Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 23, 2011 | Author : दयाकृष्ण राई
Category : Essay / निबन्ध | Views : 913 | Rating :

  
दयाकृष्ण राई

बन्धनको क्यानरीले गाउँछ मीठो गीत

सुखी छ कि दुःखी छ कि कसले थाहा पाउँन सक्छर ?

बच्चु कैलाशले गाएको यस गीतले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा लागेका स्रष्टाहरूको सिङ्गो जीवनको चित्रण गरेको छ । पिञ्जडा भित्र कैद भएको क्यानरी चरी मुक्त हुन नसकेपछि कहिले विद्रोहको गीत गाउँछ त कहिले विरहको गीत गाउँछ तर आफ्नै भाषामा गाइरहन्छ । उसले आफ्नो अस्तित्व गुमाएर मानिसको भाषा मैनाचरी झैं अनुकरण गरेर गोपी कृष्ण कहो भन्नु भन्दा आफ्नै भाषामा विद्रोह बोलेर उन्मुक्त आकाशमा स्वच्छन्द पखेटा फिजाउँन खोजीरहेको हुन्छ । तर त्यो विरह र विद्रोहको परिभाषा नै नबुझे पछि त्यसलाई नै सुमधुर गीत ठानेर सुनिदिने ती मानिसहरू क्यानरीलाई पिञ्जडा भित्र नै सुखी छ भन्ठान्छन् । बनको चरी बनैमा रमाउँछ । त्यसैले क्यानरी मैनाझैं मानिसको बोली बोलेर दास बन्नु धिक्कार सोचेर आफ्नै मौलिक भाषामा चिरबिराइ रहन्छ र उन्मुक्तिको शंखघोष गर्छ अभिशप्त पिञ्जडा भित्र । 

मैना र क्यानरी दुवै बनका चराहरू हुन । तर मैना चरीमा आफ्नो मौलिक भाषा बिर्सिएर मानिस जस्तै आवाज निकालेर बोल्ने र आफ्नो अस्तित्व गुमाउँने इच्छा शक्ति पलाउनु मात्रै फरक हो । र मानिसले यसको सरल विश्लेषण गर्दा मैना चरी दिमाग्दार बाठो भएर पो मानिस जस्तै बोल्ने गर्छ यो क्यानरीमा त्यस्तो बाठो दिमाग छैन कहाँ बोल्न सकोस मानिस जस्तो भन्ने गर्छन् । यही मैना चरीको रोगले हामी बेलायत आएका बाठो नेपालीहरूलाई छोएको छ । बेलायतमा अहिले अधिकांस ब्रिटिश गोर्खाबाट अवकाश प्राप्तहरू बसोबास गर्न आएका छौं । विशेष गोर्खाहरूको परिवारमा यो महामारी वर्डफ्लू फैलिए जस्तै फैलिएको छ । शैक्षिक र वौद्धिक धरातल बलियो भएको गैर गोर्खाहरूमा बेग्लै वातावरण सिर्जना भएको र आफ्नो नेपाली पनामा वफादार र अस्तित्व गुम्नबाट सतर्कता अपनाएको संकेत पाइन्छ । तर वौद्धिक जमातले पनि ढुक्क भएर बस्ने अवस्था भने रहेन । जब बर्डफ्लू फैलिएर मांसहारीहरूमा सन्त्रास फैलियो हाहाकार मच्चियो, त्यसबेला शाकारीहरूले हामी मांस भक्षक होइनौ साधैं स्वस्थ छौं भनेर गर्वले फुलिने गर्दथे । जब युरोप भरी सागपात तरकारीमा इकोलाई बेक्टेरियाले बास लियो शाकारीहरूको पनि होस उड्यो सातोले ठाउँ छाडयो । त्यही भएर इकोलाई बेक्टेरिया जस्तै वौद्धिक जमात भित्र पनि भावी पिढीहरूलाई संक्रमण हुनसक्ने भएकोले, बर्डफ्लू र इकोलाई बेक्टेरिया दुवैथरी महामारीबाट जोगिनु पर्ने अवस्था आएको छ । शाकारी र मांसहारी दुवै थरीले होसियारी अपनाउनै पर्ने अपहार्यता देखिन्छ ।

बर्डफ्लू युक्त मानसिकता बोकेका हामी गोर्खाली नेपालीहरू नेपालबाट ल्याएका हाम्रा नानीहरू अति सुन्दर नेपाली भाषा बोल्दा बोल्दै आफैले मुख बङ्गाएर जानी नजानी काठे अङ्ग्रेजी मै बोलाउने गरिन्छ । जब स्कुल गएपछि उसले नेपाली भाषा बिर्सिएर अङ्ग्रेजी भाषामा मात्र बोल्न थाल्छ अनि हामी छाती पिटेर बुरुक्क उफ्रिन्छौं र भन्ने गरिरहेका छौं मेरो छोरो या छोरीले नेपाली भाषा पटकै बोल्न जान्दैन उसले गोराले जस्तै उच्चारण गरेर अङ्ग्रेजी भाषा बोल्छ । अब भने मेरो छोरा वा छोरी विद्वान भयो, बेलायत आएको उपलब्धी यही नै भयो यार ?

