्दगीको सबै भन्दा ठुलो खेलमा जितको हाँसिल गरेको अनुभव भै रहेथ्यो उनिहरूमा । चखेवाको जोडी झै प्वाँख फिजाएर उडीरहेका थिए ती दुई टिस्टाको तिरैतिर हुदै दार्जिलिङको रमणिय शहर तिर । पहिलो पटक मिठो मायाको अनुभूती,  न्याँनो शारिरिक स्पर्श, दुई धड्कनको मिलन त्यो रंगीन शहरको कोलाहलसंगै स्वर्गिय आनन्दमा रमाउँदै थिए । दार्जिलिङको प्रत्येक रमाईला दृष्यहरूको मनोरन्जन लिदै कहिले टाईगर हिल, कहिले गुम्बा, कहिले चर्च, अनि अरू अनेकौ मन्दिरहरूमा सफल प्रेमको सौगात फूलका थुङ्गाहरू चडाउँदै आशिर्वाद लिन्थे । यस्तै क्रम हुदाहुदै त्यहाँ पन्ध्र दिन बिताए र पुन आफ्नो गाउँमा फर्किए । समिरको घरमा त्यस्तो बन्दोबस्त त थिएन तै पनि गाउँघरका छिमेकीहरूलाई निम्ता गरेर साधारण सानुलाई भित्र्याउने र लगन गर्नेसम्म काम भयो ।

सानु सम्पन्न घरमै हुर्किएकी भएपनि ज्यादै कामकाजमा खट्थीन र मेहनती थिईन । दु:खलाई राम्ररी नजिकबाट बुझ्थिन । अब समिरको घरमा त उस्ले खान लाउनको लागि झन संघर्ष गर्नै पर्थ्यो । समिरसँग जहितही मेलापातसंगै जान्थिन । काममा दु:ख भएपनि उनको साथमा चाहेको माया,  खुशी थियो । त्यसैले उनी कामले जती थाके पनि आफ्नो प्यारो समिरलाई देखेपछी सारा थकान मेटीएको महसुस गर्थिन । ती दुईको माया देखेर गाउँघरका छरछिमेकीहरू पनि सबै छक्क पर्थे । दु:ख सुख बोनी बुतो गरेर छाक टारे पनि उनिहरूमा एकप्रकारको आनन्दमय जीवन थियो । यसरी हुदाहुदै ६ महिना पनि बिती सकेछ । एकदिनको कुरा हो एक्कासी सानु बिरामी परिन अनि समिरले हतार हतार डक्टर कहाँ लग्यो । डक्टरको जाचपछी खुशीको खबर सुनायो, समिर जी नआतिनु होस खुशीको खबर छ अब तपाई बाबा बन्दै हुनुहुन्छ । समिरले मुस्कुराउदै धन्यवाद डक्टर भन्यो । उता सानु पनि हर्षका आँशु खसाउँदै थिईन । डक्टरले भन्यो बिरामीलाई भने धेरै बिचार गर्नु काम धन्दामा बिल्कुलै नलगाउनु होला । सक्दो उस्लाई आरामका साथ भिटामिन युक्त खानाहरू प्रसस्तै खान दिनु होला । तपाईहरू दुबैलाई बधाई छ यति भनेर डाक्टर कोठाबाट बाहिरियो । समिर खुशीले गदगद भयो र सानुलाई अंगाल्यो र पनि कताकता गरिबीको पिडाले उस्को छाती चसक्क घोच्यो । मनमनै सोच्न लाग्यो सानुलाई आजसम्म माया बाहेक अरू केही दिन सकेको छुईन । अब यो अवस्थामा पनि उस्लाई राम्रो रेखदेख गर्न सकिन भने म पति हुनुको कुनै अर्थ हुदैन । यस्तै अनेकौ सोच्दै समिरले सानुलाई घर पुर्यायो । सक्दो सानुको अगाडि खुशी प्रकट गर्न खोजे पनि समिर दिनहुँ गहिरो सोचाईमा पर्न थाल्यो । उस्ले फेरी पुरानो ऋण माथि थप ऋण पनि लियो सानुलाई लाग्ने खर्चको लागि तर सानुलाई भने यो कुरा सुनाएन । समिर काममा जान्थ्यो साँझमा घर आएर सानुलाई आराम गर्न लाएर हरकाम आफै गर्थ्यो । सात महिना पछी उनीहरूको छोरा जन्मियो ।

