Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 18, 2008 | Author : शरण सुब्बा
Category : Article / लेख | Views : 969 | Rating :

  
शरण सुब्बा

          भर्खरै  मात्र "पाँचौ पोखरेली झ्याल" को सन्दर्भमा मितेरी सेवा समिति पोखरा, हङकङले कविता प्रतियोगिता आयोजना गर्र्यो । हुन त यस अघी पनि यस्तो प्रतियोगिता बर्सेनी जसो नेपाली साहित्य प्रतिष्ठानले नगरेको होइन, तर यो कार्यक्रम पहिलाको भन्दा यसकारणले भिन्न छ कि प्रथम त यस्को आयोजक आफैमा  साहित्य संस्था होइन, दोस्रो निर्णायकहरू पनि स्थानीय होइनन् । नेपाली साहित्यमा  सरूभक्त नाम चलेका कलमबाज हुन् भने प्रकट पगेनी र तीर्थ श्रेष्ठ नाम कमाएका कवि । यसै कारणले हुनसक्दछ अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका हङकङ अध्यक्ष मोती चाम्लिङ्, नाम कमाएकी कार्यक्रम प्रस्तोता लारा,  त्यस्तै प्रकाश छाङ्छा र कमल पौडेल जस्ता नामहरू पनि प्रतियोगीका रूपमा देखा परे । धन्न त्यहाँ टं सम्बाहाम्फे देखिएनन्, नरेश सुनुवार गएनन् । अझ रमाइलो हुन्थ्यो होला, यिनीहरू पनि गएका भए । त्यसो त देश सुब्बा पनि छुटे,  किराँति भोगेन एक्ले र अशोक रा पनि । नामहरूको लर्को अझ धेरै जोड्न सकिन्छ । यसरी प्रतियोगितामा भाग लिएर नेपाली कविताको हङकङमा बिकास हुने नै छ भन्ने कुरामा म पनि आयोजक भन्दा कम विश्वस्त चाहीँ छुइन। हाङ्युग अज्ञात, प्रदीप कन्दङ्वा र गणेश  इजमले पनि प्रतियोगी कविता पढीदि हुन्थ्यो बरू

          कङ्गन रेस्टुराँमा आयोजित दोस्रो कार्यक्रममा हङकङका सबै साहित्य अनुरागीहरूलाई बोलाइ पनि एक साहित्य अनुरागीको हैसियतले म भने गयिनबर्सेनी नेपाली साहित्य प्रतिस्ठानले आयोजना गर्ने गत बर्षको कार्यक्रममा पनि गएनत्यसो त अनेसासको बतासे डाँडाको यात्रा कार्यक्रममा पनि गएन । नजानेर  नभ्याएर भन्दा पनि कार्यक्रम गर्ने आयोजकहरूको शैलीला मन नपराएर उक्त कार्यक्रममा जान मन नपरेको हो। ईन्टरनेटमा विज्ञापन छाप्नु राम्रो कुरा हो आधुनिक जमानामा, यसै गरी पत्र-पत्रीकामार्फत प्रचार गरे धेरै मान्छेले थाहा पाउछन्  ति कुराहरूको बारेमा । चलन के छ भने सूचना मार्फत  सबैलाई बोलाईन्छ । यदि उक्त सूचनालाई आधार मानेर सबै सूचना प्रापक उक्त कार्यक्रममा जाने हो भने  उनिहरूको आयोजकीय क्षमताले धान्न सक्छ त ? पक्कै पनि सक्दैन। साँगुरो कोठामा नौ, दश जनाका अपेक्षा गरेका हुन्छन् वार्षिकत्सब मनाउन टंजीले । रेस्टुराँको क्षेत्रफलले धान्न सक्ने साहित्य प्रेमी आउन् भन्ने भित्र मनशाय हुनसक्छ कमल जीको। निक्खर साहित्यप्रेमीहरूको रमाइलो यात्राको परिकल्पना गरेका हुन सक्थे मोतीजिले। कार्यक्रममा मान्छे कम् आउनुको कारण एक वा अर्को बहाना खोज्नुको साटो एक दुई वटा विधी प्रयोग गर्ने हो भने प्रकाश के.सीजीले जसरी न अरूलाई तथानाम् सँज्ञा दिनुपर्ने परिस्थिती आउँछ न सधैं जसो हङकङको ब्यस्ततालाई नै  गाली गर्नु पर्ने हुन्छ। 

