Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 06, 2011 | Author : दयाकृष्ण राई
Category : Essay / निबन्ध | Views : 943 | Unrated

  
दयाकृष्ण राई

         शीर्षकमा उद्धृत गरिएको शव्द अत्यन्तै प्रचलित नेपाली लोकोक्ति हो । तर मलाई कहिल्यै पनि रातो राम्रो लागेन । अहिले नेपाली जनमानसमा रातो रङ्गको चर्चाले सञ्चार जगत तात्तिएको छ । र यो रातो भन्ने शव्दले स्मृतिपट भित्रको धुमिल स्मरणहरूलाई केलाएर दृष्टिगोचर गर्न बाध्य गरायो । बेलायती साम्राज्यले आफ्नो उपनिवेशलाई सुम्पिएर मलायाबाट हात धोएर हङकङमा गोर्खा सैनिकको ब्रिगेडलाई स्थाइ रुपमा खडा गर्यो, हङकङ आफ्नो उपनिवेश रहुञ्जेलसम्म । हाम्रा बाजे र बाउको पालासम्म मलायाको लाहुरे भन्ने प्रचलन थियो हाम्रो गाउँ घरमा । हाम्रो पालामा हङकङमा स्थाइ रुपमा बस्ने भएकोले हङकङको लाहुरे भन्ने गर्थे हामीलाई र कतिपयले त मलायाकै पनि भन्ने गर्दथे । समय सापेक्ष हालै त युकेको लाहुरेमा परिवर्तन भइसकेको छ । सन् १९८० को मध्यतिर सबै ब्रिगेड अफ गोर्खाजका गोर्खालीहरू र तिनका परिवार हङकङमै भएकोले त्यहाँका चाइनिजहरूले गोर्खाहरूले चाहिने भौतिक सामग्रीका पसलहरू खोलेर नेपाली भाषा पनि सिकेर उनीहरू आफ्नो व्यापारिक प्रवर्द्धनमा तल्लीन थिए । त्यसताका अति नै प्रचलित पसलहरूमा ˆयानलिङ्गको वानप्राइज र आलीको साडी दोकान । स्याङ्गसुइको छसय बयालिस दोकान । युनलोङ्गको कान्छीको घडी दोकानहरू थिए । सैनिक क्याम्पको नजिक थुप्रै साना मसिना पसलहरू थापेर बस्ने त अनगिन्ती थिए । नेपाली ग्राहक हेर्नसाथ जानी नजानी उनीहरू नेपाली भाषा बोलेर ग्राहकलाई आकर्षण गर्दथे । त्यति भित्रमा सबै भन्दा उत्कृष्ट र स्पष्ट नेपाली भाषा बोल्न सक्नेमा फ्यानलिङ्गको आलीको साडी दोकानकी दिदी थिइन् । र उनी जस्तै राम्ररी बोल्नेमा ��"केनी बजु पनि त्यत्तिकै स्पष्ट बोल्थिन भने उनी त झन हिन्दी पनि स्पष्ट बोल्थिन । उनी चाही साडी, लुङ्गीहरू देखि लिएर सबै घुम्ति पसल लिएर प्रत्येक गोर्खा क्याम्पहरू चहार्थिन ।त्यही भएर होला गोर्खा दिदीबहिनीहरूद्वारा उनको नाम नै ��"केनी राखिएको होला । मलाई लाग्छ उनीहरू जतिको स्पष्ट नेपाली म पनि बोल्न जान्दिन् ।

जब छुट्टी नेपाल जानका लागि आफ्नोनाम निस्कन्छ अनि हामी तिनै पसलहरूमा गएर आफ्ना घर परिवार आफन्तजनको लागि सामानहरू किन्न जान्थ्यौं । आलीको साडी दोकानमा गएर दिदी राम्रा-राम्रा साडीहरू देखाउनु होस् त छुट्टीमा लानको लागि भन्ने बितिकै ती चाइनिज दिदीले सरर नेपाली भाषामा साडीको नाम, प्रकार, गुण, बैगुण, सस्ता, महङ्गा, कस्तो रङ्गको साडीमा कस्तो रङ्गको पेटीकोट र व्लाउज उपयुक्त देखिन्छ आदि ईत्यादि विवरण दिने गर्दथिन । जब उनी रातो रङ्गको साडीको विवरण दिन थाल्थीन म उनलाई बिचमै रोकेर दिदी मलाई रातो रङ्गको साडी मन पर्दैन भन्ने गर्थे । उनी पनि कहाँ कमकी थिइन र ! भाई तपाई कस्तो कुरा गर्नु हुन्छ तपाईलाई मन नपरेर कहाँ भो र यो त दिदी बहिनीलाई पो मन पर्नु पर्छ त । रातो राम्रो गुलियो मीठो भनेको थाहा छैन ? त्यसपछि म अवाक हुन्थे र मनपर्ने रङ्गका साडीहरू छानेर प्याक गर्न लगाउँथे र हिँडथे ।

