Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 28, 2010 | Author : शर्मिला खड्का (दाहाल)
Category : Review / समिक्षा | Views : 837 | Rating :

  
शर्मिला खड्का (दाहाल)

अबको नेपाली साहित्यको चर्चा गर्दा डायस्पोरिक साहित्यको चर्चा गरिएन भने त्यो अधुरो रहन जान्छ । डायस्पोरिक साहित्यमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले दिएको योगदानलाई विशेष महत्त्वपूर्णका साथ लिनुपर्दछ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म विभिन्न विधाका गरी दर्जनौ पुस्तक प्रकाशित गरिसकेको छ । नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा आदिकवि भानुभक्तलेझैं विस्तार र विकास गर्ने डायस्पोरिक साहित्यका महापुरुष नियात्राकार तथा कवि होमनाथ सुवेदीको योगदानलाई विशेष मान्नुपर्छ । डायस्पोरामा प्रकाशित पुस्तकहरूको प्रायजसोको भूमिका लेख्ने भूमिकाकार सुवेदीको विशेष भूमिका रहेको हालै प्रकाशित कवि तथा नियात्राकार केदार सुनवार 'संङ्केत'को 'एथेन्सको झरी' डायस्पोरिक नियात्रासङ्ग्रहमा उत्कृष्ट पुस्तक मान्न सकिन्छ ।

उनको पुस्तकमा डायस्पोराका आदिकवि नियात्राकार तथा कवि होमनाथ सुवेदीले लेखेका छन्-'डायस्पोरामा नेपाली आज झरपातको मोलमा बिकिरहेको छ यसो हुनु सरासर गलत हो र यसैमात्र भएको छैन बरु नौलो नेपाली डायस्पोराले मुक्तिको संघर्ष पनि लडिरहेको छ भन्ने कुरा केदार सुनवार 'संकेत' का यी शब् 'हामी झारपात बेनेछौं ले व्यञ्जित गरेको छ । त्यो पनि गोरु खाने भाषाभाषीले मात्र हैन, हामी नेपाली, आत्महीन नेपालीको मोलमा यस्तो नेपाली पहिचानको पतन भएको, दुःख लाग्दो कुरो यो नियात्राकारले औंल्याएको छ र डायास्पोरामा पहिले नेपाली स्वयमले आफनो् पहिचान के हो? हामी को र के हौं ? चिन्न पर्यो र अनि त्यसपछि अरूबाट भएको दमनको निषेध गर्दै डायास्पोरामा नेपाली पहिचानलाई दिगो र जीवन्त राख्न मुक्ति संघर्ष जारी राख्नुपर्यो भन्ने सन्देशको संकेत केदार संकेतले दिएका छन् । यसरी डायस्पोरामा आफ्नो बेग्लै पहिचान बनाउँने केदारप्रति उनको संकेत रहेको छ ।

त्यस्तैगरी अर्का वरिष्ठ भूमिका लेखक डा गोविन्दराज भट्टराई नियात्राकार केदार सुनुवार'संङ्केत' को नियात्रासङ्ग्रहलाई नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प 'एथेन्सको झरी' भनी उपनाम दिएका छन् ।

