Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : January 01, 2012 | Author : युवराज नयाँघरे
Category : Criticism / समालोचना | Views : 922 | Unrated

  
युवराज नयाँघरे

सम्झना गर्छु त्यो पहिलो पाइलोलाई १ पाइलासँग आउने मनग्गे कुरा छन् । 'घुम्' शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सर्न्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, यात्रा-संस्मरण, यात्रा-वर्णवा यात्रा-निबन्ध यी सबै शब्दले अँगालेको सारभूत भाव हो- घुमाइ अनुभूति । नेपाली साहित्यमा यसको उठान बिन्दुको इतिहास छन् नै ।

सामान्य जनमनले घुमेर जति धर्ती नापे व्यक्त गर्ने अवसर पाएनन् सहजै । ठूला पदासीन ज्यानले जत्ति नि पाए त्यो मौका, लेख्ने कष्टकर झम्मार किन गर्थे र यही दोहोरी चरित्रमा नेपाली साहित्यमा यात्राको शिल्प जुन बेला आउनुपर्थ्यो आइहाल्न सकेन । करुण, कन्तबिजोग र करेप-करेप भएर यात्राको लेखनसंसार उठ्यो र जति आयो त्यसले भूगोल, संस्कृति, जीवनपद्धति, शासन, व्यवस्था र अनुभूतिका हरेक पत्रे बुझाइ उतार्दै ल्यायो, लेख्दै ल्यायो र खिप्दै-खिप्दै ल्यायो । नेपाली यात्रा साहित्यको उपलब्धि र मूल्यका विवेचना भइरहेकै छन् । तिनको सूची, खास मोड, प्राप्ति र मुख्य प्रभावबारे आइरहेका तथ्यमा मौन छैनौं हामी । धर्म, सिसार, भेटघाट, बजार, बिहे, मलामी, चरन, घाँसपात- यी सबै यात्रामा भइआएका हामी नेपालीका दिनचर्या हुन् । समयका पाङ्ग्राले 'घुमन्ते' स्थितिमा नयाँ खालका गति गाँसिदिएको छ, चरित्र जोडिदिएको छ । अब त आकाश, जलमार्ग, रेल, केबुलकार आदिमार्फ यात्रा गर्ने चरित्रलाई झन् जोरजाम गरिदिएको छ- डुलाइको सिसार ।

अनुभूतिका नौला भावमा यात्राको आकार बढेको छ । अर्थ र शब्दको सानो अँगालोमा यात्राको परिचय सीमित छैन । यसले बोकेको मौलिक मूल्य हो- डुलडालको लेखाइ । संसारका सबैतिर छरिँदै छौँ हामी । पेसा, व्यवसाय, रोजगारी वा अवसरको छोपछाप-आज नेपाली समाज छरिने एउटा प्रमुख पक्ष हो । धर्तीभरि पुगेर या नपुगेर लेखकले हृदयभरि छड्काएर लेखिरहेको विधा बनेको छ- यात्रा । शिल्प र रचनाको त्यही नातोमा केदार सङ्केत भेटिए । प्रविधिले नजिक त एकदमै पारिरहृयो । फेसबुक अघि नै जीमेल वा अनलाइन पत्रिकामै हामी भेटियौं । यात्रा साहित्यको सिर्जना, अभिरुचि वा सर्ंवर्द्धनमा सङ्केत त सारा ज्यान छोडेर लागेको भेटेँ मैले । हुँदा-हुँदा 'यात्रार्स्पर्श' साइट बनाएर इन्टरनेटमा जतिखेर तन्मय पोखे तिनले, हुटहुटी देखाए तिनले र र्समर्पण सजाए तिनले अनि यात्रार्स्पर्शमै आएका निकै स्वादिला, कसिला र रसिला नियात्राहरू भेला पारी तिनले छपाउने मनसुवा राखे ।