रातो रङ्गको कुनै पनि चीज मन नपर्ने म जब बेलायत आएँ, गोर्खा दाजुभाइहरू रातो रङ्गको सन्दर्भ मै जहिले पनि केन्द्रीत रहने अथवा भनौ रातो पासपोर्टको कुरा गरेर कानै पाकीसकेको छ । रातो पासपोर्ट भन्नाले बेलायती रहदानी हो । कतिपयले मेरो रातो पासपोर्ट निकालि सके भनेर गर्व गरिरहेको र कतिपयले निकाल्ने प्रकृयामा भएको बताउछन् । मलाई त यो पहिल्यै देखि रातो राम्रो नलागेर होला यो रातो पासपोर्टको कुरा निस्कियो कि झन्झट लागेर आउन थाल्छ । बेलायतका नेपालीहरूलाई त रातो रङ्गको पासपोर्टले ततायो-ततायो, अहिले नेपाली जनमानसमा पनि रातो पासपोर्टको विषयले तहल्का मच्चाएको छ । नेपालको रातो पासपोर्ट भन्नुको अर्थ कुटनीतिक रहदानी हो । अहिले यहिँ रातो पासपोर्टको व्यापार खुव फस्टाएको छ । नेपालमा सिजन अनुसारको व्यापार गर्नसके व्यपारीहरू रातारात नवधनाढ्य बन्न सक्छन । पहिला-पहिला काठमाण्डौमा जग्गा व्यपार फस्टियो र केहीबर्ष पछि ठप्प भयो । जसको स्थान हङकङ आइडीले लियो । र मरेको मान्छेको आइडी समेत बिक्री भएपछि मरेको मान्छे पनि चिहानबाट उठाएर ल्याउने चमत्कारिक कार्यले हङकङ सरकार पनि आश्चर्य चकित परेको सुन्नमा आयो । कारण अहिलेसम्म हङकङमा जन्मेको नेपाली मरेको तथ्याङ्क नै पाउन सकेन शतप्रतिशत हङकङ पुगे । फेरि जग्गा व्यापार गत सालसम्म उर्लियो र फेरिपनि ठप्प भएपछि अहिले रातो पासपोर्टको जादुमय व्यापार आरम्भ भएको छ नेपालमा । सभासदहरू संविधान सभाको बैठकमा उपस्थित पनि छन् तर तिनै सभासदहरू अष्ट्रेलियामा सेमिनारमा पनि भाग लिन गएर फर्किएका छैनन् ।

एमालेका सभासद नारदमुनी राना र फोरमका सभासद शिवपुजन राय यादवले त्यही गरिरहेका छन् । एउटै व्यक्तिले दुई फरक देशमा कामगर्न सक्ने, सोह्रसय गोपिनीहरूमा एकै साथ पुग्न सक्ने कृष्ण लिला जस्तै अलौकिक शक्ति भएको सभासदहरू गणतान्त्रिक नेपालले पाएपछि देश सिङ्गपुर मात्रै कहाँ हो र एकदुइ बर्ष भित्रै स्वीटजरल्याण्डलाई उच्छिन्ने छ । हेरौं यो व्यपारले कतिञ्जेल धान्ने हो नेपाली बजार । फोरमकै सभासद बिपी यादव र नेपाल जनता दलकी सभासद गायत्री साहको रातो पासपोर्ट बिक्री काण्ड सेलाउन नपाउँदै यस व्यापारले निरन्तरता पाएको छ ।

हुन त कतिपय मित्रहरूले ता दयाकृष्णेले स्यालले अङगुर तितो भने जस्तै तैले पाएपो राम्रो लाग्छ देखेको त छैनस् भन्नुहोला । नेपालको रातो पासपोर्टको लागि भने पक्कै पनि योग्य छुइन तर बेलायतको लागि भने योग्य भइसकेको अवस्था छ । त्यही रातो राम्रो नलागेर नै चुपचाप खल्ती भित्र हरियो पासपोर्ट च्यापेर बसेको छु भन्न पर्ला । नेपाली रातो पासपोर्ट जम्मा एकपटक नजिकबाट हेर्ने मौका मिलेको थियो । सन् १९९५ मा बेलायती गोर्खा सेनामा सेवारत हुँदा आफ्नै पैसाले टिकट लिएर तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमानमा एक महिनाको बिदामा नेपाल गएको थिएँ । त्यस बिमानमा एकजना इञ्जिनियर नेपालबाट अब्जरभेसन टूरमा बेलायत आएका रहेछन् र हामीसँगै एउटै उडानमा काठमाण्डौ त्रिभुवन बिमानस्थलमा अवतरण भयौं । ती इञ्जिनियर मित्र मेरो आगाडि लाम लागेका थिए । अध्यागमनका कर्मचारीले सर तपाईको कुटनीतिक पासपोर्टको यहाँ होइन तोकिएको काउन्टरमा जानु होला भनेपछि ती इञ्जिनियर मित्र जङ्गिएर उनको पासपोर्ट पछार्दै त्यही इन्ट्रीछाप हान्न जिकीर गरे र अन्तमा ती कर्मचारीले तपाईहरूको सुविधाहरू फरक भएर तपाईकै लागि पठाएको ठीकै छ भनेर छाप हानी दिए । इञ्जिनियर मित्रले यही मेरो ह्याण्डव्याग बाहेक अरु केही पनि छैन म किन त्यहाँ जाने भनेर अध्यागमन पार गरे । त्यहीबेला रातो पासपोर्ट नजिकबाट हेर्ने मौका मिलेको थियो ।

