Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 24, 2011 | Author : युवराज नयाँघरे
Category : Essay / निबन्ध | Views : 957 | Rating :

  
युवराज नयाँघरे

एयरपोर्टको मुखैमा छ झिम्के !

दिउँसोको दुईबजे झिम्के उड्दैछ कतार । वरिपरि साथी छन् । अलि-अलि जुँगा उम्रेका केटाहरूको हुलमा छ ऊ । काँचा केटाहरूको बगालमा छ झिम्के ।

एयरपोर्टको मुखैमा ठूलो गेट छ । गेटको उत्तरपूर्व ठूलो विमानस्थल छ, त्रिभुवन विमानस्थल ।

ट्याक्सीको साना गाडीहरूको लर्को खुब देखिन्छ त्यता हुँइकिरहेको । गेटमा प्रहरीको सोधपुछमा पास भएर जाने युवायुवतीको हुल झन् चर्को छ त्यही बाटोको पेटीमा ।

झिम्के आफ्नो झोला मिलाउँछ ।

'बीस किलो भन्दा बढ्ता लान पाइन्न । तेरो झोला त तीस किलो जत्तिको छ । मिला, केटा मिला !'

प्रभुरामले भन्यो ।

झिम्केले झोलाको फस्नर खोल्यो । फाल्ने कुरा के-के छन् ? ऊ ओल्टाइपल्टाई गर्न थाल्यो ।

'काम नलाग्ने सब फाल्दे है झिम्के !'

प्रभुको उर्दी छ ।

'भरे फेरि माथि तौलादा बढी भए झमेला हुन्छ ।'

बोरिरहेछ प्रभुराम ।

झिम्केले झोलाको फस्नर वल्लोदेखि पल्लो छेउसम्म तान्यो । अनेक खिच्रिङमिच्रिङ छन् त्यो टुन्न मोटाएको झोलामा ।

ऊ एकपटक मनमनै हाँस्यो बिहानको कुरा सम्झेर ।

'तेरो झोलाले भुाडी बोकेछ !'

'पुटुक्क परेको झोलाले बुहारी ल्याउने सामल हालेको होला नि ।'

'तेरो झोलामा दुनियाँ चकित हुने सामानको भिडभाड मात्रै छ जस्तो देख्छु म त !'

विहान लजमा साथीहरूले टिप्पणी गरेथे ।

अनि मेनपावरले लगाइदिएको माला र टीकामा सजिएर उनीहरू एयरपोर्ट हुर्रिएथे ।

घाँटीमा माला र निधारमा रातो टीका लाएपछि झिम्केलाई बल्ल विदेश जान लागेको भान भयो । उसको मन एकाएक गरुागो भयो । आँखाबाट आँसु आउला-आउला जस्तो भयो । उसका हातखुट्टा गले ।

प्रभुरामलाई नाइके बनाइएको थियो ।

मेनपावरले उसलाई समूहबारे भन्ने, अर्हाउने र सल्लाह दिने अधिकार दिएको थियो ।

'अरुको भन्दा तेरो झोला ठूलो देख्छु, केटा राम्ररी मिला है । भरे बित्थामा झ्याउ हुन्छ ।'

फेरि भन्यो प्रभुरामले झिम्केलाई ।

सबै फस्नर खोलेर फोला मिलाउन थाल्यो झिम्केले । अरु पनि आ-ˆना पोका पन्टुरा मिलाउन लागि परेको छन् । कोही डोरीले कस्दै छन्, कोही बिग्रेको चेन मिलाउँदै छन् ।

झिम्के खुब गौण गरी झोला मिलाइरहेछ ।

उसले लुगा हेर्यो । ती सबै काम लाग्दा छन् । सुइटर, ज्याकेट र भोटे ऊनको टोपी थिए ।

'जाडोमा काम लाग्छ !'