उनी भन्छन्- 'एथेन्सको झरी' ज्ञान, सूचना र कलाले भरिएको छ । बाहिर पुगी बसेका नेपाली डायस्पोरिक समुदायको जीवन झल्काउँछ, सम्पूर्ण बाहिरी चेतना र प्रगतिको नेपालसित तुलना छ,सर्वत्र राम्रोको कामना राखिएको । सङ्गीर्णताले कही नछोएको एक उदारमन स्रष्टा झुकेर बसेकेको छ आफ्नो जाति सम्झेर लेखकमा देखिएको पुस्तक प्रेम, विद्वानप्रतिको आदरभाव लाल रापचामा छ । ठाउँठाउँ पुरातात्विक महत्त्वका कुरामा ध्यान जान्छ, असल र नौला कुरामा ती कुरा देशले सिके कस्तो हुन्थ्यो । अन्यत्रको परिस्थितिले छोएको बेला उनको मन आफ्नोमा जान्छ यसरी हामी पनि दसवर्षे जन युद्धले उँधोगतितिर धकेलिदै छौं । झन् आज आएर देशले अर्कै विकराल युद्धतिर धकेलिँदै  गरेको एकिन गरिरहेछु म । लिंग, वर्ण र जातित्वलाई आधार बनाएर अगाडि बढ्नु निमूखा जनतालाई शिक्षामा उन्मुक्त गराउँनुभन्दा पनि बित्थाको रगत उम्लने भाषणले सोझा नेपाली जनताहरूको मनलाई  कुबाटोतर्फ डाइभर्ट गराउँनले फेरि एकचोटि मन दुख्न थालेको छ मेरो । के अब हामी मुश्लिम र हिन्दु बुद्धिस्ट र क्रिस्चियन अथवा जात र जातित्वलाई आधार मानेर लडाईँ लड्ने कि देश विकासको लागि एकजुट भएर अगाडि बढ्ने भावनात्मक शैली गुथ्ने ? यसरी उनी एथेन्सका झरीलाई पुष्प वर्षा गराउँछन् ।

हालै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित नियात्राकार केदार सुनवार 'संङ्केत' को नियात्रा 'एथेन्सको झरी' लाई नेपाली डायस्पोरिक नियात्रा लेखनको एउटा उत्कृष्ट कृति मान्नुपर्छ । विभिन्न नौवटा शीर्षकमा बाँडिएको यो नियात्राको प्रत्येक उपशीर्षकमा अन्य नियात्राकारहरूको पुस्तकका केही अंश उदधृत गरिएको छ । नियात्राकारले आफूले पढेको र रुचाइएका केही अंश सान्दर्भिक रूपले उल्लेख गरेका छन् । नियात्राकार ताना शर्माको 'बेलायततिर बरालिँदा'देखि लिएर पछिल्ला नियात्राकार दयाकृष्ण राईको 'सम्झनाको आलिंगनमा बाँधिएर'सम्मका अंशहरू  छन् । प्रवासमा बसेर पनि कलात्मकरूपले भाषालाई व्यक्त गर्नुसक्नु नियात्राकारको खुबी मान्नुपर्छ । भाषा सरल, मिठासिलो हुनाका साथसाथै काव्यात्मक झल्को पनि पाइन्छ । नेपालमा हुँदा नै स्नातक पढिसकेका उनी ब्रिटीश लाहुरे भई विभिन्न युद्धको मोर्चामा पनि भाषा साहित्यको परम भक्त मात्र नभई एउटा अथक साधक भएको परिचय उनले प्रत्येक नियात्रामा व्यक्त गरेका छन् । उनले यो नियात्राभन्दा अघि सीमाहीन विम्बहरू, आफै जलेको देश, ग्रिनविचका प्रतिध्वनिहरू संयुक्त कविता सङ्ग्रह प्रकाशित गरेर कविका रूपमा स्थापित भइसकेका छन् भने भविष्यमा सफल कथाकारको रूपमा पनि उनले अनुमतिको ढोका ढकढकाइसकेका छन् । उनको साधाना लेखनमा मात्र नभई साहित्य सम्पादनको रूपमा अनलाइन लिटचेसर्स् डक कम वेबपत्रिका सन्चालन गरेर दिइसकेका छन् ।

