Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 12, 2010 | Author : बज्र कुमार राई
Category : Poetry / कविता | Views : 917 | Rating :

  
बज्र कुमार राई

घाम झुल्किएर

रगतको दहसम्म आइपुग्दा

तातो बालुवाले छोप्छु भनेर

समयको किरण

केही जवान भाले-पोथीहरूले

प्रेमको सुकोमल स्पर्समा

संसर्गको स्वर्गादीत अनुभूति साटे।

 

एक्कासी अनर्थको परिबर्तन आयो-

आँधिहुरी भएर

,उडाई लग्यो-

भूमरीभित्र

कता हो कता

ति समर्पणका जम्मै सपनाहरू

कसैले देख्न पाएनन्

स्खलित ज्वालामुखीको सकुशल जन्म।

 

प्रश्न र वादविवादहरू

एकोहोरो घोरीए

असिमित तर्कबितर्कमा

जन्माधिकारको पक्ष \विपक्षमा

बारम्बार र बारम्बार।

 

यसैबेला,

एक हुल रुष्ट अनुयायीहरू

निर्णायार्थ उठे \ जुटे

फलत; मात्रित्वधिकार हार्यो

, दबाइयो

स्नेह्को बलिदान।

 

त्यही भ्रुण

त्यही दिनबाट

त्यो पापिष्ट

स्म्रुतिबाट

नितान्त एक्लो भयो

रोयो \ करायो  

चिच्यायो \ धिकार्यो

थुक्यो \ सराप्यो

माटोमा निधार रगाड्यो

, भन्यो-

"म रगत जस्तै रातो हुँ

म प्रेम जस्तै सत्य हुँ

म यौन जस्तै चाहनामुखि हुँ सदासदा।"

 

एकदिन

त्यही भ्रुण

मन्दिरबाट

श्रीराम भएर आयो

गुम्बाबाट बुद्ध भएर आयो

चर्चबाट यशु भएर आयो

मस्जीतबाट अल्लाह भएर आयो

युद्धभन्दा

सीमाना र र भूगोलभन्दा

फरक भएर आयो

हिउँ,आगो,पानी र हावाभन्दा पनि फरक

बेरंग,बेरुप भएर आयो

,शुरुवात गर्यो-

मान्छेको जीवनभित्र पसेर

मान्छेको श्वाशप्रश्वाश रोक्न।
 
- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा
   कविता अभियान ! ! आमन्त्रित कलमबाट ।



1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Poetry / कविता category

परिवर्तन
पहाडको फेदीमा
जानी दुश्मन
श्रद्धाञ्जली चढाएँ
अस्तित्वको लडाई
अवसरको खेती ‘चुनाउ’
प्रकृति हो नारी
समसामयिक कवि
मानक सपना
हरित सुन्दरी
म एउटा कलम हुँ
पर्देशिको जीवन
यो गोर्खे
स्वतन्त्रताको पराकाष्ठ
फर्की आउ परदेशी
ह्याप्पी होली
मिडिया गेटकिपिङ
कविता

    Links
Column / स्तम्भ

    Random Pick
एक साधु ठूलो डालो लिएर
कविता बटुल्न वनतिर लाग्यो,
डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,
कतै पाएन,
उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
709146
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com