Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 27, 2012 | Author : काङमाङ नरेश
Category : Review / समिक्षा | Views : 843 | Unrated

  
काङमाङ नरेश

 

जीवन के हो भनेर कसैले कसैलाई प्रश्न गरे फरक फरक उत्तरहरू आउने गर्छ । मलाई लाग्छ जीवन भनेको वुझेर वुझ्न नसकिने यात्र हो । यात्रको क्रममा अघि वढिरहेको वेला वटुलेका अनुभव र अनुभुति नै जीवनको एउटा धरातल हो । फेरी प्रश्नहरू गाँसिन सक्छ जीवन कसले वनाउँछ ? परिवेश, समाजसँग वाँच्दै मान्छेको जीवन मान्छेले नै वनाउँछ । सायद समाजले चेप्टाएर चोप्टो वनाउँदो हो । परिवेशले थिचेर गाह्रौ वनाउँदो हो । वर्गीय विभाजनले गरिव र धनी वनाउँदो हो । कुनै समयमा जीवन उदासि वन्दो हो त कुनै वेला खुशी हुँदो हो जीवन । कुनै जीवन सामान्य अर्थमा वाँच्दो हो । कुनै जीवन श्रृजनामा वाँच्दो हो । सृजना भनेको मानव जीवनको सबै भन्दा शक्तिशाली चीज हो । श्रृजना विना त मान्छेको कुनै अर्थ रहदैन र कुनै पनि श्रृजनालाई सार्वजानिक गर्नु भनेको जोखिम मोल्नु पनि हो । ग्यालेली ग्यालेलीयोले धेरै मिहिनेत गरेर पृथ्वी गोलो भएको पत्ता लगाए । उनले जोखिम मोले अनि त उनलाई जेलमा कोचे एउटा धार्मीक सँगठनले । सृजना भनेको आफैले आफैलाई चिन्नसक्ने बाटो पनि हो । जव मान्छेहरूले श्रृजना गर्छन् उनले आफैलाई चिन्न सक्छन् । तर पनि कति श्रृजनाहरूको आयु हुदैनन् त्यो भनेको नै आफैले आफैलाई चिन्न नसक्नु हो । कवि मुकेश राईले जोखिम मोल्ने आँट गर्दै अनुभुतीका रंङ्गहरू कविता संग्रह सार्वजानिक गरेका छन् । पहिलो विश्व युद्घ, दोस्रो विश्व युद्घ हुँदै अहिले आएर ईराक र अफ्गानिस्तानको युद्घ मैदानमा बहादुरीका साथ लडी जीतेर पनि जीत्नुको अनुभुति गर्न नपाएका वीर गोर्खालीहरूका पीडाहरूलाई उनले शब्दचित्रमा उतारेका छन्, जुन शब्द चित्रलाई आँखाले देख्न नसक्ने घाउ भएर वाँचीरहे पनि काब्यमा दरिलो दस्तावेज वनेर आएको छ । अतितमोहले कवि मुकेश राईलाई पनि अरु डायस्पोकि कविहरूलाई झै पिरोलेको पाउन सकिन्छ । कविका कविताहरू विभिन्न समयमा लेखिएता पनि मुख्य गरेर युद्घ साहित्य, डायस्पोरिक साहित्य, अतितमोह, जीवन सम्वन्धी लेखिएको छ । कुनै कविताहरू अन्य अत्यचार र विकृतिको वारेमा आवाज उठाएका कविताहरू यस कृतिमा समेटिएका छन् ।

शान्ति अभियानमा म, जीवनसँग रोईरहेका जीवनहरू १ र जीवनसँग रोईरहेका जीवनहरू २ उनका युद्घ कविताहरू हुन ।

 

युगान्तकारी योद्घाहरू

बर्षौ चिसिएको युग बोकेर

स्वादेशमा प्रवासी, विदेशमा अनागरिक हुँदै

आदिम पहाडजस्तो जिउँदो ईतिहास बनेर

विश्वविजेताका दर-सन्ताहरू

अस्तित्वहीन बांच्दाबाँच्दै

सयौं वर्षपछि आफ्ना पहिचान खोज्दै

क्षितिज खुल्न खोजीरहेछ ।

                       जीवनसँग रोईरहेका जीवनहरू १

 