मैले करिव दुइ दशक अघि नेपाली रातो पासपोर्ट हेर्ने मौका पाएको थिएँ र त्यहीँ बेलाको तत्कलीन शाही नेपाल वायुसेवा निगममा यात्रु भएर गएको बारे यहाँहरूलाई माथि उल्लेख गरिसकेको छु । त्यसबेला आरम्भ भएको शाही नेपाल वायुसेवा निगम बिचमा आएर कसरी विलय भयो ? शाही त गणतन्त्रपछि विलय हुने नै थियो तर नेपाल वायु सेवा निगमको उडानमा हामी नेपालीहरू निरन्तर यात्रा गर्नु पर्ने हो तर खोइ त्यो वायुसेवा निगम् ? हामी त अहिले ईण्डियन एयरलाइन्स र गल्फ र कतार लगायत सबै विदेशी विमानमा पो यात्रा गरिरहेका छौं । सन् १९९६ मा बेलायती सैनिकबाट अवकाश लिएर जाँदा पनि त्यही वायुसेवा निगमबाट नै नेपाल फर्केको थिएँ । जुनबेला ग्याटविक विमानस्थलमा विमानको भर्याङ्ग चढेर विमान भित्र प्रवेश गर्नेबेला ढोकामा नेपाली विमान परिचारिकाहरू नेपाली पहिरनमा नमस्कारकासाथ यात्रुहरूलाई स्वागत गरिहेका हुन्थे । उडान आरम्भ भएपछि अङ्गे्रजी र नेपालीमा मीठो उदघोषणले वातावरण नै नेपालीमय हुन्थ्यो । ग्याटविक विमानस्थलबाटै नेपालको सम्झना दिलाउने गर्दथ्यो । अहिले त गल्फ र कतार एयरमा चढन बित्तिकै उदघोषण पनि अरबियन भाषामा रेहेला र सेहेला कति खल्लो अनुभव हुने गर्दछ ।

भाडामा लिएका विमानहरू दुइवटा जति थिए होलान र चलिरहेकै थियो बेलायतका लागि वायुसेवा निगम् । अहिले त आफ्नै विमान किनेर नौ दशवटा विमान हुनुपर्ने किन बिचमा तुहियो भनेर सोध्दा उही व्यापार गर्ने प्रकणले भन्ने सुनें । तत्कालीन शाही नेपाल वायुसेवा निगमले जब सेवा सञ्चालन गर्यो, कुखुराको माउपोथीले चल्ला कोरलेझै नक्कली विमान परिचारिका कोरलेर बेलायतमा ��"राल्ने र पैसा असूलेर व्यापार गर्ने । त्यही प्रकरणले बिचमा तुहिएर हामी नेपाली टुहुरोझैं अन्य देशको विमान चढेर स्वदेश फर्किनु पर्ने दशा आइपर्यो । हुन त यसको तथ्य प्रमाण बिना सुनेको भरमै लेखिरहेको छु । तर ज्वलन्त उदाहरण रातो पासपोर्ट नै अहिले हाम्रो सामु छ त्यसैले यो त सामान्य रुपमा हुने बिषय हो, सवूत प्रमाण नै किन चाहियो र ! यस्ता व्यापारहरू हुँदै अहिले रातो पासपोर्टको व्यापार मौलाउन थालेको छ हेरौ यी व्यपारी सभासदहरूको लागि रातो पासपोर्ट रातो राम्रो गुलियो मीठो नै बन्ने हो कि रातो नराम्रो गुलियो तितो हुने हो भविश्यले बताउला ।

 

सोल्सब्री




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
मिथक हो- सावाला खोला कहाँ बग्थ्यो खोलाको पानी धमिलो थियो कि ? नीलो थियो मिथकले सप्रसंङ्ग ब्याख्या गर्दैन......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
689779
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com