क्रिष्टोफर कोलम्बस हाँसिरहेछ
अक्सफोर्ड प्रेसको फाइलहरूमा,
��"लीवर क्रम्बेल
र उसको क्रुरता
अझै मेटिएको छैन
इतिहासको पानाहरूमा,
ढल्नलागेको गीर्जाघर
र क्यासलहरू
वर्तमान थाम्न नसकेर
छट्पटि रहेको यस क्षण
स्टार वार
र शक्तिको भ्रममा
न्यूटनको घुरेनमा
बम र बारूदको खेती
यो न कसैको लागि
इङ्लीस ब्रेकफाष्ट हुन सक्छ
न कसैको भोक मेट्न सक्छ
दिनहुँ अफगानी पहाडहरूमा
ड्याङ-ड्याङ गोली पड्काएर
निर्दोषहरूको मुटु छिनाएर
कति बालबालिकाहरू टुहुरा भए ?
कति आमाहरू बिधुवा भए ?
र कति छरछिमेकिहरू आफन्तविहिन भएहोला ?
भित्र भित्रै जलनमा डुबेर
बाहिर मुस्कुराउने
सहरका सेलीब्रेटिहरू
छिन-छिनमा
उदाउछ-अस्ताउछ
समुद्रमा तैरिरहेको
पानीको गुच्छाजस्तै
उनीहरूलाई थाहा छैन
माटोसँगको सम्बन्ध
र, थाहा छैन
जीवन जीउनुको अर्थहरू
बिनाअर्थ बाँचेका एलियनहरू
पढ्दैनः इतिहास
जान्दैनः वाटरलु
बुझ्दैनः ग्यालीपोली
र युद्घ मोर्चाहरूमा
मृत्युसँग पौंठेजोडी खेल्ने
बहादुर सन्तानहरू प्रति
उल्टो इतिहास
सँधै नेताको पछि
सँधै सत्ताको पछि
सँधै शक्तिको पछि
युनियन ज्याकको छाँयामा
संसार फैलिएको
अंग्रेज साम्राज्य
हावाबिनाको बेलुनझैँ
दिन प्रतिदिन खुम्चिरहेछ
अथवा साँगुरिरहेछ
खुनी इतिहास बोकेर
उम्किन खोज्छ
छली अनुहारअरू
आइन्सटाइनको भट्टिमा लगाएर
एक पटक परिक्षण गर्न जरूरी छ
फेरि एक पटक स्क्यान गर्न जरूरी छ
यो ढुङ्गा माटोलाई छोएर
यो हावा पानीलाई देखाएर
यो समयलाई साँची राखेर
��"कल्नु पर्दछ खुनी इतिहास । |