गोर्खालीले भोगेका अन्ययपूर्ण अत्यचारको चिरफार गरेका छन् कविले यस कवितामा । संसारका भुगोलहरूलाई हत्केलामा बोकेर गोर्खालीहरू वेलायतको साम्राज्य विस्तारका लागी लडे तर तिनीहरूले के पाए ? उनीहरूलाई आफ्नो देशले पनि प्रवासी वनाए । जस्को रक्षाको लागी उनीहरूले लडेका थिए तिनले मरसेनरिज सिपाही भन्दा अझै तलको दृष्टिकोण र विचारले मात्र हेरेनन् गर्न सम्मको भेदभाव गरे उनीहरूलाई । यो एउटा मानवको लागी कति दुरभाग्य हो । गोर्खालीले लडेको वास्तवीक युद्घ र तिनीहरूले वचाएको वेलायतको राष्ट्रियतालाई कविताले उत्खनन् गर्न खोजेकोछ ।

यस कृतिमा धेरै कविताहरू अतितमोह अथवा नास्टाल्जीयाको पिडालाई सम्वोधन गरेका छन् । कन्यामका नागवेली घुम्तीहरू, म आमा र मातृभुमि, परदेशीलाई दुख्ने खबर, अनुभुतिमा गाउँघर, धमिलो आकृतिमा उदास क्षितीज, बगिरहने जीन्दगी, सीमापारि, तिमी जस्तै एउटा मान्छे, परदेसीलाई दुःख्ने खबर आदि कविताहरू छन् ।

घरमा वस्ने छोरोलाई भन्दा घर भन्दा टाढा वस्ने छोरोलाई घरको महत्व कति र कस्तो हुन्छ भनेर थाहा हुन्छ । स्वदेशमा वस्ने नागरिकलाई भन्दा विदेशमा वस्ने नागरिकलाई देशको माया कति र कस्तो हुन्छ भनेर थाहा हुन्छ । प्रवासीहरूको एउटा पीडा मध्येको एउटा पीडा हो अतित्मोह । यो पीडाबाट कोही प्रवासीहरू पनि अछुत रहन अवश्य सक्दैनन् । कविले आफ्ना थातथलोलाई सम्झिरहेको छ, आफ्नो परिवार, साथीहरू, उकाली ओराली गरेका बाटाहरू, त्यो पिपललको वोट, त्यो स्कूल, त्यो डाँडा । कति पीडा छ प्रवासीहरूलाई घरदेशको । सम्झना नै डायस्पोरामा वस्ने मानिसहरूको लागी राष्ट्रियताको चिनो वनेको हुन्छ । यहि पीडालाई कविले काव्यमा पोखेका छन् ।

 

सम्झिएर जीवनका अनमोल क्षणहरूसँग

म मौनता पिउँछु

तीतामीठा पलहरूसँग बरालिंदै

कहिले साउन बर्सन्छु

कहिले चिसो पवन वहन्छु

अनि फेरिँदै ॠतुहरूसँग

चाँप-गुराँस बनेर सन्दकपुर हाँस्दै

कहिले अटल श्रीअन्तु बनेर

जीवनको बाध्यतासंगै प्रीती गाँस्दै

छातीभित्र यादैयाद वल्झिरहन्छु

म हरपल कन्यामका नागबेली घुम्तिहरू

                                 कन्यामका नागबेली घुम्तिहरू

 

