Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : August 10, 2011 | Author : डा. कृष्ण भट्टचन
Category : Poetry / कविता | Views : 911 | Rating :

  
डा. कृष्ण भट्टचन

भन्छन्, "जित्नेको ईतिहास हुन्छ

हार्नेको सम्झनामात्र वाँकी रहन्छ"

हामी, कहलिएको "भुसतिघ्रे,"

"भोटे," "लाहुरे," "स्वांठ,"

हरूवाहरूलाई

धेरै गहिरो चोट र व्यथाहरूका सम्झनाहरूमात्र वाँकी छ

 

हामीलाई सम्झना छ,

हाम्रो आस्था र श्रद्धाको

च्योमोलुङ्गा,

फेदाङवा, यावा, सावा र युमा,

सुम्निमा र पारुहाङ,

पे, पच्यु, घ्याव्रे र पेतालुता,

बाठौ र गुरुवा,

बोम्बो र साङदुङ्ग,

आजु र अजिमा,

ट्होम र लम च्हयोम ट्हुङ्ब,

ल्ह ल्हाङ्वा न्हुर्बु, ल्ह घाङ्लासिङ्गी कर्पो,

ल्ह छयुरीन ग्याल्मो र ल्ह ह्यावा र्हाङ्ज्युङको

आशिर्वादले

हामीले, पहिले

सबैभन्दा पहिले

यही धर्तीको यहि ठाउंमै विजय पाएका थियौं

- ठाउं र समयसँग

- जमीनसँग

- वन जंगलसँग

- खोला-नाला र पानीसँग

- खानीसँग

- हावासँग

- आकाससँग

- जनावरसँग

- कीट पतिङरसँग

- चराचुरुङ्गीसँग

 

हामीलाई झलझलती सम्झना छ,

हामीले उहिले, उहिले जुन ठाउंमा जितेका थियौं

हामी हिजो र आज त्यहिं ठाउंमै हार्यौं !

हामीले हार्यौं, "त्यो सँग"

"त्यो" - "वा हुन्, वा होइनन्"

- "जस्को बाउको ठेगान छैन"

हो, हामीले "त्यो सँग" नै हार्यौं !

- हामीले निम्ता बांडेकै दिन हार्यौं

- हामीले दौडेकै दिन हार्यौं

- हामीले भोज खाएकै दिन हार्यौं

- हामीले तामा छोएकै दिन हार्यौं

- हामीले रक्सीसँग कानूनी विहा गरेकै दिन हार्यौं

- हामीले छाती नापेकै दिन हार्यौं

- हामीले रगतको पञ्जा छाप लगाएकै दिन हार्यौं

- हामीले नुन खाएको दिन हार्यौं

- हामीले टिका लगाएकै दिन हार्यौं

 

हामीसँग सम्झनाको क्याराभान छ,

त्यस्ले हामी च्याम्पतिहरूलाई कति घुमायौ कति,

त्यसैले हामी हार्यौं

त्यस्ले हामी माछाहरूलाई कति जाल गर्यौ कति,

त्यसैले हामी हार्यौ

त्यस्ले हामी निर्दोष भेंडा बाख्राहरूलाई कोखाबाट निकालेको छुराले कति घांटी छिनाल्यो कति,

त्यसैले हामी हार्यौ

त्यस्को प्रत्येक घुमाईमा हामी फनफनी घुम्यौ,

त्यसैले हामी हार्यौ

त्यस्को प्रत्येक जालमा हामी सर्लक्कै पर्यौ

त्यसैले हामी हार्यौ

त्यस्को हनाइमा हामी अचानो भर्यौ,

त्यसैले हामी हार्यौ

 

हामीलाई सम्झना छ,

हामी मूलाको जरा भएर बस्यौं, मूला

तल, झन तल, ��"रालो लाग्न थाल्र्यौ

अध्यांरै झन अध्यांरो प्यारो लाग्न थाल्र्यौ

जती धेरै सुन्निन सकियो उती राम्रो मान्न थाल्यौं

जहांको तहिं सड्दाको गन्ध सुगन्धित लाग्न थाल्यो

       - पहिचान ��"रालो/अध्यांरो-सुगन्धित

       - मातृभाषा ��"रालो/अध्यांरो-सुगन्धित

       - धर्म ��"रालो/अध्यांरो-सुगन्धित

       - संस्कृति ��"रालो/अध्यांरो-सुगन्धित

       - हक अधिकार ��"रालो/अध्यांरो-सुगन्धित

 