यस्तै एक वर्षो तालमेलमा आएका हुन्- यात्रार्स्पर्शका कोसेलीहरू । यसो त सबै महादेश र सबै महासागरवरपरका नेपाली अनुभूति समेट्ने यहाँ प्रयास थियो । तर पेसा, व्यवसाय, ज्ञान र अभिरुचिजस्तो सबै पक्षको तारतम्य मिल्न सकेन । तैपनि अमेरिकी, एसियाली, युरोप, अस्ट्रेलियालीजस्ता महादेशीय भाव र शिल्पकला यहाँ समाविष्ट छन् । सत्र नियात्राकारका यात्राहरू समाविष्ट छन् यसभित्र । यी वैविध्य भावका छन्, चरित्रका छन् र कलाकारिताका छन् । विज्ञान, पुस्तागत बोलाइ, लेखकीय भाव र चिन्तनका दृष्टिले फरक सोच- यो सङ्ग्रहको सुन्दरता हो । एक विशेषता र उपलब्धि पनि हो । यात्रार्स्पर्शमा स्थापित, यात्रारत र उम्दा गरी तीन भावका नियात्राकारहरूको उभ्याइ छ । यी तीनै रूप र भावभङ्गिमाबाट पनि नेपाली यात्रा लेखाइको गतिशीलता र स्वरूप छाम्न सकिने सबल स्थिति जान्न सकिन्छ ।

यात्रा साहित्यको हिजोदेखि आजसम्मको सूची-श्रृङ्खला मात्र होइन- रस, रूप र कम्पनबारे ज्ञान आर्जन गर्न सकिन्छ । यात्रार्स्पर्शमा सँगालिएका रचनाका 'पेटबोली' विवरण र अनुभूति दुवै ढङ्गले अभिव्यक्त छन् । यसैले यिनका व्याख्यानमा एउटा रुढ हेराइको लयमा जानु उपयुक्त नहोला कि - इल्या भट्टर्राई, शर्मिला खड्का, दिप्स शाह, जया र्राई, उमा सुवेदी र सानु शर्मा यहाँ नियात्राकारका रूपमा भित्रिएका छन् । यद्यपि कथा, कविता, उपन्यास र गजलजस्ता भावप्रवण सिर्जनामा यी लेखिकाहरूले आफ्नो बलशाली र सघन उपस्थिति जनाए पनि- नियात्राप्रति खन्याएको आसक्ति र चाहना एउटा खुसीको विषय हो, यो विधाको प्रगतिका हिसाबले । भूगोलको र अन्तर्देशीय दृष्टिमा यो कृतिको महत्त्व आफैंमा आकारयुक्त लाग्छ । पूर्णताको तथ्य नमानौं- तैपनि भेला पारिएका नियात्रामा अनुभूतिको कुशल संयोजनकै कारण कृतिको मूल्य एकदमै सामयिक लाग्छ । यी नियात्रा हर्ने विविध भाव र दृष्टि अनिवार्य हुन्छ । भर्खर प्रारम्भिक यात्राका भावालु मनदेखि परिमार्जनले फड्को मारिसकेका नियात्राकारहरूलाई एउटै चौतारोमा सम्पादकले गरेका छन् भेटघाट र भेला । पैदलदेखि मोटरसम्म हुइँकिएका, वायुयानमा बेगिएदेखि रेलमार्गमा घिस्रिएका बित्पाते विचार, भावना र चिन्तनका रचना यसभित्र भेटिन्छन् । भौगोलिक हेराइमा नेपाली भूमिलाई डायरीमा उतारे- शर्मिला खड्का, जगत नवोदित र ज्ञानेन्द्र विवशले । उमा सुवेदी, दिप्स शाह, हरि मानन्धरले इजरायली धर्तीका अनुभूतिमा पुर्याउँछन् ।

