Send us your Literature

    Main Categories
Editorial / सम्पादकीय
Interview / अन्तर्वार्ता
Poetry / कविता
Story / कथा
Essay / निबन्ध
Drama / नाटक
Novel / उपन्यास
Criticism / समालोचना
Article / लेख
Lyrics / गीत/गजल
Memoir / संस्मरण
New Talent / नव प्रतिभा
Review / समिक्षा
English / अंग्रेजी
Others / विविध

  More Options
Interview / अन्तर्वार्ता
Most Viewed / धेरै पढिएका
Top Rated / धेरै मत पाएका
Videos / भिडियो
Photos / विशेष तस्वीरहरु
Published Books / सृजनशील साहित्य समाजबाट प्रकाशित पुस्तकहरु

  Advertisement


Titles Description    Advance Search

Published : November 01, 2008 | Author : प्रकाश के.सी.
Category : Story / कथा | Views : 1113 | Rating :

  
प्रकाश के.सी.

                           भाग २

 

            २००२ अक्टोबरको कुनै दिन ! ल्याटको सानो बेडरूमको बेडमा सिरकभित्र गुजुल्टिएर सिरानीलाई अढेस लगाई झ्यालको सिसाबाहिर दृष्टि फाल्दै चिया पिइरहेको हुन्छ समीर । उता सिटिङ्ग रूममा, श्रीमती काममा जानलाई हतारिँदै आफूलाई पोत्दै र लिप्दै हुन्छे । समीर बितेका केही दिनबाट लगातारको बेरोजगार थियो । हुन त, उसले खासै काम खोज्नको लागि 'लागिपरेको' थिएन र कामहरूले पनि उसलाई 'स्किप' गर्दै जान्थ्यो, अथवा, यसो हुन सक्थ्यो, काम, जाडोको सिरकभित्र थियो जो बाहिर निस्कनै मान्दैनथ्यो । यसर्थऊ बेरोजगार थियो । राम्रो यो थियो कि श्रीमतीले 'कच-कच' सुरू गरिसकेकी थिईन ।

            जिन्दगी त्यसरी नै चलेको थियो, बिना कुनै उत्साह, उमाग र रहर, दिन - हप्ता बन्थ्यो, हप्ता - महिना, त्यसपछि त्यसरी नै वर्ष ! प्राप्तिमा वस्तुतः बाँदरका पुच्छरझैँ अनुभवहरू थिए 'लौरो न हतियार' ! हरेक नयाँ दिन, नयाँ केही गर्ने उत्साहलाई प्रणमा बदलेर बिताएपछि, अर्को दिन यस्ता यसरी बितेको देखी-देखी पनि, केही गहिरो सुस्केरा याँक्नु बाहेक सम्झिने नै भए, खासै केही नभएका समयका खिया लागेको विगतहरू मात्र रहन्थे मानसभित्र । झ्यालको कुनै कापबाट चिसो तिखारिएर कोठाभित्र छिर्दै थियो, ऊ त्यसपछि अरू ज्यादा सिरकभित्र साँगुरियो । उसकी श्रीमतीले 'बेलुकाको खाना फ्रिजमा राखिदिएको अनि मन लागे, तताएर खानु' भनी श्रीमती साबित भई सकेपछि काममा हतारिएर हिँडिसकेकी थिई । अनौठो...! त्यसपछि पनि उसमा उस्तै एक्लोपन छाईरह्यो ।

            समीर, सखारै 'ल्यापटप' 'अन' गरेर 'च्याटरुम'भित्र पसिसकेको थियो । अनायासै हात लागेर आएको रमाइलो उसको जीवनमा 'नव' भएको थियो । अनेकौँ अपरिचितहरुसँग यसरी 'च्याट' गर्दा 'आफू अझै छु' भन्ने पक्का हुन्थ्यो उसलाई । उसले समय कटाई रहेको थियो या समयले उसलाई काटिरहेको थियो, त्यो अर्कै प्रसागको कुरा हो किनकि, ऊ घण्टौँ-घण्टौँसम्म कहिलेकाहीँ झ्यालको एककुनाबाट देखिने पर सडकको एउटा छेउमा गुडिरहेका गाडीहरु गनेर बस्ने गर्दथ्यो । समय र उसको मनमा फैलिएको निःसारताको  अर्को नमुना नै किन खोज्नु र ?

