Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 11, 2012 | Author : अशोक राई
Category : Review / समिक्षा | Views : 687 | Rating :

  
अशोक राई

      कुनैबेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ताबारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले  'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस्‌ भन्ने आग्रह राख्यौं । त्यो आग्रह भनेको गीतमा सचेतनाको कुरा हो । त्यो राजनैतिक या सामाजिक या साँस्कृतिक या जातिय कुनै पनि हुन सक्तछ । कारण गीत संगीत सर्बाधिक सम्प्रेषणीय हतियार हो । यसको प्रत्यक्ष या अप्रत्यक्ष प्रयोगले धेरै देश-ठाउँहरूमा राजनैतिक र सामाजिक आन्दोलनहरू सफल पनि भए । तर हामी त्यसो भन्दैमा आम मानिसले लेख्ने, गाउने र सुन्ने गीत संगीतको बिरोधी भने होईनौं । गीत संगीत संसारमा सबैभन्दा लोकपृय बिधा हो जसलाई मन नपराउने मानिस सायदै होलान् ।

अब सन्दर्भ तिर लाग्दा मसित यतिखेर कृष्णकला वनेमको गीति संग्रह 'बिर्सिएका गीतहरू' छ । कवि तथा गीतकार टंक सम्बाहाम्फेज्यूलाई यसका लागि धन्यवाद । यो संग्रहभित्र गाईएका र नगाइएका गरि १०९ वटा गीतहरू रहेछन् । सबै गीतहरू एकपटक हेरि सकेपछि केही लेख्न मन लाग्यो । एक प्रकारले गीत लेख्नु मनको पीडा पोख्नु अनि आत्मा सन्तुष्टी हासिल गर्नु हो । त्यहि गीतहरूले नै मान्छेको मन जित्छ र कालजयी भएर युगौ बाँचिरहन्छ । गीतले मान्छेको पीडा बोल्छ मनको भाषा बोल्छ मन छुन्छ र आनन्द दिन्छ । त्यसैले यो सर्बग्राह्य छ र लोकपृय छ ।

गीतहरू कति गाइए कति गाइएका छैनन् । कति संगीतबद्ध भए कति भएका छैनन् । त्यसको लेखा जोखा कमैले गरे होलान । पक्कैपनि धेरै गीतहरू गीतकारहरूको मनमा, डायरीहरूमा या गिति संग्रहहरूमा नै रहे होलान् । लेखिएका धेरै गीतहरूमध्ये थोरै संगीतबद्ध भएर श्रोताहरू समक्ष पुग्छन् र बाँकी यस्तै संग्रहमा रहि रहन्छन् । यो संग्रहका गीतहरूलाई हेर्दा नगाईएका तर राम्रा गीतहरू धेरै बाँकी रहेछन् जस्तो लाग्छ । जसलाई गाइएको खण्डमा नेपाली गीत संगीतको क्षेत्रमा निशन्देह थप सुन्दर सृजनाहरू थपिनेछन् ।

चाहिदैन तिमी भए हिरा मोती सुनको जुहार

तिमी भए पूरा हुन्छ जिन्दगीको सबै आधार

छाती मात्र मेरो हो तर मुटु तिमी

मेरो सारा तिमी हौ तिमी नै जिन्दगानी  (त्याग)

एक अर्थमा गीत कविता पनि हो कविता गीत पनि हो । फरक कवितामा जीवन र जगतलाई अलि बृहत ब्याख्या गरिन्छ । गीत छोटोमा मनको बेदना र भाव पोखिने ठाँउ हो । तर त्यहाँ पनि जीवन अटाएको हुन्छ । एउटा राम्रो कवि आफैमा एउटा राम्रो गीतकार पनि हो । यस अर्थमा गीतकार कृष्णकला वनेम एक कवयित्री पनि हो भन्दा फरक नपर्ला । वहाँको नारी कोमल भावना गीतहरूमा प्रष्ट पाउन सकिन्छ । गीत मनको भाव हो यो व्यक्ति अनुसार फरक परे पनि नारीले पोखेको भाव कोमल हुन्छ नारी भावुकता छुट्टै प्रकारको हुन्छ । प्रकृतीले नै नारी करुणा र बेदनालाई पृथक बनाएको छ   

भूमीकामा गोविन्दराज भट्टराईले उठाउनु भएको आधुनीक मुनाहरूको प्रसंग सान्दर्भिक लाग्यो । आजको समयमा मुनाहरू पनि परदेश जान्छन् मदनले जस्तै दुःख गर्छन् र उताबाट आफ्नो मदन (प्रेमी) को नाममा बिरह पोख्छन् । हुन पनि हाम्रा धेरै नेपाली दिदी बहिनीहरू अरब अनि इजरायल र अन्य धेरै देशहरूमा परदेशीएका छन् । एक्लीएका छन् । घर देखि टाढा परिवार देखि टाढा अनि देशदेखि धेरै टाढा हुँदा पीडा महशुस हुन्छ । उनीहरूलाई समयले दिएको पीडा कविता, गीत र गजल बनेर प्रस्फुटन हुन्छ । गीतकार कृष्णकला वनेम पनि इजराइली भुमीबाट गीत लेख्नुहुन्छ कतै बिरहमा कतै निराशामा कतै गाउँ घर परिवार र देशको तृष्णामा ।

