Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 10, 2008 | Author : मालिकराम राई 'वियोगी'
Category : Story / कथा | Views : 960 | Rating :

  
मालिकराम राई 'वियोगी'

                                                       भाग १

          माधवको प्रथम लेख एउटा पत्रिकामा प्रकाशित भएँपछि उसका आफन्तहरूले उसलाई एउटा लेखक- उनीहरूको सोचाइमा त ऊ कथाकार) नै ठान्न थाले । एउटा कथा संग्रह निक्लेपछि त झन् ऊ ठूलै लेखक भयो, उनीहरूको नजरमा । अनि साथीहरूले, कसैले स्वयं आफ्नो, कसैले अरुको घटनामा आधारित कथा लेख्न उसलाई अनुरोध गर्न थाले । सबैलाई एउटै उत्तर दिने गर्थ्यो ऊ- "कथा भन्ने कुरो त्यसै लेखिदैन । जुनसुकै घटनाले पनि लेखकको अन्तरभावनालाई छोएको हुनुपर्छ, चाहे त्यो सानै घटना नै किन नहोस् । कुनै पनि घटनाप्रति लेखक मानसिकरुपमा प्रभावित हुनैपर्छ । अनि मात्र कुनै विधाको सिर्जना हुन्छ ।"

          यद्यपि दिलमानले उसलाई एक दिन भन्यो- "दाइ, मेरो जीवनको घटनाचाहिँ एकदम दुःखदायी छ जसलाई तपाईंले कथामा रुपान्तर गरिदिनै पर्छ । म कुनै दिन तपाईंलाई बताउँला ।" उसले हाँसि दियो । किनकि त्यस्ता घटना सबकोहीसँग हुन्छ । आफ्नो कथालाई सबैले दुःखदायी नै भन्ने गर्छन् । अर्थात ऊ दिलमानको कुरोप्रति त्यति संवेदनशील भएँन ।

           फेरि अर्को भेटघाटको क्रममा दिलमानले उसको विगत भन्न थाल्यो,- "दाइ, म र बहिनी हङकङमै जन्मेका हौं । बाबुले हामीलाई लिएर गाउँ निक्लनु भयो । छुट्टी सिध्याइ हङकङ आउनु भयो । त्यसपछि बाबु कहिल्यै घर र्फकनु भएँन । अर्को छुट्टीमा घर निक्लादा बाटोमै उहाँको असामयिक निधन भयो । तथापि बाबुले हाम्रो लागि भनेर गाउामा खेतीपाती निकै किन्नु भएँको थियो जुन सागोलमै -काकाहरूसँग) थियो । उहाँको विचार थियो, आफ्नो कमाइ पनि सबै भाइहरूलाई बराबर होस् । त्यसबेला घरको अवस्था नाजुक थियो जसलाई उहाँ सुधार्न चाहनु हुन्थ्यो । त्यसैले उहाँले आफ्नो दुई तीन छुट्टीको सम्पूर्ण कमाइ खेतीपाती किन्न र घर जिर्णोद्वारतिर लगाउनु भयो । बाबुको मृत्यु पश्चात काकाहरूमा लोभ, लालच र स्वार्थ बढ्यो । उहाँहरूले आमा, म र बहिनीलाई पाखा लाउन थाल्नु भयो । मानौं, हाम्रो त्यहाँ केही पनि छैन । उहाँहरू त्यहाँको सर्वेसर्वा हुनुभयो । मानौं, उहाँहरू स्वयंको त्यो कमाइ हो जसमा उहाँहरूको मात्र अधिकार छ । उहाँहरू बाबुको मृत्युको क्षतिपूर्ति र अन्तिम पाउादार पनि आमालाई थाहै नदिई अनेकौं तिकडम अपनाएर लिनुभयो, जुन कुरो गाउँले सबैलाई थाहा थियो । वास्तवमा हाम्रो बाबुको सम्पत्तिले उहाँहरूको गाउँमा बोलवाला भयो, एक माना खानसक्ने, धाक, रवाफ, अहम्, घमण्ड देखाउन सक्ने भयो । तर बाबुले त्यति धेरै सम्पत्ति कमाइ दिएर पनि उहाँको परिवार हामीले दुःख मात्र पायौं । हामी काकाकाकीका नोकर सरह भयौं । व्यवहार त नोकरकोभन्दा पनि निच थियो । बिहानको झिसमिसेदेखि रातको बाह्र बजेसम्म आमाले ढिकी-जाँतो, दाउरा-घाँस, मेलापात, खेताला-गोठाला गर्नु हुन्थ्यो, हामी उहाँलाई सघाउँथ्यौं । यति गरेर पनि आमाले कहिल्यै जस पाउनु भएँन, राम्रो लाउन-खान पाउनु भएँन । म र बहिनीलाई सबैले हेंला गर्थे । भाइबहिनीसहितले राम्रो व्यवहार गर्दैनथे । उनीहरू काकाकाकीलाई पोल लाउँथे जसले गर्दा हामीले खप्की खानु पर्थ्यो, अनाहकमा कुटाइ खानु पर्थ्यो । भाइबहिनी साधै स्कुल जान पाउँथे । तर मैले कहिलेकाहीं मात्र स्कुल जान पाउँथें, धेरैजसो घरकै काम गर्नु पर्थ्यो । कहिलेकाहीं स्कुल गएर पनि मैले एस.एल.सी. पास गर्न सकें । तर बहिनीले भने स्कुल नै देख्न पाइन ।"

