Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 25, 2012 | Author : काङमाङ नरेश
Category : Review / समिक्षा | Views : 865 | Unrated

  
काङमाङ नरेश

      २०११, डिसेम्वरको तेस्रो साता बागबजार स्थित कवि तथा साहित्यकार चन्द्र रानाहाछाको साकेला आर्टमा पुरण राईसंग हाम्रो भेट भयो । नेपाली साहित्यमा युद्घ साहित्यको उपस्थितीको वारेमा हाम्रो मत अभिमतहरू निकै गहिरो रुपमा राखा राख भए । बेलायती सेनामा कार्यरत र अवकाश पाएका गोर्खालीहरूबाट सृजीत साहित्यलाई राईले मास्टर्स् डिग्रीमा थेसिस् लेख्नु भएको छ । त्यहि विषयमा हाम्रो निकै लामो भलाकुसारी पनि भयो । नेपाली साहित्यमा सस्मरणात्मक नियात्रा, निवन्ध लेखनको वारेमा चर्चा परिचर्चा हुने क्रममा उनले शेरसिङ रानामगरले वेलायत भ्रमणको वारेमा लेखेको सस्मरणात्मक नियात्रा नेपाली साहित्यमा सबै भन्दा पुरानो हुन सक्ने तर्क राखे । तर पनि १९५० को हाराहारीलाई निवन्ध लेखनको शुरुवात हो भनी नेपाली साहित्यमा बोलिदै र लेखिदै आईरहेको कुरा पनि ब्यक्त गर्नु भयो । नेपाली भाषामा पहिलो फोनईन कार्यक्रम चलाउने प्रस्तोता किशोर गुरुङ, पहिलो नेपाली गायक मास्टर मित्रसेन, नेपालमा पहिलो रेडियोको स्थापना गरी समाचार प्रसारण गर्ने नारदमुनी थुलुङ, पहिलो पप गायक नोरदेन तेन्जिङ भुटिया सबै सेवा निवृत्त बेलायती सेना अथवा लाहुरेहरूलाई मैले सम्झिए । म अहिले पनि उनीहरूलाई दरिलो पर्दा पछाडिका वलीया जगको रुपमा सम्झदै साहित्यकार दयाकृष्ण राईले लेख्नु भएको निवन्ध संग्रह पागल दार्शानिकका अभिव्यक्तिहरूमा पसिरहेकाछु ।

विश्वको इतिहासमा ठुला ठुला दार्शानिकहरूलाई उनीहरूले भोगेका वर्तमान समयमा समाजको आँखाले पागल देखेर पागल नै वनाएका धेरै उदाहरणहरू छन् । चाहे त्यो थोमस् एल्वा एडिसन, ग्यालिलीयो ग्यालेली,चाल्र्स डार्विन आदि किन नहोस सबैलाई समाजको घृणित आँखाले नजर लगाएका थिए नै । जसले समाजमा नयाँ कार्य शुरु गर्छन् अथवा वास्तविक्तालाई साँचो हो भनि बोल्छन्, लेख्छन् र प्रयोग गरेर देखाउछन् उनीहरूलाई त्यो वर्तमान समयको समाजले पागल भन्छन् र उनीहको थिचाईबाट कति वहुआयामीक मानसिहरूले मानसिक सन्तुलन गुमाई फेरी पहिलाको जस्तै र्फकन नसक्दैनन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटालाई उच्च तहका व्यात्तित्वहरूले नै पागल भने । उनलाई उपचारको लागी अस्पतालसम्म पुरयाएका कथाहरू छन् । उनले पागल कविता लेख्नुको कारण त्यहि हो भन्ने भनाई छ ।