मैले पनि घर छाडेर मावला बसेको दुई बर्ष भयो । त्यसैले गाउँघर,  बा-आमा,  साथी-संगी,  छरछिमेकीको याद,  सम्झनाले गाउँ जान मन लाग्यो र गाउँमा आएँ । घरमा एकैछिन बा आमासँग कुराकानी गरेपछी म कुदेर समिर दादा र सानुलाई भेट्न भनि गए । सानु कोक्रामा नानी हल्लाउँदै रहिछिन । म बिस्तारै बिरालोको चालमा गएर पछाडीबाट सानुको आँखा छोपी दिए । तर सानुले मेरो हात छोएरै चिनिन आम्मै कृष्ण भन्दै मलाई च्याप्प समातेर धेरै बेर गालामा हातमा चुमी रहिन । अनि एकै सासमा भनिन सन्चै छौ नी हैन ? पढाई कस्तो छ ? किन यतिन्जेल नआएकी तिमीलाई बा, आमा र हाम्रो याद आएन ?

मलाई त आजसम्म दु:ख बिराम केही परेको छैन  । पढाई पनि राम्रै छ प्रत्येक बर्ष प्रथम नै भै रहेकोछु । अनि समिर दादा खै त ? छोरा पनि टुकुटुकु हिड्ने बनाउँनु भएछ है ? समिर दादा भन्ने बितिकै सानुको आँखा रसायो । अनि मलाई उनकै छेउमा बसाएर मेरो हात समातेर सुक्सुकाउँदै समिरको बारेमा बताउँन थालिन । साहुले समिरलाई ऋण फिर्ताको बारेमा च्याप्न थाल्यो । की तुरून्तै अब ऋण फिर्ता गर नभए जग्गा मेरो नाम सारी गरी देउ । समिरसँग न त ऋण फिर्ता गर्ने नै पैसा छ न जग्गा नै पास गरी दिन सक्छ, बडो आपती पर्दै गयो समिरलाई । उपाय केही नलागे पछी एकदिन मलाई मुग्लान जाने कुरा सुनायो । गाउँका अरूपनि युवाहरू सिलाङ्,  कोईलाखानी,  भुटान जाने आउँने गर्थे । समिरले पनि त्यहि जाने निधो गर्यो । म छक्क परे एकोहोरो समिरलाई हेरीरहे । तर केही बोल्न सकिन । बोल्नु पनि के साहुले ऋण फिर्ता मागेर मुटुभरी पिडाको आगो दन्दनी बली रहेको थियो । धेरैबेर पछी मैले भने यो सानो बच्चासँग एक्लै म कसरी बस्नु ? अनि समिरले भन्यो म तिमीलाई खर्चबर्च महिनै पिच्छे पठाई दिनेछु । तिमीले आमा,  दिदी र नानीको राम्रो हेरदेख गरेर बस्नु । जुन दिनसम्म म ऋण तिर्ने पैसा पुरा गर्दिन त्यतिन्जेल म फर्किदिन । धेरै भए दुई बर्ष लाग्ला सानु त्यसपछी साथै रमाउँला । के गर्ने तिमीलाई एक्लै छोडेर परदेशीने मेरो रहर हैन यो मेरो बाध्यता हो सानु । यस्तै यस्तै कुराले मलाई सम्झाई बुझाई गरेर समिर मुग्लान जान तयारी भयो । धेरै नरमाईलो लाग्यो मलाई पनि कृष्ण ! समिरको हात समाएर धेरै धेरै रोए आखिर रुनु सिवाय अरु के पो गर्न सक्थे म ! यहाँको लागि चिन्ता नलिनु आमा,  दिदी सानो बाबुलाई म राम्ररी सम्हाल्ने छु । बरू आफ्नो राम्रो ख्याल राख्नु, चिठ्ठी पठाई रहनु र चाडै फर्कनु है भनेर अंगालो भरी कसेर समिरलाई बिदा गरेर पठाए । सानुका आँखा बलिद्र आँशुले भरीए । उन्को आँखाको आँशु पुछ्दै भने किन अनि रुनै पर्छ त ? अरु पनि त छन्‌ नी तिमी जस्तै कैयौ बुढा परदेश जानेहरू तर खै उनिहरु रुदैनन त ? अब समिर दादा त आउँने बेला पनि हुनै लागेछ । अनि साहुको ऋण तिरेर आनन्दको सास फेरेर बसौली । अब पत्र पठाउँदा मैले पनि धेरै सोध्या छ भनी दिनु ल  । अब म फेरी मावला गएपछी सायद तिन बर्षमा मात्रै फिर्छु होला । हुन्छ कृष्ण अबको पत्रमा धेरै तिम्रो बारेमा लेख्नेछु । अनि तिन बर्षसम्म तिमी न आउँदा बा, आमाको यादले सताउँदैन ? हैन मलाई भेट्न मावलामा वहाहरू नै आफै आउँनु हुन्छ अरे  । ल सानु तिमीसँग भेट भएपछी त दिन गएको पतै हुदैन म गए ल भोली बिहानै आउछु । हुन्छ सानु । यसैगरी कहिले साथीसंगीसँग,  कहिले दाजु,  दिदीहरूसँग,  कहिले सानुसँग रमाईलो गरी मेरो एक महिनाको बिदा पनि सकियो । अनि सबैसँग बिदा भएर म मावला तिर लागे ।