"अनि तिमीहरूले विरोध गरेनौं ? आफ्नो अधिकारको निम्ति कसैलाई सहयोग मागेनौं ? यस्तो अन्याय-अत्याचार हुँदा गाउँले कसैले सहयोग गरेनन् ? सहोदर भाउजु, भतिजभतिजीलाई त्यस्तो अन्यायमा त नराख्नु पर्ने हो । मलाई त लाग्छ तिमीहरूमा मानसिक भ्रम भयो कि ? किनकि काम त जसले पनि गर्नैपर्छ, खानका लागि, बाँच्नका लागि ।" माधवले यो प्रशनहरू उसलाई तेर्स्यायो ।

          "त्यो दुर्गम गाउँमा जसले एक माना खान पुर्याउँछ, उसले गाउँमा छलकपट गर्ने, अन्याय-अत्याचार गर्ने गर्छ । उसैलाई सबैले मान्न थाल्छन् । हाम्रा काकाहरू पनि त्यस्तै भएँ । लोभ, लालचले घरमा अत्याचार गर्थे, गाउँमा अन्याय गर्थे । उनीहरू नै गाउँका सर्वेसर्वा भएँ, प्रधान-पञ्च भएँ, शोषक सामन्ती भएँ । उहाँहरूको सामन्ती व्यवहार झन् झन् बढ्दै गयो । उनीहरूकोसामु कसैले बोल्ने आँटै गर्दैनथे । गाउँलेहरू बरु उनीहरूकै छहारी लाग्थे, चाप्लुसी गर्थे । हामीले केही विरोध त गरेका हौं । तर हाम्रो विरोधलाई त्यतिकै दबाएर राखे । त्यसको बदलामा हामीले अरु सास्ती खानु पर्र्यो । हामी भ्रममा कदापि थिएनौं । सबकोही हामी अन्यायमा परेको स्वीकार्थे । तर कसैले सहयोग र केही गर्न सक्दैनथे । सम्पत्तिले मानिसलाई पापी बनाउँदो रहेछ । सम्पत्तिका कारण आफ्नो सन्तान, आफन्त केही नभन्दा रहेछन्, मानिसहरूले । मानवता, दया, माया र धर्म केही नसम्झिदा रहेछन् । सम्पत्ति र सत्ता एउटै हुँदोरहेछ । सत्ताका कारण सेना र मा��"वादीले मान्छे मारिरहेछन् । राजदरवारमा वीरेन्द्रको बंश नाश भयो । सम्पत्तिका कारण हाम्रा काकाजस्ता धेरै मानिसहरू आफ्नै दाजुभाइ र दाजुभाइका सन्तानलाई अन्याय-अत्याचार गरिरहेका छन् । मारिरहेका छन् । र पनि, हामी नेपाली चूप लागेर बसेका छौं ।"