बेलायती सभ्यता र इतिहासमा केदार सङ्केत, विश्वासदीप तिगेला, इल्या भट्टर्राईले दृष्टिबिन्दु दिएका छन् । त्यसो त जया र्राई, सुमलकुमार गुरुङका नियात्रामा पनि बेलायती प्रसङ्गसँगै युरोप र एसियाले र्स्पर्श गरेको लाग्छ । इरानको भूमिमा पुर्याउने भीष्म उप्रेती मुस्लिम सभ्यताका जोडघटाउ गर्छन् र प्रतिक्रिया दिन्छन्- एकदमै निर्भयसाथ । कृष्ण बजगार्इंले चिनियाँ संसारमा हामीलाई अवतरण गराउँदा कविता, साहित्य र प्रकृतिको सम्यक् भेला लाग्छ । युवराज नयाँघरे र श्रीओम श्रेष्ठ 'रोदन' को नियात्राले अमेरिकी दृश्य र वस्तुचित्रका श्रृङ्खलाहरू र्सार्वजनिक गर्छन् । हेमन्त परदेशी मध्यपूर्वका व्यापारिक संसारमा नेपाली अन्तष्करणका आँधीबेहरी उतार्छन् । ती आज 'बाहिरिएको' मन र खुल्दुलीको समग्र तस्वीर हुन् । सानु शर्मा एक्लो प्रतिनिधित्व नाम भएको छ- अस्ट्रेलियाली अनुभूतिमा । विशेषतः सिड्नीको सभ्यता र विकासलाई तथ्यपूर्ण विस्तार पाइन्छ शर्माको नियात्रामा । यात्रा साहित्य आजको आकर्षा र अभिरुचिको कोटीमा क्रमशः स्थापित भइरहेको विधा हो । पाठकलाई उद्वेलित हुन र प्रच्छन्न तस्वीर दिनमा गैह्र आख्यानको एउटा चखिलो विधातर्फउन्मुख भइरहेको छ- यात्रा । यो एउटा मनोगत लेखनी मात्र नभएर वस्तु, विवरण र तथ्यगत संयोजन गरिने विधा पनि त हो । यसैले लेखकले उडान गरिरहने विधाका रूपमा मात्र हुन सक्दैन, प्रमाण र भूगोलका सही आँकडामा बाँच्ने गर्छ यसले । भ्रमण वा दिर्ग्दर्शन- सबै पक्ष यात्रा साहित्यले स्वीकार्ने पाटो हो । अनुभूतिको तीव्रतालाई चटक्क छोडेर नियात्राको कल्पना हम्मे-हम्मे हुन जान्छ । खुट्टामा ठेला उठाएर अन्नपूर्णतिर लर्किने ज्ञानेन्द्र विवश होऊन् वा जहाजमा वर्किफर्की गर्ने जया र्राई हुन्- साधन र स्थितिमा पृथकता भए पनि भावको हुरीमा धनी छँदैछन् । त्यसैले खुल्दुलीमय चित्र र तथ्यका सूची नियात्राले आफ्नै पोल्टामा हाँक्ने पक्ष परे । सुमलकुमार गुरुङले पेरिससम्म पुग्न सके पनि, हरि मानन्धरले बहार्इर्र्गार्डसम्म टेक्न सके पनि घुम्दाका हतारो र भावनाका बेगवान सुसेली हाल्न छोडेका छैनन् । घुमघामको उपलब्धि यो अनन्यतम् लाग्ने गर्छ । व्यक्तिका बुझाइ र अभिव्यक्तिले नियात्रामा सधैं मानक स्थान पाउँछन्- भीष्म उप्रेतीले भेटेका मुस्लिम महिला, विश्वासदीप तिगेलाले नभेटेका दिवङ्गत व्यक्तित्वहरू वा कृष्ण बजगार्इंले हृदयतः साक्षात्कार गरेका कवि त्यही बिम्ब र टोलीसँग एकाकार पक्ष हुन् । यात्रामा लेखकले दगुरेका बाटामा पाठक नपुगेसम्म अभिव्यक्तिको मूल्यलाई उन्नत मान्न सकिन्न । जगतले बाटामा भेटेका पात्र, परिवेश र प्रकृतिका तहहरू- सानुले अनुभूत गरेका बिम्ब, विकास र विचारहरू, शर्मिलाले यात्रामा खेपेका परिणाम, स्वभाव र अनुहारहरू यात्रामा मीठा, सङ्गठित र प्रेमपूर्ण भएर आएका छन् । लेखनमा लैङ्गिक चेतनाको सबलताले लिने गरेको महत्ता आजको अर्को तर्कशील पक्ष हो । उमाले समुद्रमा ढुक्कले डुब्न नपाउँदाको खिन्नता, सानु शर्माले पोखरेली विमानस्थलमा पाएको असहयोग र उपेक्षा-पुरुषका दृष्टिले पर्गेल्नुपर्ने विचारोत्तेजक स्थिति हुन् । यिनले यात्राको कोरा र भावुक तस्वीर मात्र नदेखाई समाजका कपट र कालाभावनाको उदाङ्गोपनालाई प्रस्ट्याउँछन् । नियात्रामा अनुभूतिको समग्रताले स्थान खोजिरहेको हुन्छ । पात्र र लेखकको एकाकारमा वस्तुतथ्य बिस्तारै ओर्लन्छ । त्यो हृदयमा, वस्तुता र अनुस्मरणको तरेली-तरेलीमा आउँछ- घुमाइको परिणाम । यात्रार्स्पर्शमा केही कुरा समानका लाग्ने पनि त छन्- तर तिनले भोगेको सबै स्थिति भिन्न लाग्छ । सम्भवतः लेखनको उचाइ, गहिराइ र लम्बाइको व्यापकता यही हुनुपर्छ । पानीमा तैरिनु वा रेलमा दगर्नु, हवाईजहाजमा हुइँकिनु वा ठसठसी कन्दै लस्किनु- घुमाइका आफ्नै साधन र परिस्थितिका परिणाम हुन् । लेखनमा हुने बठ्याइँ र इमानजमानले नियात्राको मानकता कायम गर्छ ।