समयले फड्को मार्दै गयो समिर मुग्लान गएको पनि दुई बर्ष बित्यो । छोरोपनि टुकुटुकु हिड्ने भयो । घरको लागि समिरले पैसा पत्र बारम्बार पठाई रहन्थ्यो । सानु धेरै खुशी थिईन, जसोतसो दुई बर्ष त बिती गयो  । अब त समिर घर फर्कने सुरसारमा होला । पत्र नआएको पनि एक महिना हुन लाग्यो सायद आउँने बेला भएकोले पत्र नलेखेको होला  । यस्तै यस्तै सोच्दै सानु समिरको बाटो कुर्न थालिन । सानुलाई सबैभन्दा ठुलो चिन्ता ऋणको थियो । त्यो ऋण तिरेर उनी सधै आनन्दको सास फेर्ने आशा गर्दथिन । यसरी दुई बर्षसम्म समिरमा कुनै नराम्रो परिबर्तन आएको थिएन । मुग्लान रहेरपनि घर परिवारको राम्रो हेरदेख गरिरहेथ्यो । तर अनायसै सदा झै समिरबाट पत्रचार र खर्चबर्च पठाउँन बन्द भयो । सानुका आस्था र खुशीका डोरीहरू सबै चुडियो । रातदिन बलिरहने मनमन्दिरमा मायाको दियोहरू झ्याप्प निब्यो । सारा सानुको जीवनमा अनकन्टार कालो ��"शीको रातले छोप्यो । समिर अचम्मगरी बेपता भयो । सानुले उस्को बारेमा कैयौ खोजतलास गरीन । समिर गएको ठाउँमा मान्छे पठाईन । तर त्यहाँबाट घर जान्छु भनेर सबैसँग बिदा लिई हिडेको खबर मात्र लिएर आए । ऊ कहाँ गयो भनेर सानुले कसै गर्दा पनि पत्ता लगाउँन सकिनन । अचानक समिर यसरी बेपता भएको देखेर सानुलाई के सम्म भएन होला । उनी पागल नै भईन । र पनि धैर्यताका साथ आफुलाई सम्हालिन । दुई बर्षको छोरोलाई बुढी आमाको साथमा छोडेर उनी दिनरात अरूकोमा काम गर्न जान्थिन । दिनभरी कामको थकाई, काखमा सानो नानी च्यापेर नाङ्गो गुन्द्रीमाथि पल्टेर अनेकौ मनमा प्रश्नहरू गर्थिन आफैलाई । त्यसैगरी कैयौ रातहरू आँखा नजोडी उज्यालो हुन्थ्यो । र पनि सानुलाई आफ्नो मायाप्रती बिश्वास थियो । पक्कै एकदिन फर्कनेछ समिर भन्थिन, सोच्थिन । समिर बेपता भएपछी सानुले कस्ता कस्ता कुराको सामना गर्नु परेन होला ? त्यस्ता अनेकौ संघर्षसँग युद्ध गर्दै सानुले बर्षौ बिताईन । घरजग्गा पनि साहुको भयो,  बुढी आमा पनि बितिन्,  दिदी पनि बितिन् । तर समिर फर्केर आएन । छोरोपनि सात बर्षको भयो । सानुले समिरको बारेमा खोजतलास भने गरी नै रह्यो । समिर निस्ठुरीले माया मारे जस्तो सानुले माया मार्न सक्दिनथी  । अचानक सात बर्ष पछी समिरले आफ्नो शुन्दर संसार बनाएर सिक्किममा बसेको कुरा सानुले थाहा पाईन । जब यो कुरा थाहा पाएपछी सानु अत्यन्तै रोईन । त्यसरी सायद जिवनमा कहिल्यै पनि रोएकी थिईनन । आफ्नै भाग्यलाई दोष दिदै धेरै धेरै रोईन ।

