एक दिन
कसैलाई नभनि
साथ लिइ
आफ्नो टुङ्गो-टाङ्गो
एकलै चुपचाप निक्लन्छ मान्छे
अनन्तको यात्रामा...,
जिन्दगीको भागदौडबाट
वाक्क भएर
उ खोज्दो होला
यो दुनिया देखि टाढा
कहीं कुनै विश्रामस्थल
अघाडिको बाटो आँफै बनाउँदै
आफूले गरेकोमा आँफैँ पछुताउँदै, एकलै
साँपको काँचुली जस्तै आफ्नो देहलाई पनि यहीं त्यागेर,
निक्लन्छ मान्छे एकदिन
अनन्तको बाटोमा...,
दुनियाबाट जानेहरूको पनि
भीड लाग्दो होला बाटामा
कुनै परिचित, कोइ आफन्त पनि पर्दो होला नजरमा-
आफ्नै कर्मको भारी बोकेका
भागमभागको भीडमा
एक अर्काबाट आँखा छल्दै
झल्दबाजीमा
स्टेशनमा बोझा उठाउने
कुल्लिहरू जस्तै
भटकिंदा होलान मान्छेहरू
कुनै अनजान बाटाहरूमा । |