Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : October 11, 2010 | Author : कोरङ्गी प्रेम
Category : Article / लेख | Views : 1098 | Rating :

  
कोरङ्गी प्रेम

- हेल्लो, को बोल्नु भा को, वुवा हो  ?

- को हो ?

- म ठागु (जेठा) हो क्या ठागु । विदेशबाट, ढोग गरें ।

- भाग्यमानी भएस् । नातिनी र बुहारीलाई सन्चै छ ?

- ठिकै छ । घरमा सबैलाई आरामै होला नि ?

- बेसै छ । अनि तिमीहरू घर आउँदैनौं ?

- दशैमा आउँदै छु ।

     वुवासंग भएको  १ हप्ता अघिको फोनमा सम्वाद  । मैले घर छाडेको आज २५ वर्ष, जिल्ला छाडेको १९ वर्ष अनि देशै छोडेको चाहि ४ वर्ष भैसके छ ।  त्यसैले यो दसैंमा म घर जाँदैछु । लाहुरे भए पहिलो छुट्टी गएर फर्की सक्थ्यो, आफु त वन्दुक नसमाउने  लाहुरे  परियो बल्ल मेसो मिल्दै छ घर जाने । तैपनि मेरो शान कुनै राईफल-म्यानको भन्दा कम हुने छैन । जोख्ने हो भने २-४ लाल बढीनै होला ।

       आहा ! म घर जाने । त्यो पनि विदेशबाट ४ वर्षमा । फलानाको छोरा चिलानाको नाती गावैंभरी हल्ला चल्दै होला । अतः घर जाने यो खुशीयालीमा मेरो चुरीफुरी अर्कै हुनु पर्ने । अर्कै उत्साह उमंग जोस र जांगर हुनु पर्ने तर पटक्कै छैन ऊल्टै थकाई आलस्य र दोधारेपनाले पो सताईरहेछ । होस् पनि कसरी ? मुलुक बाहिर  दोश्रो दर्जाको नागरिक बनि बाँच्दाको पिडा अनि बिदेशीको अपमानित ब्यबहारले यो मुटु छियाछिया भैसकेको छ । कतै यो मुटुमा मलमपट्टी मिल्छकी भनेर सांझ विहान नेट र पत्र पत्रिकाबाट मेरो घरलाई चिहाउँछु जताततै हत्या हिंसा, बन्द हड्ताल, अपहरण भष्ट्रचारको खवर भन्दा केही पाउँदीन । त्यो समाचारले यो घायल मुटुमा झनै पिडा पो थपिदिन्छ । १० वर्षे कथित  जनयुद्वले ढाँडै भांचिएर थलीएको मेरो देशमा अव अलिअलि अवशेष मात्र बाँकि छ त्यसलाई पनि निमिट्यान्न पारेर देशलाई परमधाम नै पु-याउने काम हुँदैछ । विभिन्न जातजाति भाषाभाषिको नाममा कसाईले धार्नी, बिसौली र किलो ग्राम गर्दै मासु भाग लगाए जस्तै मेरो देशको कित्ताकाट गरिंदै छ । अनि एउटा नेपाली अर्को ठाउँमा जाँदा आफ्नै देश भित्र पराई बन्दै छ । दुःख आपत पर्दा दाजु भाइ मिली बैरीलाई परास्त गर्नु पर्ने हो तर त्यै बैरीसंग मिली दाजुले भाइलाई भाइले दाजुलाई सिध्याउने खेलमा मस्त छन् । त्यसैले घर जाने यो खुशीमा पनि मेरो मनमा चयन छैन । यो मन खुशीले नाँच्न सकिरहेको छैन ।

