Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : July 01, 2011 | Author : काङमाङ नरेश
Category : Memoir / संस्मरण | Views : 989 | Rating :

  
काङमाङ नरेश

      छुट्टिमा हाम्रो देश नेपाल गएको समयमा कलेज पढ्दाको एक जना साथी रामसँग धरानमा मेरो भेट भयो । गर्मी भएकोले हाम्रो पसिना बगिरहेको थियो त्यसैले छाप्री होटेलमा पस्यौँ अनि कोकाकोला र म:म: खादै गफ गर्न थाल्यौ । तपाई त लाहुरे भैसक्नु भएको रैछ थाहा थिएन । तपाई किन भर्ती जानु भयो भनी उनले सोधे । मैले भने बाध्यता पनि होइन अनिवार्यता पनि थिएन सायद धेरै पैसा कमाउने रहरले गर्दा लाहुरे भएँ की । निक्कै गम्भिर भएर उनले मेरो अनुहारमा हेरे । केही समय पछि उनले भन्न थाले । लाहुरेहरूले देशको निम्ति के नै पो गरेको छ काङमाङ जी ? पहिला पहिला पैसा कमाएर देशमा ल्याउथे । राम्रो घर वनाउथे, अनि छोरा छोरीलाई राम्रो वोर्डिङ्ग स्कूलमा पढाउथे । अहिले त उनीहरूले बनाएका ठूला-ठूला घरहरू ओडार जस्तो रित्तो भएको देखिन्छ । यहाँ भएको श्री सम्पति वेचेर वेलायत तिर स-परिवार लीएर जान थालेका छन् । मेरो एक जना गाउँको साथी अस्ति माघ महिनामा परिवार सहित छुट्टमिा आएका थिए । छोरा छोरीहरू चिल्ला, सेता र खिरिला हामीले छुदाँ पनि फोहोर लाग्ला जस्तो देखिन्थे तर नेपाली भाषा भने पछि फिटिक्क नवोल्ने रैछन् । मसँगै पढेका हुन् ति साथी । उनी पनि अंग्रेजी नै वेसी वोल्न रुचाउने भएछन् । उनको छोरीले लुगा लगाएको देखेर छक्कै परे म त । गाउँ पनि लगेका थिए छन् । उनको छोरीले लगाएको लुगा देखेर गाउलेहरूले आँखा छोप्दै हिडे रे । वीर गोर्खाली भन्नु हुन्छ ? लडाई गर्ने वीर मात्र हो की भन्ने मलाई त लाग्यो । हामी वीर हौ मात्र भनेर हिड्नु हुन्छ तपाईहरूका छोरा छोरीहरूलाई पश्चिमी संस्कार, संस्कृतिले खाई सकेछ । अव कसरी वीर गार्खालीको पहिचानलाई वचाउनु हुन्छ वेलायतमा ? तपाईहरूले अर्काको देशको लागि लड्नु भयो आफ्नो देशको निम्ति के गर्नु भयो र ? अहिले वेलायतमै बसोबास गर्न थाल्नु भएको छ । हाम्रो भाषा, संस्कार संकृतिहरू वेलायतमा काम लाग्दैन भन्ने सोचेर वेलायत तिर जाँदा जादै सबै वाटोमै छाडेर रित्तो जानु भयो कि क्या हो ? हाम्रो भाषा संस्कार संकृति उहाँ लगेर हाम्रो नेपाल देशलाई अझ धेरै चिनाउँनु हुन्छ होला भन्ने लागेको थियो । यसरी नै यो कुरा तपाईलाई जस्तै त्यो साथीलाई पनि भनेको थिए । त्यो साथीले त हाम्रा नानीहरू भनेको हामी