हामीलाई ताजा सम्झना छ,

त्यो हामी कहां आउंदा उखुको टुप्पा भएर आयो

जहां जसले जसरी लगेर सारे पनि हर्लक्कै सरेर आयो,

त्यो पानीढलोमा दुवो भएर हलक्कै सप्य्रो

त्यो पूर्वमा "चार दाम"को फर्सीको बोट भएर फैलीयो

त्यो चारकोसे झाडीमा सखुवाभएर अग्लियो

त्यो हिमालको चिसोमा पनि भर्खरै सप्रन थालेकेा छ

त्यो जहां जहां सप्रन खोज्यो

    त्यहिं त्यहिं सप्य्रौ, खुबै सप्य्रो

आगोले ढडाए झनै हरियो भरियो भएर आयो,

       संधै माथि, झन झन माथि माथि ताक्दै चंगा जस्तै अकासियो,

       उज्यालो, झन उज्यालोमात्र खोज्दै आयो

गुलीयो, फरक फरक गुलियो हुंदै आयो

- शाही गुलियो

- जहांनीया गुलियो

- बिर्ता गुलियो,

- जागिर गुलियो,

- फर्सि गुलियो,

- निर्दल गुलियो,

- बहुदल गुलियो,

- एक सय सत्ताईस गुलियो

- सोच गुलियो

- नीति गुलियो

- व्यवहार गुलियो

 

हामीलाई सम्झना छ,

त्यो हामी कहां कसरी आयो

हो, हामीलाई राम्रै सम्झना छ

त्यो गंगाको फांटबाट भाग्दै

पहाड उक्लदै आयो

त्यो तिन चोटी फुक्दै आयो

पहिलो पटक, त्यस्ले ढुंग्रो फुक्यो,

खरानी उड्ने गरी फुक्यो,

दोश्रो पटक, त्यस्ले शंख फुक्यो,

सातो पुत्लो उड्ने गरी फुक्यो,

तेश्रो पटक, त्यस्ले कान फुक्यो,

कानको जाली फाट्ने गरी फुक्यो,

चौथो पटक, त्यस्ले माईक फुक्यो,

स्वरै सुक्ने गरी फुक्यो

त्यस्को प्रत्येक ढुंग्रो फुकाईमा

हाम्रा आस्थाका वन-जंगल-जमीन खरानी भएर उड्यो

त्यस्को प्रत्येक शंख फुकाईले

हाम्रा अधिकारहरूलाई वाजले चल्ला उठाए जस्तै उठाएर लग्यो

त्यस्को प्रत्येक कान फुकाईले

हाम्रा आमाका मिठा धूनहरू सुन्न छाड्यौं

त्यस्को प्रत्येक माईक फुकाईले

हाम्रा सामुहिक अस्मिता कालो नीलो भयो,

 

हामीलाई सम्झना छ

हामीले वाजी नथापीकनै

  च्यांखे पनि नथापिकनै

पञ्जा, छक्का र सत्ताको सिक्वेन्स देखाएर

हाम्रा जमीन स्वाहा भएको थाहा पायौं

हाम्रा चरण हरण भएको थाहा पायौं

हाम्रा जंगल मरुभूमि भएको थाहा पायौं

हाम्रा जीब्रो काटीएको थाहा पायौं

हाम्रा शिर उडेको थाहा पायौं

हाम्रा सृष्टि-जीवन ध्वस्त भएको थाहा पायौं

हाम्रा बचे-खुचेको हामी भित्रको हामी-भावना पनि खरानी भएको थाहा पायौं

हामीले धेरै हार्यौं, यति धेरै हार्यौं कि

अव हामीसँग हार्न वाँकी कुनै चिजै रहेन

अव त हामीहरूसँग हार्ने भन्दा पनि

       जित्ने दाउमात्रै वाँकी छ !

वाजी मार्ने सम्भावनामात्रै वाँकी छ !!

मार्रा भन्ने विकल्पमात्रै वाँकी छ !!!

- आत्मनिर्णयको अधिकार मार्रा !

- संघीय संरचना मार्रा !

- जातीय, भाषिक र क्षेत्रगत स्वायत्तता र उप-स्वायत्तता मार्रा !

- समानुपातिक प्रतिनिधित्व मार्रा !

- विशेष व्यवस्था मार्रा !

- धर्मनिरपेक्षता मार्रा !

- भाषिक समान अधिकार मार्रा !

- समान महिला अधिकार मार्रा !

- सामुहिक अधिकार मार्रा !

 

हामीलाई थाहा छ

अव हामी सम्झना तन्द्रामै ध्यानमग्न भएर सपना देख्न थालेका छौं

  - बाहुनवादलाई आर्यघाटमा सेलाएको सपना

- सप्तरंगि ईन्दे्रणीको सपना

  - झेली खेलको नियमनै फेरेको सपना

- ५९ खोलाहरू मीलेर असार र साउनको कोशी र कर्णाली नदी बनेको सपना

- आफैं, आफ्नै बल बुताले फेरी हाम्रो ईतिहास रचेको सपना

- नयां ईतिहास रचेको सपना

- ईतिहास भएर जिएको सपना

- यी सवै सवै सपना विपना भएको सपना !

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
ध्यानमै मग्न छन्
रुमलिरहेका छन्
असिमित प्रश्नका
उत्तर खोज्न,
खोज्छन् होला
चाहन्छन् होला

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615030
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com