              Hi…what r u doin’ ? हाई.....के गर्दै छौ ? )' च्याटमा कसैले सोध्दैथियो, नामको ठाउँमा थरि-थरिका सिम्बलहरूले भरेको थियो ।

           Planning- योजना बनाउँदैछ ।                       

            4 u ? or 4 ur country ? Or our universe ? (आफ्नो वा तिम्रो देशको ? वा हाम्रो ब्रह्माण्डको ? )'

            Just for a day, today. ( आजको निम्ति ।)' जो कोही भए पनि कुरा रमाइलोसँग अघि बढ्ला जस्तो गरेको थियो ।

            Cud u ? (बनायौ त ? )'

            Yeah, but I’m a little confused to begin with. -बनाएँ तर यसको कार्यान्वयनमा दुविधामा छु ।)'

            May I help you ? -के म सहयोग गर्न सक्छु? )' त्यसको उत्साह, शीघ्र जवाफबाट अनुमान लगाउन सकिन्थ्यो । 'त्योसँग पनि समेटी नसकिएका समयहरू हुनुपर्छ' सोँच्दै 'ल्यापटप'लाई काखमाथि राखेर 'मूड' बनाउन थाल्यो समिर त्यसपछि ।

            Sure! I’m in mood of listening music for whole day, but couldn’t determine, whether to listen them while sleeping or sitting ? (स्योर । म दिनभरि गीत सुन्ने विचारमा छु, तर अन्योल चाहिँ यसमा छु कि, सुती-सुती सुनुँ कि बसी-बसी सुनुँ ? )''

           उतातर्फबाट आफू हाँसेको जानकारी 'सिम्बल'हरूबाट दिएपछि, परिचयको थालनी भएको थियो । यसरी परिचित बनेकि किट्टीले नेपालको बारेमा जान्न खोजेपछि, समीर 'की-बोर्ड'बाट, घण्टौँ राष्ट्रियता, बहादुरी, पराक्रमसँग आफू पोखिएको थियो । उभित्र खुम्चिएर रहेका ऊ स्वयाहरू कति पोखिएलेखा-जोखा नै छैन ।

           मूलतः बेइजिङ्गकी किट्टी, 'आबाक युनिभर्सिटी', बैँककमा पढ्दै थिई, आन्टीकोमा बसेर, जसको एउटा राम्रो 'ट्राभल एजेन्सी' थियो त्यहाा । परिचय त्यतिखेर त्यति मात्र थियो, यावतका अन्य कुराहरु, अन्य दिनहरुभित्र व्याखा, वर्णनमा सर्र्यो । कुराको लत लागेपछि पछ्याएको अन्य दिनहरूमा उनीहरू देश-बिदेशका, ज्ञान-विज्ञानका, साहित्य-सास्कृति आदिका कुराहरू गर्न थाले । यसैताका, किनारातिर फुत्किएको माछा जसरी काम, उसको हात लागेको थियो । काम 'कन्स्ट्रक्सन् कम्पनी'को थियो तर दाम माछा जस्तै मीठो थियो र जब काम सुरू गर्यो, च्याटमा कुरा गर्न पूरै बन्द भयो ।

           हप्ता दिनपछिको पहिलो फुर्सदमा कम्प्यूटर खोल्दा किट्टीका थुप्रै मेल थुप्रिएको पायो समीरले 'ईनबक्स'मा । त्यसदिन पनि उसँग 'अनलाईन' बस्ने समय थिएन र किट्टीको धेरै चाहनाभित्रको एक ईच्छा, आफ्नो मोबाइलको नम्बर दिएर पूरा गर्दै कम्प्यूटर बन्द गरेर बाहिर निस्केको घण्टाभित्र उसको मोबाइलमा घण्टी बज्यो ।

           'हेल्लो..?'

           '-....)'

           'हेल्लो ??'