कति बस्नु कल्पनामा मीठो सपना बुनी

परदेशमा बित्ने हो कि दुखियाको जुनी (गृह बिरह)

गीतकार परदेशी भएरै होला धेरै गीतहरूमा परदेश पीडा छ । गाउँ घरको याद छ । मायालुलाई उताबाट सम्झेका शब्दहरू छन् । 'कान्छा हाम्रो पूर्बेली समुदायमा एउटा मायालु बिम्ब हो । गीतमा धेरै ठाउँ यसको प्रयोग गरिएकोछ । यसले गर्दा गीतमा आञ्चलिक स्वादहरूपनि पाउन सकिन्छ ।

खोला नालाको सुसाईसँगै बहकिन्छौ होला

न्याउली रुँदा सल्लेरीमा तिमी दुख्यौ होला

दोबाटोको चौतारीमा मेरो बाटो हेरी बस्नु

आाउदैछु म फर्की कान्छा मुटु नदुखाउनु ।

त्यस्तै हाट बजारमा मेलामा धान नाँचेर लगाइने चोखो मायाको कुरा अनि तमोर नदीको संझना गर्दै पोखिएको गीति भावना सुन्दर लाग्छन् । यो पूर्बेली चेलीले मनमा सोचेको कारुणीक प्रेमील भावना हो । जहाँ लोक साँस्कृतिक पक्ष पनि छल्कीएको पाईन्छ । गीतहरू हेर्दा उतै पुगे जस्तो लाग्छ ।

हाटै भर्न जाँऊ कान्छा तमोर सिवा तर्दै

धानै नाची माया गाँसौ बैंश छँदा छँदै

फूल जस्तो ��"इली झर्ने हाम्रो जिन्दगानी

बाँचुन्जेल हो नी कान्छा मर्दा के छ लाने ।

खासगरि परदेशमा हुदा देशको धेरै याद आउछ । जे जस्तो भए पनि नेपाल मेरै देश हो भन्ने भावना जागृत हुन्छ । किनकी अन्तरदेशीय नागरिक हुनु अनि त्यहाँ बिविध पीडा भोग्नु अनागरिक हुनु हो । केही गीतमा माटो र देश प्रेमपनि छ । जस्तैः

१. शिरमाथि सगरमाथा पाउमा नेपाल

  नेपालीको प्यारो भुमी देश बिशाल

२. हिमालको फेदीमा सुन्दर मेरो गाउँ

  नेपालकी छोरी हुँ म गोरी मेरो गाउँ

गीतमा सामान्यतया माया र प्रेम प्रसंगको प्रधानता रहन्छ । यो संग्रहमा संग्रहित अधिकंश गीतहरू पनि माया प्रेमकै बिषयमा केन्द्रीत छन् । प्रेम गीतहरूमा कतै मायालुलाई संझेका बिलौना कतै धोका पाएकोमा गुनासो कतै बिछोडको पीडा कतै षोडषी प्रेमभाव कतै जलन र त्याग अनि कतै गृह बिरहका प्रसंग आउँछन.

जस्तै केही गीति हरफहरू हेरौ-

तिम्रो यादमा रुमल्लिदा एक्लै कति रुन्थें

सिरानीको तिम्रो तस्बिर कयौ पटक छुन्थें । (मायालुको याद)

हिड्दै जाँदा पाइलाहरू काँडामा नि पर्दो रैछ

माया गर्ने मुटुहरू त्यही मायामा जल्दो रैछ  (धोका)

भेट भयो तिमीसित दुई नदीको संगमजस्तो

छुटी गयो साथ हाम्रो दिन अनि रात जस्तो (बियोग)

नाचौं नाचौं लाग्छ मलाई बन पाखाभरि

वैशालु यी रहरहरू उर्ली आउँछन् भनभरि (षोडषी प्रेमभाव)

त्यस्तै अन्य गीतहरूमा बिदेशमा भोगिने दुःख, जन्मीएको ठाँउ र बालापनको याद देशको चिन्ता साँस्कृतिक झल्को जस्ता बिविध कुराहरू छन् । गीतकार आफै गायिका भएकोले होला आफ्ना गीतको गेयात्मकतालाई सहज बनाइएकोछ । गीतहरू सरल र मीठासपूर्ण छन् । ज्यादा जसो गीतहरू एउटै संरचनाको र प्रायजसो दुई अन्तराका छन् जो चलन चल्ती कै कुरा हो । गीतको सम्पूर्ण पक्षमा बहस गर्नु मेरो क्षमता बाहिरको कुरा पनि हो । श्रवण मुकारुंगले घुमाउरो पाराले भने झै नेपालका दिग्गज गीतकारहरू जो गीतको महाबिद्यालय नै हुन् वहाँहरूलाई अध्ययन गर्नु सायद हरेक नयाँ गीतकारको बुद्धिमानी नै होला भन्छु । गीतकारलाई मीठो गीतहरूको लागि बधाई र थप सृजनाको लागि शुभकामना अनि तपाईका गीतहरू अमर बनोस भन्ने सुभेच्छा दिन चाहन्छु ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
मलाई बाँच्न यहाँ-
एउटै दिन भए पुग्छ !
धेरै वर्ष फुलेको
अल्छी आयु
निष्क्रियताले निलेको
निश्चल/सुषुप्त/अकर्मण्य

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691092
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com