अलिकती दुखेछ मेरो देश
यता भोकमरीले छट्पटाउदा छोराहरू
उता बासमती चामलले मगमगाएछ हजुरको मेश ।
अलिकती खुईलिएछ बिपन्नताले मेरो देश
यता नाङ्गो आङ्ग बोकेर भौतारिरहदा टुहुराहरू
उता विदेशी मेहन्दीले रंगिएछ हजुरको पुगनपुग ४ कोरीको केश ।
अलिकती लुटिएछ मेरो माटो
यता झोलुङ्गे पुल चुडिएर सेतीमा खस्दा बासमतीहरू
उता आफु उड्ने खनेछौ हजुरले आकाशे बाटो ।
अलिकती बगेछु आशु भई म पानी पानी
यता छट्पटाउदा तिर्खाले बिर्खेहरू
अन्तै तर्काईदियौ हजुरले कोशीको भङगालो जानी जानी ।
अलिकती रोएछु मैले मेरो देशका लागि
यहाँ छाउनु छ शान्तिको लहर
उता कुर्सीको प्रहार हजुर कति त्यागी । |