यस धरतीको सबभन्दा पुरानो मासिनलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा..... ?
सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क मिसाइल, रकेटलन्चर
वा-
जैविक अतियार
अथवा
अन्तराष्ट्रिय गीत... ?
घर जलाईदियौ
घरसागै
उसका बालबच्चाहरू जले
श्रमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो
बक्खु, धोती र हकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?
उसलाई आतङककारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका बिनयी हातहरू छिनालिए
निर्दोष आाखा र जिब्रो थुतियो
घाँटी र खुट्टाहरू गिाडिए
उसको पृथिवीजस्तो मुटुलाई
सङ्गीनले उनेर
विजयको हुङ्कार गर्यो
तर थाहा छ
ऊ किन मरेन ?
यस धरतीको सबभन्दा पुरानो मासिनलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा..... ?
भाषा ?
धर्म ?
जाति
संस्कृति, सम्प्रदाय, राष्ट्रियता
वा-
सुप्रिम अमेरिका ?
तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा... ?
जसले-
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ
के तिमी-
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी-
पहाडको बतासको गन्धलाई मार्न सक्छौ ?
के तिमी-
समुन्द्रमा पानिको गन्धलाई मार्न सक्छौ ?
तिमीसित अब
क छ त्यस्तो कुरा...
भन ! के छ ?
जसले-
यस धरतीको पसिनाको गहुागोरो गन्धलाई मार्न सक्छ ? |