Advertisement |
|
|
|
Published : January 17, 2011 |
Author : प्रेम ओली
Category : Poetry / कविता | Views
: 919 | Unrated
|
|
|
हो आमा
तिम्रो मुहार फेर्छु भनी
एउटा कर्मठ पुत्र बनी
कसम पनि खाइयो,
गर्दै जादा
उल्टो उल्टो यहाँ पाईयो
चोर डाँका समाउदा
अनेक लाल्छना लाईयो,
के गर्ने आमा
यहाँ त
कि ढाट्नेले खाँदोरैछ
कि भाड्नेले खाँदोरैछ
आफु त सोझो परीयो
रातदिन मरेर गरियो
कुरो बुझ्दै जाँदा
भ्रष्टचारिलाई बढुवा
निष्टाचारी त भडुवा
घुसखोरिलाई तक्मा
कर्मठधारीलाई चक्मा
समय त उल्टो रहेछ
सोझाको अब दिन गएछ,
यहाँ त
तस्करलाई संरक्षण
लुटेरालाई आरक्षण छ
बुद्धि भन्दा धन ठुलो
कलम भन्दा घन ठुलो छ
यहाँ अब
कालो बजार मालामाल छ
सेतो बजारको अनिकाल छ,
गर्नेलाई छेकिन्छ
नगर्ने राम्रो देखिन्छ
सडक देखी सभासम्म
तिम्रा पान्डपहरू
अल्पमतमा परेकाछन्
कौरबहरूले यहाँ
गर्नुसम्म गरेकाछन्
बिदुर र भिष्म पनि
सकुनी मामाहरूले
खालमा घेरिएकाछन्
गान्धारीहरू पनि यहाँ
पहिले भन्दा फेरिएकाछन्,
सुनिन्छ
रामायनका रावनहरू पनि
तिम्रै देशको
महाभारततिर खेरिएकाछन् । |
|
|
Visitor's Comments ! |
|
|
|
Random Pick |
एउटा मध्यम वर्गीय मान्छेले खोज्ने जीवनको लागि न्यूनतम कुरा सायद दुई छाक खाना, एउटा कोठा, न्यानो ओछ्यान, प्यारो नीन्द्रा र मीठो सपना नै हो । तर गाँस, बास, कपास जस्ता आधारभूत तत्वहरू भित्रको यथार्थ असामान्य छ जीवनमा । त्यतिले मात्र पूरा हुँदैन मान्छेको जीवनचर्या । कोठा, ओछ्यान, नीन्द्रा र सपनाभित्र र बाहिरका अनेक अवयवहरूले मान्छे सोचे झै बाँच्न सक्दैन । गाँसमा ढुङ्गा लाग्छ, कोठाभित्र चिन्ताले बास गर्छ, ओछ्यानमा बिझाउने कुरा हुन्छन्, नीन्द्रा निश्चिन्त छैन र सपनाले उतिकै दुःख दिने गर्छ...... |
|
Statistics |
Total Articles |
670
|
Total Authors |
231
|
Total Views |
802799
|
Total Categories |
15
|
More
Links |
|
|