पुर्वको सुन्दर शहरहरू मध्यको एउटा शहर हो ईलाम । ईलाम मोटरकारमा हुईकिएर जाने बाटो हो कन्याम । ईलामका लेकहरू मध्येको एउटा ठाउँ हो सन्दकपुर, जहाँ फुलेका लाली गुराँसहरू, चाप चीमल, सुनाखरी थरी थरीका फूलहरू फुलीरहेका छन् कविको मनमा । जहिल्यै सम्झिरहेका छन् माइमझुवा, पशुपति नगर, ईलामका चियावारीहरु । सम्झानामा बाँच्नु पर्ने जीन्दगी सबै भन्दा पीडादायी अवश्य हुन्छ । सम्झाना एउटा अतितको आँखी झ्याल हो । जहाँबाट जीवनले भोगेका चीजहरू लस्करै जन्ति वनेर आउँने गर्छ । मान्छे जति सम्पन्न भए पनि, मान्छे जति शिक्षित भए पनि आफ्नो ओरिजीन र थातथलोको यादले साताउने गर्छ । उसले वाहिर देखाउन नचाहे पनि उसको मन मुटु भने जन्मभूमीको सम्झानामा उफ्रने गर्छ याद बनेर । घरदेशको सम्झानामा वाचेको अर्को उनको कविता हो अनुभुतिमा गाउँघर ।

 

अन्तरङ्ग अनुभुतिको संगालो

विगतका यादहरूसंगै

बाल्यकालमा रमाएर खेलेको

घरआागन सुन्दर गाउँ

जीवनमा कहिल्यै बिर्सन नसकिने

एउटा स्वर्णिम अध्याय !

त्यो चंचल उन्मुक्त बालापन

न कुनै पीर, न ब्यथा

रङ्गीचङ्गी बगैाचामा नाच्ने पुतली झै

केवल सुखशान्तिका

हृदयमा कुँदिएका

ती मयुरपंखी दिनहरू

                 अनुभुतिमा गाउँघर

 

आहा कति मिठो सम्झाना ! सम्झना साँच्चै सम्झाना मात्र हो कि वास्तविक्ता पनि हो ? यो एउटा प्रश्न वन्न सक्छ आम लेखकहरूलाई । किन भने सम्झेर दुख्न पाउने अधिकार सबैलाई छ तर पनि आफ्नो गाउँघरलाई सम्झनासंगै के दिईरहेको छु र के दिन चाहेको छु आफ्नो गाउँलाई । सबै भन्दा ठुलो कुरो हो के गर्दैछु गाउँको लागी । हामी प्रवासीहरू यहि नेर चुकेका छौं जस्तो लाग्छ । सम्झना संगै केही त दिऊ आफ्नो गाउँघरलाई अनि सम्झनुको अर्थ रहन्छ जस्तो लाग्छ । 

जतिवेला लैनसिह वाङदेल युरोपमा अध्ययनको लागी निस्किए उनको वेदना उतिनै मर्मीक छँदैछ । उनको कृति रोमको एउटा फुल पेरिसको एउटा काँडा त्यसका ज्वलन्त उदाहरण हो ।  जतिवेला उनले कन्चनजंगा हिमाललाई हेर्दै नेपालको सम्झना गर्थे त्यसको एउटा जीवन हो मुलुक बाहिर उपन्यास । यसरी नेपालीहरू विदेशीने क्रमसंगै धेरै तिता अनुभुतिहरू बटुलेका छन् । विदेश वसाई कै क्रममा कवि मुकेशका कलमले जन्माएका छन् त्यहाँका माटोको परिचय जसलाई अहिले हामी भनीरहेका छौं डायस्पोरिक साहित्य । उनका डायस्पोरिक कवितालाई नजर लगाऊ   

 

असार पन्ध्र छ आमा परदेश

मङ्सिर कहिल्यै पाक्दैन

सोध्छ्यौ सधैं कस्तो होला दुरदेश ?

नियति न हो दुःख कहिल्यै भाग्दैन ।

                           कस्तो होला परदेश

 

 

बाँच्नको लागी नै मान्छेले हरेक काम गरिरहेको हुन्छ । तर पनि प्रविधीलाई मान्छेले नवुझेर अल्मलीरहेका पनि छन् । परदेशिनु कसैको लागी वध्याता होला तर कसैको लागी सुविधा सम्पन्न ठाउँ खोज्नु होला । जसरी परदेशिय पनि उनीहरूलाई आफ्नो पनले पच्छ्याई रहने हुँदा आफ्नो ठाउँको याद आई नै रहन्छ । परदेशको छाँया तस्विरलाई कलात्मक तरिकाले प्रस्तुत गरेको उनको वलीया कविता हो ।