           फेरि कुनै आवाज आएन, तर कोही नजिकै हतारमा सास फेरिरहेझैँ लाग्दैथ्यो उसलाई ।

           It seems like,I’m not the one, you are looking for ! (मलाई लाग्छ, तपाईँले खोजिरहनु भएको मान्छे म होइन ।)' अझै कोही बोलिरहेको थिएन ।

           You must have dailled wrong number, check that again, bye ! -तपाईँले नम्बर गलत डायल गर्न भएको हुनुपर्छ । फेरि चेक गर्नुस्, बाई । )'

           लाइन काटेर मोबाइल पकेटमा राख्न नभ्याउँदै फेरि रिङ्ग आयो, उस्तै बिना नम्बरको ।

           'हेल्लो ?'

           Hi!....Is that you ? हाई... (त्यो तिमी हौ ?)' अलि-अलि नशामा डुबेझैँ, मधूर शैली र प्रष्ट अंग्रेजीमा कोही बोली । अलिकति अन्योल र शंकामा उस्तै भावमा जवाफ दियो समीरले ।

           I think so ! But who am I talking to ? -मेरो विचारमा, मै हुँ । तर कोसँग म बोलिरहेको छु ? )'  कौतुहलता मनभरिबाट उम्लिएको थियो ।

           It’s me ! -म बोलेको !)' मीठो हाँसोको साथ ! वास्तवमा सुनिरहुँ नै लाग्ने हाँसो थियो त्यो । समीरले कवीहरूलाई सम्झ्यो, यस्तै हाँसोलाई नै तिनीहरूले मन्दिरका साना-साना घण्टीहरू एकैसाथ बजेझैँ भनेका होलान् ! समीरलाई लाग्यो, ऊ एकै पटकमा पवित्र भयो ।

           Got a name ? -नाम राख्या छ ?)'

           Kitty. My name is k.i.t.t.y. Remember something ? (किट्टी, मेरो नाम के आई टी टी वाई हो । सम्झना छ केही ? )'

           कस्तो मात थियो, त्यो भनाइमा ! कति चंचलता भरिएको थियो त्यो मातमा ! कति लहरहरू उठेका थिए उसका रहरहरूमा ! कति रहरहरू ��"इरिएका थिए उसको बोलाइमा ! लश्करै अनुभूतिहरू एक-एक गर्दै हृदयको अन्तर-कुन्तरतिर पस्न लागेको ठान्दै समीर मस्तसँग सजिलो भयो किट्टीसँगको फोन वार्तामा । 

           भौगोलिक दूरीलाई भावनाको साथले 'छपक्कै' मिचेको थियो । किट्टी घरि-घरि फोन गर्दथिई, दिनमा तीन-चारपटकका दरले । टण्टलापुर घाममा काम गरिरहँदा उसको पसिनाले 'निथु्रक्क' भिजेको शरीरलाई मायालुपनले मनमा छाम्न थाल्दथिई । ठूलो-ठूलो मेशीन उचालेर भित्ता फोर्न थाल्दा आँतबाट आड लगाइ दिन्थिई । जस्तोसुकै अप्ठ्यारो, गाह्रो, कुनै पनि काम गर्न रमाइलो लाग्दथ्यो । कोही नजिक उभिएर हौसला बढाइरहेझैँ, नजिक उभिएर कोमल हात बढाई उसको निधारको पसिना पुछिदिएझैँ, एउटा काल्पनिक आकृति उसकोअघि उठ्दथ्यो र हर्दम छाँयासरी साथ रहन्थ्यो । मुखाकृतिको बारेमा चाहिँ उसले त्यति अनुमान गरेको थिएन, तर किट्टीसँगका वार्तालापका आधारमा, मानसिक तथा शारिरीक रूपमा एउटी भद्र युवती सम्झन्थ्यो किट्टीलाई, अनि अनुहारको बारे, आफ्नो रुची र सुविधा अनुसार बदल्दै जान्थ्यो ।