कवि तथा साहित्यकार दयाकृष्ण राईले आफ्नो जीवनमा भोगेका,देखेका विषय वस्तुलाई निबन्ध संग्रह पागल दार्शानिकका अभिब्यक्तिहरूमा वडो स्वादीलो तरिकाले प्रस्तुत गरेका छन् । पुस्तकालयमा राखिएका खुल्ला पुस्तकहरू झै, उनले यो उमेरसम्म आईपुग्दा भोगेका अनुभव र अनुभुति गरेका विषयहरूलाई जस्ताको तस्तै नाङ्गो रुपमा प्रस्तुत गर्नु भनेको एउटा नयाँ आयाम र नयाँ लेखनको शुरुवात गर्नु पनि हो । धेरै साहित्यकार तथा निवन्धकारहरूले जीवनमा पाएका दुःखहरूलाई वस्तुगत भन्दा कलात्मक तरिकाले तलमाथी वनाई लेखिनु भनेको पाठहरूलाई अल्मलाउनु र उनीहरू सामु विचरा वनीन खोज्नु र उनीहरूबाट सहनुभुतिको आशा गर्नु हो । यस प्रकारको लेखाईलाई च्यालेन्ज् गरेको छ दयाकृष्या राईको यस कृतिले । उनको दरिलो पक्ष भनेको स्पष्ट ढंगले आफैले आफैलाई नढाटी लेख्नु हो त्यहि कारणले नेपाली निवन्ध लेखनमा उनले फाल्टै परिचय बनाउन सफल भएका छन् । उनले अरु साहित्यकारले भन्दा दुई गुणा धेरै जोखिम मोलेका छन् किनकी आफ्नो भोगाईलाई जस्ताको तस्तै राखेका छन् । उनको पहिलो संमरणात्मक निवन्ध संग्रह सम्झानाको आलीङ्गनमा बाँधीएरमा पनि यस्तै जोखिम मोलेका थिए । नेपाली साहित्य लेखनमा विशेष गरेर यो कृतिले आफ्नो अन्तरआत्मालाई नढाटी लेखिनु पर्छ भन्ने उदाहरण दिएको छ । मान्छेको जीवनमा राम्रा कामहरू भन्दा नराम्रा कामहरूका थोप्राहरू धेरै हुन्छन् । गरेका नराम्रा कामहरूलाई वाहिर सार्वजानीक गर्न नचाहने तर गरेका राम्रा कामहरूको चाहि हाँसि हाँसि लेख्ने परिपटिलाई पनि यो कृतिले च्यालेन्ज दिन सफल भएकोछ ।

निवन्धकार लाहुरे भएकोले दास्रो छुट्टीमा आफ्नो देश नेपाल जाँदा धरान हुँदै गाउँ जाने क्रमको सम्झानामा एउटी दुरदर्शी महिलाको उपस्थितीले गहन भूमीका निर्वाह गरेको छ । गाडीको क्षमता भन्दा धेरै यात्रुहरू गाडीमा कोच्न थालेपछि ती महिलाले गाडीका स्टाफहरूलाई सचेत गराउनु भनेको देशमा सिस्टमको सपना देख्नु र विश्वको अति विकाशित देशहरू नदेखेकी ति महिलाले नयाँ नेपालको सपना देख्नु हो । उनी जस्तै जुझारु महिलाहरू मात्र हैन जुझारु पुरुषहरूको पनि देशलाई आवश्यक्ता रहेको प्रष्ट हुन्छ । मुखमा वुचो लगाएर बसमा यात्र गरिरहेका पुरुष प्रधान देशका पुरुषहरूलाई सचेत गराउँनु नै उनी सफल हुनु हो ।

हिले वजारको एउटा होटेलमा मदिरापानको नशामा रमिरहेका अर्यान जातका एउटा पुरुषलाई समावेसी लोकतान्त्रीक व्याक्ति मान्न सकिन्छ । गायक शम्भु राई प्रति आक्रोशित हुनु भनेको समग्र नेपालीहरूको आक्रोस भएर अहिले पनि वाचीरहेको छ । यस संग्रहले अभिब्यक्त गरेका वाक्यहरूले नेपालको राजनैतिक ईतिहासमा पहिले देखी नै धेरै तरलवादीहरू थिए र अहिले पनि रहेछन् भन्ने प्रष्ट वुझ्न सकिन्छ । देशलाई त्यो समय देखी नै राजनैतिक कर्मीहरूले वेफोक वनाईरहेका थिएछन् । चाहे त्यो कम्युनिष्ट विचारधारका होस् या प्रजातान्त्रिक विचारधारका होस् सिद्घान्तलाई पछारी मारेर मागी खाने भाडो मात्र राजनैतिक कर्मीहरूले वनाउँदै आईरहेको प्रष्ट वुझिन्छ । उनले राजनैतिक धरातल देखी यौन मनोविज्ञानका विषयहरूलाई उतारेका छन् । यो दुनियामा प्रेम र यौवन विना कोही पनि वाँच्न सक्दैनन् भन्दा अनर्थ नहोला । यौन सम्पर्क पछि आउने शिथिलता र खोर्सानी टोकी सकेर जिव्रोले पाउने पिरो स्वाद जीवन अनुभवको भिन्न बाटो र भिन्न विषय लागे पनि त्यो एक प्रकारको जैविक मनोविज्ञान हो । खोर्सानी खाने मान्छेलाई खार्सानीको ढिडी देख्दा टोकौं टोकौं लाग्नु, क्रम्म टोक्नु अनि टोकी सकेपछि पिरो हुनु र यौवन सम्पर्क अगाडि उत्तेजित हुनु, अनि चरम विन्दुमा पुग्नु, कार्य सकेपछि शिथिल हुनु भनेको एउटै प्रकारको जीवन तर फरक भोगाईको आयाम हो भन्ने लाग्छ । यी आयमहरूले नै जीवनलाई हिडाईरहेको छ ।