म मावलामै भए पनि बा, आमाको मुखबाट, दाजु, दिदीको पत्र मार्फत सानुको बारेमा सबै कुरा सुन्थे । ती सबै कुराहरू सुनेर मलाई ज्यादै नरमाईलो लाग्दथ्यो । कहिले एस.एल.सी. दिएर घर जाउँ झै लाग्थ्यो । अनि दुई महिना पछी परिक्षा सकेर घर गए । घर पुगेर खुट्टै नबिसाई सानुलाई नै भेट्न मन लाग्यो र उतै तिर पाईला लम्काए । तर उनी घरमा थिईनन घरको दैलो लागेको थियो त्यसपछी म फर्किए । भरै बेलुकी पख फेरी गए,  ढोकैबाट सानु भन्दै कराए उनी चुल्होमा आगो बाल्दै रहिछ । मेरो आवाज सुन्ने बितिकै दौडेर बाहिर आईन अनि च्याप्पै मलाई अंगालेर कृष्ण भन्दै रुन थालिन । मैले उस्लाई नरुन आग्रह गर्दै भित्र लगे । सानु चुल्होमा भात बसाउँदै भन्न लागिन,  तिमी मेरो हर दु:ख सुख की साथी हौ । उमेरमा सानो भए पनि भावना, बिचारले म आफु समान तिमीलाई सम्झन्छु । मैले तिमीसँग नरोएर कोसँग रुनु भन कृष्ण ? तिम्रो निष्ठुरी दादा समिरले मलाई बिर्सी हाल्यो । अब रुनु बाहेक अरु के गर्न सक्छु भन त ?

मैले भने सानु रोएर आत्मबल कमजोर नबनाउ तिमी  । जब समिरले तिमीलाई बिर्सन सक्छ भने तिमीले पनि भुलीदेउ उस्लाई । माया भनेको दोहोरो हुनुपर्छ । एउटा रथ गुड्नको लागि दुई पाङ्ग्राको आवश्यक हुन्छ । तिमीलाई आजभन्दा दुई बर्ष अघीबाट भन्दै आएकीछु । अब त छोरो पनि सात बर्षको भयो । उस्लाई पनि बाबाको माया चाहिन्छ । साहरा चाहिन्छ । बाबु बिनाको जीवन बच्चाकोलागि अधुरो, अपुरो हुन्छ सानु । तिमीले यो छोराकोलागि अनि आफ्नो जीवनकोलागि सोच । जीवन चलाउँनको लागि जती हामीलाई खानको आवश्यक हुन्छ त्यतीनै बाँच्नको लागि मानिस मात्र नभएर हर पशुपंक्षी, जीव,  जन्तुलाई पनि साहराको जरुरी हुन्छ ।

चुल्हामा घोप्टो परेर सानु सुक्सुकाउँदै भन्छे,, कृष्ण म कसरी समिरलाई भुलेर नयाँ जीवन बसाउँन सक्छु । यो म कल्पना पनि गर्न सक्दिन । आखिर मेरो भाग्य नै यस्तै खोटो रहेछ । कति अभागी कर्म रहेछ । मेरो बा, आमाले पनि समिरसँग बिवाह गर्नाले मेरो जिउँदै किरिया गरे । यो सबै थाहा थियो उस्लाई, आखिर उस्ले पनि मलाई माया मारेपछी मेरो र छोराको हालत के होला भनेर सम्म सोचेन  । उस्ले मलाई जब माया मार्यो मैले के के भोग्नु परेको छैन । यो लोग्नेले छोडेकी यस्लाई जे गरे पनि हुन्छ भन्ने सोच्छन  । पैसामा मेरो ईज्जत किन्न माग्छन । अस्ति पल्लो गाउँको रामे त मलाई बलत्कार गर्न ओछ्यानमै आएको थियो । त्यो बेला बच्न सफल भए ।