पाश्चात्य सभ्यता मात्र नभई विश्व नै आज ग्रीसको भाषा, साहित्य र सास्कृतिले रुझेको बेला उनी एथेन्स जाँदा झरीमा रुझ्दै ग्रीसको सभ्यतामा डुबेको अनुभूतिलाई  कलात्मक भाषामा 'एथेन्सको झरी'मा व्यक्त गरेका छन् । नियात्राको बीचबीचमा उनको कवि मन पोखिएको पाइन्छ । युद्धभूभिमा रहँदाको विभिन्न घटना, परिवेश तथा अनुभूतिहरूलाई भाषाको कलात्मकताको लेपन लगाई पाठकमाझ यति सुन्दर ढंगले पस्कनुसक्नु नियात्राकार केदार सुनवार 'सकेत'को विशेष प्रतिभा मान्नुपर्छ । आज ब्रिटिश आर्मीको हजारौं नेपाली माझ केदार 'संकेत' बेग्लै अस्तित्व र पहिचान बोकेर उभिएका छन् । छोटा वाक्य, भाषामा मिठास र भन्नुपर्ने कुरा ट्वाक्क भन्नु र आफूभित्रको रिस र आवेशलाई पनि त्यस्तै किसिमले व्यक्त गर्ने शक्ति उनमा पाइन्छ । उनी देशविदेश तथा लडाईको मैदान जहाँ पुगेपनि  आफ्नो देशको राष्ट्रियता र साहित्य प्रेममा छटपटिएको भावुक पाराले व्यक्त गरेको पाइन्छ । प्राकृतिक सौन्दर्यमा रमाउन चाहने केदार 'संकेत'मा मातृभाषा सुनवारजातको साहित्य र सास्कृतिमा पनि उत्तिकै आदरभाव राखेको कुरा यहाँ उल्लेख पाइन्छ । युद्धको भूभिमा जीवनले मृत्युलाई चुनौति दिएको समयको  अनुभुति सँगालिएको, विभिन्न रोमाञ्चक घटना र परिवेश बुनिएका यो नियात्रा सबै नियात्रा लेखकले एकपल्ट पढनैपर्ने पुस्तक हो ।यस नियात्रासङ्ग्रहका प्रत्येक नियात्राहरू बेग्लै परिवेश स्थान र समयमा गरिएको छ । पहिलो नियात्रामा पहाडतिर लाग्दा शीर्षकमा छ ।

