Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 23, 2011 | Author : मनोज काफ्ले
Category : Lyrics / गीत/गजल | Views : 839 | Rating :

  
मनोज काफ्ले

गजल

खुसि नै खुसिका खात सल्बलाए

झनझन मनभर बात सल्बलाए ।

  

प्रियाका संगमा म रमें रंगरंगमा

साँच्चिकै अनिदा रात सल्बलाए ।

  

सुनसान छ शहरमा रहरै रहरमा

हातमाथि उनका हात सल्बलाए ।

  

सुस्त सासले अब स्पर्श फैलाए

लातसँग उनैका लात सल्बलाए ।

  

बिरानो देश म भोलिको सवारी

घात बनि कस्ता घात सल्बलाए ।

  

गजल २
म तिमलाई नभेटी मरेँ भने त
अर्कैको दुनियाँमा सरेँ भनेँ त ।

अकेली तिमी के गर्छौ बिलौना

सुन्दिन कि स्वर्ग तरेँ भनेँ त ।

 

चिहाउँछु नजर तिम्रा नयनमा

आत्मा यो शान्त गरेँ भनेँ त ।

 

रितै म आएँ रित्तै त जानुछ

दन्केको चितामा परेँ भने त ।

 

जुनीजुनी मनसुन तिम्रै हुनेछ

फेरी यो धर्तिमा झरेँ भने त ।

  

गजल ३

हाम्रो देशमा राजगर्ने नेता दक्ष खोजौं अब

मातृभूमी बिकासको मूल लक्ष खोजौं अब ।

जुनैनेता आएपनी निमुखा त मरेकै छन

गरिबलाई न्याय दिने राम्रो पक्ष खोजौं अब ।

                  

अँध्यारोमा ज्योतिछर्ने देशभक्त कोहि भए  

बैरीहरु आँखा लाउलान देशरक्ष खोजौं अब ।

  

सिटकै लागी मरीहत्ते किन गर्छन् नेताहरु ?

घुम्ने कुर्ची लुकाउने कालो कक्ष खोजौं अब ।

   

 

गजल
मोहनी लागे झैँ टुना र मुनाले

तिम्रै हातखोजे चोलीको तुनाले 

 

पलंगको छेवैमा म एक्लै सुसाएँ  

रातभरि उनैलाई कुर्यो कुनाले ।

 

तिम्रै हातखोजे चोलीको तुनाले

त्यो घर रुन्छ मन डुलाई डुलाई ।

 

खोईभन्छ जोडी म एक्ली हुनाले

तिम्रै हात खोजे चोलीको तुनाले ।

 

छ यौटा तस्बिर उनले छोडेको

मुस्काई रहन्छ त्यो मैले छुनाले ।

 

तिम्रै हातखोजे चोलीको तुनाले

खै कहिले आउछ मिलनको बेला

 

जिउ सुकीसक्यो सम्झेर रुनाले

तिम्रै हातखोजे चोलीको तुनाले ।
 

गजल

मैले नै दिएका उपहारमा रमाऊ

आफ्नै सुखको संसारमा रमाऊ |

 

मलाई खुसीको आशा मात्र देखाई

तिमी फुलैफुलको बहारमा रमाऊ |

 

चाहे गाउँमा रमाउ या शहर जाउ

सक्छौ त कालो करागारमा रमाऊ |

 

म भन्थें नहिड्न चिप्लो छ बाटो

लड्यौ त तिम्रो अहंकारमा रमाऊ |

 

संगसंगै भिज्यौं हिजो मनसुनमा

जाउ आज अरुकै ईनारमा रमाऊ |




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Lyrics / गीत/गजल category

गीत
गजल
गजल
बलेको आगो
गजल
गजल
गजल
Song 'Himalayan'
गजल
गजल
नयाँ वर्ष
गजल
गजल
गजल
गजल
गजल
गजल
गीत

    Links
Column / स्तम्भ

    Random Pick
जनजाति शब्दलाई जनजाति साहित्य समूहका अभियन्ता भूपेन्द्र चेम्जोङ र नेपाल कुश्शाले अङ्ग्रेजीको नेटिभ -native_ भनेर समूहको मुखपत्र जनजाति द्वैमासिक-वर्ष १, अङ्क १, नोभेम्बर-डिसेम्बर, २००३)मा उल्लेख गरेका छन् । तर, नेपाल जनजाति महासंघ र राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान-कार्यदल)ले जनजाति शब्दलाई अङ्ग्रेजीको नेशनालिटीज् -nationalities_ शब्दको समानान्तर उभ्याएका छन् । जनजाति शब्दलाई कतिपयले आदिबासी शब्दको पर्यायवाचीका रूपमा पनि चलाउने गरेका छन् । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
802820
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com