    सानो छंदा दशै भने पछि नौरथा शुरु भए देखिनै  गोठमा बाँधेको बोका खसी, कोठेवारीमा फलेको केराको घरी अनि आँगनको डिलमा फूलको गोदावरी, सयपत्री र मखमलीमा विशेस स्यहार सुसार हुन्थ्यो । खोरमा पालेको खसीलाई दानापानी खुवाएर लैनो भैसीलाई भन्दा पनि चर्को स्यहार हुन्थ्यो ताकी बलियो बनाएर दसैंमा एक एक दानाको मुल्य असुलौं । बाघा गाऊँको स्कूलडाँडामा थापेको लिङ्गे पिङ अनि मादीको ��"खरबोटे र चैनपुरको शुक्रवारे हाट भरेर घर फर्किदा रमितेको डाँडामा थापेको रोटे पिङगमा माम्फुली, मकै, भटमास् र चाम्रेभात खाँदै साईली माईलीसंग हाक्पारे धाननाच अनि कुर्रै ढाडे गीत गाएको संझना ताजै छ यो मानसपटलमा । रातोमाटो र कमेरो माटोले घर पोतेर दुलही जस्तै चिटिक्क पारी झ्याल ढोकामा कालो रंग लगाउँदा अनि गेटमा फुलेको बाह्रमासे मदानी फूल घर वरीपरी गाडिएका धुपी सल्ला, आरु, सुन्तला र जुनारका बोटहरूमा कौवा, ढुकुर, जुरेली र चिचिनकोटेले भाका फेरीफेरी गीत गाउँदा लाग्थ्यो त्यो मेरो झुपडी नभएर स्वर्गको राजा ईन्द्रको दरवार हो । उहिले दशै भने पछि सबै नेपालीहरूको हर्षो उल्लासको चाड हुन्थ्यो । बर्ष दिनमा एकपल्ट आउने सबै भन्दा ठूलो चाड । के गरिव के धनी के जनजाती के आर्यन सबै नेपालीहरको चाड । राष्ट्रिय चाड । अहिले त दशै पनि सबैको होईन रे । निश्चित जातजाति र भाषा भाषिको मात्र अरे । अनि विभिन्न जात जाती भाषाभाषीको आ आफ्नै चाडपर्बहरू अरे । त्यसतैले अब त सबै नेपालीहरूको साझा चाड पनि छैन । त्यो मेरो सुन्दर शान्त सौम्य त्यो झुपडीमा दिन ढलेर साँझ पर्दै गए पछि हाङथुङ्ग डाँडाबाट चल्ने सिरसिरे पवनको झोक्का आँगनको सल्लामा ठोकिंदाको आवाज आहा कति कर्णप्रिय खै ति दिनहरू म फेरी देख्न पाउँछुकी पाउँदिन ? भोग्न पाउँछुकी पाउँदीन ? तिनै दशैको संझना बोकेर म घर जाँदैछु, मेरो गाउँ  जादैछु यो दशैमा ।                      

     अब त मेरो देश नेपाल पुरानो भयो रे त्यसैले नयाँ नेपाल बन्दै छ रे । नयाँ नेपाल कस्तो हुन्छ ? मेरो मनमा पनि यस्तै जिज्ञासाहरू उब्जीरहन्छ । अब बन्ने नयाँ नेपालमा सोचहरू नयाँ हुनु पर्ने हो, ब्यबहारहरू स्वच्छ हुनु पर्ने हो अनि नयाँनयाँ सूचना र प्रविधीहरूलाई मुलुकमा भित्र्याएर विकासको कार्यहरू शुरु गर्नु पर्ने होईन र ? यहाँ त हत्या हिंसा बन्द हडताल भ्रष्टचार र अपहरण सबै भन्दा मौलाएको खेती बनेको छ । पुरानो नेपालमा पनि नभएका कामहरू पो गरिंदै छ । देश विकासको कार्य को त कुरै छाडौ भईरहेको सम्पती पनि तोडफोड गरेर मुलुकलाई कंगाल वनाईदै छ । के यहि हो नयाँ नेपालको संकेत ? के यसरी नै बन्छ त नयाँ नेपाल ? एकताका कर्णाली अन्चलका जनताहरूलाई संविधान सभा के हो ? भनेर सोध्दा "हामीलाई त साँझ विहान खाने रोटी मात्रै थाहा छ त्यो त तिनै नेताहरूलाई थाहा होला उनैलाई सोध्नु" भनेका थिए । देशको स्थिती यो छ ।  मुलुकमा भएको परिवर्तनको बारेमा जनताहरू अनभिज्ञ छन् । नेताहरू चाहि नयाँ नेपाल बनाउँछौ भन्दै अलि अलि भएको देशको ढुकुटी सिध्याउने काममा लागेका छन् । एउटा कविता पढेको थिएँ "अब बन्ने नयाँ नेपालमा हाम्रो बाउ बाजेको थर हुन्छ की हुन्न अनि मान्छेको मूल्य मृगको सुकुटी भन्दा महंगो हुन्छ की ब्रोईलर कुखुराको मासु भन्दा सस्तो हुन्छ ? मेरो मनमा पनि यस्तै जिज्ञासाहरू उब्जिरहन्छ । सोच्दछु अब बन्ने नयाँ नेपालमा मैले एउटा स्वतन्त्र नागरिक भएर बाँच्न पाउँछु की पाउँदीन ? अनि त्यो नेपालमा मेरो बाउ बाजेको थर रहन्छ की रहदैन ? आदि आदि ।