हुन त म भाषाविद होइन भाषा विज्ञानले अङ्ग्रेजी भाषीमात्रै विद्वान हो भन्ने उल्लेख गरेको भए मेरो भन्नु केही पनि छैन । तर हामी गोर्खेहरू नै फाटफुट एकदुई गेडा अङ्गे्रजी लेखपढ गर्न जानेपछि आफैले आफैलाई विद्वानको पङ्त्तीमा राखेर गर्व गरिरहेकै छौं । हामी बेलायती सेनामा अवकाश प्राप्त देखि कार्यरत गोर्खाहरूमा यति बिघ्न अङ्ग्रेजी भाषा साहित्यमा विद्वान कहलिएका व्यक्ति पनि छौं र ? जो डा. तारानाथ शर्माले अङ्ग्रेजी भाषा साहित्यलाई खर्लप्प निलेर पनि नेपाली साहित्यको समालोचक बनेर नेपाली साहित्यमा जाज्वल्यमान नक्षत्र भएर उदाए । शेक्सपियरको जीवनी र उनका कृतिको विवेचना गर्नका लागि उनलाई कुनै पुस्तक चाहिदैन कण्ठस्थ छ । उनी नै हुन शेक्सपियरको पनि गल्ती छ भन्ने नेपाली व्यक्ति । यस्ता अङ्ग्रेजी भाषा साहित्यका ज्ञाताले अङ्ग्रेजी साहित्यको समालोचना पो गर्नुपर्ने थियो ।

यदि तारानाथ शर्मा जनजातिकै कुलमा जन्मिएका भए अहिले उनलाई पनि नेपालमै द्वैभाषे चाहिने थियो धन्य बाहुनकै कोखमा जन्मेकाले आफ्नो बाबुको महत्वकाङ्क्षा पनि पुरा गरे आफ्नो नेपाली भाषालाई पनि कायमै राखे । उनले आफ्नै संस्मरणमा लेखेका छन् । उनका बाबुलाई इलामका बडाहाकिमले सरकारी काम विशेषमा कोलकाता पठाएछन् त्यहाँ ट्राम जाने निश्चित स्थानमा अल्मलिएर नजिकैमा बसेको सुटेड बुटेड कुइरेलाई हिन्दी भाषामा सोध्न पुगेछन् । कुइरेले एकदमै अभद्र किसिमले तिम्रा आँखा छैनन् देख्दैनौ त्यही लेखेको छनी भनेछ । उनले त्यही साइनबोर्ड पढन नजानेर सोधेका थिए तर त्यस्तो अभद्र व्यवहारको सामना गर्नुपर्दा धरधरी आँसु चुहाएर बाबु तारा त अङ्ग्रेजी सिकेर तेरो भाई बहिनीलाई मात्र होइन सारा गाउँलाई पनि सिका र यति अङ्ग्रेजी सिक कि पछि त्यही अङ्ग्रेजहरूलाई नै सिकाउने हुनु । त्यसपश्चात उनले इलाममा इङ्गलिस स्कुल खोलेछन् तारानाथलाई संस्कृत विद्यालयबाट निकालेर अङ्ग्रेजी स्कुलमा भर्ना गराएछन् पढ्दै जाने क्रममा सन्त जोसेफ कलेज दर्जिलिङ्गसम्म पुगे जहाँ नेपालका तत्कालीन राजकुमार बीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र अध्यन गर्दथे । त्यसपश्चात अमेरिकाको विश्वविद्यालयबाट विद्यावारिधि गरेपछि गोरालाई पढाउने त भए नै तर उनले अङ्ग्रेजी भाषालाई मात्रै प्राथमिकता दिएर नेपालीभाषा चटकै बिर्सिएनन् बरु नेपाली साहित्यका वरिष्ठ समालोचक बने । मैले जनजाती र बाहुनजातीको तुल्ना गर्दा साम्प्रदायक नभन्नु होला । यसको ज्वलन्त उदाहरणको रुपमा यी व्यक्तिहरूको नाम उल्लेख गर्न चाहन्छु ।  

