मनकै रहर मरेपछि म त मलामी छु
सीसा रै'छ उनको माया फुटी धुलाम्य छु
कोही मेरो सारथी छ- यस्तो लाग्यो होला
तर्न सक्छु सयौं जङ्घार -जस्तो बर्खे खोला
हुन्न रै'छ भाग्य सबलाई रोई जलाम्य छु
सीसा रै'छ उनको माया फुटी धुलाम्य छु
म भित्रको अर्को मान्छे मलाई हेरी रुन्छ
मेरो आँसु देख्न्ने साक्षी मात्रै एउटा जून छ
सपना नै मरेपछि म त मलामी छु
सीसा रै'छ उनको माया फुटी धुलाम्य छु |