सानिमाले दिएको टोपी हातमा लिएर सम्झयो

'मलाई बिर्से पनि यो टोपीले तालाई मेरो माया गर्न यसले सम्झाउँछ झिम्के ।'

सानिमाले भनेकी थिइन् ।

उसले टोपी सरक्क थन्कायो ।

उसले पातलो कम्बल देख्यो । त्यसले अलिक ठाउँ लिएको थियो । यसलाई मौका मिल्दा फाल्नुपर्छ होला । उसले यस्तै सोचेको थियो ।

हिँड्ने एक साता अघि आमाले त्यो कम्बल पट्याएर दिदै भनेकी थिइन् - ' झिम्के तिमेरु सबै सन्तान यसैमा हुक्र्यौ । मलाई आमाले मेरो बिहेमा दिनुभएको । यो तातो चीसो जेमा नि काम लाग्छ । बाबु तँ त यसमै कतिपटक लुकिबसकेको थिइस् । यो कम्बल लिएर जा हैं ! ओड्न नि हुन्छ, ओच्छ्याउन नि हुन्छ । सुँघ त, यसमा तँ नै गनाउँछस् । यसमा तेरै गन्ध बढ्ता छ ।'

झिम्केले आमाका कुरा एक-एक गरी मनमा गुन्यो । उसलाई त्यो कम्बलको झन् सारो माया लाग्यो । उसले त्यसलाई चपक्क समात्दै भन्यो - ओहो, यो फाले भनें त म मर्छु ! भो, यसलाई जे गरी नि लानु पर्छ ।'

उसले कच्चाककुचुक पारेर कम्बल राख्यो ।

झिम्केले झोलाको बाँयापट्टीको बाहिरी भागमा यसो छाम्यो । त्यहाँ पनि खिच्रिङमिच्रिङ रैछन् । उसले फस्नर फरर्र तान्यो ।

प्लास्टिकको सानो झोला रै'छ ।

'हन, के हो यो !'

भुत्भुताउँदै उसले झोला छाम्यो ।

उसले पल्लाघरकी मितिनी आमाले दिएको गुन्द्रुक सम्झेर भन्यो - 'ओहो मितिनी आमाको कोसेली कसरी ˆफ्याँक्नु ?'

झिम्केले त्यस पोकोलाई चलाएन ।

उसले त्यो पुरानो कुरो सम्झियो ।

'बाबु, तेरो मित मरिगो जङ्गलेहरूसँग लागेर । तेरो मितले गुन्द्रुक भनेपछि दुई थाल भात लडाउँथ्यो । तालाई यै गुन्द्रुक रै'छ मैले दिने चिनो । मलाई सम्झिने बाटो यै हुन्छ, लैजा बाबु यो गुन्द्रुक ।'

झिम्केले कुरो सम्झेर गुन्द्रुकको पोको जसरी झिकेथ्यो, उसरी नै थन्कायो ।

दायाँपट्टी अलिक उच्छिटिएको रै'छ झोला । झिम्केले यसो छामी हेर्यो । अलिक सारो रै'छ । उसले ठम्याउनै सकेन ।

'हैन के छ हा, यतातिर चैं ।'

उसले आफैंले आफैंलाई प्रश्न गर्यो । अनि बिस्तारै फस्नरको गाँठो तान्यो ।

कागजको थुागामा तीन पटक मोरेर राखिएको कुरा हेरेर ऊ एक पटक हाँस्यो ।

त्यहाँ थिए तीनवटा गोला-गोला ताछिएका नरिवलका दाना ।

'हत्तेरिका, के गर्नु यी डल्ला ।'

उसले मनमनै भन्यो ।

तर नरिवल हेरिरहँदा उसले पाख्रिनकी भान्जीलाई सम्झ्यो । पाख्रिन उसको साथी थियो । भान्जीलाई उसले साथीकै घरमा देखेको थियो । उनीहरू एउटै कक्षाका साथी भए पछिल्लो पालि ।

'तिमी कहिले आउँछौं थाहा छैन । मसँग तिमीलाई दिने क्यै छैन । घरमा फलेका यिनै नरिवल हुन् । नरिवलभित्रको पानी भनेको मेरो सम्झना हो ,बाहिरको नरिवल भनेको मेरो शरीर हो । तिमीले पानी मात्र खाने कि, बाहिरको बोक्रो खाने ? निर्णय तिम्रो ।'