भन्दा १० गुणा बुद्विमानी छन् । यो ग्लोवलाईजेसनको वेला वेलायतमा वसेर किन चाहियो र नेपाली भाषा ? संसार भरी अंग्रेजी नै बोलीन्छ । मेरा नानीहरू त गोराहरूसँग पनि फरर नअड्की अंग्रेजी वोल्छन् । त्यो पनि गोराको टोनमा नै । हामी कुवाबाट वाहिर निस्केर वाहिरको संसार पनि हेर्नु पर्छ । उनीहरूको मागलाई पनि हामीले मान्नु पर्छ । तिमी नेपलमा नै बसेर पनि दउरा सुरुवाल लगाएको छैनौ ? टोपी मात्र लगाएको छौ । यस्तो कुरा मसँग नगर ननसेन्स, आदि कुराहरू उनले मलाई भने म त छक्क परे भनी मेरा साथी रामले मलाई भनेँ । मैले पनि तपाईको कुरा सुनेर छक्क परे भने । उनले कसरी भन्यो ? तपाईको कुरा मैले चुप चाप सुने अब मेरो कुरा पनि चुप चाप सुन्नु पर्छ अनि किन भनी थाहा पाउनु हुन्छ भनेँ । उनले रिसाउनु भयो कि क्या हो काङमाङ जी भनेँ । मैले किन रिसाउनु नि भने । त्यसपछि मेरो पालो वोल्न थाले राम जी तपाईले भन्नु भएका कुराहरू कति जायज होलान कति नजायज होलान । हामी यो समय वेलायतमा सक्रमणकालमा छौँ जस्तो की हाम्रो देश नेपालको अहिलेको स्थिती जस्तो । त्यसैले धेरै उताव चढावहरू छन् । तपाईले आफ्नो साथीको उदाहरण मलाई सुनाउनु भयो । कति त्यस्ता नेपालीहरू वेलायतमा होलान् तर एक दुई जना तपाईका साथीहरू त्यस्ता छन् भन्दैमा सबै वेलायत वासी नेपालीहरू त्यस्ता भएछन् भन्नु भयो भने गल्ति हुन्छ । तपाईको साथीहरूका छोरा छोरीहरू त्यस्ता छन् भन्दैमा सबैका नानीहरू त्यस्ता छैनन् । विभिन्न जात जातीहरूले आफ्नो संस्कार संस्कृतिहरूको जगेर्न गरिरहेका छन् । साहित्यिक संघ संस्थाहरूले नेपाली भाषा पठन पाठनको लागि सभा समारोहहरू गरीरहेका छन् । कति स्कुलहरूमा नेपाली भाषा पठन पाठन भैईरहेको छ । चार वटा साप्ताहिक नेपाली पत्रीकाहरू घाटा नाफा जे सहेर भए पनि प्रकाशन गर्नु भनेको नेपाली भाषालाई वचाउनको लागि गरिएको ठूलो पहल हो । त्यसैले तपाईले भन्नु भएको कति कुराहरू गल्ति छन् । रामले फेरी कुरा थप्यो । नेपाली चाडवाडहरूमा हामी त डिस्को नाचेर रमाईलो गर्छौ भन्दै थियो मलाई । वेलायतमा डिस्को नाँच्नु सामान्य कुरा हो उहाँले नेपाली चाडवाडलाई पनि डिस्को मानेर नाँच्नु भयो होला फरक कुरा हो तर हामीले चाँहि नेपाली चाडवाडको नाममा त्यस्तो डिस्को नाँच्न दिएका छैनौं र दिदैनौं पनि यदि कसैले नेपाली संस्कार संस्कृतिसँग जोडिएका चाडबाडलाई अनुचित तरीकाले प्रयोग गर्छन् भने हामी त्यस्ता विकृतिको विरोध गर्छौ भनें ।