           केही दिनपछि, उसले किट्टीको र किट्टीले उसको तस्विरबाट साक्षात्कार हुने मौका मिलेको थियो । किट्टीको स्वरूप उसले मस्तसँग आफ्नो रुची अनुसार कल्पना गरेकोभन्दा सुन्दर पाएको थियो, अनि उसको स्वरबाट, किट्टीले कल्पना गरेको रूपरेखाको पन्चानब्बे प्रतिशत मिलेको अनि उसमा बालापन ऊभित्र कतै अझै यथावत रहेको र बाहिर अलि 'रफ' देखिए पनि ऊ भद्र मान्छे भएको ठोकुवा किट्टीले गर्दा समीर त्यसपछि, आफूबारे धेरै नै सोँच्ने गर्नथाल्यो । किट्टीको अनुसार, ऊ अझै केही कुराको, केही अवसरका, कुनै नौलो 'एपिसोड'को प्रतिक्षामा छ भन्दा, कतियौँ दिन ऊ टोह्लायो, कति विस्मित भयो, यो जिउनुको दैनिकीसँग ? त्यसको खास मतलब रहेन, रह्यो त, त्यसपछि ऊ किट्टी तर्फ, उसका धारणाहरूतर्फ अति गम्भीर हुनथाल्यो । किट्टीले झ्याल बिस्तारै खोलिदिएकि थिई र ऊ आरामसँगै त्यहीँबाट किट्टीतिर चिह्याउँदै गयो  र यस्तो अनौठो सम्बन्धभित्र जेलिइँदै गयो ।

           न खुसी, न दुःखी, उसको बैवाहिक जीवनबारे सम्वेदनशील हुने गर्दथिई किट्टी । यसरी पनि बाँच्न सकिने बैवाहिक दिनहरूबारे अनौठो मानेर अनौठो खाले प्रश्नहरू सोध्ने गर्दथिई, कहिले जीवनलाई spice up (रसिलो) पार्नलाई, श्रीमतीलाई कतै नयाँ ठाउँ घुमाउन लिएर जाने सल्लाह दिन्थिई, रातो गुलाफको 'बुके' किनेर दिने, बिना कुनै उत्सब, कतै बाहिर डिनरमा लिएर जाने, आदि इत्यादि गरे श्रीमती पनि रोमान्टिक भई जीवन रमाइलो हुने विश्वास 'दुई दुने चार भने जसरी' दिलाउन खोज्दथिई ।          

               हातमा उस्तै दिन अनि रातहरु आउँदै जाँदै थिए । ऊ यथार्थमा, हातमा शून्य मात्र बचेको भन्दा फरक नपर्ने जीविकाका नियात्रामा तल्लिन थियो । मृगतृष्णा जस्तो भ्रम पालेको थियो, एउटा मिथ्या प्राप्ति, रहरहरू, उब्ज्याएको थियो उसले हृदयमा सायद । पारी डाँडामा लागेको डढेलोको रापले वारी डाँडा बसेर सेक्दै थियो ओसिईन थालेको उसको मनलाई !  बहाना मात्र पनि काफी हुन्छ कहिले ! जीवन जिउने न हो ! किट्टी त्यस अर्थमा, रमाइलो भएकि थिई उसका प्रत्यक दैनिकीमा त्यसताका ।

 

                                                         क्रमश ………………………… 

                                                                                  कथाको बाँकी अंश भाग ३ मा हेर्नुहोला…….




1 2 3 4 5
please rate this article     Poor
Excellent    

 Visitor's Comments !
there are no comments...

Most recent articles in Story / कथा category

बाटुलीको बैँश
अन्धा जनता
'क्याफे वान'
लाहुरे विरासत
लाहुरे विरासत
अभियान
सल्लाह
विकास
छायाँसँग एकरात
कोठा खोज्नुको पीडा र छाँया
सिपाहीको सपना
आइमाई
खीर
पापी समय र निष्ठूरी मायालु
वास्तविकता
बाजेको कथा
छरपस्ट तन्नेरीहरू
मृग तृष्णा

    Links
Column / स्तम्भ

    Random Pick
नश्लिय बोधको गहिरो चेतनाले ओतप्रोत सचेत आदिबासी मस्तिष्कद्वारा सिर्जित सिर्जनाका झिल्काहरु भुसको आगो झैं भित्रभित्रै अन्तरभावलाई सल्काउदै सतहमा आइपुग्दा त्यस्ले शक्तिशाली रुप ग्रहण गरी सकेको हुनेरहेछ-परिवर्तनका दृष्टिमा ।

    Statistics
Total Articles
670
Total Authors
231
Total Views
690616
Total Categories
15

  More Links

Srijanshil Sahitya Samaj Hong Kong, Online Literature Collection of all Genre ...
Copyright 2020 © www.literature.bagaicha.com