धेरै याद आयो मायाँ तस्बिर तिम्रो छुदैछु
निन्द्रा छैन यि आँखामा रातका प्रहर गन्दैछु
चोट मलाई लाग्यो भने भक्कानिदै रुन्थ्यौ तिमी
ओंठ मेरो मुस्कुराउँदा अंगालेर चुम्थ्यौ तिमी
त्यही साथ सम्झि आज तड्पि तड्पि रुदैछु
निन्द्रा छैन यि आँखामा रातका प्रहर गन्दैछु
काखमा बसाई मिठा प्रेमका बात गर्थ्यौ तिमी
रहरको चित्र कोर्दै प्रीतको रंग भर्थ्यौ तिमी
त्यहि पल सम्झि आज दुर देशमा जिउँदैछु
निन्द्रा छैन यि आँखामा रातका प्रहर गन्दैछु
हाल इज्रायल |