अर्को तपाईले उठाउनु भएको कुरो हो-लाहुरेहरूले देशको निम्ति के नै पो गरेको छ र ? राम जी लाहुरेहरूले वेलायतको लागि अथवा तपाईले भने झै अर्काको लागि सम्पूर्ण जीवन अर्पण गर्दै लडेको करिव २०० वर्ष हुन् लागेको छ । ईष्ट ईण्डिया कम्पनि देखी अहिले इराक र अफ्गानिस्थानसम्म आई पुग्दा ५० वटा भन्दा धेरै देशहरूमा गौरवशाली युद्व लडी धेरै सफल्ता पाएका छन् । तपाई हामी सबैलाई थाहा भएकै कुरो हो युद्वको भुमरीमा ६० हजार भन्दा धेरैले वीरगति पाए । सयौंको संख्यामा हराए ।

पहिले पहिले हाम्रा पुर्खाहरू वाध्याताले भर्ति लागे । त्यो समयमा गाउँ गाउँमा राणहरूले हुकुमी उर्दी लगाए पछि भर्ती जानै पर्थो । लडाई हुँदैछ जान्न भन्न सक्ने कसैको आँट र साहास हुँदैन थियो । त्यसपछि लाहुर जाने प्रथा नै बस्यो । एउटै परिवारको तिन, चार पुस्तासम्म भर्ती भई वेलायतको रक्षको निम्ति लडे । त्यो रहर थिएन वाध्यता थियो त्यस पछि लाहुरे भनेको एउटा रोजगारी वन्यो । अहिले आएर राम्रो पैसा कमाउन सक्ने ठाउँ बन्यो लाहुर घर । अहिले सबै जात जातीहरू भर्ती लाग्न थालेका छन् । कतिले राम्रो पैसा कमाएका छन् । कतिले कमाएका पैसा सामाजिक सेवामा आर्थिक सहयोग गरेका छन् । मानव जातीलाई बाँच्नको लागि समाज चाहिन्छ समाजलाई निश्चित मार्गमा लैजानको लागि त्यस समाजमा रहेको प्रत्येक ब्यक्तिहरू सचेत हुन् आवश्यक हुन्छ अनि मात्र समाजले मान्छेलाई उचित मार्गमा हिडाउन सक्छ । सम्पूर्ण उर्वर समय लाहुर घरलाई दिएपछि ठूलो आशा लाहुरेहरूसँग गर्नु पनि उचित नहोला । तर पनि राम जी लाहुरेहरू अवकाश भए पछि देशका लागि धेरै गरिमामय कामहरू गरेका छन् । तपाई बस्नु भएको यो धरान शहर पहिला कस्तो थियो भनेर तपाईको बाजेलाई सोध्नुहोस् त कस्तो उत्तर पाउनु हुन्छ ? त्यस्तै पोखरा, वुटवल काठमाण्डौका नख्खीपोट आदि ठाउँरहरू हेर्नुहोस् त कति सफा छन् । ती सबै लाहुरेहरूले बनाएका शहरहरू हुन् । म बोल्दा बोल्दै रामले भन्यो मैले लाहुरेहरूलाई त्यस्तो नकरात्मक भन्न खोजेको हैन ।

मैले थमथमाउदै भन्न थाले । रामजी राणा शाशनको समयमा लाहुरेहरूले गाउँ गाउँमा स्कूलको स्थापना गरेका छन् । जून समयमा नेपालीहरूले घरमा पनि पढ्न पाउने अधिकार थिएन । मलाई थाहा छ कसरी लाहुरेहरूले गाउँ गाउँमा स्कूलहरूको स्थापना गरे भनेर सोध्नु हुन्छ तपाईले मलाई जव,१९४७ मा भारत स्वातन्त्र भयो त्यो समयमा बृटिशले भारत छाडेर जाँदा गोर्खाहरूको कटौटी गरेर राखेको तलव फिर्ता दिने भए । कटौटी गरेर राखेको पैसा के गर्छन ? धेरै जसो अवकाश भैसकेका छन् त्यसैले नेपालको प्रधान सेनापतिसँग सम्पर्क गरि जसरी पनि जम्मा भएको यो रकम ति अवकाश पाएका गोर्खालीहरूलाई फिर्ता दिनु भनी ईण्डियाको तत्कालीन प्राधान सेनापतिलाई छाडेका थिए र ईण्डियाको तत्कालीन प्राधानसेनापतिले नेपालको तत्कालीन प्रधान सेनापति बवर शम्सेरलाई दिएका थिए ।

