Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 11, 2012 | Author : स्वप्निल स्मृति
Category : Review / समिक्षा | Views : 667 | Unrated

  
स्वप्निल स्मृति

          कृष्णकला वनेम जीवनको अठ्तीस हिउँदमा 'बिर्सिएका गीतहरू' कृति लिएर नेपाली साहित्यमा उदाएकी छिन् । सामाजिक सञ्जाल 'फेसबुक'ले आफूलाई गीतकार बनाएको उनले पुस्तकको 'मेरो भन्नु' महलमा उजागर गरेकी छिन् । उनी लेख्छिन्, 'आजको साइबर युगमा विभिन्न नेटवर्क मनोरञ्जन र आनन्दको माध्यम भएको छ । म पनि २००९ बाट फेसबुकमार्फत धेरै साथीहरूसँग रम्ने गर्दथेँ । मन भुलाउने गर्दथेँ । आफ्ना भावना र लेख रचनाहरू साथीहरूसँग आदानप्रदान गर्दथेँ । यस्तै क्रममा २०१० अक्टुबरमा फेसबुकमार्फत कवि तथा गीतकार टङ्क सम्बाहाम्फेज्यूसँग मेरो भेट हुन पुग्यो । त्यसपछि उहाँले मेरा गीतहरू हेर्न थाल्नुभयो ।' भनाइबाट प्रष्ट हुन्छ, कृष्णकलाभित्रको   गीतकार कृष्णकला' लगभग चार वर्षीय हुन् । त्यसैले पनि होला उनले गीतमा अझै निखारपन ल्याउनुपर्ने देखिन्छ ।

टङ्क सम्बाहाम्फेको गीती साधना निक्कै लामो छ । नेपाली गीत लेखनमा सम्बाहाम्फे एक स्थापित गीतकार र कवि दुवै हुन् । बिर्सिएको गीतहरूमाथि टङ्क सम्बाहाम्फे लेख्छन्, 'गीतको सम्पादनदेखि लिएर प्रकाशनसम्म मैले सहयोग गर्ने बाचा गरेको थिएँ...।' गीतकार सम्बाहाम्फेले यति भन्दाभन्दै पनि वनेमका गीतमा सख्त सम्पादन नपुगेकै देखिन्छ । वनेमका गीतहरू पढिसकेपछि एउटा आंशिक पाठकलाई अवश्य आँट आउनेछ, गीत यस्तै हुन्छ भने त जसले पनि किन लेखिदिन्छ तर एक सचेत पाठकलाई भने गीतकार वनेमले अझै यी गीतलाई काँटछाँट गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नै लाग्छ ।

फेसबुक नेपाली साहित्यका पाठक र लेखकबीचको भरपर्दो साँघु बनेको छ । लेखकले 'हातहाती' प्रतिक्रिया अथवा फेसबुककै भाषामा 'कमेन्ट' 'लाइक' पाठकबाट तुरुन्तै पाउनु यसको फाइदा छ । त्यो सेकेण्डको भरमा गरिने 'लाइक' र मिनेटको भरमा लेखिने 'कमेन्ट'ले गम्भीर पठन र जिम्मेवारपूर्वक प्रतिक्रिया जनाउने प्रक्रियालाई 'रिमुभ' गरिरहेको छ । गीतहरू पढिसकेपछि वनेमभित्रको एक गम्भीर र शक्तिशाली लेखक कतै त्यसैको शिकार भएको त होइन शंका उब्जिए पनि नेपाली गीतिसाहित्यले एउटा आशालाग्दो कृति भने प्राप्त गरेको छ ।

निराशाको बादल लाग्यो साथ छुटेपछि

कसलाई खुशी साचूँ मैले माया टुटेपछि

अक्सर उनका गीत यस्तै अन्त्यानुप्रास मिलाएर लेखिएका छन् । गीतमा भावना पक्षकै प्रधान हुन्छ संगै विचार पनि अन्तर्घुलित भएर आउनुपर्छ । उनका गीतहरू पढिसकेपछि उनको विचारभन्दा उनको भावनात्मक पक्ष छताछुल्ल देखिन्छ । र केही गीतले उनीभित्रको प्रतिभाशाली गीतकारितालाई पनि उद्घाटन गरेको छ ।

पहरामा फुले पनि मन पर्ने सुनाखरी

टिपेर लाउँ भने आकाशको जूनसरी

जम्मा एक सय बीस वटा गीत समाविष्ट 'बिर्सिएका गीतह्र' भित्र सम्झन लायक केही गीतहरू अवश्य छन् । समग्र गीतहरू पढिसकेपछि कृष्णकला वनेम संवेदनाकी प्रचुर खानी व्यक्तित्व पाइए पनि संवेदनालाई गीतिकलामा ढाल्न सक्ने शिल्पी कृष्णकला भने हुर्कदो अवस्थामा देखिन्छ । जरुर गीतमा संवेदना पक्षको उपल्लो महत्व हुन्छ तर त्यसलाई कलात्मक, लयात्मक र सताङ्गो ढर्रामा प्रस्तुत गर्न सक्नु गीतकारकै क्षमताको प्रश्न हो ।