जीवनसँग सबथोक जोडिएर बाँचेको हुन्छ । जीवन एब्स्ट्रयाक छ । जीवनका वारेका चर्चित दार्शनीकहरूले आ-आफ्नो मतअभिमतहरू राखेका छन् । कसैले भनेका छन् जीवन संघर्ष हो । कसैले भनेका छन् जीवन भोगाई हो । तर पनि जीवन सबथोक हो जहाँ सबै चीजले चेप्टिएर, थिचिएर बाँचेको छ । जीवन नभए कसैले केही पनि अनुभव गर्न सक्दैनन् । कवि मुकेश राईको बुझाईमा जीवन बगिरहन्छ निरन्तर निरन्तर, जीवन आरोहअवरोह हो । जीवन समय हो । जीवन कुनै एउटा आकृति हो र जीवन भ्रम  पनि हो ।

 

रातको आँचल ओडेको

आकाशगंगाको छातीबाट झर्ने

उल्का देख्दा

चिताएका रहर र सपनाहरू

साकार हुन्छ रे भन्थे

तर, अनगिन्ती ताराहरू माझ

मुस्काईरहेको जुनको

सुनौलो रङ्गमा

शोभायमान आकाशको

ती अभागी उल्काहरूजस्तै

मेरा त रहर जम्मै खसे

सपनाहरू अधुरै रहे !

                भ्रम

वास्तवमा जीवन यसरी नै विभिन्न कोणहरूमा रहेको हुन्छ । जीवन सपना र योजनाहरूको पीरामीड माथीको अन्तिम उचाई गजुर हो । जसलाई गजुरबाटै चिहाए आकाश पनि सानो गजुर जत्रै देखिन्छ ।

कविले विभिन्न विषयहरूलाई पक्रेर कविताहरू लेखेका छन् । जसमा परिवर्तनका लागी अथवा यसो भनौ प्रगतिशिल विचारका कविताहरू लेखेका छन् जसमा आगो भएर उठौं, अटल पहाड आदि हुन् । जसले परिवर्तन चाहन्छ उ आफ्नो जीवन वलीदान दिन पनि तयार हुन्छ त्यसैले परिवर्तनका लागी संसारमा ठुला ठुला क्रान्तिहरू भएका छन् । चाहे त्यो मजदुरहरूका हकहित र अधिकारको लागी जन्मिएको वोर्सेली क्रान्ति किन नहोस् । चाहे त्यो अमेरिकी श्रमिकहरूको वलीदानबाट आज भन्दा १ सय २४ वर्ष पहिले जन्मिएको त्यो सिकागो अभिसन्धि नै किन नहोस् यस्ता ठुला ठुला क्रान्तिहरू संसारको इतिहासमा धेरै जन्मिएका छन् । परिवर्तनका लागी यस्ता क्रान्तिहरू जन्माउने ठुला सहित्यकार तथा कविहरू संसारमा धेरै जन्मि सकेका छन् । क्रान्तिकारी श्रृजनाहरू तिनले जन्मएका छन् । जब ठुला ठुला तानाशाह ढल्दछन् अनि मात्र श्रृजनाको शक्ति भनेको कस्तो हुन्छ भनेर प्रष्ट र प्रत्यक्ष वुझ्न सकिन्छ । समग्रमा उनका कलमले वोलेका लीपीहरू यस्तै छन् भनेर मैले लेख्ने आट गरें । उनका श्रृजनाहरू दुवो झै मौलाउदै जाउन लाखौ वधाई ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
एकान्तमा बसी तड्पी तड्पी रुनै पर्छ नी
लाखौं लाख साहाराको शब्द सँधै पाए पनि
मर्दै बाँच्दै कति गह्रौ पराईको संसारमा नी
कति होला मनको पिडा अनि एक्लो पनको भोगाई
कस्तो विडम्बना कसैको आँसु कसैको चाहिँ रझाई
मर्दै बाँच्दै कति गह्रौ पराईको संसार छ यस्तै

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
689746
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com