डा. तारानाथ शर्मा, डा. अभि सुबेदी र डा. गोविन्दराज भट्टराई यी तीन हस्तीहरू त अङ्ग्रेजीमा धारा प्रवाह लेख्न सक्ने र शेक्सपियरको कुन कृतिको कति प्यारेग्राफमा के लेखिएको छ कण्ठस्थ भएका व्यक्तिहरू हुन भने किन उनीहरूले नेपाली साहित्य लेखनमै जोड दिइरहेका छन त ? के उनीहरू मूर्ख भएर अङ्ग्रेजी भाषा जानेर पनि नेपाली साहित्यमा जोड दिएका हुन त ? जनजातीहरूले बाहुनले देश खायो भनेर नारा लगाउने तर देश खानाको लागि आफू कति सबल हुनुपर्छ भन्ने कुरा थाहा नहुने ।त्यसै पाइन्छ देश खाना ? गोर्खा सैनिकमा आबद्ध उनानसय प्रतिशत जनजातीहरू छौं र ब्रिटिश सेनामा आर्जन गरेको सम्पतिले घर जग्गा जमिन किनेर सुविधा सम्पन्न सहर तर्फ बसाई सर्यौं आफ्नो जातिय भाषा पनि पहाड तिरै छाडेर आयौं। जातिय भाषा मास्सियो । सुविधा सम्पन्न सहरबाट बेलायत बसाई सर्यौं अब देवनागरि लिपि र पर्वते भाषा पनि नेपालको सुविधा सम्पन्न सहर तिरै छाडेर आयौं । जातियता त मरिसकेको थियो अब नेपालीपना पनि मस्सिए पछि कसरी गौरव गर्ने नेपाली भनेर । के जनजातीहरूलाई मास्सिने मतिले छोएकै हो त ?

बेलायती सेनाबाट अवकाशपछि सैनिक जीवन पश्चात अवकाश भएर जिउनका लागि तालिमहरू राखिएको हुन्छ र म त्यही तालिम गर्ने क्रममा थापाथली इञ्जिनियरिङ्ग क्याम्पसमा ड्राइभिङ्ग प्रशिक्षण लिइरहेको थिएँ । कहिलेकाही क्याम्पस प्रमुखले हामीलाई पढाउँने गर्दर्थे । क्याम्पस प्रमुखले भनेको शब्द अझै पनि मेरो कानमा प्रतिध्वनित भईरहन्छ । उनको नाम सम्झनामा आएन तर उनको थर चाँही स्थापित हो । उनी आफ्नै मातृभाषा बोल्ने शैलीमा नेपाली बोल्ने गर्दर्थे । विभिन्न देशमा तालिम लिएका उनलाई अङ्ग्रेजी भाषामा समस्या हुनै कुरै भएन । कतिपय प्रशिक्षार्थी मित्रहरूले उनलाई प्रश्न गर्दथे सर पछि लिखित परिक्षाको बेला अङग्रेजीमा उत्तर लेख्न मिल्दैन ? उनले ठाडै अस्वीकार गर्दथे । हुडैन हुडैन ट्यो चाही नेपाली कुकुरको बेलाइटी भुकाई हुन्छ भन्ने गर्दथे । बेलायत आएपछि नेपाली कुकुरले बेलायती भुक्नै पर्ने बाध्यता छ । तर नेपाली कुकुरले नेपाली भुकाई पनि नबिर्सि बेलायती र नेपाली दुवै भुकाई भुक्न सकिएमा हामी साधै अस्तित्वमा रहने छौं । नभए आफ्नो नेपाली भुकाइ प्रति वफादार नेपाली कुकुर भनौं या क्यानरी चरीझैं आफ्नै भाषामा गुम्न लागेको अस्तित्व खोजीरहेका यी स्रष्टाहरूको पीडाग्रस्त क्रन्दनलाई एउटा मीठो गीत जस्तै मानेर हाई बाबा हाई भनेर कोक्रोमा हल्लाएको बालकझैं अस्तित्व विहीन रङ्गीन सपना अङ्गालेर मस्त निदाउने छौं हामी बेलायती नेपालीहरू युगौंयुग सम्मलाई ।

 

बेलायत




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
घामको तापले हैन
जुनको साथले पनि हैन
जीवन घिसार्ने बाध्यताले
म दुलो भित्र पसेको छु
दिन देखि पर
मध्य रात भित्र
मानब जीवन देखि पर, धेरै पर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
643761
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com