Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : April 13, 2011 | Author : दाजु गुरूङ
Category : Poetry / कविता | Views : 677 | Rating :

  
दाजु गुरूङ

जीवन असीमित सपनाहरू बटुल्दा बटुल्दै

धेरै वसन्तहरु बितिसकेछन्

हिजै जस्तो लागेता पनि अनुहार भरि धर्साहरू कोर्दै

समयले धेरै घुम्तीहरू काटीसकेछन्,

 

सपनाको शहरमा

मान्छेहरू हराउँने कंक्रिटको जंगलहरूमा

आफ्ना विम्ब-प्रतिविम्बहरू छालका पानाहरूमा खोज्ने गरेको थिएँ

विशाल सागरका कस्तीहरूमा

र त्यहि छालको पानाहरूमा वागमती देखेको थिएँ, वागमती भेटेको थिएँ,

 

त्यसैले त चार भञ्ज्याङ्ग काटे सँगै

स्वचालित मनका पाइलाहरूले वागमती चुमेको थियो,

 

मेरो हिमालयकी छोरी

हिम जस्तै स्वच्छ कञ्चन वागमती

युगौं युगको साक्षी बनेर निरन्तर दौडीरहेछ

बुढो पुशुपतिनाथ

हरेक साँझ बिहान नित्यकर्म सकेर

तिम्रै कञ्चनतामा अनुहार हेर्दै मख्ख पर्दाहुन्

ढल्दो जवानी बोकेर पनि

स्वयम्भू तिमीमा छड्के नजर लगाउँदाहुन्

अनि बाँझो धरती र प्यासी यात्रीहरू

कति धेरै अनुगृहित भएका होलान्

किनकी छालका पानाहरूमा

वागमतीको यिनै विम्ब-प्रतिविम्बहरू देखेको थिएँ,

 

मन भरि माया र श्रद्धाको विश्वास पालेर

छाती भरि पवित्र हिम-सिन्धु पोको पारेर

आतुर मनका पाइलाहरू दौडिरहँदा

हिमशैलको मिठो शितलताको चाहाना जागेको थियो

तर मनको आकाशमा उडेका तरंगहरू

हावाका झोंकाहरू सँगै आएको ह्वास्स दुर्गन्धले

सेन्डाइ जस्तै धरासायी बनेको थियो

लाग्छ, गलत ठाउँमा पुगेकी, टुकुचामा पो आए की !

 

किनकी मैले भेटेको वागमती

नत चञ्चल छ नत कञ्चन छ

वर्षौं देखि थलिएर ढलमा लडे जस्तो

शितलाले कुरुप बनाएको अनुहार बोकेर

तरुनो उमेरमा नै सुकेनाशले सिद्रो बनाएपछि

हाँस्न बिर्सेका घाटमा पुर्र्याइएको बिरामी जस्तो

लाग्छ, ज्यूादो लासले मलामिहरू पर्खिरहेछ

म मलामीहरूको पङ्तीमा सामेल भइरहेछु,

 

वागमती तिम्रो यति धेरै चोटहरू कसरी हेरुँ ?

तिम्रा खुल्लाबाटाहरू

उन्मुक्त आकाशमा उड्ने तिम्रा प्वाँखहरू

कंक्रिट र फलामका नेलहरूले जेलिएका छन्

फूल फूल्ने आँगन र करेशाबारीमा

असंख्य कंक्रिटका जंगलहरू मौलाएका छन्

काला धुवाँमा निसास्सियका चराहरू

अनिश्चिता तिर बासाइ हिँडिरहेका छन्

लाग्छ, आज नरभक्षि मुर्कुट्टाहरू

तिम्रो बाटो भरी मुर्दाको व्यापार गरिरहेछन्,

 

तिमीलाई थाहा छ, वागमती

तिम्रो मञ्जुपत्तनमा आज बिना पर्व पटेकाहरू पड्कन थालेकाछन्

वारुदको खेतीमा लासहरू फल्न थाले पछि

देवताहरूले घर छाड्न थालीसकेका छन्

वन मान्छेहरूको जंगली राज चल्न थालेपछि

परेवाहरू राहदानी र भिसाको लाइनमा उभिएका छन्

मृत-मृत वागमतीका काककुलहरू

वर्षातकै आशामा अर्कै आकाश तिर हेर्न थालेका छन्

तर पनि वागमती मौन छ,

 

मौन वागमती

छियाछिया परीसकेको शरीर नारकीय नालमा सकिनसकि घिस्रीरहेछ

मञ्जुश्री द्वार तिर

एउटा उन्मुक्तिको मिठो सुस्केरा हाल्न,

 

तर मैले भेटेको वागमती

जतिनै थलिए पनि 

जतिनै कुरुप भएता पनि

उनि भित्र शैल शिवको सृष्टि

र बुद्ध हराएको पिडा भेटेको छु

अनि घात प्रतिघातको चोटहरूमा

एकदिन सुनामी ल्याउने आक्रोश पनि देखेको छु ।

शताब्दीकै ठुलो भूकम्प (९.९ रेक्टर) आएको जापानको एक शहर ।

 

dajuup@yahoo.com




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
विश्व बिख्यात तानशाह एडोल्फ हिट्लरले आफु जन्मेको घरलाई वाउ आमाको घर भनेका छन् त्यस्तै मैले पनि आफु जन्मेको घर र मेरो जन्मस्थान बाघा गाउँलाई वाउ आमाको घर भन्न रुचाउँछु, मेरो वाउको गाउँ भन्न रुचाउँछु किनकी त्यो गाउँमा मेरो छुट्टै पहिचान र अस्तित्व नभएको कारणले पनि म आफ्नै गाउँमा एउटा पाहुना सरह भएको छु । एउटा परदेशी जस्तो भएको छु, जो निश्चित समय डुल्छ घुम्छ अनि समय सकिए पछि पोको पन्तेरो बोकेर आफ्नै वासस्थानमा फर्कन्छ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
687913
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com