नेपालको तत्कालीन प्रधान सेनापति बवर शम्सेरले भु.पु.गोर्खा अफिसरहरूलाई वि.सं.२००५ साल कार्तिकमा बोलाई पौष महिनासम्म वैठक बसेका थिए । उक्त वैठकमाबवर शम्सेरले यो पैसा तिमीहरूले के गर्छौ भनी सोध्दा भु.पु.लाहुरेहरूले त्यो रकमलाई गाउँ गाउँमा शिक्षाको लागि स्कूलको स्थपना गर्ने र ��"षधालय/स्वास्थ चौकीको निर्माणमा खर्च गर्ने भनी उक्त वैठकले निर्णय गरेका थिए । त्यसैको आधारमा जिल्ला जील्लामा डिस्टिक सोल्जर वोर्डको स्थापना गरेर नेपाल सारकारले एक एक जना कर्माचारी खटाएका थिए । त्यस वोर्डको अध्यक्ष र उपध्याक्षमा भु.पु.लाहुरेहरूलाई नियुक्ति गरेका थिए । उक्त वैठकमा पुर्वी नेपालबाट भु.पु.क्याप्टेन कमान सिंह, सरदार बहादुर लिम्बू, चैनपुरबाट जगत बहादुर याख्खा, भोजपुर निवासी सरदार बहादुर हर्क राज राई उनले पहिलो विश्वयुद्वमा सरदार बहादुर पदक पाएका थिए । सरदार बहादुर मान सेर राई थिए भने नेपालको पश्चिम भागबाट धेरै जना सहभागी भएका थिए जसमा ६ गोर्खा राईफलका हनेरी क्याप्टेन रडक सिंह गुरुङ्ग,४ गोर्खा राईफलका हनेरी क्याप्टेन नर बहादुर गुरुङ्ग, -उनी पछि मन्त्री पनि भएका थिए) । ९ गोर्खा राईफलको तफैबाट अगन्धर क्षेत्री आदि लगायतका भु.पु. लाहुरेहरू उपस्थित भई उक्त कटौति फिर्ताबाट आएको पैसा स्कूल र ��"षधोपचारमा लगाउने वैठकले निर्णय गरेका थिए त्यसपछि गाउँ गाउँमा एक एक जना प्रतिनिधि तोकी स्कूलहरूको स्थापना गरेका थिए । जस्तै भोजपुरको तिम्मा गा.वि.. मा चहक मान राईलाई खटाएका थिए भने भोजपुरकै सानो दुङ्गमामा भु.पु सुबदार जित वीर राईलाई खटाएका थिए । यसरी भु.पु लाहुरेहरूको पसिना, रगत जीवनसँग साटेको पैसाले नेपालमा शिक्षाको ज्योति छर्ने काम गरेका छन् राम जी सायद तपाईलाई थाहा थिएन होला भनें । उनी लाटाले पापा हेरे झै मलाई हेर्दै मेरो कुरा सुनिरहेका थिए । अझै पनि बृटिश वेयलफेयर सोसाईटि मार्फत गाउँहरूमा स्कूलहरूको स्थापना भईरहेका छन् । जुन रकम नोकरीमा सेवारत म जस्ता लाहुहरूले एक दिनको तलव काटेर दिने गरेका छन् ।

अर्को कुरा नेपालमा रेडियो स्टुडियोको स्थापना भोजपुरमा भु.पु लाहुरे नारादमुनि थुलुङ्गको नेतृवमा भएको हो । पछि नेपाली काग्रेसले विराटनगरमा सारेका हुन् । अहिले हाजीरी जवाफ प्रतियोगताहरूमा सोध्ने गरिन्छ नेपालमा सबै भन्दा पहिले रेडियो स्टुडियोको स्थापना कहाँ भएको हो भनी ? उत्तर आउँछ विराट नगर । ठिक भनी ताली बजाईन्छ । २००७ सालमा राणा शासनको विरुद्वमा भोजपुर जील्लाबाट भु.पु लाहुरेहरू नारदमुनि थुलुङ्ग, राम प्रसाद राई आदिले हतियार उठाएका थिए । उनीहरूले भोजपुर, खोटाङ्ग, ��"खलढुङ्गा, संखुवासभा, धनकुटा आदि ठाउँहरूमा राणाहरूलाई परास्त पारेका थिए । त्यति मात्र हैन विरगंज, विराटनगर जस्ता ठाउँहरूमा भोपुरबाट किराती सेनाहरू पठाई सहयोग गरेका थिए । मैले यी कुराहरू भन्दा भन्दै उनी झस्किए । म थाहा नपाए जस्तो गरेर सरासर बोलीरहे । नेपाली भाषामा पहिलो फोनिन कार्यक्रम चलाउने भु.पु लाहुरे किशोर गुरुङ्ग हुन् । पहिलो नेपाली गायक मास्टर मित्र सेन ती सबै भु.पु. लाहुरेहरू हुन् ।