मैले सानुको कुरा बिचैमा काटेर भने, रातको दश पनि बजेछ कुरैकुरामा । अब तीन महिना बस्न आएको म चिन्ता नगर  । फेरी भोली साँझ कुरा गर्न आउँछु  । तिमीहरू खाना खाएर सुत है ल म गए बाई बाई  

सानुले पनि हुन्छ भन्दै बिदाको टाउको हल्लाईन ।

म घरमा गएर खाना खाए, बा, आमाले कहाँ गएको थिईस यत्रोबेर भन्नु भयो । मैले सानुकोमा भनेर छोटो उत्तर दिए  । बा, आमा खै के के भन्दै गनगन गर्दै हुनुहुन्थ्यो  । यस्लाई घर आएपछी सानुको घरमै बास हुन्छ भन्दै । ओछ्यानमा सुत्न भनी पसे तर रातै भरी निन्द्रा लागेन सानुको समिरसँगको प्रेम,  उस्ले छोडेर गएपछीको सानुले भोग्नु परेका हिंसा, अत्याचार,  दु:ख,  पिडा यस्तै कुराहरू सोची रहे '

समिरबाट जब टाढा भईन सानु उनलाई बिछोडको पिडामा कहिल्यै कसैबाट सान्त्वनाको राहत पाईनन । दु:खको कुरा त यो छ की नारीले बिवाहित भएपछी बिधवा भएर बस्नु र पतिले छोडेर बस्नु नै हाम्रो समाजको लागि ज्यादै अपच र असैह्य हुने गर्दछ । एक्लो महिलालाई निस्वार्थपूर्ण जिवन चलाएर अघी बढ्न दिदैनन हाम्रो यो समाजले । आज सानु पनि पति बिनाको पिडा,  समाजको नकरात्मक दृष्टि,  हिंसा र अत्याचार सहेर बाँच्न बाध्यछिन । आफ्नो घर चलाउँन सानो ब्यावसाय होटल गर्छिन सानु । त्यहाँ खान भन्दापनि सानुको जवानी र शुन्दरतालाई फाईदा लुट्न उस्को ईज्जत सौदा गर्न खोज्छन मानिस । कसैसँग हाँस्यो बोल्यो भनेपनि त्यहिसँग लसपस गरी  । दुई पैसा कमाईन भने बेश्या काम गरेर पैसा कमाई भन्छन गाउँ समाज । बिचरीले कसरी काट्लीन एक्लै यति लामो जीवन ?

भोलीपल्ट साँझ फेरी गए सानुसँग कुरा गर्न । यसरी नै हर दिन सानुलाई नयाँ जीवन बसाउने सल्लाह दिन्थे । जब मेरो यस्तो कुरा सुनेपछी मलाई भन्थिन । हेर कृष्ण अहिले छोरो अलि सानैछ । कुनै दिन मेरो छोरो पनि त ठुलो हुन्छनी त्यस पछी मेरो हर दु:खमा उस्ले साथ दिनेछ ।

यसपछी सानुको र मेरो लगभग दश बर्ष भेट भएन । म आफ्नो घरजम बसाएर आफ्नै ब्यावहार सम्हाल्न ब्यस्त भए । त्यसपछी घरकै आर्थिक अवस्थाले गर्दा पराईभूमी ईजरायलमा आई पुगे । छुट्टीमा घर जादा पुन आज सानुसँग भेट गर्न मन लाग्यो । बिदेशबाट जाँदाको कोसेली सारी,  चोली,  पछ्यौरी र केही रकम उन्को हातमा राखी दिए । सानुसँग बोल्नु अघी नै मेरो आँखा रसाई सकेको थियो । उस्लाई धेरै बेर अंगाले  । हामी दुबै रोयौ । त्यसपछी मात्र हाम्रो कुराकानी सुरु भयो । मैले भने - सानु हाम्रो भेट नभएको पनि दश बर्ष पो भएछ त छोरो खै त उ पनि अठार बर्षको भयो हैन ? अनि समिरको केही खबरहरू आयो की छैन त ? सानुले भनिन - छोरालाई दु:खको महासागर तारेर हुर्काए तर उही ड्याङको मुलो भने झै कहाँ गतिलो भयो र पढ्न पनि पढेन । पल्लो गाउँको केटी लिएर हिडेको एक बर्ष भो खै कहाँ छ अत्तोपत्तो छैन पत्र नि पठाएको छैन ? समिरले त मलाई माया मारेकै हो के खबर आउँथ्यो र उस्को त कृष्ण । मैले भने,, सानु तिमीले समिरको त साहरा पाईनौ नै तर न आफन्तकै साहरा पायौ न त छरछिमेकीको नै साहरा पायौ । यो एक्काईसौ सताब्दीमा पनि अचेतनाले,  अशिक्षाले आँखामा पट्टी लागेको समाजसँग धैर्यता गर्न,  संघर्ष गर्न सक्यौ । कतिपय आत्मबल कम्जोरी हुने महिला त यस्ता समाजसँग हार खाएर आफ्नो जीवन नै अन्त्य गर्छन । तर सानु तिमीले कहिल्यै त्यो कदम उठाएनौ यही नै मलाई गौरब लाग्छ ।

