रेखा कविता १
तिमीपारि
मवारि
बीचमा
रे
खा।
तिमीलेचाहेकोभए
मैलेचाहेकोभए
रेखाकोरिनेथिएन।
हामीलेनकोरेकोरेखा
हाम्रोनिम्तिभयो।
कतिठूलोबद्नामभयो
हाम्रोनामको।
मयहीकुरासुनाउँदैछुतिमीलाईकि
सार्कीकान्छालेतिम्रोछोरी
कामीजेठीलेमेरोछोरासितप्रेमनगरेकोभए
रेखाकोदर्शनलेहाम्रोआँगनटेक्नेथिएन।
मयहीकुरासुनाउँदैछुतिमीलाईकि
देशभरिछरिएकोहाम्रोरगतलाईकसैलेनकुल्चिएकोभए
त्योपीड़ाकोमहिमालेछाती��"गट्नेथिएन।
हामीलेजमीनकोकुरागर्यों
माटोकोकुरागर्यो
मत्यहीकुरासुनाउँदैछुतिमीलाईकि
हामीलेखनेकोबाटोमाटेक्नकसैलेनदिएकोभए
तिम्रोबाबुरमेरोआमाकोचिहानकोअर्थले
कविताकोविम्बरोज्नेथिएन।
मत्यहीकुरासुनाउँदैछुतिमीलाईकि
बीचमायोरेखानभएकोभए
मैलेतिमीलाईसम्बोधनगर्नपाउनेथिइनॅं।
हेर
कतिरेखाहरूछन्
जोसर्पजस्तोपसेकोछज्ञानमा।
हरेकस्वप्नदंशले
चुनौतिकोअण्डापारिरहेकोछ।
नफुटाउनेत्यसलाई?
तिम्रोमेरोनामलाईपुरेरबसेकाकिरिङमिरिङले
हाम्रा हरेकअधिकारलाईकसेकोछरलडाएरराखेकोछ
हाम्रै चिसोचेतनाकोसंघारमा।
जुनसंघारमा
तिम्रोकथालाईकॉंटीठोकेरलड़ाएकोछ
त्योमेरोघरहो।
हाम्रोघरहो।
मयहीकुरासुनाउँदैछुतिमीलाईकि
बीचकोरेखा
तोड़िए
तिमीघरआउनसक्छौ
मघरपुग्नसक्छु।
घरमानैपुगेरहेरौं
हाम्रोनाममाथिउभिनेबदमासरेखाकोआयुकतिछ।
मयहीकुरासुनाउँदैछुतिमीलाईकि
बीचकोरेखाले
दुनियॉंलाईसुनाइसकेकोछ
हाम्रोकमजोरी।
केआउनेतिमीरेखातोड़्नु?
मतिमीलाईनैपर्खिरहेकोछु।
रेखा कविता २
रेखार्थ
मनोज वोगटी
रेखा नाघेपछि
खाड़ल आउँछ
त्यसपछि पर्खाल अनि त्यसपछि भीर।
तिमी भन
पतनको अनुहार कसरी चिन्छौ?
तिम्रो आत्मपतन
तिम्रै चेतनाको रेखा मात्र हो।
तिमी र मबीच उब्रिएको खालीठाउँ खनेर
जुन रेखा बनिन्छ
यसैलाई सम्भावना मानौं
जहॉं हामीले हराएको अर्थले टेक्छ
पहिलो कलिलो पाइला।
कति नै पो क्रुर हुन सक्छ र चेतना
आगो भेटेपछि खुम्चिनुपर्छ
पग्लिनुपर्छ
र झर्नुपर्छ शुरूको कॉंचो थोपा भएर प्रकृतिमा।
मान्छेभन्दा ठूलो दुश्मनी होइन
मान्छेभन्दा ठूलो युद्ध होइन
मान्छेभन्दा ठूलो स्वार्थ होइन।
मान्छे नहुनु
केही हुनेथिएन।
समस्या
चिन्न नसक्नु मात्र हो
देख्न नसक्नुमात्र हो।
यो दोष नहुनु
अशान्ति हुनेथिएन।
जीवनमा अनेकौं रेखाहरू छन्।
तिमी भन
तिम्रो आफन्त कसरी चिन्छौ?
तिम्रो दुश्मन
तिम्रै दर्शनको लुकेको छाया मात्र हो।
तिमीलाई बेह्रेर बस्ने अनेकौं रेखाहरूसित
आ-आफ्नै कर्तव्यहरू छन्।
तिनीहरूको एउटै कर्तव्य पनि
तिमीलाई जीवनदेखि तल झार्न पर्याप्त हुनसक्छ।
तिमी भन
सॉंचो रेखा कसरी चिन्छौ?
तिम्रो भ्रम
तिमीले टेकेको जमीन मात्र हो।
सबैसित रेखाहरू छन्
तिमीसित के छ?
तिम्रो पनि रेखा हुनुपर्छ।
पर्दैन त? |