Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 14, 2010 | Author : सुरेश सुब्बा
Category : Review / समिक्षा | Views : 985 | Rating :

  
सुरेश सुब्बा

     भनिन्छ फलाम तातिएको बेला त्यसलाई ठिक आकार दिन ठिक समयमा घन चलाउनु पर्दछ । हो त्यस्तै दिल बहादुर पालुङवा नेपाल कुश्शाद्वारा लिखित "लिम्बुवान राज्यको साक्षिप्त इतिहास र पुनः स्थापना" पुस्तक सही समयमा लेखिएको एउटा दस्तावेज हो ।

     लिम्बुवान पुनः स्थापनाका लागि भनौं वा लिम्बुवान राजनीतीमा होमीएका राजनितीकर्मी (राजनितीशास्त्रमा स्नातकोत्तर, अर्थशास्त्र र अंग्रेजी साहित्यमा स्नातक गरेका) साहित्यकार, इतिहासकार तथा लेखक दिल बहादुर पालुङवाले उपन्यासहरू त्यान्द्रो, छोटो फ्रक र किरात लाजे लिम्बुवान सामान्य ज्ञान लगायतका कृतिहरू प्रकाशीत गरीसक्नु भएको छ । ति अघिल्ला पुस्तकहरूमा भन्दा यसमा उहाँले धेरै खोज सोध तथा अनुसन्धान र मेहेनत गर्नु भएको छ । यस पुस्तकलाई लेखकले तीन खण्डमा बिभाजन गर्नुभएको छ । खण्ड क मा- लिम्बुवानको इतिहास, सिमाक्षेत्र, लिम्बुवानका राजाहरू, व्यक्ति वयक्तित्वहरू, र ऐतिहासिक स्थलहरू समावेस गरीएको छ । खण्ड ख मा- लिम्बुवान राज्यको पुनः स्थापना सम्बन्धि आफ्नो अमूल्य बिचारहरू, लिम्बुवान स्वायत्त अधिकार पुनः स्थापित हुनुपर्छ भन्ने तर्कहरू र लिम्बुवानमा स्थापित गर्न सकिने पक्षहरू अघि सारिएको छ । त्यस्तै खण्ड ग मा- लिम्बु जातीहरूको आकृति, स्वभाव र बिशेषताहरू, भेषभुषाहरू, चार्डपर्वहरू र लालमोहरहरू लगायत विभिन्न सामाग्रीहरू राखीएको छ । समग्रमा उहाँले छैटौ शताब्दी देखि एक्काईशौं शताब्दिसम्मको लिम्बुवानको अवस्थिती समेट्नु भएको छ । पुस्तकमा यिनै लिम्बुवानको ऐतिहासिक बिशेषताहरू, ऐतिहासिक स्थलहरू, धर्म सँस्कार र सास्कृतीहरू, ऐतिहासिक अन्दोलन र घटनाहरू, लिम्बुवानको राजाहरू, योद्धाहरू सहिदहरू र बिर पूर्खाहरूलाई प्रमाणको रुपमा पेस गर्दै लिम्बुवानको ��"चित्य अनि महत्वमाथि प्रकाश पार्नुभएको छ ।

     जसले लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाको कुरा उठाउँदा लिम्बुवानमा लिम्बुजातिहरूको जनसंख्या खोज्नेहरूलाई जवाफ दिएको छ । जसले कथित नेपाल एकिकरणको समय देखि दशबर्षे जनआन्दोलनसम्म आईपुग्दा लिम्बुवानका लागि लिम्बुवानी जनताहरूले विभिन्न समयहरूमा गरेको आन्दोलनहरू, सघर्षहरू, उनिहरूले निभाएका भूमिकाहरू र आवाजहरू नसुन्ने, नबुझ्ने वा सुनेर, बुझेर पनि बुझ पचाउनेहरूलाई जवाफ दिएको छ ।

     अनि हाल लिम्बुवान स्वायत्त राज्य पुनः स्थापनाका लागि सघर्षरत सम्पूर्ण लिम्बुवानबादी नेता, कार्यकर्ता र लिम्बुवानबासी जनताहरूका लागि यो पुस्तक एउटा दरिलो प्रमाण बनेको छ ।