गीतकार कृष्णकलाले आफ्ना गीतहरू कुनै न कुनै लयमा, प्यारोडीमा गाउँदै रचे कि ! गीतलाई भाकामा  गुन्गुनाउँदै लेख्नु र पाठकले एक्कासी पुस्तकमा पढ्नुमा धेरै फरक हुन्छ । फेरि त्यसलाई संगीतमा ढालिएपछि भने गीतको मर्म गीतभित्रबाट बाहिर आउँछ । भाकामा गाउँदै रचिएको गीतले गीतकार स्वयंलाई त 'राम्रो'को प्रशस्त भ्रम दिन्छ तर श्रोता र पाठकमा पुग्दा त्यो राम्रो साँच्चिकै भ्रममा मात्र रुपान्तरण हुन्छ ।

आफ्नो गीति लेखनमा लिम्बु संस्कृति र संवेदनालाई प्रवेश गराउनु गीतकार कृष्णकला वनेमका सकारात्मक पक्षहरू हुन् । आफ्नो स्थानीयता र आञ्चलिकतालाई गीतमा नउनी नसक्नु एक भावुक गीतकारको नियती र कर्तव्य दुवै हो । उनका केही देशभक्तिपूर्ण गीत पनि संग्रहमा समाविष्ट छन् तर उनले गीतमा प्रयुक्त गरेको भाषा, विम्ब र प्रतीकमा नवीनता छ्रैन । त्यसैले उनका गीत पहिले नै पढि र सुनिसकिएका गीत जस्ता  छन् जो अहिलेको नेपाली गीतसंगीतको बजारमा बारबार दोहोरिइरहेका सस्ता गीतहरू नै किन नहुन् । तर सँगै उनको ��"ँलामा गन्न सकिने यस्ता गीत पनि छन् जसले उनलाई अलगधारको गीतकारको पहिचानतिर उन्मुख गराएको छ ।

दीपावली मेला जाँदा भयो चिनाजानी

धानै नाचौँ भन्यौ कान्छी मेरो हात तानी

सायद गीतकार कृष्णकला रोजगारीका रुपमा इजरायलमा बसेर पनि होला, उनले आफ्ना गीतमा स्वदेश, गाउँ फर्किआउने वाचाहरू गर्छिन् । गाउँमा धान नाचेको मेलाहाट, भीरपाखा, भञ्ज्याङलाई सम्झीन्छिन् । तमोर, शिवा, फुङ्नाम गाउँ, दोभान, मंशीरे पूर्णे, फोलेलुङ डाँडा, छातेढुङ्गा, अमरपुर, हेँवा दोभान, सङ्क्रान्तिबजार, चुवानडाँडा, इवा गाउँ, सल्लेरी पाखाका भाकाहरू उधिनेकी छिन् । यसले सम्बन्धित गीतहरूलाई जीवन्तता दिएको पाइन्छ ।

नेपाल विविधतायुक्त संस्कृतिले सजिएको मुलुक हो । वनेम लिम्बु जातिबाट नेपाली गीतसंगीतमा प्रवेश गरेकी प्रतिभा हुन् । अहिले आफ्नो स्वत्वको मुद्दा साहित्य, संगीत, राजनीति सबै क्षेत्रमा व्याप्त छ । तर वनेमले कतिपय गीतमा हिन्दू संस्कृतिका मूल्य मान्यतालाई दोहोर्याएकी छिन् । ती मूल्य मान्यता कृष्णकला वनेमका लागि धेरै 'भारी' छन् किभने आदिकवि भानुभक्त, राष्ट्रकवि माधव घिमिरेहरूले बोकाएको उक्त भारीलाई कृष्णकला वनेम लिम्बुहरूले बोकिरहनु आवश्यक छैन ।

संसारमा मायाका धेरै 'लाख' गीतहरू लेखिए होलान्  कृष्णकलाकै सङ्ग्रहमा गन्ने हो भने दुइ तिहाइ गीत त मायाकै छन् । भनिन्छ, संसारमा माया छ र लेखिन्छ गीत । प्रेमका, विछोडका, मिलनका अनेक गीतहरू । तर साँचोमा त माया-प्रेमले पीडित र मायाप्रेममा अनुबन्धित मनुवाहरूले गाउने, सम्झीने गीत उतार्न सक्नु चाहिँ गीतकारको असली सामार्थ्य हो कि, खैर जेहोस् आफूलाई लागेको जानेको लेख्ने छुट सबैलाई छ ।

अन्तमा, नेपाली साहित्य प्रतिष्ठान हङकङले प्रकाशन गरेको बिर्सिएका गीत कृतिले जे भए पनि कृष्णकला वनेमलाई नेपाली साहित्यमा एउटा जिम्मेवारी थपिदिएको छ, त्यो हो, आइन्दा कृष्णकला वनेमलाई गीतिलेखनबाट भाग्ने छुट छैन । सरल र मध्यम खालका गीत सिर्जना गरेर पाठकमाझ उपस्थित कृष्णकलालाई आफ्नो कृष्णकला नामको 'कला'लाई गीत पक्षमा खरो रुपले प्रयोग गरेर अर्को सुन्दर कृतिका साथ आउनेमा पाठकहरू आशावादी छन् । यही आशा जगाउनु नै 'बिर्सिएका गीतहरू'को सफलता हो । 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
आज भोलि ममा पनि
प्रतिशोधको भावना
पलाउन थाल्यो
किनकी आज बल्ल मैले
यो समाजलाई चिनें
त्यसैले होला ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691070
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com