Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 20, 2010 | Author : दिल पालुङ्वा "नेपाल कुश्शा
Category : Review / समिक्षा | Views : 856 | Unrated

  
दिल पालुङ्वा "नेपाल कुश्शा

      हङकङमा गीता पालुङवा "ईक्शा"लाई परिचय गराईहाल्नुपर्ने आवश्यकता छैन । नेपाल लिम्बुवानमा पनि गीता पालुङवाको चर्चा उतिकैछ । यद्यपी गीताको छोटो परिचय प्रस्तुत गर्न चाहान्छु । ताप्लेजुङ बजारसँगै जोडिएको दोखु गाँउकी गीता प्राविको चर्चित शिक्षक स्व.तुलसी पालुङवाकि एक्ली छोरी हुन् । उनी पनि स्थानीय स्तरका कलाकार थिए । गीताको एकजना भाई छन् । गीता ताप्लेजुङ बजारको भानु स्कुलबाट एसएलसी दिएर १६ वर्षको कलिलै उमेरमा हङकङ प्रवेश गरेकी थिईन् । उनलाई हङकङ आएतापनि यहाँको आधुनिकताले छोएन । छोटो प्रक तथा छोटो हापेनले लोभ्याएन । डिस्कोले मन तानेन । बरु आफ्नै जातिय भाषा, पहिरन प्यारो लाग्यो । संस्कार सँस्कृतिको मोह रह्यो । त्यसैले उनले गुन्यू चोली सारी लगाईन् । गहनामा सिरबन्दी, कण्ठ, सुनको फूल लगाईन् । उनले गीत कविताबाट जनजातिय आवाजहरू उठाईन् । उनी जनजातिय संगठनहरूमा रहेर जानजातिय कुराहरूलाई उजागर गर्ने व्यक्तित्व पनि हुन् । उनी सम्पादक तथा पत्रकार पनि हुन् । गीता पहिले कवयत्रि हुन् । त्यसपछि गीतकार । उनी उद्घोषिका पनि हुन् । उनले अन्य २ वटा नेपाली गीती भिसिडिहरू पनि यस अगाडिनै निकालीसकेकी थिईन् । हङकङमा यीनै विषयहरूमा स्थापित गीता अहिले आएर मोडल पनि भएकि छिन् । उनी राम्रो डान्सर पनि हुन् । त्यस्तै गीत प्रस्तुत कर्ता भएकिछिन् ।

  यसरी गीत संगीतमा रमाउँने गीता पालुङवाले भर्खरै लिम्बु भिसिडी तथा त्यसको म्यूजिक भिडियो "हाङनेईल्ले" बजारमा ल्यएकी छिन् । जुन हेरेर लिम्बु म्यूजिक भिडियो, कलाकारहरूको स्तर पनि गहकिलो भएको महसुस भएको छ । कलाकारहरूको अभिनय खारिएको छ । विशेष गरेर गीता पालुङवा मोडल र हेमराज अङछङवो मोडलको भूमिका प्रसंसनीय छ । हङकङका याक्थुङ सामाजिक कार्यकर्ताहरू यी दुवैले लिम्बुहरूको बारेमा गरेको कार्य सह्रानीय मान्नुपर्दछ । यसमा अभिनित अन्य कलाकारहरूको अभिनयमा पनि शंका गर्ने ठाँउ छैन ।

