आरू बखडाको बोट जिन्दगी भएर उभिँदा
हावाका झोंकाहरूले ढलफल पारी दिन्छन्
वैंसमा सेताम्मे फूलेका फूलहरू
भमराहरूले खोर्सन नभ्याउँदै
धर्तीमा हिउँ झैं बिलाई दिन्छन्,
गन्तव्य ठम्याउन नभ्याउँदै
शिशिरको कठ्यांरीने तुषारोले
चिचिलाहरू बर्वरता पूर्वक झारी दिन्छन्
पूर्वमा हिन्दू र बौद्ध
मा��"जम् र दलाईहरू
खै कुन हुन् ?
सगरमाथाको फेदीमा ��"र्लिसक्दा
गृह युद्धले क्षद-बिक्षद
निर्दोष निमुखालाई दबाउने तम्तैयारीमा छन्,
विडम्बना ! देश पिडामा छटपटाएको बेला
आरू बखडा ठिंरिङ्ग सुकेको रुख झैं
मृत्युघण्टालाई कुरेर बसेको हुन्छ
हिमशिखर वाफमा परिणत भै
बादल वर्षा झरी रहेको हुन्छ
ती निर्दोषीहरूको आँखामा,
मध्य पूर्वी जुडाई, ईसाई र अल्लाहरू
राम वनबास गए पछि सीता हडप्ने दाउमा छन्
आफ्नै भूमिको सरणार्थी आराफतहरू
कतै पश्चिमामुखिहरूको चपेटाईमा
ईमान्दारीहरू धितो राख्दैछन्
सुकी सकेको आरू बखडाको बोट झै । |