Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 30, 2011 | Author : रूद्र नाल्बो
Category : Poetry / कविता | Views : 1386 | Rating :

  
रूद्र नाल्बो

यी घरका घुरेनमा फुल्ने फूलहरूको

या बारीका कान्ला फुल्ने फूलहरूको

सँधै सँधै

बास्नामात्र थाहा पाउँने नाकहरूलाई

कति भ्रम भएको होला

फूलको अर्थ नबुझ्दा

यी शहरका नगर बदु होस्

या, झुपडीका आईमाईहरू हुन्

खाली रंग मात्र देख्ने आँखाहरूलाई

कति दृष्टि भ्रम भएको होला ?

आमाईहरू माथि,

 

विचारका धमिलो खेती गर्ने

मेरा प्रिय महाशयहरू हो

फूल -

महलको गमलामा पनि

गरिबको झुपडीमा पनि

मन्दिरको चारकिल्लामा पनि

उसरिनै फुली दिन्छ

रूपहरूमा, नजरहरूमा, व्यवहारहरूमा

आईमाई-

झोपिडीका होस

या, महाभारतको कुन्ती

आईमाइको एक प्रति रंगले

धेरै महाभारतहरू लेख्न सक्छ

थुप्रै थुप्रै लंकाहरू जलाउँन सक्छ

समयका नामुद बादशाहहरूको

सँधैलाई बहीरगमन गरिदिन सक्छ

बस, आईमाईको एक प्रति रंग

तिम्रा हजार फौज भन्दा

बलियो गरि उभिन्छन् युद्ध मोर्चामा,

 

मेरा प्रिय महाशयहरू

तिम्रा विचारको आइलानी कित्ताहरू

अब सँधै सँधैलाई राजीनाम गरिदेऊ

तिम्रो सत्ता मोहको नशामा

हाम्रा धेरै आमाहरूको सपना खोसिने हुन् ?

हाम्रा धेरै चेलीहरू विधुवा हुने हुन् ?

मलामी साझहरूमा विजय उत्सव नमनाऊ

सत्ता तिम्रो बाबुको बिर्ता होइन ?

 

समयका कालो इतिहास रच्ने

मेरा प्रिय महाशयहरू हो

फूल जस्तै-

शासित भएर शासन गर्न सिक

बेसरी सिक

फूलबाट-

सत्ताका नियमहरू

सत्ताका पाठहरू

यी, घरका घुरेनमा फुल्ने फूलहरू

या, बारीका कान्लामा फुल्ने फूलहरू

तिम्रा दर्शनक हुन् ।

 

(महासंघद्वारा आयोजित कविता प्रतियोतामा समावेश प्रतियोगि कविता)




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
Posted by desh Subba on April 30, 2011
kabita ramro 6

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
हिज आज शहर अक्रान्त छ
शहरको आकाश अक्रांन्त छ
र दिनानुदिन समय पनि अक्रान्त वन्दै गईरहेछ
काला कागहरुको कर्कस हल्ला देखि,
कागे हल्लामा अभ्यास्त शहर /अक्रान्त शहर
गाईलाई अपमान गरेर कागको सम्मानमा उभिएको शहर

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
903170
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com