सोझो र सपाट अभिव्यक्तिसाथ उद्घाटन गरे पनि कला र दृश्यले सँगाल्न नसके यात्रा बन्नेछ- बबुरो, एकदमै बिचरो । त्यस्तो कमजोर र रोगी सिर्जनाको आत्माले कसरी आफ्नो अस्तित्वका निम्ति पौंठेजोरी खेल्न सक्छ - चिन्तनीय विषय हो यो । यात्रार्स्पर्शमा कुनै मानक आधार र तथ्य तेर्स्यार्एर नियात्राकारको भेला गरिएको पाइन्न । यात्रा गर्न कम्मर कसिरहेका अन्य धेरै हृदयहरूको कुम्भमेला किन नगरिएको - यो प्रश्न सम्पादकलाई पनि गरिनँ मैले । माथि नै उदार र सङ्कोचहीन भएर भनिएकै छ- यात्रार्स्पर्शका लहरमा भेटिए र भेला भएसम्मका नियात्राहरू नै यहाँ सजाउन सकियो । तिनले यात्राका भव्य शिखर र चुली फड्किएको ठान्नु त्यत्ति व्यावहारिकता पनि होइन । यात्रार्स्पर्शमा सबै मन र ठाउँमा पुगिरहेको शरीरसँग साक्षात्कार भइन्छ । ओहो, यस्तो पनि १ लौ, यस्तो पो है ११ आहा, यो पो त १११ यी पङ्क्तिका माध्यममा कतिपय यात्राकार छन्- यो सङ्ग्रहमा । कतिपय चैं त्यस बाटोमा नपुगिसके पनि प्रयत्नकै छेउछाउमै रहेको प्रतीत हुन्छ । हो, चेष्टा चैं तिनमा छ । देखेका कुरा, भेटेका मान्छे, जानेका अवस्था, गरेका छलफल र भोगेका जाडो-गर्मीलाई यात्राकारले सत्यका छेउमा बसेर लेखिदिने हो भने राम्रो यात्रा त्यो बन्दैन भन्नु ढाँट्नु हो । मित्थ्या बोल्नु हो र फलाको हाल्नु हो । यात्रार्स्पर्शमा आएका धेरै यात्राकारका सङ्गति सोच र अवधारणाले हाम्रो मानवीय रूपाकृति मात्र कोरिएको छैन- संस्कृति, मनस्थिति र प्रकृतिका नदेखिने गुरु-भावलाई कपेर लेखिएको मैले ठानेँ । आज साहित्यलाई विभेदयुक्त नराखौं भन्ने हूल जति छ त्योभन्दा अर्को समूह झन् बढ्दो छ- वर्गीय र वर्गभेदका