निबन्धकारले विभिन्न विषयलाई उठान गरेका छन् । उनले बेलायती सेनाबाट सेवा निवृत्त भएका गोर्खालीहरू वेलायतमा स्थान्तरण भएर आए पछि के पाए के गुमाए त ? आफ्नो देशको माया छातीमा राखेर बाँचीरहेका वेलायतवासी आम नेपालीहरूले आफ्नो पहिचान गुमाउने ठूलो सम्भावना दिनानुदिन झनै वढिरहेको परिवेसलाई प्रस्तुत गरिएको छ । टिनको माछा जस्तो चेप्टीएर एउटा सिङ्गल खाटमा २ जना सुत्नु परेको निवन्धकारको पीडाले वेलायतमा रहेका नेपालीहरूका वास्तविक्तलाई वाहिर ल्याएको छ । जीवनको अन्तिम अवस्थामा सारा भोगेका परिवेसलाई छाडेर नयाँ समाज, नयाँ देश, नौलो भाषीहरूको विचमा रहँदा ती वृद्घ मनहरूले के सम्झन्छन् होला ? मानसिकताको गह्रौ भारी कति वोकीरहेका छन् ? वेलायतवासी गोर्खालीहरूको अर्को पीडा उभिएको छ । निवन्धकार आई.एल. आरमा वेलायत आउनु भन्दा अगाडि नै वेलायतका नागरिकता वाँदरको पुच्छर लौरो न हतियार शिर्षकको लेख लेखी वेलायतको अवस्थालाई ब्याख्या गरीनु, एउटा राम्रा विश्लेषक हो भनेर उनलाई वुझ्न सकिन्छ ।

स्कटिस्ले ईङ्गल्याण्ड वासीलाई हेर्ने दृष्टिकोण र ईङ्गल्याण्डवासीले वेल्सवासीलाई हेर्ने भिन्न कोणलाई पढ्दा वेलायतको राजनैतिक धरातल कसरी रहेको छ भनेर वुझ्न सकिन्छ ।