     लिम्बु र लिम्बुवानको बारेमा पुस्तक भन्छ, लिम्बु पूर्खाहरूले प्राचीनकाल  छैटौं शताब्दिदेखि इसापूर्व पाँचहजार बर्षसम्म विभिन्न काल खण्डमा किरात राज्यको रुपमा बिशाल क्षेत्रमा राज्य गरेका थिए । यहि जातीको एक शाखा कालान्तरमा लिम्बु भएर निस्कियो । उनिहरूले राज्य गरेको तथा बसोबास कायम गरेको भुःभाग लिम्बुवान भयो । त्यस्तै-छैटौ शताब्दीतीर लिम्बुवान क्षेत्रमा आठ राजाहरूले राज्य गर्दथे । तर उनिहरूले जनताहरूलाई बढी अन्याय गर्न थाले । जनताले अन्याय महसुस गरी क्रान्ती छेड्ने भए । धनुकाँडद्वारा युद्धको आह्वान गरी आठ राजाहरू बिरुद्ध लड्दा लड्दै जनताको बिजय भयो । त्यसपछि उनिहरूको चुम्लुङ्ग बसी धनुकाँडले जितेको त्यो भूमिलाई लिम्बुवान नामाकरण गरे । र धनुधारी उनिहरूलाई लिम्बु घोषित गरे । उनिहरूले जितेको भुःभागलाई दश थुम (संघ) मा बिभाजित गरि साघीय अवधारणामा राज्य साचालन गरे । पछि सात उपथुमहरू छुट्याईयो भनि उल्लेख गरीएको छ । यसलाई लिम्बुवानमा हालसम्म जुनसुकै ठाँउहरूमा प्रयोग हुँदै आएको सत्र थुम दश लिम्बुवान भन्ने वाक्यांसले समेत पुष्टी गर्दछ ।

     यसैगरि गोर्खाका राजा पृथ्वी नारायण शाहले लिम्बुवानसँगको लडाईमा सत्र पटक भन्दा बढि हारखानु परेपछि लिम्बुवानको केन्द्रीय राजधानी बिजयपुरमा १८३१ साउन २२ गते गरीएको द्विपक्षीय सम्झौता पत्र (तसल्ली लालमोहर) लगायतका कागजी प्रमाणहरूले यस पुस्तकलाई अझ गहकिलो बनाएको छ ।

     पुस्तकमा भनिएको छ । यसरी १८३१ भन्दा अघि स्वतन्त्र तथा १८३१ पछि स्वायत्त राज्यको रुपमा रहेको लिम्बुवान राज्यलाई केन्द्रीय सरकारले गिद्धे नजर लगाउन छाडेन । अनेकौं बाहानामा एकपछि अर्को गर्दै लिम्बुवानको अधिकारहरू खोसिदै लगियो । सर्बप्रथम त लिम्बुवानमा लिम्बुहरूलाई भूमिको अधिकारबाट अलग गराउन १९६३ तिर लिम्बुवानमा नापी गर्ने कार्य भयो ।

     त्यस्तै लिम्बुवानलाई दबाउन लिम्बुवानको धनकुटा, ईलाम, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका ठाँउहरूमा केन्द्र सरकारले अड्डा अदालतहरू राख्न तयारी सुरु गर्यो । यसै शिलशिलामा १९५२ मा ताप्लेजुङ्गमा अमिनी अड्डा राख्ने सवालमा लिम्बुवानी जनताहरूबाट ब्यापक बिरोध गरीएको थियो । यहि बिरोध कार्यमा सहभागी आठराई हाङ्गपाङ्गका लिम्बुवानबादी होनहार व्यक्ती बाजहाङ्ग आङ्गबुहाङ्ग लिम्बुको हत्या गरीएको थियो । यसरी लिम्बुवानमा केन्द्रीय सरकारले हत्याहिंसा सँगसँगै आफ्नो र गैर लिम्बुहरूको बाक्लो उपस्थिति सहित बस्ती बसाल्न थालियो । सरकारको यस्तो कार्यप्रति लिम्बुवानी जनताहरूले १८३१ को सम्झौता उलङ्गघन नगरियोस् भनि विभिन्न समयहरूमा विभिन्न खालको बिरोध पत्रहरू, मागपत्रहरू र आन्दोलनहरू गरिएको थियो ।