भड्खालामा उभ्याएर 'वामन विचार' मा रङमगाइरहने । नियात्रालाई सिर्जना संसारको कित्तामा कसरी छाडा छोड्ने - यो त एउटा सानो अर्थ र मूल्यमा मुन्टो उठाएर लम्कन खोज्ने शैली मात्र हो- यसो भन्ने वर्ग र ओठलाई केही जिज्ञासा किन नराख्ने - भन्ने लाग्छ मलाई । घुमेर आएकाहरूले वा तीर्थाटन गएर आएकाले 'तीर्थ भोज' खुवाउने आशय यो पनि हो- लेखाइको अभाव । वास्तविक यो नै हो घुमघामपछिको मन र व्यवहार साटौँ । अब त एउटा दक्ष र कलापूर्ण जीवन बाँच्न खोज्नेले 'तीर्थ डुलाइ' पछि कसैलाई टेप वा रेकर्डरमा भरी-सुनाई छाप्न सक्छन् भोलिका दिनमा । नियात्रा त अनुभूति हो- घुमघामको । अभिव्यक्तिका अभावमा त्यसले मौलाउने र ढकमकिने मौका पाउँदैनन् । यात्रार्स्पर्शमा अन्तस्करणको यात्रा देखेँ, मनस्थितिको सार भेटेँ र भोगाइको बिस्तार पाएँ । यात्राका फग्लेटा अनेक छन् । आज त मुलुकसँग भेटघाट गर्न आउने अनुहारको सूची कम छ । हरेक वर्षदेश छोड्नेहरूले आफ्नो आँगनभन्दा बढ्ता अर्कै आकाश र बाटोघाटो छिचोलिरहेका हुन्छन् । ती स्मरण र भावनाले यात्रा साहित्यका परम्परागत ढबढाँचा अलिक बेग्लै छन्, भिन्न बनाउँदाछन् र नौल्याइँ रूपमा निर्माण गर्दछन् । अझ पुस्तागत परिचयमा विपन्नता बन्दै गएको हाम्रो जनजीवनमा प्रभाव र प्रवाह झनै नौलो भइरहेको छ । विज्ञान र पद्धतिको एकदमै गहिरो उपस्थिति भएकैले होला- यात्रा साहित्यमा भेलबाढी आएकै मान्छन् पढालुहरू । तर छानिएर, थिग्रिएर वा मसिन्निएर सुन्दर हुने नियात्राको दर्बिलो प्राप्ति त्यत्ति धेरै भइनसकेको प्रमाण भेटिन्छ । पर्खौँ, यो बेला पर्खि नै पर्छ हामीले । घुम्ने जति सबैले लेख्दैनन् । लेखिहाले पनि त्यो भावग्राही र शैल्पिक चमत्कारले चपक्क समाति हाल्दैनन् । यसरी धीत नमर्ने लेखाइ र कलाको आयु लामो हुँदैन । समय त प्रकृतिले दिएको हुन्छ । आयुलाई दीर्घरूपको बनाउने काम त लेखकको हो । दीर्घायु बनेको सिर्जना नै पुस्तागत प्राप्ति हुन्छ, उपलब्धि बन्छ र प्रेरणादायी रहन्छ । डा. तारानाथ शर्मा वा लैनसिंह बाङ्गदेल वास्तवमा त्यही दीर्घायु अनुहार हुन्- हाम्रो यात्रा साहित्यमा । एउटा मूल्यबोध, मानकता र आयाम हरेक तथ्यमा नियात्रा विधाको कर्मशील छवि तिनले दिएर गएका छन्- हामी तनमस्तक हो��"ँ । वर्षरिको सोलोडोलो प्रकाशन सामग्रीलाई निफननाफन पार्ने हो भने नियात्रामा खँदिलो सहभागिता रहिआएको छ । हो कतै टिपोट हुन्छ, कतै रिपोर्ट हुन्छ । यी दुवै असल र कमसल सिर्जनाको आगमन भए पनि यात्रा- जागरण भन्छु म यस स्थितिलाई । नआउनु, आए । यो रचनाकारिताले बूढो साँझको परिपक्वता नदेखाइहाले पनि- शिशु बिहानीको शुभ्रतामा चरित्र बनाउने वातावरण सोचेको देखिन्छ । जानेहरूले, अनुभवका धेरै प्रकारका स्मृति सँगेल्न सक्छन् नै । यात्रार्स्पर्शमै आएका लेखकहरूका वैविध्य पेसा र रुचि छन् । ती फरक भाव, मनस्थिति र संस्कारका भएकैले भूमि, आकाश, प्रकृति वा मान्छेका पैतालालाई झनै फरक धारणाले विवेचना गर्दा हुन् । लन्डन बसेर खोटाङ पुग्ने जगत, पोखराका सुमलले टेकेको पेरिस, धादिङकी दिप्सले पसेको इजरायली ओडार- यी सबैका काम, जिम्मेवारी र जिन्दगीका उपर्तल्ली छन् अलग-अलग । तर घुमेर पाएका बिम्बसँग यी समर्पित छन् । लेखक र तपस्वी यहीँनिर मिल्छन् । यात्रामा नहुने कुरा केही हुँदैन । अझ आफ्नो भूमि छोडेपछि त भोग्नुपर्ने जुनै परिस्थितिका निम्ति छाती दह्रो बनाउनैपर्ने । हाँसो, भाषाको अभाव, सूचना निरपेक्ष वा खर्चबर्चको अपुग- यी हुन सक्ने स्थिति परे । यस अतिरिक्त घुम्न भनी जाँदा आइपुगेका अप्ठ्यारा गुजुल्टाले तत्क्षण उकुसमुकुस भए पनि लेख्य सामग्रीमा- कालान्तरमा हृदय उमङ्गति हुन पुग्छ । इल्या, हेमन्त, विश्वासदीप, भीष्म र केदारका केहीक्षण तिनै मर्म र मोहकताका विषय भएर आउँछन् । यात्राले व्यक्तिको रूप मात्र बोल्दैन- देश, संस्कृति, जाति र प्रकृतिको सेरोफेरो सम्बोधन गर्छ । इरानको सम्पन्नता, बेलायती विकास, अस्ट्रेलियाली आदिवासीको सूची वा मध्यपर्ूवमा नेपाली भीडभाड- यात्रार्स्पर्शका रचनामा सम्झौताहीन भएर ओर्लिएका विषयबिम्ब हुन् । यो मिसमासे सँगालो हो । नियात्राका निकै कृति दिइसकेका रचनाकारदेखि एकदमै थोरै यात्रालेखनमा जुटेका जस्ता- पूर्णतया फरक अनुहार र साधनाका नियात्राकारहरू एकै ठाउँमा भेला पारिएका छन् । यसले एकातिर यात्रा लेखनको अर्न्तर्चरित्र देखापर्छ भने अर्कातिर यात्राको अद्यावधिक इतिहासका मोड थाहा पाउन पनि सहयोगै गर्नेछ । यात्रार्स्पर्शलाई परदेशको प्रयत्नको रूपमा लिनुपर्ने पनि हुन्छ । यस सङ्ग्रहमा समाविष्ट निकै स्रष्टाहरू विदेशमै कर्मशील छन् । तिनका हृदयले देखेका कर्मभूमि र परेलीभित्र बाँचिरहेका जन्मभूमिको हृदय कति मार्मिक लाग्छ । दस जना नियात्राकारहरू संसारका अनेक ठाउँमा जीवनको पाङ्ग्रा गुडाइरहेका छन् । हेमन्त, हरि, सुमल वा सानु परदेशमा रहेर स्वदेशका इन्द्रेणी निहालिरहेका छन् । यस्तै विश्वासदीप, दिप्स, जया, जगत वा केदार नेपालबाहिरै रहेर परदेशका घामपानी छिचोलिरहेकै छन् । परबाट यता हेर्नु र यताबाट त्यता हेर्नुको दोहोरो भाव कथाका सुन्दर पङ्क्ति यहाँ देख्न सकिन्छ । यात्रार्स्पर्श कुनै मानक र अन्तिम प्रयास होइन नियात्रा साहित्यको निम्ति । यो त एउटा हुटहुटी हो, उमङ्ग हो, आवेग हो र जोरजाम हो । मानिसहरूले आज बाहिरिइरहेको पुस्तालाई ुरेमिट ज्यानु भने पनि, साहित्यिक संसारले अलिक बेग्लै र सकारात्मक दृष्टिले यो प्रक्रियालाई मूल्याङ्कन गरेको लाग्छ मलाई । बाहिरिने मनले बाहिरको संसार हेर्छ र विश्लेषण गर्छ । धेरै त बिलाउँछन्- बचेका र बलिया मनले चैं लेख्छन् । हो, धेरैले हेरे पनि लेख्नेले त कमै हेरे पनि त पुग्छ । अझ नियात्राकारले त एउटै बत्ती, एउटै सहर वा एउटै सडक हेरे पनि धेरै कृति जन्माउन सक्छन् । 'रेमिट ज्यान' बाट 'रेमिट सिर्जना' आइरहेको पनि त छ नि । यो यात्रार्स्पर्श त्यही एक अर्थ हो, उपलब्धि हो र पाहुर हो । आफ्नाहरूले भोगेको भाव अरूमा दिनु, आफ्नाहरूले स्वीकारेको समाज अरूका लागि छुट्टयाउनु- यात्रार्स्पर्शले बोलेको सत्य हो । आप्रवासी हृदयले अन्तरदेखि नै बोलेका स्वरका पङ्क्ति यहाँ नभेट्नु अर्को भूल हुनेछ ।