     लिम्बुवानको पवित्र तथा रमणीयस्थल मेन्छ्यायेम गुफा पोखरी क्षेत्र (तेरथुम संखुवासभा), ताप्लेजुङ चांगेको गोर्जा तथा चांगे गाँउ तथा फक्ताङलुङ(कुम्भकर्ण) क्षेत्रको सम्पूर्ण दृश्यहरू समेटेर खिचिएको छ । ताप्लेजुङको रमणीय स्थल सुकेटार र त्यहाँबाट समेटिएर खिचिएका पाथीभरा, फकताङलुङ तथा वरिपरिको हिमाली पहाडि दृश्य लगायत ताप्लेजुङ बजार, भानु स्कूल, दोखु गाँउ लगायत ताप्लेजुङको अन्य क्षेत्रहरू तमर र अन्य नदीहरूको कलकल बगाईहरू तथा पाँचथर क्षेत्रका विविध स्थानहरू समेटिएको उक्त म्यूजिक भिडियोले लिम्बु र लिम्बुवानको सुवास भरमग्दुर बोकेको पाईन्छ । यी रमणीय दृश्यहरूको रसास्वादन गर्न पाउने जो कोही पनि मन्त्रमुग्ध नभईरहन सक्दैनन् । फिल्मी निर्माण क्षेत्रमा लाग्नेहरूले अवश्य आगामी दिनहरूमा यी क्षेत्रहरूलाई समेट्ने देखिन्छ ।

     यासेली योङयाङको हाक्पारे ख्याली तथा खारिएको अभिनय, हेमराज लिम्बु र साबित्रा ईङनामको धान नचाईले साँच्चै याक्थुङ समाजको जीवन्त अनुभूति गराउँदछ । गीता पालुङवाको पढाई, शिक्षिका र स्वास्थ्य कर्मीले पेशागत कुराहरूलाई उजागर गरेको पाईन्छ । यसले लिम्बु सांगितिक विकासलाई आधुनिकतातिर मोडेको पाईन्छ । यो एल्बमको अभिनय हेरेर गीता पालुङवाको मोडलिङ क्षेत्र तथा अभिनय क्षमता स्थापित भएको छ । उनी लिम्बु भिडियो म्यूजिक क्षेत्रको अभिनय क्षेत्रकि चर्चित मोडल भएकी छिन् । यसमा समेटिएका अन्य गीतहरूले पनि माया पिरती तथा रोमाञ्चकतालाई उजागर गरेको पाईन्छ ।

    गीतकार, मोडल तथा एल्बम प्रस्तुतकर्ता गीता पालुङवाको आंटिलो प्रयासलाई प्रसंशा गर्नैपर्दछ । उनी लिम्बु महिलाहरूमा पहिलो भिडियो निर्माणकर्ता हुन् । उनी जुझारु युवती हुन् । उनको यस्तै कार्यक्षमता देखेर पहिलेनै किरात याक्थङ चुम्लुङ हङकङले प्रसंशा पत्र प्रदान गरेको थियो । उनबाट लिम्बु समाजले धेरै आश गर्ने ठाउँहरू छन् भने उनको कार्यहरूलाई पछ्याउनुपर्ने पनि हुन्छ । आगामी दिनहरूमा पनि उनबाट यस्तै अति राम्रा गीतहरू तथा भिडियो म्युजिकहरू आउन सकुन् ।

     यस हाङनेईल्लेमा अभिनय गर्ने अन्य कलाकारहरूमा सिर्जना पन्धाक, उपासना नेम्बाङ, साहारा सेर्मा, अर्जुन मादेन, सविन तुम्बाहाम्फे, सुरेश नेयोङ छन् भने गायक गायिकामा मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, सरिता अङछङबो, दिपक लिम्बु, यासेली योङयाङ, सुसन साम्सोहाङ रहेका छने । निेर्देशक रवि सेर्मा, सागर सुब्बा, छायाङकन बाबु श्रेष्ठ, उत्पादक तथा वितरक ईना क्यासेट सेन्टर रहेको यो सातवटा गीत समेटिएको भिडियो म्यूजिकको निर्मात्री आलमाया आङवुहाङ-पालुङवा)को रहेको छ ।

    सेवारो ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
समुद्रछेउ साइवरपोर्टको रात तिमीलाई
यौवनयुक्त वैशालु ओठको मात तिमीलाई
स्वर्गको एक टुक्र फूलैफूलको बगैचामा
सुकुमारी जवानीको सौगात तिमीलाई

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
615011
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com