Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : March 01, 2012 | Author : टोप बहादुर राई
Category : Poetry / कविता | Views : 1254 | Unrated

  
टोप बहादुर राई

नापेर देशका सिमाहरू बिस्तारामा

जब ढल्छन् आमा बिनाका रित्ता रातहरू सुस्केरामा

फेरि पुग्छु म एक पटक

त्यहि हाटखोलाहरूमा

ट्याम्केको उकालीहरूमा

पातालको लहरी खर्कहरूमा

ओलाङचुङ्गगोलाको शिरमा फुल्ने बुकी फूलहरूमा

सुँघ्दै कस्तुरी बिनाका सुवासहरू

चोर्दै सुनाखरीका सुन्दरताहरू

ओढ्दै टारबारी सिमलका भूावाहरू

मुठी भरी मसार्छु मेरै देशको माटो,

 

कोल्टो पर्छु अह ! निदले गति लिएन

उठ्छु फेरि एक प्याला सराव पिउँछु उसकै नाममा

तर झन् छछल्किन्छन् यादहरू

पोखिन्छन् नौनी भएर परेली भरी

कसो-कसो पुछेछु आँसुका दानाहरू दौराका फेराले

तर पुछ्न्‌ सकिन आँखा भरि नाचिरहेका

त्यो सुन्दर गाउँघर

घुमिरेहका रोटेपिङ्ग

झुलिरहेका सहेलीहरू,

 

अडिन्छु फेरि एक पटक पारिजातहरूमा

मखमली र सयपत्रीहरूमा

यौवनका रस चुस्दै हिड्ने श्वार्थी भमराहरूमा

कतै उसले देशको सुगन्ध त लुटेन ?

फेरि एक पटक सुँघ्छु मेरै देशको माटो,

 

अब त भोली भयो

पावर दबाउछु टेबलको थोत्रो कम्प्युटर माथि

कोट्याउँछु कुना-कुनामा घरदेशका खबरहरू

देशका सबै युवाहरू बिदेश पलायन

देशको माटो बाँझो पल्टियो

कुबेतमा घर मालिकद्वारा

नेपाली चेली बलाकृत

अफगानको यूद्धमा

२ जना गोर्खाली फौजले वीरगति प्राप्त

धड्कन रोकियो

मन बेचैन भयो मुग्लाने छोराको

कठै कति दुख्यो होला

नेपाली बाबाको छाती ?

कठै कति रोयो होला

नेपाली आमाको मन ?

नियाल्दै मृत्यूका भी.सी.हरू

फेरि एक पटक सुन्छु मेरै माटोको आवाज

गन्दै मृत्यूका भी.सी.हरू

फेरि एक पटक सुन्छु मेरै माटोको चित्कार ।

 

 

 

नोट:यो कविताले खोटाङ टेम्के तुवाचुङ साहित्य पुरस्कार निर्माण समितिले आयोजना गरेको 'बॄहत हङकङव्यापी कविता प्रतियोगिता'मा पाँचौं तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएकोमा कवि टोप बहादुर राईलाई सॄजनशील साहित्य समाज हङकङको तर्फबाट धेरै धेरै बधाई छ ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
ओ मेरा प्रिय प्रेमिकाहरू... !!
तिमीलाई
तिम्ले मान्ने गरेको प्रेम दिवसमा के दिऊ ?
गुलाफका फुलै फूलहरू या चुम्बनका अनगिन्ति रसहरू
याँ कोदाको कपनी र धानको बाला
याँ सिँगारी दिऊ महँगा-महँगा किम्मतीका दानाहरूले

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690583
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com