    अन्त्यमा, जब घर बाट र्फकन्छु, म जस्तै साथिभाइहरूले मलाई तिम्रो गाम- घरको हालखवर के छ ? कस्तो छ तिम्रो घर  भनेर पक्कै सोध्नेछन् त्यो बेलामा मैले के भनेर जवाफ दिउँला ? दिनै पिच्छे ७० लाख नेपालीहरू विहान खाएर वेलुकी के खाऊँ भन्ने स्थिती छ  भनुँ की देशको मुल कानुन लेख्ने बहानामा १३ अर्ब भन्दा बढी देशको ढुकुटी सिध्याएर मुलुकलाई कंगाल बनाईंदै छन  भनुँ  यात दिन दहाडै खुल्ला सडकमा मानिसको शिकार खेलिन्छ, गोली हानी मारिदा पनि पुलिस प्रशासन थाहै नपाई रमिते भएर बस्छ भनुँ । यात दिनै पिच्छे बन्द हड्ताल गरेर दैनिक अरबौंको घाटा लगाउने काम भैरहेछ भनुँ ? कि मेरो देश नेपाललाई  विभिन्न जातजाति र भाषाभाषिको नाममा भागवण्डा लगाईदै छ भनुँ या हप्तै पिच्छे प्रधान मन्त्रीको चुनाव गराईन्छ भनुँ ? की नकचरो लवस्तरा बनेर थाहा छैन भनुँ । खै म के भनुँ ? खयर जे होस, करिव ४ वर्ष पछि घर आउने बचन बुवालाई दिइसकेकोछु त्यसैले यो दशैमा म घर जादैछु । विदेशमा बस्ने हुने यहांहरू सबैको बिदेशको बसाई शुभ रहोस् भन्दै ढिलै भए पनि हाम्रा नेताहरूको बुद्विमा लागेको स्वार्थको बिर्को २०६७ सालको बिजयादशमीले उघारी दियोस सबैमा बिजयादशमीको शुभकामना ।   

     समाप्त ।




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Article / लेख category

महाभूकम्प र सुअवसर
लाहुरेहरू र आदिवासी जनजातीहरू अनागारिक जस्तो
मिथ्याको महाजंगलमा हङकङका नेपाली
नेपाली साहित्यमा युद्ध चेतनाको उपस्थिती
२०६८ सालको नयाँ वर्षले मलाई टेक नाथ रिजाल र भुटानी शरणार्थीहरूको ताजा सम्झाना गरायो
प्रशासनिक काम, स्रष्टाको पहिचान
कविताको फूल र दिमागको रेखा
भौतिक सौन्दर्य कि बौद्धिक सौन्दर्य ?
कविताको कमाल
प्रवासी किरातीहरूले कसरी अध्यन गर्ने किरात सौन्दर्यशास्त्र ?
म घर जाँदैछु
पुरानो आँखाले नयाँ वस्तु हेर्नु भयानक खतरा हुँदोरहेछ
सपनाको देश र माछाको अस्थिपिञ्जर
समुच्च विचारसँग म.....
नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा
सम्पादकीय
गीत शुभ र मंछी गल्ली
सृजनशील अराजकता अर्थात अराजकताको अन्त्य

    Links
Column / स्तम्भ

    Random Pick
अस्ताइ जाने जीवनमा आशक्ति किन ?
आमरण कुर्सीमै निर्लिप्त किन ?
माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक थियो......

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
686223
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com