मेरो कुरा सुने पछि काङमाङ जी लाहुरेहरूले देशका लागि उल्लेखनीय कामहरू गरेका रैछन् । मैले धेरै भु.पु लाहुरे अफिसर देखी तल्लो ओदाहाकाहरूसँग काम गरे । कुनै सभा समारोहहरूमा उनीहरूसँग बस्दा आफैँ मात्र सहि आफ्नै कुराहरू मात्र साचो भनी धेरै ढिपी गर्ने र उनीहरूको विरुद्वमा वोल्यो भने त सतुर नै भन्ने । उनीहरूले वोलेका कुराहरू सहि होस् या गलत मान्नै पर्ने नत्र निर्देशन दिन पनि पछि नपर्ने खालकाहरूसँग उठवस भए त्यसैले मैले लाहुरेहरू भन्न पुगे माफी पाउँ भनी उनले शिर झुकाए । तपाईले माफी माग्नु पर्दैन हामीहरूमा पनि केही विकृतिहरू छन् होला त्यसलाई सुधार्न जरुरी छ । सबै मानव जातीमा राम्रो र नराम्रो पक्षहरू हुन्छन् यी कुराहरूलाई विचार पुर्याएर खण्डन गर्न आवश्यक हुन्छ जस्तो लाग्छ राम जी भनें ।

लाहुर घरमा झै बाहिर सिभिल समाजमा पनि शासन लाद्न खोज्ने तिनीहरू मुर्ख हुन् कि हैनन् भनी उनी विच्चैमा वोली निस्के । साचो कुरालाई साचो भन्न मलाई कर लाग्यो । हात मिलाउदै म हतारमा छु काङमाङ जी भेट गर्दै गरौं भनी उनले विदा मागे त्यसपछि हामी छुटियौं । मैले सोचे आर्मीबाट अवकाश पाए पछि पनि सिभिल समाजमा आर्मीमा हुदाँ झै आर्मी कै जस्तो गर्ने को होलान् ? आज मैले तीनका कारण भनाई खानु पर्यो सोच्दै घर तिर लागें ।

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Memoir / संस्मरण category

गीत संगीत मेरो मनको मृगतृष्णा मात्र भयो
म मुसुमुसु हाँस्दै अस्पतालबाट बाहिरिए
हङकङका साहित्यिक जमातमा भिज्न नसक्दा (डायरि नं २० अगस्त २०१४)
हङकङ, जीवन र भयभीतताको पराकाष्ठा
बन्दुक, बन्दना, जुवा र जुली
रोसीका हजार छाल
नीलगिरिको केरकार
कालु पाँडे हराएको खबर
मुक्तिनाथलाई स्वस्ति-स्वस्ति !
हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिंदाको प्रभावहरू)
चोखो प्रेमको अनन्त पिडा
मेरो वाउको गाउँ
प्यारी संगीनीको अन्तिम जीवन यात्रा
हङकङबाट काठमाण्डौसम्म
फ्रान्कोनियाको मेट्रो
मेरील्याण्डका उडुस
घुम्दै जाँदा साथीसँग मुक्का हाना हान
हेल्सेको रेडियो

    Links
Column / स्तम्भ

    Random Pick
नटुट्नु थियो सम्बन्ध हाम्रो टुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ
संगै जिउने संगै मर्ने कसम खायौ पहिले
दोबाटोमा एक्लै छाडी भन कहाँ गयौ अहिले
नलुट्नु थियो खुसि हाम्रो लुटाएर कहाँ गयौ
नछुट्नु थियो साथ हाम्रो छुटाएर कहाँ गयौ ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
688495
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com