सानुले भनिन - कृष्ण मैले अर्को नयाँ संसार बनाउँने परीकल्पना पनि कहिल्यै गरीन । किनकी मैले समिरलाई सच्चा हृदयबाट प्रेम गरेकी थिए । हर दु:ख सुखमा साथ दिने बाचा गरेकी थिए । उस्ले मेरो बाचा तोडे पनि म तोड्न सक्दिन । म अझै पनि समिरलाई उति नै प्रेम गर्छु जति पहिला गर्थे । आज उसँग साथ छुटेको बिस बर्ष भयो र पनि उस्कै बाटो हेरेकीछु । सच्चा प्रेमको बखान गर्दै महानता दर्शाउँन खोजीन  

सानु तिम्रो कुराले मलाई निक्कै झोक चल्यो है । फेरी उही कुरा अब नसुनाउ यी सब कुराले म दिक्कछु बर्षौ देखी तिम्रो एउटै कुरा ? आधा उमेर बितेको छैन, भरखर अडतिस बर्ष की त हुदैछौ नी,  यो उमेरमा त यस्तो छ बुढेसकालमा के गती हुन्छ । तिमीले नयाँ जीवन बसाउँनै पर्छ सानु ।

बुढा नहुँदा सहनु परेका अत्याचारलाई भुल्यौ ? आजसम्म त्यै आगोमा जली रहेछौ त के ती क्रुर ब्यावहारले तिम्रो मुटु पोलेको छैन,  तिम्रो स्वभिमान, ईज्जत जलेको छैन भन सानु ?

तिमी यो पुरानो संस्कारलाई पालना गरेर नयाँयुगको उपहास गर्दैछौ । हामीले अब भनेको नयाँयुगसँग सम्झौता गरेर बाँच्न,  हाँस्न,  सिक्नु र जान्नु पर्छ । अब आउँने नयाँ पिढीलाई हामीले सिकाउदै लैजानु पर्छ । हेर आज हजारौ तिमी जस्ता नारीहरू निदाएकाछन्‌ । पति नहुँदा भोग्नु परेका कैयौ चोटहरू सहेर बाँच्न बाध्यछन्‌ । तिमी किन आजसम्म निदाई रहेछौ सानु । अब ब्युँझ आफ्नो भन्दा अरुको निम्ति पनी तिमी ब्युँझनु पर्छ । सबैलाई ब्युँझाउनु पर्छ । के तिमीलाई यस्तो कुब्यवहारको अन्त्य गर्न मन छैन ? अब पनि तिमीले एक योग्य पति पाउँन सक्छौ । समिरले तिम्रो मायालाई लत्याएर आफ्नै संसार बनायो । तिमी पनि एउटा छुट्टै संसार बनाउ । सानु तिमी पतिभक्त भएर, सत्यसाबित्री बनेर कहिल्यै तिम्रो जित हुदैन । जब तिमी यो कदम उठाउँनेछौ तब यो समाजको मुख आफै बन्द हुनेछ । यो समाज भनेको हामी नै हौ किनकी हाम्रै हातमा छ सुधार्ने र बिगार्ने भनेको । आफ्नो कर्मलाई कहिल्यै दोष नदेउ यो भनेको समयको खेल हो,  समयले नै मानिसलाई हर मोडमा उभ्याई दिन्छ । हामी त्यही समयको दासी हौ,  त्यसैले समयसंगै चल्न र खेल्न जान्नु पर्छ,  सिक्नु पर्छ  । अबका दिनमा आउँने नयाँ पिडीले सानु तिम्रो जस्तो चोखो प्रेमको अनन्त पिडा बोकेर बाँच्नु हुँदैन र नपरोस पनि ।

 

हल्दिबारी झापा नेपाल

हाल इजरायल




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691252
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com