          साहित्य प्रतिस्ठानको बार्षिकोत्सव मनाउन क्रान्तिजीले आफ्नो झोला भरी निमन्त्रणा पत्र बोक्नु भएको याद आउँछ। पोइन्सेटीया विद्यालयको हाताभरी निम्तालुहरू आएका थिए सोचे जती,  त्योबेलाको ठूलो कोठा (हाल दुईटा बनाईएको) खचाखच भरिएका हुन्थे तिहास जस्तो लाग्ने तर सत्य कुरा- हङकङमा साहित्यप्रेमी, साहित्यानुरागी र साहित्यमा कलम चलानेहरू धेरै छन् । हो, ईन्टरनेटको जमाना छ, संसारभरी तपाइँले पठाएको खबर तुरून्त सम्प्रेण हुनसक्छ, यदि तपाईं केवल प्रचारको मात्र भोको हुनुहुन्न भने तपाइँको कार्यक्रममा यहि हङकङमा रहेका आउनु पर्ने योग्य ब्यक्ती छुटेका हुनसक्दछ। कमल जीले आयोजना गर्नु भएको पहिलो कार्यक्रममा निम्ता पाएँ, गएँ । निम्तो नपाउनु बाहेक प्रकाशाजीले भनेजस्तो  अन्य कुनै कारण छैन दोस्रो कार्यक्रममा नजानुमा। खुल्ला उर्दी  जारी गरेकै भरमा तामेली हुनै पर्छ भन्ने त्यस्तो कुनै बाध्यता पनि त थिएन। बरू त्यस्को सट्टामा ए मुला, तिमी पनि कविताको पारखी होउ, आउन भनेको भ कती खुशी मान्दै जान्थे हुँला। कमलजीले एउटा कुरा त तितो भएनी सुन्नै पर्छ, तपाईं रेस्टुराँ मालिक भएकै भरमा रेस्टुराँमा केही खान  पाउने आशाले वा तपाईं सामर्थ्यवान कवि भएकै आधारमा सबै आउनुपर्छ भन्ने सोँच राख्नुभएको भ त्यो घटिया सोँच बाहेक केही पनि होइन।  बरु हाङ्युगजीले बोलाउनु भएको थुप्रै कार्यक्रममा जान नपाएकोमा थक्थकी लाग्छ, देशजीले बोलाउनु भएको कार्यक्रममा नजादा गएको भये हुनेथियो जस्तो लाग्छ। परिस्थितीले कार्यक्रममा जानु नपाउनु एउटा कुरा हो, आफुखुशी नजानु अर्को। हङकङ नेपाली साहित्य परिषदले भर्खरै मात्र देवकोटा जयन्ती मनायो। एकराज दाई साहित्यलाई महत्व दिनुपर्छ भन्ने मान्छे त हुँदै हुन, आफ्नो ब्यावसायिक कर्म गर्न पनि यसले वहाँलाई सहयोग नै पुर्र्याउछ।

          धेरै तितो पोख्नु भन्दा पनि मितेरी सेवा समिति जस्तो साहित्य अप्रधान संस्था भएर पनि हङकङको बातावरणलाई साहित्यमय बनाउन अब्बल दर्जाका साहित्यकारहरूलाई निम्त्याएर हङकङको नेपाली समाजलाई अमुल्य गु लगाएका छ कविताको प्रतियोगितामा भाग लिनेहरूको सुची हेर्दा चाँही अलिकती छक्क पनि परेँ। विद्यार्थीहरू जस्ताले भाग लिनुपर्नेमा तीर्थ श्रेष्ठ र प्रकट पगेनीको हाराहारिमै कविता लेख्नेहरू पनि त्यहाँ रहेछन्।

          ! साच्ची, नेपालका बैरागी काइँला र मन्जुलले कुनै कविता प्रतियोगितामा भाग लि अरूलाई कस्तो लाग्ला।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by Rabin on November 18, 2008
आउँदा दिनहरुमा: जसको उपस्थिति अपेक्षा गरिएको हो, उसको निम्ति आयोजकले कम्तिमा एउटा इ मेल भए पनि सि सि गरेर पठाइदिए, यो लेखले सार्थकता पाउने थियो । यो विषमताको अन्त्त्य हुनुपर्दछ ।

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
'कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?' ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् — चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन । चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
596077
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com