यति भनेर आँखामा आँसु भरेर ऊ एकोहोरो गएकी थिई ।

त्यो टुहुरी केटीलाई झिम्केले एकनासले हेरेको थियो । आज त्यसको उपहार यो झोलाबाट कसरी फ्याक्ने ? ऊ अलमल्ल पर्यो ।

झिम्केले भन्यो - 'होइन, यो मन छुने कोसेली कसरी फ्याक्नु हुन्न ।'

उसले जहाँबाट झिकेथ्यो, सरक्क थन्कायो त्यहीँ नै ।

'संसारका सबै राम्रा आइमाई रिसाएका दिन, यो संसार नरक समान हुनेछ ।' एक दिन उसले पाख्रिनकी भान्जीको अनुहार हेरेर कक्षामा भनेथ्यो ।

नरिवल थन्काउँदा उसले एक पटक पाख्रिनकी भान्जीको सुन्दर अनुहार सम्झेर मन उदास बनायो । छातीमा त्यै सारा नरिवलले हिर्काएको बेदना बल्झियो ।

लामो झोलाको अगाडिपट्टि पुटुस्स थियो ।

उसलाई थाहा थियो, त्यहाँ छ दुई किलो जति चिउरा । बहिनीले केलाईकुलाई गरी हालिदिएकी हो यो चिउरा । ताइचिनका कुरुम्कुरुम् गर्ने ती चिउरा उसलाई खुब मीठो लाग्थे ।

झिम्केले दुई मुठी फाक्यायो र भन्यो- 'मनमायाको यो कोसेली फ्याक्नु होला र ! हैन, अरुथोक नै मिल्काउँला बरु । अहिले चैं यसलाई थन्काउँछु ।'

उसले कोचकाच गर्यो त्यो चिउराको पोकालाई ।

तीनवटा पाइन्ट रहेछन् । तिनलाई उसले खराखरी गन्यो । त्यस मुन्तिर उसले मोटो डायरी राखेको रहेछ । ऊ कहिलेकाँही यसो मनका गन्थन लेखिटोपल्थ्यो ।

सरर्र पल्टायो पनि । एक पेजममा लेखेको रै' -'विदेशको स्याउ भन्दा स्वदेशको काँचो वेल मीठो, अर्काको जहाजभन्दा आफ्नै आँगनको खच्चड छिटो !'

उसलाई त्यो मोटो डायरी झन् प्यारो लाग्यो र थन्कायो हत्त न पत्त ।

अगाडिपट्टी एउटा ठूलो फ्रेम भएको फोटो रै'छ । त्यहाँ झिम्केका बा थिए, जुँगामुठे अनुहारमा डरलाग्दा ।

झिम्केले झोलाबाट कुनै सामान फ्याक्न सकेन । उसले फ्याक्ने सामान केही पाउँदै पाएन ।

उसले मनमनै भन्यो - 'बा, म आँफैं त्यहाँ फ्याँकिइन्छु कि ?'

फोटोका बासँग झिम्केले आँखा जुधाइरहन सक्तैं-सकेन । उसले भरिएको झोला हेर्दै रित्तो पायो आफूलाई ।  




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Essay / निबन्ध category

चिन्ता गर्नुपर्छ
मृत्यु फरवार्ड
भोग
चाल्दै-चाल्दै जीवन धूलो !
भुँवरीमा भिखम
पिञ्जडा भित्र कैद भएर आफ्नै गीत गाइरहेका क्यानरी चरीहरू
रातो राम्रो गुलियो मीठो
बाटो म्याद !
आँसु चुहेको कार्यक्रम
झिम्केको झोला
गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र
नियात्रा इराकका रातहरू

    Links
Column / स्तम्भ

    Random Pick
श्वास-प्रश्वास बन्द नै हुने
नाकैमा गन्ध-दुर्गन्ध आइरहेछ
तर पनि मेरो मनमा मीठो
यसै खास आभास भैरहेछ

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
689767
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com