     समयको गतीसँगै केन्द्र सरकार र लिम्बुवान बिच यो क्रम जारी रहँदा २००७ सालमा काङ्गग्रेसले राणा शासन बिरुद्ध शसत्र क्रान्ती सुरु गर्यो । सरकारसँग रुष्ट लिम्बुवानका लिम्बुहरूले तत्कालिन काङ्ग्रेस पार्टीमा आवद्ध भई क्रान्तिबाट नै १८३१ को सम्झौता अनुसार लिम्बुवान पुन स्थापना कठोर निणर्य गर्दै, जी बी याक्थुङ्गबा, बी बी चेम्जोङ्ग लगायतको अगुवाईमा लिम्बुवान सशत्र आन्दोलनमा होमीयो फलस्वरुप क्रान्ती सफलताकै क्रममा लिम्बुवान क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर जी बी याक्थुङ्गबाको नेत्तृत्वमा राणाहरूलाई खेदाई धनकुटामा ललित बाहादुर तुम्बाहाङ्गफे प्रमुख रहेको लिम्बुवान प्रान्तीय सरकार गठन गरीएको थियो । उक्त सरकारमा - प्रेम बाहादुर माबोहाङ्ग- गृहमन्त्री, कप्तान कमान सिा लिम्बु- रक्षामन्त्री, चन्द्रमान कन्दङ्गवा- वन मन्त्री, सेर बहादुर लिम्बु- स्थानीय विकास मन्त्री, स्व काजीमान कन्दङ्गवा- शिक्षा मन्त्री, र स्व गुञ्जमान आङ्गबुहाङ्ग- स्वास्थ्य मन्त्री रहेका थिए । तर क्रान्ती सफलता सँगै काङ्गग्रेसले उक्त प्रान्तीय सरकार बिगठन गरि लिम्बुवान र लिम्बुवानी जनताहरूलाई धोका दिएका थिए ।

     लेखकले यसरी २००७ सालमा लिम्बुवान र लिम्बुहरूमाथी गरेको षडयन्त्र अर्थात आफ्नो स्वार्थको लागि लिम्बुहरूलाई प्रयोग गरेको कुराहरूलाई स्मरण गर्दै गराउँदै, आज देश साघीय लोकतान्त्रीक गणतन्त्रको सँस्थागत बिकासका लागि अघि बढीसकेको अवस्थामा समेत संघियतामा जँदा देश टुक्रीन्छ भन्ने काङ्ग्रेस पार्टीको बिगत र वर्तमानको उसको राजनीतीक पृष्ठभूमिलाई केलाउँदै काङ्ग्रेस लिम्बुवानका लागि मात्र नभई सम्पूर्ण साघियबादी पार्टी र जनताहरूका लागि धोकेबाज भनिएको छ । 

     त्यस्तै १० बर्ष लामो जनयुद्ध लडेको माओबादीले जनयुद्धको बेला साघात्मक शासन ब्यावस्थाको वकालत गर्दै, आत्मानिर्णयको अधिकार सहित जातीय राज्यहरू, क्षेत्रीय राज्यहरू, अनि जातीय मुक्तीका कुराहरू, लिङ्गीय मुक्तिका कुराहरू, बर्गीय मुक्तिका कुराहरू लगायत सवैखाले मुक्तिका कुराहरूलाई महत्वका साथ अघि सार्यो । त्यसर्थ सम्पूर्ण मुक्ति चाहने नेपालीहरूले माओबादीलाई साथ दिएको जीउदो इतिहास छँदाछदै, आज ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्यको पुन स्थापना हुनुपर्छ भन्दा भन्दै लिम्बुवानी जनताको चाहना बिपरीत झापा मोरङ्ग र सुनसरीलाई टुक्राएर कुनै इतिहासमा नभएको कोचिला राज्यको अवधारणा ल्याउनु र लिम्बुवानलाई ५ जील्लामा खुम्चाउन खोज्नु लिम्बुवानी जनताका लागि अन्याय र सरासर गलत भएको कुरा यो पुस्तकमा स्पस्ट लेखिएको छ ।