यस नियात्रामा लेखक आफ्नो जन्मथलोप्रतिको माया, ममता, र प्राकृतिक सौन्दर्यमा लपक्कै भिजेको पाइन्छ । देशको भूबनावट र राजनैतिक अवस्थाको वर्णन गरेका छन् । त्यस्तै उनको 'बेलिज कतै घाम कतै छायाँ' रहेको छ । बेलिज भन्ने ठाउँमा ब्रिटीश आर्मीको जागिरे अवस्थामा जंगली सैन्य अभ्यास गर्न जाँदा उनले भोगेका रोमाञ्कारी क्षणहरू छन् । उनी एक ठाउँमा भन्छन् अब साँच्चै सिपाहीको कथा उसैले नै लेख्नेछ कालान्तरसम्म । युद्धका कथाहरू कुरुक्षेत्रमा पाइला नटेकेकाले केको आधारमा लेख्ने ? सुनेका भरमा ?अब दन्तकथाहरूमा विश्वास राखेर कथाहरू लेखिनु हुँदैन वास्तविकतालाई बाहिर नाधेर जानु बेश नठहरिला कि आजको यो संघारमा ? यो प्रश्न हामी सबैको थाप्लामा उम्रने, उम्रेको र उम्रिरहने प्रश्न हो । वास्तवमा हो यहि नेपालीहरूले बेलायत सरकारको तर्फबाट धेरै युद्ध लडिसकेका छन् । तर यसरी लेखिएको भए नेपाली साहित्य युद्ध विधामा कति धनी भइसक्थ्यो होला ? आज केदार सुनवार 'संकेत' यिनै कुरा लिएर पाठकको हृदय गहिरो स्थान पाउन प्रयासरत छन् । त्यसपछि 'इटालीका पहाडहरूसँगको' 'एथेन्सको झरी' छ । 'एथेन्सको झरी' यो पुस्तकको शीर्षक राखिएको नियात्रा हो । यो निकै शक्तिशाली नियात्रा हो । एथेन्सलाई धेरै नजिकबाट हेर्ने लेखकको धेरै समयअघि देखिको इच्छा यहाँ पुरा भएको छ । एथेन्स घुम्दाखेरिको रोमाञ्चकारी क्षणलाई यहाँ शब्दमा कलात्मक पाराले उनेका छन् । 'मजारासरिफदेखि टारखोपसम्म' पनि जागिरे अवस्थामा घुम्न गएको ठाउँको  रमाइलो वर्णन छ । 'औयुपी, सीयुपी र डा. लाल' यस नियात्रामा लेखकले बौद्धिकताप्रति दर्शाएका प्रेमभाव र आदरभाव रहेको छ । यस नियात्रामा डा. लाल श्याका रापचासँग अक्सफोर्ड विश्वविद्यालय घुम्न गएको वर्णन रहेको छ । त्यसपछि 'इराकका रातहरू', 'कर्नालको सेराफेरा', 'ग्रिनजोनदेखि ग्रिनविन क्याफेसम्म'यि तीनवटै नियात्राहरू विभिन्न स्थानको वर्णन गरिएका वर्णनात्मक नियात्रा हुन् । यसरी प्रत्येक नियात्रा आत्मपरक शैलीमा लेखिएको भाव र मीठो संयोजन भएको यात्रासंस्मरण हुन् । यस नियात्राको मुख्य विशेषता युद्धका रोमाञ्चकारी घटनालाई भाषाशैलीको मीठो व्यञ्जन बनाई पाठकको खुराक बनाउनु हो । खासगरी केदार सुनुवार 'संकेत' मा अन्य नियात्राकार भन्दा लेखन प्रस्तुति र शैलीमा बेग्लै किसिम विशेष नविनता देखिन्छ । उनको लेखन मध्येबाट म यी हरफहरूबाट अत्यन्त प्रभावित भएको छु -बसको गति हाइवेमा जति तीव्र थियो त्यति नै थियो मनमा उत्सुकतारूपी उष्णताको । सडकका बत्तीहरू बिहानीको सूर्यको प्रकाशबाट ओझलिंदै थिए । बायाँतिर देखिने पहाडको घुम्टो बादलले छोपेकाले माथिल्लो भाग देखनै सकिना । बाजाको समथर भागमा बालुवाको र उजाडपनले नियस्रिरएको मेरो मन पहाड देख्ने बित्तिकै सुस्तरी भरिन थाल्यो । गाउँमा छँदा घरकै आँगनबाट देखिने पूर्वतिरका हरिया पहाड, सल्ला र ठिरेको जंगलको थाप्लामा घुरेका लामेडाँडा र हिमाल गौरीशंकरको दर्शनमा टम्म रमाउँने मन विदेशमा कतै आजसम्म रमिएन ।

अन्त्यमा केही कुरा भन्नुपर्दा केदार सुनवार'संकेत', 'एथेन्सको झरी'मा रुझ्दारुझ्दै कतिपय ठाउँमा झरी छेक्न ओत लागेका हुन कि झैं उनको पोखिँदापोखिदै भाव अभिव्यक्ति रोकिएको हो कि जस्तो लाग्दछ । आगामी दिनमा उनको नियात्रामा आफू पनि झरीमा नडराई भिजेर भावकलाई पनि त्यही भावमा बगाएको बगायै बनाउँने छन् भन्ने विश्वासका साथ शुभकामना दिन चाहन्छु । यति हुँदाहुँदै पनि 'एथेन्सको झरी' रोमाञ्चक अनुभूतिले भरिएको, युद्ध मैदानको गोली र बारुदसँगै अनुभव बटुलेको, देशविदेशको नौलानौला दृश्यहरू सचित्र चित्रण गरिएको नौलो किसिमको कलात्मक अभिव्यक्तिले भरिएको एउटा उत्कृष्ट नियात्रा सङ्ग्रह हो ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
शहरमा हल्ला छ
अफिमयुद्द बाट जन्मिएको यो कंक्रिटको सहरमा हङग्रायोको भन्दा ठूलो
शहरमा हल्ला छ
कहिले बाबु-छोरी,कहिले सासु-ज्वाईको ईलु-इलु ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709106
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com