व्यक्ति र प्रवृत्ति यात्राको अन्तिम नतिजा हो । व्यक्तिसँग गाँसिएर आउने स्वभाव र प्रवृत्तिले दिने प्रतिक्रिया सिर्जनाको सोपान हो । कतै कम कतै बढी, कतै अपेक्षित कतै अनपेक्षित भएर यी प्रतिक्रिया आएका छन् । यात्रार्स्पर्शमा मान्छेका छरपष्ट तस्वीर देख्न सकिन्छ । दुखिरहेका, दुख्ने क्रमका, दुख्दा-दुख्दा थिल्लिएका मन पढेपछि एक पटक त आफैं पनि निकै दुखेँ म । आखिर मैले अमेरिकामै भेटेका पात्र पनि दुखाइले थिल्थिलिएका मन थिए । सबै महादेशमा बाँडिएका यी अनेक नेपाली धुकधुकीले मान्छेका प्रयास, सभ्यता, विकास र निर्माणबारे बोल्न ज्रि्रो लक्पकाएका छैनन् । बाहिरबाट गोरेटो बनाइयो, अब राजमार्ग बनाउन बेर नगरौं । बधाई छ, धेरैधेरै ! त्यत्तिक्कै छ शुभकामना पनि !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Pranam thakali on January 03, 2012
Lekh dherai wut krista lagyo ra samaye pariprekchya KO kura sametiyeko raicha.ekdam ramro lagyo