          ऊ बोल्दा बोल्दै माधवले भन्यो,- "ठिकै भन्यौ भाइले । मानिसहरूको नैतिक-पतन दिनानुदिन भइरहेको छ । देशको व्यवस्था र हाम्रो विकृत मानसिकता झन् झन् बिग्रंदो छ । यसमा हामी सचेत र चेतनशील वर्गले सोच्नु पर्ने थियो । देशमा नयाँ व्यवस्था ल्याउनु संघर्षमा उत्रनु पर्ने थियो । तर हामी नेपाली विदेश लागिरहेका छौं । देशको स्थितिलाई भुलिरहेका छौं । अनि भाइ, कसरी हङकङ आयौ त ?"

          ऊ बोल्दै गयो,- "हङकङ जन्मिनेहरू धमाधम आउन थालेको खबर हामीले पनि सुन्यौं । जन्मदर्ता किन्न मानिसहरू हाम्रो गाउँसम्म आए । आमा र मैले यता आउने उपाय सोच्न थाल्यौं । उद्धार विचारका मानिसहरूसँग सल्लाह लियौं । जे गरे पनि गाउँबाट त आउन सक्ने स्थिति थिएन । त्यसैले घुम्न जाने बहानामा म मामाघर धरान झरें । मामा र आफन्तहरूको सहयोगले म हङकङ आउन सफल भएँ । एक पटक त काकाहरूले मलाई नपठाएर भाइलाई पठाउने प्रयास गर्दै थिए । तर परिस्थिति प्रतिकुल भइदियो ।"

          "भाइको कथाले अलि अलि मनलाई छाम्न खोज्दो रहेछ । केही कष्टकर जीवन भोग्दै आएछौ । अरु केही दुःख थपियो भने एउटा कथा बन्न सक्ला । तर यतिले चाहिँ पाठकको मन तान्न सक्दैन । अब केही भोग्दै जाउ ... ।" माधवले उसलाई यसै भन्यो । जीवनका दुःख, कष्ट के चाहेर आएका हुन् र ? अरू थपिन्छ नै भन्ने के निश्चित ? तर माधवले दिलमानलाई अरू थपिन्दै गयो भने उसको कथा लेखिदिउँला भन्यो । दुःख, कष्ट त कसैबाट दिइएको अन्याय, अत्याचार हो ।

          "तपाईंको निम्ति यो सामान्य लागे पनि मेरो लागि ठूलो घटना हो । यस्तो अन्याय-अत्याचार जुन आफ्नै घरमा भएँकोचाहिँ बिरलै पाइन्दो हो । लेखक साहित्यकारहरूको हृदय कोमल हुन्छ, उनीहरू सानै घटनाले भावुक बन्छन् भन्थे तर वाहियात रहेछ भन्ने कुरो तपाईंबाट प्रमाणित हुन्छ ।" उसको कमजोरीमा दिलमानले मज्जाले बजार्र्यो । क्रमश .................

 




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

    Links
Column / स्तम्भ

    Random Pick
चीरा चीरा पर्या छाती, चर्की दुख्छ कुनाकानी
बिरहमा लेख्या रैछौ, दैब मेरो जिन्दगानी
एकै पल शान्ति छैन,मन मुटु काम्छ सँधै
सुनाउ त सुनाउ काँ, पिरै पीरको काहानी
गोधुलीमा धूम्मलिन्छ,आशाहरु एकाएक
छट्पटिमा रात बित्दा, रुझ्छ मेरो सिरानी

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615765
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com