एउटा कवि तथा साहित्यकारको पगरी गुथेर बाँच्नुको अर्थमा अनर्थ लगाए के हुन सक्छ ? साहित्य रहर मात्र हो कि जीवन हो ? के साहित्यकारहरू भनेको समाजका कसिङ्गरहरू हुन की मार्ग निर्देशक हुन् । साहित्यले संसारमा के गर्न सक्छ ? यो साहित्य भनेको के हो भनी सामान्य मान्छेले सामान्य वुझाईमा यस्ता प्रश्न थुप्रै गर्ने गर्छन् । मान्छेको जीवन त साहित्यमा भुण्डिरहेको हुन्छ । जहाँ जीवनका अनेकन आयामहरू वैशक भई आफैमा बाँचिरहेका हुन्छन् । ती जीवनका एब्स्ट्रयाक आयामहरूलाई समाजमा वुझाउन साहित्यको उपस्थिती अनिवार्य छ । समाजका आँखाहरूलाई खुल्ला परिवेशको दृष्य देखाउन एउटा साहित्यकार तथा लेखकले कति सेक्रिफाइज् गरेको हुन्छ त ? वेलायतको व्यास्तता सबैले भोगीरहेका छौँ । निवन्धकार साहित्यीक कार्यक्रममा भाग लीन जाँदा कामबाट नीकालीनुले समाजको लागी कति सेक्रिफाईज् गरेकारहेछन् भनी वुझ्न सकिन्छ र यो दुनियाँको लागी साहित्य आवश्यक अंग हो । जो कोहि व्यक्तिले आफ्नो कामलाई तिलान्जली दिएर अर्को संसारमा जान सक्दैनन् विविध समस्याहरूले । जसले आफ्नो ब्यक्तिगत काम र जागीरलाई दोस्रो कित्तामा राख्छ उ हो असली समाज सेवक । लेखकहरू समाजलाई जहिले पनि नयाँ आयामहरू दिईरहेका हुन्छन् । विनिर्माणको चोट शिर्षकमा आफ्नो सानो नावालक छोरीले गुमाएको मातृत्व र पितृत्वलाई दुःखेर स्विकारेका छन् । नावालक सन्तानको भविष्यलाई विना कारण, विना समस्या अरुको हातमा राखि दिएर अन्त कतै भौतिक सुविधामा रम्न चाहने आमाहरू पक्कैको आमा हुन्छन् त ? वालमष्तिष्कमा कस्तो असर पार्छ त्यस्तो प्रवृतिले ? राईले आफ्नो परिवारिक धराताललाई नढाटि छर्लङ्गै उतारेका छन् यस कृतिमा । यो भन्दा अगाडिको कृति सम्झानाको आलीङ्गनमा वाँधिएरमा समर्पण लेखेकाछन् म जापानमा हुँदा पाँच बर्षिया छोरी मेरिनाले फोनमा अबोध प्रश्न गर्थिन वावा कहिले आउनुहुन्छ ? म उत्तरमा अव चाडै आउँछु छोरी भनेर उनलाई आश्वासन दिने गर्थे । अवोध बालीका न हुन् वावा भोली नै आउनु है भनेर उनी जीद्घी गर्थिन । अन्तमा केही नलागे पछि हुन्छ छोरी म तिमीलाई भेट्न भोली नै आइपुग्छु भनी झुठो वाचा गरेर उनलाई खुशी वनाई दिन्थे । तर फोन राखिसकेपछि मेरा आँखाका परेली आँसुले लछप्पै भिजीसकेका हुन्थे । अहिले छोरी वालिग भईसकेकी छिन् । त्यसवेला उनले पितृस्नेहबाट वंचित हुनुपरेको थियो, उनले त्यहि अबोध बालापनको अपुर्ण पितृचाहनालाई...। अहिले आएर मैले वुझ्न पाए । आमा र बाबाको अभावमा छोरीको वाल मस्तिक्ले आफ्से आफ वेलेका रहेछन ती वाणीहरू । जीवनको एउटा आयम श्रीमान एउटा आयम श्रीमति र अर्को आयम साखसन्ताहरू । तर यी आयामहरूले जीवन वन्दैन रहेछ, यो त प्रकृतिको चक्र मात्र रहेछ । आमाको अर्थ सन्तानलाई जन्म दिनु मात्र हैन रहेछ । आमा र बाबा दुवैको माया तपाईका हॄदयले छोरीलाई दिए, उनी अहिले ठुली भएकी छिन् । तपाईको त्यो जापानमा रहँदाको पिडा छोरीले वुझ्ने छिन् अथवा वुझिसकेकी छिन् होला । जीवनको अर्थमा बाँच्नुको अर्को आयम तपाईको जीवनमा झन वलीयो भएको छ । त्यो थपिएको आयमले तपाईलाई यति गहिरराईमा डुवेर लेख्न सक्ने बनायो । त्यो समयको आयमलाई एउटा मनले धन्यावाद दिनुनै पर्छ तपाईले ।

सृजनाको गन्तब्य हुँदैन । तपाईका कलमहरूले पठकको मन यसरीनै छुदै यात्रा गरिरहोस्‌ भाईको शुभकामना सहित पल्टने रि. सिपाहीको सलुट रि. लाईन्स् कपरोललाई दाज्युलाई ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
प्रत्येक दिन बिहानीसँगै
उठ्दछु, म बज्रठिङ !
अनि फाड्दछु
यि बलुवाका जंगलहरु भस्मै भस्मे
जोतेर डोजरले
पेलेर रोलरले

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
674370
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com