Most recent articles in Criticism / समालोचना category

Glancing on Hongkong Ma Kavita
लुङखुम क्याम्प उपन्यासमा युद्ध विरोधी स्वर
घामको चुम्बनमा लोकबोलीको चमत्कार
कवि आँकालाको 'सन्तानहरू'मा पाठकीय समालोचना
देशपरदेशका तस्वीर
'एक हातको ताली' निबन्ध सङ्ग्रहको अन्तरङ्ग विश्लेषण
'एक हातको ताली'मा आलोक
अमर सैन्य-साहित्यको सिर्जनामा श्रीगणेश
मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा
नयाँ लेखकको जन्म
बौद्धिक नश्लीय साँस्कृतिक चिन्तनको प्रभावमा जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले.....

    Links
Column / स्तम्भ

    Random Pick
भालेको डाकैमा छोडियो तिप्ल्याङ । राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाऔा !' तर जतिजति बिहान हुँदै गयो, उतिउति काम छुट्न थाल्यो । अनि मैले बेस्करी खापेँ लुगा । राति झोलामा कोचेका लुगा बिहानीपख लाएको देख्नेहरू हाँसे निकै खित्काएर भालेको डाकैमा छोडियो तिप्ल्याङ । राति सल्लाह सुनिएथ्यो-'मास्तिर गर्मी लागिसक्यो । भएका बाक्ला लुगा थान्कोमान्को लगाएँ !' ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
691285
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com