Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 14, 2011 | Author : वैरागी काइँला
Category : Poetry / कविता | Views : 723 | Unrated

  
वैरागी काइँला

मेरो हजुर

सपना त रातभरिलाई हो !

 

गञ्जी र कमेजले ढाकेको

स्याल र फ्याउराले मात्र

अपशकुनको आवाज कराउनलाई,

 

सम्साँझै बास बस्ने

गाउँभित्रकै यौटा बुढो ��"ढार- हाम्रो छात्तीलाई

अफिसको फाइलको बिटाले

अरुप्रति नदेखाई नहुने

लोकाचार र बाध्यताको धर्मसंकटले

हिर्काउँदै निर्ममतापूर्वक....,

 

मुख पनि नधोईकन

आफ्नो आदिम अनुहार

टेबलका ऐनामा हेरेपछि

एकजना आफूलाई त साँच्चो भन्नुपर्छ:

सपना त रातभरिलाई हो !

 

सपना त रातभरिलाई हो,

निद्रा नटुटेसम्म,

बिम्झिने बित्तिकै

अज्ञानको अन्धकारबाट

सखारै सूर्यमन्दिरमा

कन्ये केटीहरूले चढाउने फूलसित

आफ्नै हातले पनि चुँडिदिनु पर्छ !

-जस्तो कि आज पनि मैले

हजुरको निम्ति भनेको मेरो मायालाई

पर---- डीलमा गाडिदिएको छु

आमाबाबुको निम्ति बलिदिएको मेरो माया,

भन्दछन्....

त्यहाँ फेरि चमेलीको बोटमा उम्रिएको छ !

मैले पनि कति खेप पहेँलो फूलको सपना पाएको छु---

आजकल),

 

आफ्नो लागि कम र अरुको लागि धेरै

बाँचिदिनु पर्ने यो जिन्दगी !

यो जिन्दगी यौटा अनुष्ठान हो !

हो, महत् अनुष्ठानको सार्थकतालाई

इतिहासमा

जीवनको बलिको दान चाहिन्छ !

ठीक हो,

हामीलाई जीवनभर तर्साउने छन्

��"छ्यानमा रातरातभरि

अतृप्त आत्माहरूले,

अनि बिहानपख

रोईराख्नेछन् रगतका आँशु कर्कलाको पातमाथि:

बलि दिइएका परेवाका बचेराहरू-

कलिला कलिला हाम्रा सपनाहरूले !

 

तर जिन्दगी अनुष्ठान हो !

जिन्दगीको इमान राखिदिनु पर्छ !

हामीले मुठ्ठी खोलेर बाँचिदिनु पर्छ !

 

सिग्रेटको खरानीसीत

टक्टक्याएर सिरानी र सिरकबाट

कतै छरिएका सपनाका अबशेषहरू

कोही डढिसकेका

कोही भाँच्चिएका

पुतलीका पखेटाहरू !

 

जो रातभरि लालटेनमा झुत्तिएका थिए,

पर---डाँडाको उताबाट

रगतमा चुर्लुम्म हात डुबाई

डकार्दै, टाउको उठाइरहेको सूर्यलाई,

आधि पर्दा बन्द झ्यालबाट हेरेर

चुपचाप, विवश !

 

उफ् ! पाइला पाइलामा

लोकाचारको पैतालाले कुल्चिदै प्रत्येक बिहान

जिन्दगीको,

मानिसले सपनाको लासमा जानुपर्छ !

 

प्रत्येक मानिस एक्लो मलामी हो !

प्रत्येक मानिसले

आफ्नो सपनाको लासमा,

एक्लै एक्लै मलामी जानुपर्छ !

 

प्यारको अनि बाध्यताको निर्दयताको कालोपन

भमराको निर्जीव देहसित

कमलको छात्तीबाट

सपनाको लास पोखरीमा बसेपछि

बिहानको उज्यालोमा

जिन्दगीले आँखा मिच्दै उठेदेखि नै

यस धरतीमा

मानिसले व्यथा सहनुपर्छ !

पाइला-पाइलामा

लोकाचारको पैतालाले कुल्चिदै

प्रत्येक बिहान जिन्दगीको

मानिसले, सपनाको लासमा जानुपर्छ !

 

मेरो हजुर !

सपना त रातभरिलाई हो !




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
म तपाइँको को हुँ ?
-लोग्ने ?
-प्रेमी ?
-बुबा ?
-भाइ ?
-साथी ?

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615518
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com