     पुस्तकमा धेरै ठाँउहरूमा सत्यको नजीक रहेर लिम्बुवानको सिमानाको कुरा उठाईएको छ । जहाँ अलग अलग समयमा अलग अलग सिमाहरूको चर्चा गरीएपनि हालको सिमाना- पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/साखुवा खोला, अरुण हुँदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत पर्दछ भनिएको छ । त्यस्तै जनसाख्याको सवालमा पनि विभिन्न काल खण्डको इतिहासहरू, रितिथितिहरू, धर्म सँस्कार र सास्कृतीहरू अनि विभिन्न थरीका लिम्बुहरूको वंशावली लगायत धेरै धेरै प्रमाणहरू पेस गर्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान राज्यको पुन स्थापना हुनुपर्छ भनिएको छ । यसैगरी चाहे त्यो उनिहरूको (लिम्बुहरूको) मुलुकमा एक जना मात्र लिम्बु हुन् या नहुन् इतिहास इतिहास हो यसलाई कसैले मोड्ने चेष्टा गर्नुहुँदैन र मोडींदैन पनि । त्यसर्थ यहि ईतिहासको खुड्किलो टेक्दै ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान पुन स्थापना हुनुपर्छ भन्ने जस्ता तर्कसंगत बिचारहरू अघि सारीएको छ ।

      अन्त्यमा, नामेन्द्रसीं आङ्गबुहाङ्ग लिम्बु प्रकाशक रहेको यो पुस्तको मुल्य ने रु १०० हङकङ डलर १० र युके पाउण्ड २ राखीएको छ । पुस्तक सानो भएपनि यसमा समेटीएका लिम्बुवान सम्बन्धि अनेकौं सामाग्रीहरूले यसलाई निकै महत्वपूर्ण बनाएको छ । पुस्तकले लिम्बुवान पुन स्थापनाको कुरा लिम्बुहरूमा अञ्जान जन्मिएको भावना या रहर होईन भनि प्रमाणीत गर्दछ । अनि लिम्बुवान स्वायत्त राज्य पुन स्थापनाका लागि संघर्षरत लिम्बुवानबादी पार्टी र संगठनहरूलाई महत्वपूर्ण सहयोग पुर्याउने कुरामा दुईमत छैन् ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Review / समिक्षा category

"बलिहाङतङनाम मेरो मानसपटलमा" मेरो विश्लेषण
जानु "काली"को जीवन भोगाईको "अनुभव"
बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
गायक भिषण मुकारुङको
हत्केलाको आगो ताप्दा
स्व. लोकेश बोगटीको गीति एलबम
क्यानभासमा कोरिएका कथाहरु
गुत्थी सुल्झीन्छ की भयवादको ?
अधिकार र नश्लीयताको जिकिरः सङ्गीनको मूर्च्छना
कविता कृति “कुण्ठित मनका चित्कारहरू” एक बिचार
कस्तुरी झैं नयाँघरे
नारी चेतनाले सृजित युद्धको सपाट रुप
“अन्तरमनको चित्र” हङकङको प्रथम गजल संग्रह
कवि आठराईलीको 'कोसेली परदेशबाट'मा स्थानीयताको प्रयोग
प्रतिसमालोचना सिद्धान्तमा पात्रहरूसँग एक साँझ
'अन्तर्मनको चित्र'मा समालोचना र आलोचना दुबै
'यात्रास्पर्श' पाठकीय अनुभूती
जुनी जुनी गुन्जिरहने अन्तर्मनका तरङ्गहरू

    Links
Column / स्तम्भ

    Random Pick
केही घण्टापछि, 'झमक्क' साँझ नपर्दै क्षितिजमा बाँकि रहेको सिन्दूरे लाली नहराउँदै समीर किट्टीसँग, एउटा लामो तर साँगुरो डुंगामा बैंककको प्रसिद्ध लावर मार्केट'मा सुस्तसँग वहादै थियो । लहरका लहर, फूलैफूल बेच्न राखेका डुङ्गाहरू खियाउँदै आउनेहरूमाझ, मुस्कुराइरहेको थुप्रो अनुहारहरूबीच, शान्तसँग, सगर्व, किट्टीसँगको साथ हुँदा मनभरि-भरि कविता भएको थियो । ......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709125
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com